Tuesday, March 12, 2013

अभिमत /वार्ता /अन्तर्वार्ता








==========================================

“अहिलेको साहित्य प्रचारमुखी छ, जसले साहित्यको गुणवत्तालाई किचिदिएको छ ।” 
-  मातृका पोखरेल
अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल


मातृका पोखरेल सुप्रसिद्ध कथाकार एवम् कवि हुनुहुन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ पोखरेल प्रगतिशील लेखक सङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । काठमाडौँ प्रलेसका लागि पोखरेलसँग बालमुकुन्द कार्कीले गर्नुभएको संवादको महत्वपूर्ण अंश :

साहित्य–लेखनतिर कसरी लाग्नुभयो ?
साहित्यतिरको रुचिको कारणले साहित्य–लेखनतिर लागेँ । साहित्यतिर लाग्नुको मूल कारण मेरो घरको वातावरण नै हुनुपर्छ जस्तो लाग्छ । पिताजी ज्योतिष शास्त्रको विद्वान् हुनुहुन्थ्यो । त्यही कारणले पनि हामी घरमा संस्कृत साहित्यलाई कुनै न कुनै रूपमा प्रयोग गरिरहन्थ्यौँ । घरमा हामी दाजुभाइ र केही दिदीबहिनीले समेत ज्योतिष शिक्षा लिनैपर्ने अनिवार्यता जस्तै थियो । हामी कोही खुसीले ज्योतिष पढ्थ्यौँ, कोही बाध्यताले पढ्थ्यौँ । त्योतिष पढ्दा संस्कृत साहित्यले केही प्रभाव पा¥यो । त्यसपछिका वातावरण पनि मेरा लागि साहित्यमैत्री भयो । मेरो साहित्यिक यात्राका पृष्ठभूमिको पछिल्तिर सायद यिनै कारणहरू हुन सक्छन् । प्रगतिशील साहित्यसँग मेरो सम्बन्ध २०४१ सालपछि विराटनगरमा पढ्न गएपछि मात्र भयो ।

तपाईंको बाल्यकालबारे नलुकाई बताइदिनुहोस् न ?
मेरो बाल्यकाल खासै कष्टकर भएन । घरनजिक विद्यालय नभएका कारण बाल्यकालको पछिल्लो चरण घरबाहिर नै बढी बित्यो । करिब सात वर्षको उमेरपछिको समय मैले घरबाहिरै बिताएँ । स्कुले जीवन मैले उदयपुरको ठानागाउँ, रूपाटार, उदयपुरगढी, कटारी, सुनसरीको प्रकाशपुर र काठमाडौँमा बिताएँ । मेरो घर आर्थिक रूपमा सम्पन्न भएको कारण बाल्यकाल सहजै बित्यो । 

साहित्य र कविको परिभाषा कसरी गर्नुहुन्छ ?
साहित्य र कविताका बारेमा धेरैले धेरै कोणबाट परिभाषा प्रस्तुत गरेका छन् । कतिले साहित्यलाई समाजको ऐना पनि भनेका छन् । हामीले पाएका साहित्यमध्ये केही साहित्यले समाजको ऐनाको भूमिकामात्रै निर्वाह गरेका छन् भने कुनै साहित्यले त्यसभन्दा अघिल्तिर बढेर समाजलाई निर्देश पनि गरेका छन् । त्यतिमात्र नभएर यही समाजलाई पछि धकेल्न खोज्ने साहित्य पनि फाट्टफुट्ट लेखिएकै छन् । साहित्यले समाजलाई बाटो देखाउनुपर्छ भन्ने मेरो आग्रह हो । तर, एउटा कुरा के हो भने साहित्य मानिसले प्रकट गर्ने एउटा अभिव्यक्ति हो । मानिसले प्रकट गरेका अभिव्यक्तिहरूमध्ये साहित्य सबैभन्दा उन्नत अभिव्यक्ति हो ।
कविताको बारेमा बोल्नुपर्दा, साहित्यलाई परिभाषित गरेपछि कवितालाई फरक परिभाषा दिनु साह्रै जरुरी र आवश्यक छैन । कविता साहित्यको एउटा महŒवपूर्ण विधा भएकाले कविता मानव अभिव्यक्तिको अझ उच्चतम र कलात्मक अभिव्यक्ति हो । साहित्यमा अरू विधाहरू भन्दा कविताको अभिव्यक्ति–कला केही फरक र भिन्न छ । सूर्यको किरण नपुग्ने ठाउँमा पनि कवि पुग्छ भनेर कविको प्रखर कल्पनाशक्तिलाई लिएर पहिलेका मानिसहरूले भन्ने गरेका थिए । लयात्मक भाषा र बिम्बात्मक अभिव्यक्तिका कारण कविताको परिभाषामा मानिसहरूको बढी ध्यान गएको हो । तर, कविता मानिसको सुन्दर र कलात्मक अभिव्यक्ति हो । 
आजको नेपाली साहित्य कतातिर छ ? प्रगतिशील साहित्यबारे केही भन्नुहुन्छ ?
अहिलेको नेपाली साहित्य प्रचारमुखी छ । प्रचार हुनु नराम्रो कुरो हो भनेर मैले भन्न खोजेको होइन । तर, समस्याचाहिँ कहाँ हो भने साहित्यको गुणवत्तालाई प्रचारले किचिदिएको छ । गुणात्मक दृष्टिले कमजोर सिर्जनाहरू ठूला मिडिया र प्रचारको शक्तिले बजारमा बढी देखिएका छन् । यहाँ प्रचारको मात्र कुरो होइन, यो प्राथमिकतामा छ । दोस्रो कुरा पैसा हो । पैसा भएकाहरूले लेखेको कमजोर रचना पनि बजारमा प्राथमिकताका साथ अघिल्तिर आएको देखिन्छ । त्यसैले नेपाली साहित्यमा मैले यतिबेला एउटा सङ्कट आइरहेको देखिरहेको छु । कमजोर र समाजलाई अनुपयोगी रचनाहरू प्राथमिकताका साथ बाहिर ल्याउने काममा साम्राज्यवादीहरूको योजनाबद्ध प्रयत्न देखिन्छ । बेलाबेलामा सञ्चालन हुने विभिन्न साहित्यिक महोत्सवहरूले पनि हामीलाई यो निष्कर्षमा पु¥याएका छन् । गम्भीर लेखन र वर्तमान समयका बीचमा मैले एउटा ठूलो खाडल रहेको महसुस गरेको छु । साहित्यको वर्तमान बजार गम्भीर–लेखनमैत्री छैन । टापटिपे लेखन र विश्लेषणमा अहिलेको साहित्यिक बजार रमिरहेको छ । साहित्यका पाठकहरू कम हुँदै जानुको पछाडि पनि साहित्यप्रति बजारको यही हस्तक्षेपले गर्दा हो भन्ने मलाई लागिरहेको छ । 
अर्कोतिर, हामीसँग भएका र हामीले उठाउनुपर्ने विषयवस्तुहरूलाई अहिलेको साहित्यले राम्रोसँग समेट्न सकिरहेको छैन । समाजमा आएको विशृङ्खलता सँगसँगै वैचारिकतामा पनि विशृङ्खलता आइरहेको छ । यो समस्या नेपाली साहित्यमा टड्कारो रूपमा देखिएको छ । 

नेपाली प्रगतिवादी साहित्यलाई कसरी हेरिरहनुभएको छ ?
प्रगतिवादी साहित्यको क्षेत्रमा नयाँनयाँ स्रष्टाहरूको उपस्थिति बढ्दै गइरहेको छ । स्रष्टाहरूको उपस्थिति बाक्लिएपछि हाम्रा अघिल्तिर केही चुनौतीहरू पनि थपिएका छन् । कथ्यमा भन्दा रूपमा र भावमा भन्दा शैलीमा अभिव्यक्त हुने क्रम बढ्दो छ । यो प्रगतिवादी साहित्यको क्षेत्रमा बढ्दै गएको नकारात्मक समस्या हो । दृष्टिकोण र विचारधारात्मक समस्याका कारण यो अवस्था आइरहेको छ । तर पनि सबै दृष्टिले नेपाली साहित्यको मूलधार प्रगतिशील साहित्य नै हो भन्न अब धेरै बेर घोत्लिरहनुपर्ला जस्तो मलाई लाग्दैन । 
साहित्य एवम् कलाको सामाजिक दायित्वलाई अहिलेको प्रगतिशील÷प्रगतिवादी साहित्यले माग पूरा गर्न नसकेको गुनासो आइरहेको छ । यो गुनासोतर्फ भने प्रगतिवादी साहित्यले ध्यान पु¥याउन जरुरी छ । 
नेपालको प्रगतिशील आन्दोलन र साहित्यलाई नेतृत्व गरिरहनुभएको छ । यसका चुनौती र नेतृत्वलाई कसरी अगाडि बढाउँदै लानुहुन्छ ? केही योजना बताइदिनूस् न ।
तपाईंको यो प्रश्नको थोरै उत्तर माथिल्लो प्रश्नमा पनि गएजस्तो लाग्छ । प्रगतिशील साहित्य र साहित्यिक आन्दोलन चुनौती नै चुनौतीहरूको घेराबन्दीमा छ । मूल कुरो त हामी जनताको साहित्य लेख्ने भन्छौँ । तर, हाम्रै साहित्यलाई जनताले आफ्नो ठानेर कति पढिरहेका छन् भनेर सोचेका छैनौँ । यो हामीले प्रायः धेरै छलफल नगरेको र गर्नुपर्ने विषय हो । यथार्थको भित्र पसेर त्यसको प्रतिबिम्बन गर्न हामीले कति सक्यौँ ? यो पक्षलाई हामीले राम्ररी ध्यान पु¥याउन नसक्दा पनि हामी जनतासम्म पुग्न सक्दैनौँ । गतिशील यथार्थलाई पछ्याउनुपर्छ भनेर हामीले खूबै भन्यौँ तर त्यो गतिशील यथार्थको चुरो कुरोतिर हामीले ध्यान पु¥याउन सकेनौँ । 
चुनौतीहरूका बारेमा धेरै छलफल गर्न सकिन्छ । हाम्रै प्रगतिशील साहित्यिक आन्दोलनभित्र एउटा द्वन्द्व छ । कलालाई छाडेर विचारलाई मात्र महŒव दिनुपर्छ भन्ने धारणा पनि छ एकातिर भने अर्कोतिर विचारलाई ध्यान नदिई कलालाई मात्र अघिल्तिर राख्नुपर्छ भन्ने धारणा पनि छ । आखिरमा दुवै धारणा ठिक धारणा होइनन् । ठिक ढङ्गले यिनीहरूको तालमेल मिलाउन सकियो भने मात्र उत्कृष्ट साहित्यको निर्माण हुन्छ । प्रगतिशील साहित्यमा टड्कारो देखिएको एउटा चुनौती हो यो । 
प्रगतिशील साहित्यिक आन्दोलनमा प्रष्ट देखिएको अर्को चुनौती विचाराधारात्मक र दृष्टिकोणमा देखिने चुनौती हो । यो चुनौती निरन्तर बढ्दो अवस्थामा छ । जसले गर्दा लेखक प्रगतिशील आन्दोलनमा छ, तर उसको लेखन कताकता भौँतारिइरहेको छ । विचार र दृष्टिकोणलाई उपेक्षा गर्ने कारण पनि यो समस्या बढ्दै गएको छ । प्रगतिशील लेखक सङ्घले यिनै चुनौतीहरूलाई ख्याल गरेर कार्यक्रम अघि बढाएको छ । आवश्यकता अनुरूप वैचारिक कार्यक्रम अघि बढाएको छ भने गाउँगाउँमा जनताका बीचमा पुग्न पनि साथीहरूलाई उत्प्रेरित गरिएको छ । मकवानपुर र सिन्धुपाल्चोकका साथीहरूले योजनाबद्ध गाउँमा जाने र आफ्ना सिर्जना सुनाउने कार्य गरिरहनुभएको छ । क्रमशः अरू जिल्लाहरूले पनि तत्परता देखाउँदै छन् । 

नेपाली वर्तमान राजनीति र साहित्यलाई कसरी हेर्नुहुन्छ ?
राजनीति ठीक ढङ्गले अघि बढिरहेको छैन । त्यसकारण पनि प्रगतिशील साहित्य र प्रगतिशीलहरूले नै नेतृत्व गरेको राजनीतिक सत्ताको बीचमा द्वन्द्व छ । राजनीति आदर्शबाट च्युत हुँदै गएको र साहित्यले त्यसको उद्घाटन गरेका कारण राजनीति र साहित्यका बीचमा सुमधुर सम्बन्ध बन्न नसकेको हो । मैले यहाँ प्रगतिशील राजनीति र साहित्यको मात्र कुरा गरेको छु । 

नेपालको सांस्कृतिक आन्दोलनबारे के भन्नुहुन्छ ?
प्रगतिशील सांस्कृतिक आन्दोलनको एउटा कार्यकर्ता भएको नाताले तपाईंले यो प्रश्न गर्नु स्वाभाविक हुन्छ । प्रगतिशील सांस्कृतिक आन्दोलन पनि उत्तिकै चुनौतीपूर्ण छ । २००६ सालमा नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना भयो । त्यही आन्दोलनको जगमा शोषकवर्गप्रतिको घृणा, अन्यायमा परेका मानिसहरूप्रतिको सकारात्मक दृष्टिकोण, नारीहरूमाथि भएको थिचोमिचोप्रति सङ्घर्षको आग्रहजस्ता फरक संस्कृतिको आरम्भ भयो । माओवादी जनयुद्धताका सामन्तवर्गका बीचमा ग्रामीण सङ्घर्ष र त्यो सङ्घर्षले पैदा गरेको सकारात्मक भूमिकाले नयाँ संस्कृति निर्माणको महŒवपूर्ण कार्य ग¥यो । तर, अहिले सबै कुरा मेटिँदै गएको छ । समाजमा हिजो प्रगतिशील शक्तिले निर्माण गरेका सकारात्मक नयाँ संस्कृतिहरू लोप हुँदै गएका छन् । प्रगतिशील शक्तिले हिजोदेखि आर्जन गरेका नयाँ संस्कृतिका सुन्दर पक्षहरूलाई स्थापना गर्न जरुरी छ । 

तपाईंले जानेको माक्र्सवादमा जातीय राज्य भनको के हो ?
प्रगतिशील आन्दोलनमा कसैले जातीय राज्यको कुरा उठाएको छैन । पहिचानका मुद्दाहरूलाई जातीय राज्यसँग जोडेर प्रचार गर्न थालियो भने त्यसले हामीलाई ठिक ठाउँमा पु¥याउँदैन । 

जीवन के हो ?
धेरैले जीवनका विभिन्न परिभाषा दिएका छन् । यो धेरै ठूलो दार्शनिक प्रश्न हो । यसको एउटै छोटो उत्तर जे दिए पनि हुन्छ । तर, हामी प्रगतिशीलहरूको सामाजिक दायित्व बढी हुन्छ । सामाजिक दायित्वलाई जीवन भने पनि भयो । जीवन भनौँ, कतिले भोगाइ भन्ने गरेका छन् । यसको कुनै बनिबनाउ र मूर्त उत्तर मसँग छैन । 



साभार :- प्रगतिशील लेखक सङ्घ नेपाल, काठमाण्डू जिल्ला समितिको मुखपत्र 'प्रलेस कठमाण्डौ' - २०७३ चैतबाट 

============================================




हाम्रो जलजला, विचारप्रधान मासिक, वर्ष- ६, अंक - १, पूर्णाङ्क- १८, साउन २०६४ 

वार्ताकार, खेम थपलिया

======================================





अन्तर्बोध त्रैमासिक, वर्ष - ९, पूर्णाङ्क - १९, माघ - चैत २०६९ 

=======================================================










अयन, साहित्य कला र संस्कृति प्रधान त्रैमासिक, वर्ष- १०,अंक -१,पूर्णाङ्क - १३ , साउन- असोज २०७०     

=================================================   






जनमत मासिक,वर्ष - २४, पूर्णाङ्क - १२६, पुष - २०६४ 

====================================================








कौशिकी द्वेमासिक, वर्ष- ११, अंक -२,पूर्णाङ्क - ४८ , मङ्सिर - पुस, २०६८ 


======================================================









=========================================

अन्तर्वार्ता 


संगठित रूपमा प्रगतिशील आन्दोलनमा देखिने तर लेखनमा प्रगतिशील चिन्तन कतै नआउने समस्या बढ्दै गएको छ 

- मातृका पोखरेल 
अध्यक्ष
प्रगतिशील लेखक सङ्घ, नेपाल 


(मातृका पोखरेल नेपालको प्रगतिवादी आन्दोलनमा महत्वपूूर्ण योगदान दिनुुभएका स्रष्टा हुुनुुहुुन्छ । वि.स. २०२३ सालमा उदयपुुरको ठानागाउँ–४, थामखर्कमा जन्मनुुभएका पोखरेलले नेपाली प्रगतिवादी साहित्यिक–सांस्कृतिकमा आबद्धता जनाउँदै महत्वपूूर्ण संस्थागत योगदान दिनुुका साथै नेतृत्वदायी भूूमिका समेत कुुशलतापूूर्वक निर्वाह गरिसक्नुु भएको छ । विशेषतः आख्यान एवम् कविता विधामा कलम चलाउँदै लेखनमा स्तरियता कायम गरिसक्नुु भएका पोखरेलले प्रगतिशील लेखक सङ्घका विभिन्न जिम्मेवार तहमा रहेर विगतमा महत्वपूूर्ण भूूमिका निर्वाह गरिसक्नुुभएको छ । हाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्षका रूपमा रहनुु भएका पोखरेलसँग प्रगतिशील लेखक सङ्घका वर्तमान कार्यक्रम एवम् भावी योजनाका बारेमा केन्द्रित रहेर गरिएको वार्ताका महत्वपूूर्ण अंशहरू :)  

१. देशको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भमा प्रलेसको दशौं राष्ट्रिय सम्मेलनलाई कसरी हेर्नुुहुुन्छ ? 

हाम्रो देशमा भरखरै मात्र परिवर्तनको एउटा महत्वपूूर्ण खुुटकिलोमा उक्लिएको हो । धेरै लामो इतिहास बोकेको राजतन्त्र ढलेको छ । धर्मनिरपेक्षता घोषणा भएको छ तर यी परिवर्तनको आभास जनताको ढुुकुुढुुकीमा अझै पुुग्न सकिरहेको छैन । परिवर्तनलाई यो उचाइमा पुु¥याउन प्रगतिशील लेखक सङ्घसँग आबद्ध स्रष्टाहरूको महत्वपूूर्ण भूूमिका छ । २००९ सालमा प्रगतिशील लेखक सङ्घ बन्यो । यो संस्था बन्नुुभन्दा पहिले पनि प्रगतिशील स्रष्टाहरूले समाज रूपान्तरणमा महत्वपूूर्ण भूूमिका निभाएका थिए । त्यस यताका सम्पुुर्ण सामाजिक रूपान्तरणका आन्दोलन र गतिविधिहरूमा प्रगतिशील लेखकहरूको भूूमिका अग्रणी छ । एउटा राजनीतिक परिवर्तनबाट गुुज्रदैगुुुज्रदै हामीले दशौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छौं । हामीले लडेर ल्याएका उपलब्धीहरू अझै पनि संस्थागत हुन सकेका छैनन् । गुुमेको स्वर्ग फिर्ता लिन प्रतिगामी शक्तिहरू संगठित ढङ्गले लागिपरेका छन् । यो अवस्थामा हाम्रो जिम्मेवारी उतिकै बढेर गएको छ । दशौं राष्ट्गिले लागिपरेका छन् । यो अवस्थामा हाम्रो जिम्मेवारी उतिकै बढेर गएको छ । दशौं राष्ट्रिय सम्मेलन पश्चात बनेको समितिले यी विषयहरूलाई प्राथमिकताका साथ हेर्न सक्नुुपर्छ ।  

२. प्रलेस देशका वाम राजनीतिक आस्था निकटका स्रष्टाहरूको साझा लेखकीय मोर्चा हो । यसमा अहिले के कस्ता स्रष्टाहरू समेटिएका छन् ?

नेपालका वामपन्थी पार्टीहरू र तिनका साहित्यिक सांस्कृतिक मोर्चाहरूमा भएको टुुटफुुटसँगै प्रगतिशील लेखक सङ्घले पनि साझा मोर्चाको रूप धारण ग¥यो । तर वामपन्थी आन्दोलनको टुुटफुुटले प्रगतिवादी विचार बोकेका धेरै स्रष्टाहरू स्वतन्त्र रूपमा क्रियाशील हुनपुुगे । उनीहरू लेखकीय माध्यमबाट प्रगतिशील आन्दोलनमै क्रियाशील भए । यसप्रकारका स्वतन्त्र लेखकको संख्या निकै ठूूलो छ । प्रगतिशील लेखकहरूको यो संगठित आन्दोलनमा स्वतन्त्र रूपमा क्रियाशील स्रष्टाहरूलाई समेट्न जरूरी छ । त्यसैले यतिबेलाको प्रगतिशील लेखक सङ्घमा राजनीतिक पार्टी निकटका सांस्कृतिक मोर्चा एवम् साहित्यिक मोर्चाहरूमा क्रियाशील र स्वतन्त्र ढङ्गमा सिर्जनाकर्ममा लागिरहेका सम्पुुर्ण स्रष्टाहरू सहभागी छन् । प्रगतिशील लेखक सङ्घमा अझै धेरै स्रष्टाहरू समेटन सकिएको छैन । हामीले चाहेर पनि केहीलाई समेटन सक्ने स्थिति छैन । कतिपय प्रगतिशील स्रष्टाहरु यस्ता हुुनुुहुुन्छ, उहाँहरू संगठित हुनुुलाई सिर्जनशीलतामा अवरोध आउने ठान्नुुहुुन्छ । केही प्रगतिशील सांस्कृतिक मोर्चाका साथीहरु अझै पनि सल्लाह गरेरै प्रलेस भन्दा बाहिर बसिरहनुु भएको छ । हामी उहाँहरु सबैसँग नियमित संवादमै छौं र उहाँहरुलाई समेटने प्रयत्न गरिरहेका छौं । तर पनि मूूलतः नेपालमा प्रगतिशील लेखकहरू, साहित्यकारहरूको साझा मोर्चा बन्न यो सङ्घ सफल भएको छ ।  

३. नेपालमा ठूूलो संख्यामा साहित्यिक सङ्घसंस्थाहरू क्रियाशील छन् । यस्ता सङ्स्थाहरू भन्दा प्रलेसको विशिष्टतम पक्ष के हो भन्ने ठान्नुुहुुन्छ ? 

नेपालमा साहित्यिक संस्थाहरूको संख्या ठूूलो छ र यो संख्या बढ्दै गएको छ । यसलाई अत्यन्तै सकारात्मक रूपमा लिनुुपर्छ भन्ने मलाई लाग्छ । विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दा के देखिन्छ भने करिब पाँच दर्जनको संख्यामा उपत्यकामै प्रगतिशील संघसंस्थाहरू क्रियाशील छन् । आफैले नेतृत्व लिएको संस्थालाई यो सबैभन्दा बेग्लै र विशेष संस्था भनेर घोषणा गर्नुु त्यति राम्रो नहोला । मूूल कुरो समयको आवश्यकतालाई प्रगतिशील लेखक सङ्घले कसरी सम्बोधन गर्न सक्छ भन्ने हो । यो नेपालको सबैभन्दा पुुरानो साहित्यिक संस्था हो । यो निर्विवाद कुरा हो । नेपाली लेखक सङ्घले आफ्नो स्थापनाकाललाई वि.स. २००८ साललाई बताए पनि त्यो कतैबाट पुुष्टि भएको छैन । त्यति मात्र होइन, त्यहीँभित्र क्रियाशील स्रष्टाहरूले पनि त्यो प्रश्न उठाइसक्नुु भएको छ । त्यसैले प्रगतिशील लेखक सङ्घ नेपालकै सबैभन्दा पुरानो साहित्यिक संस्था हो त र पुुरानो संस्था हुनेबित्तिकै विशिष्ट भइहाल्छ         भनेर कदापि बुुझ्नुु हुुँदैन । नेपाली साहित्यको अग्रगामी चेतना सहितको सिर्जनशील प्रतिभाहरूलाई एकिकृत गरेर अघिल्तिर बढाउन सकिएन भने हाम्रो दायित्व पुुरा हुुँदैन । प्रलेसको विगत निरंकुुशताका विरूद्ध विरूद्ध जुुझेको गौरवमय इतिहासका रूपमा रहेको छ । निरङ्कुुशता विरूद्धको सङ्घर्षमय इतिहास मात्र होइन, सिर्जनाको क्षेत्रमा पनि प्रगतिशील लेखन अहिलेसम्म आइपुुग्दा मूूलधारका रूपमा स्थापित भइसकेको छ । यी दुुवै सिर्जना र सङ्घर्षका क्षेत्रमा प्रगतिशील लेखक सङ्घले नेतृत्व प्रदान गरेर विशिष्ट भूूमिका निर्वाह गरेको छ । प्रगतिशील लेखक सङ्घलाई फगत एउटा सङ्गठनका रूपमा मात्र बुुझिनुु हुुँदैन । यो एउटा आन्दोलनको नाम  हो । 

४. प्रलेसको परिमार्जित विधान अनुुसार यसको साङ्गठनिक स्वरुप र सिर्जनात्मक आयामहरूलाई कसरी अगाडि बढाउने योजना बनाउनुु  भएको छ ?

दशौं राष्ट्रिय सम्मेलनले परिमार्जन गरेको विधान अनुुसार यसको सांगठनिक स्वरुपमा केही परिवर्तन भएको छ । देश संघीय ढाँचामा गइसकेका कारण प्रलेसको सांगठनिक संरचना संघीय स्वरुपकै हुनुु स्वभाविक हो । सोही अनुुरूप अबको यसको संगठनात्मक स्वरूप केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला वा शाखा समितिको रूपमा रहने छ । अब प्रदेश समिति पनि कार्यकारी भूूमिकामा हुुनेछ । प्रदेशहरूले आफै कार्यक्रमहरू तय गर्न सक्नेछन् । विभिन्न भाषासँग सम्बन्धित प्रगतिशील साहित्यको कार्यक्रमहरू पहिलेभन्दा बढी आयोजना हुुनेछन् । यो कार्यकालमा धेरै विभागहरू बनेका छन् । विभागहरूले विभिन्न प्रदेशमा गर्ने गरी महत्वपूूर्ण कार्यक्रमहरु अघि सारेका छन् । नयाँ सांगठनिक स्वरुपका कारणले पनि प्रलेसको गतिविधिमा अझ बढी उत्साह पैदा हुने आधार तयार भएको छ ।  

५. प्रलेसको सांगठनिक स्वरूप अनुुसार यसका क्रियाकलापमा के कस्ता चुुनौतिहरू देख्नुु भएको छ ?

यसको सांगठनिक स्वरुपलाई अघिल्तिर राखेर हेर्दा प्रगतिशील लेखक सङ्घ चुुनौती नै चुुनौतीले भरिएको संस्था हो जस्तो लाग्छ । यो संस्था धेरैवटा संस्थाहरू र स्वतन्त्र ढङ्गले क्रियाशील स्रष्टाहरूको साझा मोर्चा हो । सांगठनिक रूपमा मात्र होइन, वैचारिक रूपमा पनि यो संघमा विविध प्रकारका स्रष्टाहरू हुुनुुहुुन्छ । त्यही कारण पनि स्वभावतः यो चुुनौतीपूूर्ण संस्था हुने नै भयो । यो संस्था धेरै सांस्कृतिक संस्थाहरूको साझा मोर्चा हो तर यो सबैको हुने र उत्तरदायित्वका हिसाबले कसैको पनि नहुने जस्तो भएको छ । सांगठनिक रूपमा सबैभन्दा ठूूलो चुुनौती यही नै हो । यसमा आबद्ध स्रष्टाहरू आ–आफ्ना संगठनमा सक्रिय हुने तर यहाँ भने सक्रिय हुन नपर्ने जस्तो कहिलेकाँही देखिने पनि गरेको छ । जुुनजुुन संस्थाले निर्णय गरेर प्रलेसमा प्रतिनिधिहरू पठाउँछन्, त्यसपछि त्यो संस्थाले प्रलेसको काम, गतिविधि कस्तो भइरहेको छ भने कुुनै अनुुगमन गरेको पाइँदैन । यस्तै चुुनौतीहरूकै बिचमा भएपनि अब एउटा सङ्गठनमा नभएर आन्दोलन नै भएका कारण कहिले धेरै कहिले थोरै काम गर्दै आफ्नो उद्देश्यमा निरन्तर क्रियाशील छ ।  

६. प्रलेसमा नयाँ पुुस्ताका लेखक, स्रष्टाहरूलाई आवद्ध गराउने के कस्ता कार्यक्रमिक योजनाहरू छन् ?

प्रगतिशील लेखक सङ्घमा अझै पनि धेरै स्रष्टाहरू छुुटिरहनुुभएको छ । दशौं राष्ट्रिय सम्मेलनबाट प्रलेसमा आबद्ध हुन नसकेका स्रष्टाहरूलाई कसरी समेट्ने भन्ने बारेमा केही सांस्कृतिक मोर्चाहरूमा व्यापक छलफलहरू भए । अझ भन्ने हो भने एकिकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घभित्र एजेण्डाकै रूपमा छलफल भयो । प्रगतिशील आन्दोलनलाई प्राथमिकताका साथ नयाँ पुुस्तामा पुु¥याउनुुपर्छ भनेर विशेष छलफल भयो । अझ सांस्कृतिक मोर्चाहरूमा पनि छलफल चलेको हुनुुपर्छ । त्यही कारण यो सम्मेलनमा पहिलेको तुुलनामा युुवाहरूको उपस्थिति अझ सबल देखियो । 
अर्को पक्ष, हामी भरखरै मात्र केन्द्रीय समितिको बैठक बसेर कार्यक्रमहरू बनाउँदैछौं । नयाँ पुुस्ता केन्द्रित कार्यक्रम ल्याउनुुपर्छ भन्ने बारेमा नेतृत्वमा रहेका हामी सबैको साझा धारणा हो । प्रगतिशील लेखक सङ्घका केही जिल्ला समितिहरू प्रत्येक महिना नयाँनयाँ स्कुुल र कलेजहरूमा कार्यक्रम लिएर जाने तयारी गरिरहेका छन् । अगामी दिनमा सचेतपूूर्वक नयाँ पुुस्तामा पुुग्ने कार्यक्रम बनाउन हामी मेहनत गर्दछौं ।

७. मुुलुुकको पछिल्लो राजनीतिक घटनाक्रम अनुुसार प्रगतिशील स्रष्टाहरूको मूूल दायित्व के हुनसक्छ ?
यस बिचमा नेपाली समाजमा महत्वपूूर्ण परिवर्तनहरू आएका छन् । तर परिवर्तनहरू व्यवस्थ्ति रुपमा संस्थागत हुन सकेका छैनन् । जनयुुद्ध र जनआन्दोलनले ल्याएको अभूूतपुुर्व जागरण पश्चात नेपाली जनतामा पुनः निरासा पैदा हुन थालेको छ । लोकतन्त्रको मूूल मर्मलाई आत्मसात गर्दै जनताको समस्या समाधान गर्न ठोस पहल हुन सकेन । यो हामी सबैको लागि दुुःखदायी कुुरा हो । परिवर्तनको प्रक्रियालाई लक्षित वर्गसम्म पुुगाउन सकेन भने त्यो परिवर्तनको कुुनै अर्थ छैन । प्रगतिशील लेखक सङ्घ एक जिम्मेवार र ऐतिहासिक दायित्व बोकेको संस्था पनि भएको कारण परिवर्तनको यस प्रक्रियालाई लक्षित वर्गसम्म पुु¥याउने प्रयत्न गर्नुु प्रलेसको पनि दायित्व हो । 
एकातिर प्रगतिशील लेखक सङ्घले यो दायित्वलाई निर्वाह गर्नुु छ भने अर्कोतिर यो संस्था आफैमा वैचारिक संस्था पनि   हो । वैचारिक चुुनौतीहरूबाट यो संस्था थेचारिएको छ । प्रगतिशील खेमा र समानान्तर खेमाका रचनाहरू उस्तैउस्तै छन् भन्ने आलोचना बढ्दै छ । संगठित रूपमा प्रगतिशील आन्दोलनमा देखिने तर लेखनमा प्रगतिशील चिन्तन कतै नआउने समस्या बढ्दै गएको छ । यो सबै विचारधाराको प्रष्टता नभएकोले हो । दृष्टिकोणको समस्यालाई हल गर्ने दिशातिर ध्यान दिन सकिएन भने परिवर्तित सन्दर्भमा प्रगतिशील लेखकहरूले आफ्नो दायित्व निर्वाह गर्न सक्दैनन् ।
प्रगतिशील स्रष्टाहरूको अर्को महत्वपूूर्ण दायित्व सिर्जनात्मक दायित्व नै हो । सुुन्दर प्रगतिशील साहित्यले अन्र्तवस्तुु र रूपको समन्वयको माग गर्दछ । हाम्रो आन्दोलनमा यो समस्या टड्कारो रूपमा देखिएको छ । सुुन्दर अन्र्तवस्तुु भएका रचनामा रूप नहुने सुुन्दर रूप भएका रचनामा अन्र्तवस्तुु नहुने जस्ता समस्याहरू छन् । यो पाटोलाई ध्यान पुु¥याउन सकिएन भने हाम्रा रचनाहरू मानिसले रूचिका साथ ग्रहण गर्दैनन् । प्रगतिशील स्रष्टाहरूले यसतर्फ सोच्न जरूरी छ । 

८. स्रष्टाहरू सत्ताका प्रतिपक्ष हुुन् भनिन्छ । तपाँई नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य पनि हुनुुहुुन्छ ? तपाँई आफ्नो भूूमिकालाई कसरी मूूल्याङ्कन गर्नुुहुुन्छ ?

स्रष्टाहरू सत्ताका प्रतिपक्ष हुुन्छन् भन्ने भनाई निकै पुुरानो भनाई हो । यो भनाईलाई लिएर मभित्र एउटा प्रश्न निरन्तर उठिरहन्छ । स्रष्टाहरू के कुरामात्र उठाइदिन्छन् ? उनीहरू आफूूले उठाएको कुुराप्रति जिम्मेवारी लिँदैनन् ? यो प्रश्न मभित्र बारम्बार घुुमिरहन्छ । मानिलिउँ, स्रष्टाहरूको समाज यस्तो होस्, देश यस्तो होस् भन्ने भन्ने आग्रह होला, हुुन्छ नै । त्यो आग्रह नहुने हो भने स्रष्टाहरूले उठाएको कुुराको महत्व पनि हुने थिएन । तर स्रष्टाले उठाएको कुुरो सबै प्राप्त भयो भने त्यो स्रष्टा प्रतिपक्षमा बस्न कति उपयुुक्त होला ? मेरो मनमा यो प्रश्न बारम्बार उठिरहन्छ । हामी स्रष्टाहरूले एउटा उत्कृष्ट समाजको परिकल्पना गरेका छौं । हामीले भनेको समाज प्राप्त भएपछि हामी प्रतिपक्षमा बसिरहन्छौं कि के गर्छौं ? यो प्रश्नतिर पनि एकपल्ट घोत्लिनुुपर्छ जस्तो  लाग्छ । 
अब नेपाल प्रज्ञा प्रतिष्ठानको सन्दर्भ २०६२–०६३ को जनआन्दोलन र जनयुुद्धले ल्याएको परिवर्तनपछि हामीले पनि प्रज्ञा प्रतिष्ठानको लोकतान्त्रिकरणको कुुरा उठायौं । प्रगतिशील लेखक सङ्घले नै संस्थागत रूपमा उठाएको थियो । प्रगतिशील लेखक सङ्घको नेतृत्व तहमा रहनुु भएका साथीहरू नै मूूल नेतृत्व तहमै रहनुुभएको संस्था लोकतान्त्रिक स्रष्टाहरूको संयुुक्त मञ्चले नेपाल प्रज्ञा प्रतिष्ठानको लोकतान्त्रिकरण गर्ने सवालमा निकै ठूूलो भूूमिका निर्वाह गरेको थियो । त्यसबेला देखि हामीले उठाएका सवालहरू अहिले पनि यथावत छन् । केही साथीहरूलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य र प्रगतिशील लेखक सङ्घको अध्यक्ष दुुवै हुुँदा केही अन्र्तविरोध हुुन्छ की भन्ने लागिरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि अहिले आन्दोलनबाटै आएको नेतृत्व छ । सबैजसो  समाज रूपान्तरणमा आफ्नो भूूमिका खेलेकै साथीहरू हुुनुुहुुन्छ । प्रज्ञालाई लोकतान्त्रिकरण गर्नुुपर्छ भन्ने कुुरामा कसैको विमति छैन । तर सबैको एउटै धारणा छैन । त्यहाँ प्रगतिशील लेखक सङ्घसँग आबद्ध आबद्ध साथीहरू मात्र हुुनुुहुुन्न । केही कुुराहरू जो गर्न सकिन्थ्यो, त्यो गर्न सकिएको छैन, त्यो पक्कै हो । हामी सहभागी भएपछि प्रकाशनको क्षेत्रमा केही महत्वपूूर्ण कामहरू भएका छन् । 

९. प्रलेसको तिन वर्ष कार्यकालका कार्ययोजनाहरू बारे केही बताइदिनुु हुुन्छ कि ? 
प्रलेसले यस वर्ष सम्पन्न गर्ने कार्ययोजनाहरू केन्द्रीय समितिको बैठक बसेर अन्तिम रूप दिने निर्णय हुन बाँकी नै छ । दशौं सम्मेलन देखि अहिलेसम्म जति कार्यक्रम आयोजना गरिए, ती सबै सचिवालयका निर्णयका आधारमा गरिएका थिए । यही असोज ४ गते केन्द्रीय समितिको बैठक बस्दैछ । यस बैठकले यस वर्षभरीको कार्यक्रम तय गर्नेछ । त्यसैगरी यस वर्षको अन्तिममा आयोजना गरिने राष्ट्रिय परिषदको बैठकले अर्को वर्षको कार्यक्रम तय गर्ने छ । मूूलतः यस वर्ष प्रत्येक सातैवटा प्रदेशमा विभिन्न वैचारिक एवम् सिर्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछन् । यसै वर्ष भित्र सबै प्रदेशहरूमा प्रदेश भेला र सम्मलेन जस्ता सांगठनिक कार्यहरू पनि साथसाथै सम्पन्न हुुनेछन् । कामहरूको सूूची हामीहरूकहाँ निकै लामो छ । साथीहरूको अपेक्षा बढिनै रहेको छ । विचारधारात्मक र सिर्जनात्मक दुुवै कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउनुुपर्छ भन्ने लागेको छ । त्यही अनुुरूपमा कार्यक्रमहरू अघि सार्ने योजनामा छौं । प्रगतिशील लेखक सङ्घलाई प्रभावकारी संस्थाको रुपमा विकास गर्न अझै प्रशस्त गर्न जरुरी छ ।

प्रस्तुुति : आर. एम्. डङ्गोल


प्रलेस पूर्णाङ्क - २२ बाट साभार 

=====================================

कला र अन्तरवस्तुसहितको जनपक्षीय लेखन प्रगतिशील साहित्य हो - मातृका पोखरेल



कला र अन्तरवस्तुसहितको जनपक्षीय लेखन
 प्रगतिशील साहित्य हो

- मातृका पोखरेल
कबि / कथाकार एवं अध्यक्ष, प्रलेस केन्द्रीय समिति

(मातृका पोखरेल नेपाली प्रगतिवादी साहित्यमा सुपरिचित नाम हो । वि.सं. २०४४ सालमा ‘सूर्य उदाउ अब’ भन्ने कविताबाट नेपाली साहित्यमा प्रवेश गरेका पोखरेलका हालसम्म ‘सेतो दरबारको छेउबाट (२०५६)’, ‘यात्राको एउटा दृश्य (२०६०)’, र अनुहारहरु (२०६४)’ गरि ३ वटा कविता संग्रह, ‘सन्त्रस्त आँखाहरु (२०६१)’ 'घाम झुल्किनुअघि ( २०६७ )' नामक २ कथा सङ्ग्रह र विभिन्न फुटकर कविता, लेख, समालोचना आदि प्रकाशित भइसकेका छन् । जनवादी सांस्कृतिक आन्दोलनमा लामो समयदेखि क्रियाशील पोखरेल अहिले प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । पोखरेलसंग समसामयिक बिषयहरुको बारेमा खोमा तरामु मगरले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।)

प्रगतिशील लेखनको अहिलेको अवस्था कस्तो छ र यसको दिशा कस्तो हुनुपर्छ ? 
प्रगतिशील लेखनको अहिलेको अवस्थालाई हामीले समग्र नेपाली साहित्यकै मूलधारको लेखन हो भन्ने हामीले भन्ने गरेका छौं । आश्यक प¥यो भने यो बारेमा हामी पटक पटक छलफल गर्न तयार छौं । प्रगतिशील लेखनमा नयाँ पुस्ताको उपस्थिति अत्यन्तै उत्साहप्रद छ । यसो भन्दैमा प्रगतिशील लेखनमा केही कमजोरी छैनन् भन्न खोजेको होइन । प्रगतिशील लेखनमा पनि केही प्रशस्तै कमजोरीहरु रहेका छन् । प्रगतिशील साहित्यमा सबै बिधाको समान ढंगले विकास भएको छैन । कविता र कथा प्रशस्तै लेखिएका छन् । उपन्यास पनि लेखिएकै छ । नाटक बिधा अत्यन्तै कमजोर छ । रुप पक्ष हावी हुँदा अन्तरवस्तु कमजोर हुने र अन्तरवस्तु हावी हुँदा रुप पक्ष कमजोर हुने समस्या पहिल्यै देखिको समस्या हो । हाम्रो आन्दोलनमा यो समस्या अझैसम्म राम्ररी हल हुन सकेको छैन । 
समाजमा आउने परिर्वतन सँगसँगै हामीले उठाउने बिषयहरुमा पनि परिवर्तन आउँछ । हिजो राजतन्त्र थियो । ऊ सामन्तवादको नाइके थियो । आज राजतन्त्र ढलेको छ । राजतन्त्र ढले सँगसँगै सामन्तवाद कमजोर हुने र पुँजीवाद फस्टाउने आधार तयार हुनु स्वभाविक हो । यसले गर्दा प्रगतिशील लेखनको बिषयहरु परिवर्तन हुँदै जानु स्वाभाविकै हो । 
प्रगतिशील साहित्य जनपक्षीय वा जनताको साहित्य हो । प्रगतिशील साहित्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दछ । सामाजिक दायित्वबाट बिमुख हुने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । यसलाई केन्द्रमा राखेर प्रगतिशील लेखनको बिषय दिशा निर्धारण गरिनुपर्दछ । 

यहाँ विगत लामो समयदेखि कविता र कथा लेखनमा हुनुहुन्छ, पुराना र नयाँ पुस्ताको लेखनमा पाइने भिन्नता के हो ? 
मेरो कविता लेखनको यात्राले साढे तीन दशकको समय लिइसकेको छ तर कथा लेखन मैले धेरैपछि मात्र सुरु गरेको हुँ । कथा लेखनमा हात हालेको पनि दुई दशक भयो । कथा र कविता लेखनमा मेरो उपस्थिति पुरानो र नयाँको बीचको पुस्ताको हो जस्तो लाग्छ  । मैले कविता बिधाको लेखनमा प्रवेश गरेको समयदेखि यहाँसम्म आइपुग्दा धेरै परिवर्तन भएको महसुस गरेको छु । तर, कथामा त्यो मात्रामा भिन्नता देख्दिनँ । मूलतः कलाको पक्षमा नयाँ आएका कविहरुले महत्वपूर्ण हस्तक्षेप गरिरहेका छन् । प्रगतिशील कविता लेखनमा यो पक्ष प्रष्ट देखिन्छ । कथा लेखनमा युवा पुस्ताको उपस्थिति बढ्न सकेको छैन । केही त आएका छन् तर पर्याप्त छैनन् । नयाँ आएकाहरुले पनि कथामा नयाँ प्रयोग र खोजी गरिरहेका छन् । बिषयहरु पनि नयाँ नयाँ भएकोले नयाँ स्वादका कथा लेखिएका छन् । नेपाली समाजलाई उथलपुथल पार्ने गरि जनयुद्ध भयो र त्यसले परिवर्तनको एउटा खाका को¥यो । नेपाली कथामा यी बिषयहरु आएपनि अझै लेख्नुपर्ने धेरै पक्षहरु बाँकी छन् । पुरानो पुस्ता र नयाँ पुस्ताका स्रष्टाहरुका बीच प्रष्ट रुपमा देखिने र बुझिने गरि भिन्नता पाइन्छ ।  

अहिले बजारले चर्चामा ल्याएका पुस्तकहरुको वैचारिक गुणवत्ता र स्रष्टाहरुको स्तर कस्तो पाउनु भएको छ ? 
मूलतः हामीले बजार कसको हातमा छ ? भनेर बुझ्नुपर्दछ । बजार जसको हातमा छ, उनीहरुले आफ्नै अनुकूलका कृति र स्रष्टालाई चर्चामा ल्याउँछन् । एउटा कुरो के प्रष्ट छ भने सामाजिक दायित्वप्रति सचेत रहेका स्रष्टा र कृतिहरु प्रति अहिलेका ठूला भनिएका मिडियाहरु र बजार विरुद्धमा छ । त्यो हुनु स्वभाविक पनि हो । ठूला मिडियाहरु सचेतनापूर्वक स्थापना गरिएका छन् । उनीहरु आफ्नो वर्ग पक्षधरता पनि सचेत छन् । उनीहरुले बढी हल्लीखल्ली गरेर स्थापित गर्न खोजेका कृति र स्रष्टा प्रगतिवादी साहित्यलाई बल पु¥याउने पटक्कै छैनन्  । त्यस्तो होस् भनेर माग गर्नु, चाहना राख्नु पनि हाम्रो बुझाईको समस्या हो । हाम्रो प्रगतिशील साहित्यकार साथीहरुको म कहिलेकाँही गुनाँसो सुन्ने गर्छु  । आफ्नो वर्गकाले आफ्नो वर्गकालाई हित गर्नु स्वभाविकै हो । विचारधारामुक्त मिडियाको माग गर्नु पनि हाम्रो वैचारिक कमजोरी हो भन्ने मलाई लाग्छ । त्यसैले अहिले बजारमा हल्लाखल्ला गरिएका कृतिहरुलाई हामीले त्यसैगरि नै बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । उनीहले आफ्नो अनुहार लुकाउन कहिलेकाँही एकादुई राम्रा कृतिहरु पनि नल्याएका होइनन् । तर प्रायःजसो सोद्देश्यमूलक, समाज र जीवनको परिवर्तन चाहने कृति र कृतिका स्रष्टाहरुलाई अहिलेको ठूला मिडियाले र बजारे प्राथमिकतामा पार्दैन । अहिले पनि त्यस्तै भइरहेको छ । 

वैचारिक छलफल एवं सिर्जनात्मक गतिविधिका दृष्टिकोणले प्रलेस केन्द्रमुखी भयो भन्ने गुनासो छ, जिल्लाहरुको हकमा पर्याप्त ध्यान नपुगेको हो ?
यो गुनासो अहिले देखिको होइन, पहिलेदेखि कै हो । यो गुनासोका बारेमा हामी सचेत पनि छौं । अबको देशको संघीय संरचनाले यो गुनासोलाई केही मत्थर गर्ला जस्तो मलाई लाग्छ । अब प्रदेश समितिको भूमिमा आफैमा महत्वपूर्ण हुन्छ  । दसौं राष्ट्रिय सम्मेलनपछि बनेको यस समितिले केन्द्रभन्दा बाहिरका कार्यक्रमलाई बढ्तै महत्व दिने योजनाहरु बनाएको छ । मलाई लाग्छ, अब यो गुनासो पक्कै मत्थर हुदै जानेछ । यसपटक देखि प्रलेसले विभिन्न विभागहरु बनाएको छ । विभागहरुले विभागीय निर्णयहरु गरेका छन् । जिल्लाहरुलाई कार्यक्रम राख्न केन्द्रबाट बरोबर उत्प्रेरित गरि राखिएको छ र जिल्लाहरुमा कार्यक्रम राख्ने क्रम बढेर गएको छ ।  

अहिले भाषिक–सांस्कृतिक एवं पहिचानका मुद्दाहरु लेखनमा सशक्त बनेर आएका छन् । प्रलेसले यसको मुद्दा कसरी सम्बोधन गर्नुपर्छ ? 
अहिले भाषिक, सांस्कृतिक एवं पहिचानका मुद्दाहरु लेखनमा सशक्त बनेर आएका छन् । प्रगतिशील आन्दोलनभित्र पनि यो बिषयलाई हेर्ने फरक फरक धारणाहरु छन् । कतिपयले पहिचानको मुद्दाले प्रगतिवादी आन्दोलनलाई कमजोर बनाउँछ भनेर तर्क पनि गरिरहेका छन् । कतिपय मुद्दा ओझेलमा परेको तर्क पनि गरिरहेकै छन् । तर, यो बिषय यतिबेला छलफलमा प्रवेश गरेको मात्र होइन, नयाँ पुस्ताका लेखनहरुको एउटा ठूलो समूहले यसभित्र समाहित भइसकेको छ । नेपालको पछिल्लो अवस्था समाजिक, सांस्कृतिक परिवर्तनको अवस्था पनि हो । हाम्रो आन्दोलनमा पहिचानलाई जातीय रुपमा मात्रै व्याख्या गरिएको छ । त्यसो गर्नु एउटा भूल हो । पहिचान भौगोलिक, सांस्कृतिक, आर्थिक, भौतिक पनि हुन्छ । वर्गीय संघर्षभित्रैबाट यो मुद्दाहरुको हल खोजिनुपर्छ । वर्गसंघर्षलाई प्राथमिकतामा नराखेर पहिचानको आन्दोलनलाई मात्र केन्द्रमा राख्न खोजियो भने त्यसले माक्र्सवादी आन्दोलनलाई कमजोर बनाउने खतरा पनि छ । यसतर्फ हामी सबै प्रगतिशील लेखकहरु सचेत हुनुपर्दछ । नेपालमा आएका विभिन्न परिवर्तनले पहिचानको मुद्दालाई टड्कारो बिषयका रुपमा छलफलमा ल्याएपछि साहित्यमा आउनुलाई अन्यथा मान्नु हुँदैन । आगामी कार्यक्रमहरुमा प्रगतिशील लेखक सङ्घले प्राथमिकताका साथ यो बिषयलाई छलफलमा लैजान जरुरी छ । 

तपाई अहिले प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुहुन्छ, प्रलेसको केन्द्रीय अध्यक्ष पनि । अहिले भाषामा देखिएको विवाद के हो र गणतन्त्र प्राप्तिपछि पनि प्रतिष्ठानमा पञ्चायती विरासत तोड्न प्रलेसको भूमिका कमजोर भएको गुनासो छ नि ?
नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य र प्रगतिशील लेखक सङ्घको अध्यक्ष दुबै हुनु विरोधाभास कुरा हो भन्ने कुरा धेरै साथीहरुलाई लागेको छ । अझ यो धारणा प्रगतिशील लेखक सङ्घको दसौं राष्ट्रिय सम्मेलनमा जोडदार रुपमा उठेको थियो । मैले अहिलेसम्म कुनै समस्याको महसुस गरेको छैन । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आन्दोलनबाटै आएको नेतृत्व छ । अरु साथीहरु पनि आन्दोलनबाटै आउनु भएको छ । तपाईले उठाउनु भएको जस्तो अहिले पनि त्यहाँभित्र पञ्चायती विरासत पूर्णतः कायमै छ भनेर बुझ्न थालियो भने हामी सही निष्कर्षमा पुग्न सक्दैनौं । इतिहासलाई हेर्ने सवालमा केही फरक मान्यताहरु हाम्रा बीचमा होलान् । हामी छलफल चलाउँदै नेपाल प्रज्ञा–प्रतिष्ठानलाई पनि परिवर्तनको आभास दिने प्रयत्न गर्दैछौं । भाषाको बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ठोस् धारणा केही समयभित्रै ल्याउँदै छ । 

अन्त्यमा, प्रलेसको आगामी योजनाहरु के के छन् ?
हामी यही असोजको पहिलो हप्तामा केन्द्रीय समितिको बैठक बसेर हाम्रा कार्यक्रमको बार्षिक तालिका बनाउँदै छौं । यसका लागि सातै प्रदेशबाट प्रलेसमा साथीहरुको धारणा संकलन गर्दैछौं । प्रलेसमा अहिले विभिन्न विभागहरु बनेका छन् । तिनीहरुले पनि बैठक बसेर सिर्जनात्मक कार्यक्रमहरु अघि सारेका छन् ।  


०००

साभार -
प्रलेस रुपन्देही, अङ्क -२
२०७३ भदौ 

=========================================


मजदूर दैनिक , २०७३ साल जेठ २१ गते शुक्रबार 

===========================================


अन्तर्वार्ता 
साहित्य समाज रूपान्तरणको एउटा हतियार नै हो- मातृका पोखरेल 




तपाईको कथा लेखनको प्रारम्भ कहिलेदेखि भयो ?
– मेरो साहित्यतिरको पहिलो यात्रा कविता विधाबाट भएको हो । कविता लेख्न थालेको धेरैपछि मात्र मैले कथा लेख्न थालेँ । २०५१ सालमा साथी पत्रिकामा मेरो पहिलो कथा हरियो बत्ती छापिएको हो । त्यसपछि कथा साहित्यमा म निरन्तर लागिरहेको छु ।

कुन त्यस्तो तत्त्व वा प्रेरणाले तपाईंलाई कथा लेखनतर्फ उन्मुख हुन प्रेरित तुल्यायो ?
– सुरुमा एउटा विषय मेरो मानसपटलमा आयो । त्यो विषयलाई मैले कवितामार्फत अभिव्यक्त गर्न खोजें । त्यसपछि एउटा निबन्ध लेखें र तत्कालीन पृष्ठभूमि साप्ताहिकमा छपाएँ । त्यो पनि प्रभावकारी बन्न सकेन । त्यसपछि त्यहीँ विषयवस्तु राखेर कथा लेखें । आफैलाई सन्तुष्टि मिल्यो र त्यसपछि कथा लेख्न थालें । पछिपछि मलाई के लाग्न थाल्यो भने अभिव्यक्तिका लागि कथा धेरै प्रभावकारी विधा हो ।

तपाईंको कथा लेखनको मूल स्रोत के हो ?
– कथा लेखनको मेरो मूल स्रोत म बाँचिरहेको मेरो समाज र परिवेश हो । म त्यहीँबाट विषयहरू लिन्छु । मेरा कथाहरू समाजभन्दा बाहिर छैनन् । मेरा कथा पढ्ने पाठकले थाहा पाइहाल्छन् कि मेरा कथाहरू अनावश्यक कल्पनाबाट मुक्त छन् । म त्यस्तै दृष्टिकोण राख्दछु पनि ।

तपार्इंको कथाका पात्रहरू प्राय: समाजका निम्न वर्ग र राजनीतिक कार्यकर्ताहरू हुन्छन् । पात्र चयनका सन्दर्भमा कस्तो दृष्टिकोण अपनाउनुहुन्छ ?
– ठिकै भन्नुभयो । मैले सहकार्य गरिरहेका वर्गहरू तिनै हुन् । मैले जोसँग बढी घुलमिल गरिरहेको छु, मेरा कथामा स्वत: तिनै मानिसहरू आउनु स्वाभाविकै हो । अर्को कारण पनि छ, मेरा कथामा ती पात्रहरू आउनुमा । समाज रूपान्तरणका लागि सबैभन्दा बढी भूमिका खेल्ने मानिस पनि तिनै हुन् । त्यसैले गर्दा पनि मेरा कथाहरूमा तिनै पात्रहरू आउँछन् । म साहित्यलाई पनि समाज रूपान्तरणको एउटा हतियार हो भन्ने दृष्टिकोणलाई स्वीकार गर्छु । त्यही कारणले गर्दा मेरा कथाहरूमा तिनै पात्रहरूलाई प्राथमिकताका साथ
प्रस्तुत गर्दछु ।

आफ्नो कथा लेखनमा पूर्ववर्ती प्रगतिशील कथा सर्जकहरूको प्रभाव कत्तिको महसुस गर्नुभएको छ ? प्रभाव छ भने कसको बढी रहेको ठान्नुहुन्छ ?
– मेरा पूर्ववर्ती कथाकारहरूको कथा लेखनबाट मैले प्रभाव ग्रहण गर्नु स्वाभाविकै हो । सबै नयाँ लेखकहरूले पुराना लेखकहरूबाट प्रभाव ग्रहण गर्दछन् । मेरा अग्रज कथाकारहरूबाट मैले प्रशस्तै प्रभाव ग्रहण गरेको छु । प्रगतिशील कथाकारहरूबाट त प्रभाव र दृष्टिकोण ग्रहण गरें नै, गैरप्रगतिशील प्रशस्तै कथा स्रष्टाहरूबाट पनि मैले प्रभाव ग्रहण गरेको छु । अग्रज कथा स्रष्टाहरूको नाम लिनुपर्दा लामो सूची बन्न सक्छ ।

केही दशकयता प्रगतिशील कथा लेखन साँघुरिँदै गएको देखिन्छ । पुराना पुस्ताले उत्साहजनक रूपमा लेखिरहेका छैनन् भने नयाँ पुस्ता पनि सम्भावनाशील देखिएका छैनन् । यसले प्रगतिशील कथा लेखन अझ खुम्चिँदै जाने स्थिति उत्पन्न नहोला र ?
– यो समस्या प्रगतिशील कथा लेखनमा मात्र होइन । समग्र कथा लेखनमा यो प्रश्न अहिले उठाउन सकिन्छ । पुराना पुस्ताका स्रष्टाहरू पनि अहिले लेखिरहेका छन् । नयाँ पुस्ताका स्रष्टाहरू पनि अहिले नआएका होइनन् । पुराना पुस्ताका माया ठकुरी, मोहनराज शर्मा, भागीरथी श्रेष्ठ, राजेन्द्र विमल, ऋषिराज बराल, दिल साहनी, हरिहर खनालहरू अहिले पनि निरन्तर रूपमा लेखिरहनुभएकै छ । नयाँ पुस्तामा पनि स्रष्टाहरू नआएका होइनन् । तर, सोचेजस्तो हुन सकेको छैन । यो भयो समग्र कथा लेखनको कुरा । प्रगतिशील कथा लेखनको कुरा गर्नुपर्दा पनि यस्तैयस्तै स्थिति हो । पुराना पुस्ताका केही राम्रा कथाकारले लेख्नै छाड्नुभयो । खगेन्द्र संग्रौलाका कथाहरू पढेर मैले धेरै प्रभाव ग्रहण गरेको छु । उहाँले लेख्नै छाड्नुभयो भने पनि हुन्छ । रामहरि पौडेल, हरिगोविन्द लुइँटेल, देविका तिमिल्सिना पनि राम्रो कथा लेख्ने स्रष्टा हुनुहुन्थ्यो । उहाँहरू पनि कथा लेखनमा थाक्नुभएको हो कि जस्तो लाग्छ । तर, पनि हरिहर खनाल, ऋषिराज बराल, इस्माली, दिल साहनी, पुण्यप्रसाद खरेलहरूले नयाँ पुस्तालाई झक्झकाउने गरी कथा लेखिरहनुभएको छ । नयाँ पुस्तामा पनि केही कथाकार प्रगतिशील फाँटमा आएका छन् । उनीहरू यस क्षेत्रमा कति तपस्या गर्न सक्छन्, त्यो भोलिको कुरा हो । तर मलाई के लाग्छ भने अहिले प्रगतिशील साहित्यमा आएका नयाँ पुस्ताका कथा स्रष्टाहरू पुण्य कार्की, सीमा आभास, रोहित दाहाल, हीरामणि दु:खी, विवश वस्ती, हरिमाया भेटवाल, नवीन विभास, क्षितिज मगर, पुष्करराज भट्ट, नवराज रिजाल आदिले यो क्षेत्रमा निरन्तरता दिने हो भने प्रगतिशील कथा साहित्य खुम्चिँदै जान्छ भन्ने मलाई लाग्दैन ।

पछिल्लो पटक कुन कथा लेख्नुभयो र के थियो त्यसको विषय ?
– मैले पछिल्लो पटक लेखेको कथा म निदाएको छैन शीर्षकको कथा हो । यो गरिमालगायत विभिन्न पत्रिकामा छापियो । यो कथा मैले बुझेको र भएको अवस्थाका बीचको एउटा खाडललाई विषयवस्तु बनाएको थिएँ । कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व लिँदा सुकुम्बासीहरूलाई झनै बिचल्ली बनाउने जुन क्रियाकलाप गरियो, त्यो विषयलाई मैले पचाउनै सकिनँ र कथा लेखें ।

पछिल्लो समय ककसका कथा पढिरहनुभएको छ ?
– म कथा साहित्यको लेखक मात्र होइन, एउटा राम्रो पाठक पनि हुँ । पुरानो र नयाँ पुस्ताका कथाकारहरूको कथाको अलावा हिन्दी साहित्यमा भर्खरै प्रकाशित कथाकृतिहरू पनि पढिरहेको छु । भर्खरकै कुरा गर्दा, रोहित दाहालको कथाकृतिको भूमिका लेख्नुपरेको हुँदा उहाँका कथाहरू पढिरहेको छु ।

नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा रहनुभएको डेढ वर्ष भयो । त्यहाँ गद्य र आख्यान विभाग हेर्दै आउनुभएको छ । यसबीचमा विभागबाट के–कस्ता कामहरू भए ?
– नेपाल प्रज्ञा प्रतिष्ठानको गद्य, आख्यान विभाग मैले सम्हालेको पनि डेढ वर्ष पूरा हुन लाग्यो । यो बीचमा गएको वैशाख १२ गते भूकम्पका असरका कारण पछिल्ला योजनाहरू धेरै ओझेलमा परे । त्यसबेला सम्पन्न गर्ने भनेर तय गरिएका कार्यक्रमहरू बल्ल सुरु गरिँदै छ । यो जिम्मेवारी सम्हालेपछि २०७१ मंसिरमा हेटौंडामा साठीको दशकको नेपाली उपन्यास र साठीको दशकको नेपाली कथाका विषयमा गोष्ठी सम्पन्न गरियो । २०७१ माघमा काठमाडौंमा समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती विषयक गोष्ठी भयो । २०६१ चैतमा इलाममा समकालीन नेपाली नारी कथाकार र कथा लेखन प्रवृत्ति विषयक बृहत् गोष्ठी आयोजना गरियो । २०७२ वैशाखमा महेन्द्रनगरमा समकालीन नेपाली उपन्यासका प्रमुख प्रवृत्तिहरू विषयक कार्यपत्रात्मक गोष्ठी सम्पन्न भयो भने सोही साल जेठमा आख्यान स्रष्टाहरूलाई भूकम्पबाट प्रभावित भक्तपुरको स्थलगत अवलोकन गराइयो । त्यस्तै, २०७२ साल असोजमा उपन्यासकार डायमनशमशेर राणाको उपन्यासकारिताका बारेमा छलफल कार्यक्रम आयोजना गरियो र यही फागुनमा सिन्धुपाल्चोकको बाँडेगाउँमा गणतन्त्रपछिको नेपाली कथाका प्रवृत्ति विषयक कार्यक्रम सम्पन्न भयो ।

प्रकाशनको क्षेत्रमा प्रज्ञा आधुनिक नेपाली कथा भाग–३ मा प्रकाशित भएको छ । यसबीचमा अनुसन्धानका लागि केही विज्ञले यस विभागमार्फत केही कार्य गरिरहनुभएको छ । सामान्य रूपमा यस विभागबाट भएका मोटामोटी कामहरू यिनै हुन् ।

प्रस्तुति :  विवस वस्ती 

http://www.ebudhabar.com बाट साभार

बुधबार साप्ताहिक 
25th February 2016, Thursday

========================================================


==========================================


=====================================


==============================================


========================================


=============================================


=================================================


=========================================




==================================================



अन्तर्वार्ता
उन्नत विचार र कलाबाट संयोजन गरिएका रचनालाई म उत्कृष्ट लेखन ठान्दछु ।
० मातृका पोखरेल
हाल तपाईं के लेख्दै हुनुहुन्छ ?
केही समयपछि पाण्डुलिपि पुरस्कार अन्तर्गत धवलागिरी साहित्यिक प्रतिष्ठानले मेरो तेस्रो कवितासङ्ग्रह अनुहारहरू प्रकाशित गर्दैछ । त्यसका लागि भूमिका तयार गर्दैछु । यही बीचमा कवि कृष्ण सेन इच्छुकको स्मृतिमा प्रकाशित हुने स्मृतिग्रन्थका लागि एउटा संस्मरण पनि तयार गर्नु छ । त्यसैगरी केही कथाका प्लटहरू पनि तयार छन् । तिनीहरूलाई पनि केही समय दिनु छ । प्रगतिशील लेखक सङ्घ र प्रगतिशील सांस्कृतिक संगठनका केही नियमित कामहरू छन् । समग्रतामा भन्नुपर्दा मैले व्यस्त बन्नुपर्ने समयको माग छ ।

प्रत्येक स्रष्टाका साहित्यलाई हेर्ने र परिभाषित गर्ने आ–आफ्नै किसिमको दृष्टिकोण हुन्छ । तपाईंको दृष्टिकोण के हो ?
साहित्यलाई चटकपूर्ण ढङ्गले परिभाषा दिने चलन पनि हामीकहाँ छ । तर पनि मानव समाजभन्दा छुट्टै अस्तित्वमा रहने र कुनै अलौकिक कुरा साहित्य होइन । मेरो विचारमा मानव समाजले विकास गरेको सबैभन्दा सर्वोत्तम र विशिष्ट अभिव्यक्ति नै साहित्य हो । यो कुरा मेरा धेरै अग्रज साहित्यकारहरूले समेत भनिसकेका छन् ।

तपाईं कस्तो लेखनलाई उत्कृष्ट ठान्नुहुन्छ ?
मानव जीवनलाई परिभाषित गराउँदै समानताले युक्त र सभ्य समाजको निर्माणका लागि अघि बढ्न प्रेरणा दिने साहित्य मलाई मनपर्छ । मूलतः मलाई समाजवादी यथार्थवादी धारालाई ग्रहण गरेर सिर्जना गरिएका साहित्यहरू मन पर्छन् । लेख्य परम्परामा साहित्यको उपस्थिति अरूभन्दा भिन्न र विशिष्ट छ । उन्नत विचार र कलालाई संयोजन गरिएका रचनाहरूलाई म उत्कृष्ट लेखन ठान्दछु । कलाविहीन लेखोटमा जतिसुकै सुन्दर विचारहरू प्रस्तुत होऊन, तिनीहरूलाई साहित्यको कोटिमा राखेर प्रचार गरिनुहुँदैन भन्ने मेरो धारणा छ । तिनीहरूको आफ्नो ठाउँमा बेग्लै महत्व छ ।

साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्छ ? तपाईंको विचार प्रस्ट पारिदिनुहोस् ।
देश र जनताको खुसी र दुःखभन्दा टाढा साहित्यकारहरू रहन्छन् भन्ने मलाई लाग्दैन । साहित्य सिर्जनालाई स्वान्त सुखाय भन्नेहरूले पनि एउटा वर्गको पक्ष लिएकै हुन्छन् । म साहित्यमा वर्गीय पक्षधरता हुन्छ भन्ने तथ्यलाई नकार्न सक्दिनँ । साहित्य वर्गीय हुने भएकोले यसले कुनै न कुनै वर्गको सेवा गर्छ । जान अन्जान नै किन नहोस् साहित्यकारहरूले पनि कुनै न कुनै वर्गको सेवा गरिरहेकै हुन्छन् । थिचिएका र शोषित वर्गलाई प्रेम गर्ने र समाजमा अग्रगति चाहने साहित्यकारहरूले त्यही अनुकूल आफ्नो सिर्जनात्मक दायित्व निर्वाह गरिरहेकै हुन्छन् । त्यसैले पनि कुनै न कुनै प्रकारले साहित्यकारहरूको समाज र वर्गप्रति आफ्नो दायित्व रहन्छ । देश, समाज र वर्गप्रति मेरो कुनै पनि दायित्व छैन भनेर यदी कसैले भन्छ भने त्यसले समाजलाई कि यथास्थितिमा राख्न चाहिरहेको छ कि प्रतिगमनतिर धकेल्न चाहिरहेको छ भनेर बुझ्े हुन्छ । समाजप्रति सबै साहित्यकारहरूको दायित्व पहिले पनि समान थिएन र पछि पनि हुने छैन । साहित्यकारहरू सबैको समान उद्देश्य कदापि हुँदैन । साहित्यकारहरूको वर्गीय भिन्नता हेरेर मात्र दायित्वको आग्रह गर्नु उपयुक्त हुन्छ ।

हालसालको साहित्यलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
हालसालको नेपाली साहित्य निकै उत्साहप्रद छ भन्ने मलाई लाग्छ । विचार र कला दुवै कोणबाट हेर्दा अग्रगामी विचारका वाहक लेखकहरूले नै यतिबेला स्पष्ट नेतृत्व गरिरहेका छन् । यथास्थितिको आग्रह गरेर लेख्ने, घुमाईफिराई राजतन्त्र वा सामन्तवादको पक्षमा लेख्नेहरू यतिबेला निकै कमजोर बन्दै गएको अवस्था छ । माओवादीहरूको सशस्त्र विद्रोह, विभिन्न जनआन्दोलन लगायतका परिवर्तनकामी घटनाहरूका कारणले पनि साहित्यको क्षेत्रमा आइरहेको नयाँ पुस्ताले उर्जाशील बन्ने अवसर पायो । यो अवधि भित्र कथा, कविता, निबन्ध जस्ता विधाहरू धेरै फस्टाए । तर पनि उपन्यास र नाटक विधाको विकास उत्साहप्रद रूपमा हुन सकेजस्तो मलाई लाग्दैन ।

तपाईं आफू कुन–कुन साहित्यकार, चिन्तकहरूबाट प्रभावित हुनुहुन्छ ?
प्रत्यक्ष रूपमै मैले नेपालका धेरै साहित्यकारहरूबाट प्रेरणा लिने अवसर पाएको छु । अप्रत्यक्ष रूपमा भन्ने हो भने अग्रज पुुस्तामा काम गर्ने जति साहित्यकारहरूका सिर्जनाहरू अध्ययन गरियो ती सबैबाट प्रेरणा प्राप्त गर्ने नै कुरा भयो । श्यामप्रसाद शर्मा, आनन्ददेव भट्ट, पारिजात, वैरागी काइँला, निनु चापागाईं, रुद्र खरेल, डा. तुलसी भट्टराईदेखि लिएर त्योभन्दा पछिल्लो पुस्ताका स्थापित धेरै साहित्यकारहरूसँग संगठित भएरै काम गर्ने अवसर पाएको छु । कोबाट कति प्रभावित भइयो भनेर नाप्ने ठ्याक्कै गणितीय सूत्र यस क्षेत्रमा हुँदैन । अहिलेको समकालीन अवस्थामा अग्रणी पुस्तादेखि कनिष्ठ पुस्तासम्म म बरोबर सम्पर्कमा छु । म भरसक सबैका असल गुणहरूलाई आत्मसात गर्ने प्रयत्न गर्नेछु । म जजसको कार्यबाट प्रभावित भएँ ती सबै मेरा प्रेरणाका स्रोत हुन् ।

तपाईंको लेखकीय जीवनको शुरूवात कसरी भयो ? र तपाईंको साहित्यिक यात्रा कुन विधाबाट सुरु भयो ? कृपया सबभन्दा पहिले प्रकाशित कुनै पनि विधाको लेख, रचना उल्लेख गर्नुहोस् ।
मैले फाट्टफुट्ट रचनाहरू विद्यार्थीकालदेखि नै लेखेको थिएँ । भानुभक्त मेमोरियलमा कक्षा आठमा पढ्दा भानुभक्तको विषयमा उपत्यकाव्यापी कविता प्रतियोगिता भएको थियो । मैले त्यहाँ भानुभक्तको सम्झ्नामा शीर्षकको एउटा कविता सुनाएको थिएँ । स्तुति शैलीमा लेखिएको त्यो छन्दोबद्ध कविता अपरिपक्व बेलाको एउटा पाइलो थियो । त्यसबेलासम्म मभित्र सामाजिक चेतनाको कुनै प्रभाव थिएन । त्यो कविताले त्यसबेला प्रथम पुरस्कार पाएको थियो । मैले त्यसबेला एउटा ठूलो शब्दकोष उपहार पाएको थिएँ । त्यो पुरस्कारले पनि मभित्र एउटा उत्साह पैदा ग¥यो । त्यसपछि पनि छन्दमा अपरिपक्व केही रचनाहरू लेखेँ । तर पनि २०४१ सालदेखि आई.ए. अध्ययन गर्न विराटनगर गएपछि अध्ययन र लेखनमा मेरो रुची बढ्न थाल्यो । विराटनगरमा हुने साहित्यिक कार्यक्रमहरूमा पाएसम्म कविता वाचन गर्न म कहिले पनि छुटाउँदैनथेँ । मेरो पहिलो प्रकाशित रचना चाहिँ २०४४ सालमा समीक्षा साप्ताहिकमा प्रकाशन भएको थियो । मेरो साहित्यिक यात्रा कविताबाटै सुरु भयो । पचासको दशकबाट मात्र मैले कथा लेख्न थालेको हुँ ।

तपाईंलाई कसरी साहित्य सिर्जनामा लाग्ने प्रेरणा प्राप्त भयो ? बताइदिनु हुन्छ कि ?
आफ्नै बारेमा यतिबेला आएर मूल्याङ्कन गर्दा मेरो पारिवारिक वातावरण नै साहित्यिक प्रेरणाको पनि पहिलो स्रोत बन्यो जस्तो लाग्छ । मेरा पिताजी नन्दलाल पोखरेल पूर्वीय साहित्य र ज्योतिषको राम्रो ज्ञाता हुनुहुन्थ्यो । मानिसहरू उहाँलाई धार्मिकशास्त्र र ज्योतिषको आधिकारिक व्यक्तिका रूपमा सम्मान गर्थे । सानैदेखि हामीले घरमा अनिवार्य रूपमा ज्योतिष र पूर्वीय साहित्यहरू (धर्मग्रन्थ) अध्ययन गर्नुपथ्र्यो । संस्कृतका श्लोकहरू घोकेर कण्ठस्थ पार्नुपथ्र्यो । पिताजी घर बाहिरको काममा जाँदा म धेरैजसो उहाँ सँगसँगै हिँड्थेँ । बिहान चार बजे उठेर उहाँ संस्कृतका श्लोकहरू वाचन गर्नुहुन्थ्यो । यतिबेला आएर सोच्दा ती संस्कृतका श्लोकहरूले र तिनीहरूको सङ्गीतले मलाई साहित्यिक सङ्गतमा पु¥याउन ठूलो मद्दत पु¥याएजस्तो लाग्छ । पछि उच्च शिक्षा अध्ययनका लागि विराटनगर गएपछि साथीहरूले माक्र्सवादी साहित्यको अध्ययनमा प्रेरित गरे । यिनै घटनाक्रमहरू मेरा साहित्यिक यात्राका प्रेरणाहरू हुन् ।

साहित्यकारको रूपमा तपाईंको सही मूल्याङ्कन भएको छ कि छैन ?
मैले मेरो सिर्जनयात्रालाई आफ्नो सामाजिक कर्तव्यको रूपमा बुझ्ेको छु । मसँग कर्म गर्ने हक मात्र  छ । अरूबाट मूल्याङ्कनका लागि मात्र लेख्नेको प्राथमिक दायित्व देश, समाज र परिवर्तन हुन सक्दैन । यसो भनेर प्रोत्साहन र प्रेरणाको महत्वलाई मैले नकार्न खोजेको होइन । त्यसको आफ्नो ठाउँमा महŒव छ । नाम कमाउनका लागि कुनै कार्य गर्नु पनि व्यक्तिगत स्वार्थसँगै जोडिएको विषय हो । कसैले मेरो प्रशंसा मात्र गरिदेओस् भनेर लोभ पाल्नेहरूको सिर्जनात्मक प्रतिबद्धता पनि दीर्घायु हुन सक्छ भन्ने मलाई लाग्दैन । कसले के भन्यो र कति प्रशंसा ग¥यो भनेर होइन, मैले आफ्नो कर्तव्य कति पूरा गर्न सकेँ भनेर सोच्नुपर्छ ।

साहित्य र राजनीतिमा तपाईं कस्तो समानता वा असमानताको अनुभव गर्नुहुन्छ ?
साहित्य र राजनीति पूर्णत विरोधी तत्वहरू हुन् र हुनुपर्छ भनेर मान्यता राख्नेहरू हाम्रो लेखकीय जमातभित्र थुपै्रै भेटिन्छन् । यो मान्यता राख्नेहरूको मूल चाहना जनतालाई जागरुक हुनबाट टाढा राख्ने र असचेत बनाउने षड्यन्त्र हो भन्ने कुरामा अब हामीले कुनै द्विविधा लिइरहन जरुरी छैन । मैले राजनीतिलाई विचारको रूपमा नबुझने र केही विकासे नारा फलाकेर जनतालाई छक्याउँदै चुनाव जित्ने, भोटको मात्र ध्याउन्ना गर्ने भन्दा फरक राजनीतिको कुरा गर्न खोजेको हुँ । राजनीति भनेको विचार र दर्शन पनि हो । साहित्यकारहरूमा पनि कुनै न कुनै रूपमा कुनै न कुनै विचार र दर्शनको प्रभाव रहेकै हुन्छ । जान अन्जाननै किन नहोस् उनीहरूको पनि एउटा विश्व दृष्टिकोण हुन्छ  । त्यो विश्व दृष्टिकोणले अन्ततः कुन वर्गको सेवा गर्ने भन्ने ठाउँमा पु¥याएरै छाड्छ । वर्तमान सामाजिक संरचनालाई परिवर्तन गर्ने कार्य साहित्यकारहरूको हुनुहुँदैन भनेर कसैले भन्छ भने त्यसले घुमाई फिराई यथास्थितिवाद र प्रतिगमनको सेवा गरिरहेकै हुन्छ । राजनीतिक व्यक्ति जस्तै साहित्यकार पनि समाजको यौटा सचेत सदस्य र राष्ट्रको प्रबुद्ध नागरिक हो । आफू बाँचेको समाज र देशका बारेमा उसले पनि सोच्नुपर्छ । राजनीतिको जस्तै साहित्यको पनि वर्गगत सामाजिक मूल्य मान्यता हुन्छ । यी दुवै चीजहरू एउटै सामाजिक र आर्थिक आधारबाट उत्पन्न हुने दुई अधिरचना हुन् । हामीले शब्दमा अस्वीकार गरे पनि यी दुवै एक अर्काका पुरक भएर रहिरहेका हुन्छन् ।

तपाईं कुनै राजनीतिक वादबाट प्रभावित हुनुभएको छ कि छैन ? के साहित्यमा राजनीति प्रभावित हुँदैन र ?
मलाई माक्र्सवादी विश्व दृष्टिकोण सत्यको सबैभन्दा नजिक छ भन्ने लाग्छ । माक्र्सवाद आफैमा राजनीतिक विषय पनि हो । त्यसो भएपछि म पनि राजनीतिक वादबाट प्रभावित हुने नै भएँ । साहित्यमा पनि राजनीतिको जस्तो वर्ग पक्षधरता हुन्छ ।

संक्षेपमा भन्नुपर्दा प्रगतिशील साहित्यको परिभाषा के हो ?
प्रगतिवाद माक्र्सवादी सौन्दर्यशास्त्रलाई आधार बनाएर साहित्य सिर्जनाको क्षेत्रमा प्रयोग गरिएको शब्द हो । प्रगतिवादले माक्र्सवादी वैज्ञानिक दर्शनलाई नै केन्द्रीय दृष्टिकोणको रूपमा अपनाउँछ । अझ् यसरी पनि भन्न सकिन्छ साहित्यिक क्षेत्रमा माक्र्सवादलाई प्रगतिवादको रूपमा बुझ्न्छि । योभन्दा प्रगतिशील साहित्यलाई केही खुकुलो रूपमा पनि परिभाषित गर्न सकिन्छ । प्रगतिशील साहित्यको मूल आधार माक्र्सवाद भइरहन जरुरी छैन । संक्षेपमा भन्नुपर्दा शोषित र उत्पीडितहरूको पक्षमा, श्रमजीवीहरूको पक्षमा, उदयीमान वर्गको पक्षमा, अग्रगामी सोच र विचारको पक्षमा लेखिने साहित्यलाई नै प्रगतिशील साहित्यको रूपमा हेर्न सकिन्छ ।

तपाईंजस्तो एकजना सफल लेखक हुन के–के गुणहरू आवश्यक हुन्छन् ?
मेरो विचारमा एकजना सफल लेखक हुनको लागि नियमित लेखनका लागि प्रतिबद्ध हुनुपर्छ । सँगसँगै अध्ययन पनि हुनुपर्छ । यो सँगसँगै अर्को महत्वपूर्ण कुरा ऊ देश र जनताको हित चाहने हुनुपर्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान लेखक कलाकारहरूको स्वतन्त्र प्रतिष्ठान हुनुुपथ्र्यो । तर त्यसो नभइ सरकारको कार्यालयजस्तो भयो । यस सम्बन्धमा यहाँको के टिप्पणी छ ?
विगतको इतिहास हेर्दा पनि के देखिन्छ भने नेपाल प्रज्ञा प्रतिष्ठान सत्ताको विचारलाई पालित र पोषित गर्ने संस्था रह्यो । पञ्चायतकालमा यो संस्थाको स्थापना राजा महेन्द्रले पञ्चायती व्यवस्थालाई टिकाउने संस्कृतिको निर्माण गर्नका लागि गरेका हुन् । त्यसपछि पनि यो कहिल्यै स्वतन्त्र रहन सकेन । जुन पार्टीको सरकार बन्यो त्यही पार्टी वरिपरी रहेका लेखकहरूलाई राखेर सभा र परिषद् बनाउने चलन कायमै राखियो । मलाई लाग्छ भोलि पनि त्यही हुन्छ । किनकि नेपालको राजनीतिक नेतृत्वले त्योभन्दा माथि उठेर सोच्ने हैसियत निर्माण गरेकै छैन । आफ्ना वरिपरीका मानिसहरूलाई जागिर खुवाउने ठाउँभन्दा फरक बनोस् भनेर कामना गर्न त सकिन्छ तर मैले देशका बौद्धिक र प्राज्ञिक व्यक्तिहरूको केन्द्रीय थलोको रूपमा विकसित होला भन्ने कुरामा फेरि पनि विश्वास गर्न सकिरहेको छुइनँ ।

जीवनमा कहिल्यै कठिनाई अनुभव गरी लेखकीय जीवनबाट निराश त हुनुभएको छैन ?
लेखकीय जीवनबाट निराश बन्नुपर्ने अहिलेसम्म कुनै कारण भेटेको छुइनँ ।

दिनचर्या कस्तो छ ? जीवनका समकालीन क्षणहरूबारे जानकारी दिनुहुन्छ कि ?
दिनचर्या सामान्य छ । अरू मानिसहरूले मलाई व्यस्त मानिसकै रूपमा मूल्याङ्कन गर्छन् । सिर्जनाका लागि धेरै समय छुट्याउँछु । सांगठनिक काममा समयको ठूलो हिस्सालाई छुट्याउनुपर्छ । हातमुख जोड्ने सानो जागीर छ । समयको अर्को ठूलो हिस्सा त्यहीँ खर्च हुन्छ । यतिबेलाको जीवन यसैगरी चलिरहेको छ ।

तपाईंको व्यक्तिगत र साहित्यिक जीवनका तीता, मीठा अविस्मरणीय क्षणहरू छन् भने कृपया बताइ दिनुहोस् न ।
अविस्मरणीय क्षणहरू सबैका जीवनमा केही न केही हुन्छन् जस्तो लाग्छ । ती क्षणहरूको चर्चा यतिबेला धेरै सान्दर्भिक हुन्छ जस्तो लाग्दैन ।

भविष्यमा तपाईंको के योजना छ ?
भविष्यका योजनाहरू सम्झ्ँदा अहिले आफैलाई अत्यास लाग्छ । जागीरमा जीवनलाई बाँध्नुपर्दा मभित्र प्रशस्तै आत्मपीडाहरू छन् । त्यो मेरो बाध्यता हो । देश र समाजका लागि मैले अहिले छुट्याएको समय अत्यन्तै थोरै हो भन्ने कुरामा मभित्र एउटा छटपटी छ । व्यक्तिगत जीवनलाई अझ् कटाएर सामाजिक जीवनका लागि अझ् समय थप्ने योजनामा छु । सिर्जनात्मक कार्यहरूमा आफ्नो उपस्थिति अझ्ै कमी महसुस गरिरहेको छु । एउटा उपन्यासको आरम्भ गरेर थन्क्याएर राखेको छु समयको अभावले ।

तपाईंको कुनै खास अम्मल छ कि ?
नभई नहुने अम्मल अहिलेसम्म केही छैन ।

तपाईंको चाख कस्तो किसिमको छ ? खासगरी खानपिन र साथीसङ्गती सम्बन्धमा ?
यात्रामा रमाउनु मेरो सबैभन्दा ठूलो रुची हो । मलाई एक्लो र सानो समूहभन्दा ठूलो समूहमा बस्न मन लाग्छ । दुईचारजना बसेर चौरासी व्यञ्जन खानुभन्दा धेरै मानिसहरूको समूहमा बसेर गुन्द्रुक र खस्रो भात नै बढी मीठो लाग्छ ।

रोगब्याधीले कत्तिको सताउने गर्छ ?
अहिलेसम्मलाई त्यस्तो समस्या खप्नुपरेको छैन ।

अन्तमा जनमत र पाठकहरूलाई के सन्देश दिन चाहनु हुन्छ ?
पञ्चायती व्यवस्थाको विरुद्धमा जनतामा चेतना जगाउन जनमत पत्रिकाको जन्म भएको थियो । नेपालको अग्रगामी परिवर्तनका लागि जनमत पत्रिकाको पनि केही थोपा पसिनाको खर्च भएको छ । जनमतलाई जन्माउँदा सुन्दर र समुन्नत नेपालको जुन आकांक्षा पालिएको थियो, त्यो नेपाल अझ्ै धेरै टाढा छ । जनमतले त्यो गौरवमय विगतलाई बिर्सनु हुँदैन । मेरा विचार र धारणाहरूलाई पाठकहरू समक्ष पु¥याउने जिम्मेवारी बोकीदिएकोमा जनमत पत्रिकालाई धन्यवाद दिन चाहन्छु ।

वार्ताकार:- मोहन दुवाल
जनमत, वर्ष २४, अंक ११—१२, पूर्णाङ्क १२६, २०६४ पुष, मातृका पोखरेल विशेष अंक




=========================================
=========================================



सचेत स्रष्टाहरूका लागि राजतन्त्र घिनलाग्दो संस्था हो 

–मातृका पोखरेल, सचिव, लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च, नेपाल

चैत ३० गते त स्रष्टाहरूमाथि पनि गोली नै दागियो । स्रष्टाहरूले पनि बलिदानका लागि तयार हुने बेला आएको हो ?
अपराधिक मनोवृत्ति बोकेका मानिसहरूले राज्य संचालन गरेको बेलामा स्रष्टाहरूमाथि पनि गोली चल्नु कुनै नया“ कुरा होइन । स्रष्टाहरू समाजका सचेत वर्गहरू हुन् । समाजका अन्य वर्गहरू बलिदानका लागि तयार हु“दा स्रष्टाहरू तयार नहुने कुरै भएन । तपाईं इतिहासमै पनि हेर्न सक्नुहुन्छ । नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनमा स्रष्टाहरूको भूमिका जहिल्यै पनि अग्रिम पंक्तिमै छ ।

स्रष्टाहरूमाथिको निरंकुश सत्ताको यसप्रकारको दमन चरम हतासा र पराजयको अभिव्यक्ति होइन ?
स्रष्टाहरू माथिको दमनको मात्र कुरा होइन, अहिले सरकार दमन गरेरै आफ्नो निरंकुश सत्ता लम्ब्याउन खोजिरहेको छ । निरंकुश सत्ताका आ“खामा सचेत स्रष्टाहरू पनि सत्रुका पंक्तिमै हुन्छन् । अहिलेको समयको राजतन्त्र स्वयंमा पिछडिएको चेतनाको अवशेष हो । त्यसमाथि पनि निरंकुश राजतन्त्र त सचेत मानिसहरूका लागि घिनलाग्दो संस्था हो । अबको राजतन्त्र कहिं कतै पनि जनमतको आधारमा टिक्ने साहस गर्न सक्तैन । झन्, नेपालको राजतन्त्रको मानसिकता ढुंगे युगकै छेउछाउको छ । उसको टिक्ने आधार भनेकै शस्त्रबल मात्र हो । तपाईं आफंै एकपल्ट कल्पना गर्नुस् त, नेपालको यो घिनलाग्दो राजतन्त्रको साथमा सेनाको बल नहु“दो हो, यसलाई जनताले के गरिसक्थे ?

यसले राज्य भनेको दमनकारी संयन्त्र हो भन्ने नै प्रमाणित गर्छ हैन ?
तपाईंले भनेजस्तो सिद्धान्तत, राज्य भनेको एक वर्गद्वारा अर्को वर्गको दमन गर्ने हतियार नै हो । तर अन्य कैयौं देशको जस्तो यो राज्य बहुमतद्वारा अल्पमतलाई शासन गर्ने मात्र राज्य होइन । अल्पमत पनि, औंलामा गन्न पुग्ने मान्छेहरू, उनीहरूको जुठो पुरो खाएर रमाएका द्वापर युगको चेतना बोकेका केही मान्छेहरूको सानो हिस्साले बहुमत जनतामाथि गरेको शासन हो यो ।

आखिर किन स्रष्टाहरूस“ग यो सरकार यति धेरै सन्त्रस्त छ ?
मैले माथि पनि तपाईंलाई भनिसकेको छु– नेपालमा बहुसंख्यक स्रष्टाहरू सचेत व्यक्तिको कोटीमा पर्छन् । अन्य केही थोरै यस्ता स्रष्टाहरू पनि छन्, जो दरबारको टाट्नोमा हालेको घा“स खाएर आफ्नो जीवन सार्थक भएको दुःस्वप्न देखिरहेका छन् । त्यस्ता स्रष्टाहरूस“ग राज्य सन्त्रस्त छैन । तर नेपालका बहुसंख्यक सचेत स्रष्टाहरू ‘राजतन्त्र’ भन्ने शब्दस“गै घृणा गर्छन् । त्यस्ता स्रष्टाहरूस“ग राज्य सन्त्रस्त हुनु स्वभाविक कुरा हो । राजाको प्रत्यक्ष शासन सञ्चालन हुन थालेपछि वाक तथा प्रकाशन स्वतन्त्रतालगायतका तमाम आधारभूत नागरिक हकहरूमाथि धावा बोलिंदै आएको तथ्य अब सबैका सामु जगजोहर छ । यी कुराहरूको प्रत्यक्ष प्रभाव स्रष्टाहरूमाथि सबैभन्दा बढि पर्छ । त्यसैले स्रष्टाहरू आन्दोलनको विकल्प देख्दैनन् । म निरंकुश सरकार स्रष्टाहरूस“ग सन्त्रस्त हुनु अस्वाभाविक देख्दिन ।

स्रष्टाहरूको आन्दोलनले व्यापकता ग्रहण गरेको हो ? मह जोडीलगायतका उत्रेछन् त आन्दोलनमा ?
नेपाली समाजको चेतना ०३६, ०४६ सालको आन्दोलनको तुलनामा धेरै माथि पुगिसकेको छ । अब आम नेपालीलाई थाहा भइसकेको छ, अलिकति चारो र सानो हड्डी पाउ“दैमा आन्दोलनलाई तुहाउनु हु“दैन । झनै स्रष्टाहरू यो विषयमा सचेत नहुने कुरै छैन । राजाको शाही सम्बोधनको घोषणा पश्चात् महजोडीलगायत धेरै चलचित्रकर्मी, साहित्यकारहरूको भेलाले आन्दोलनलाई अघि बढाउन अपिल गरिसकेको छ । स्रष्टाहरूले राजनैतिक पार्टीलगायत सबै सचेत समुदायलाई संविधानसभाभन्दा तलको कुनै पनि मागमा सम्झौता नगर्न बारम्बार सचेत गराइरहेका छन् । यतिबेला सचेततापूर्वक स्रष्टाहरू आन्दोलनमा उत्रेका छन् । धेरै जिल्लामा लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च गठन भइरहेको छ । अब आन्दोलन जनताले चाहेको उपलब्धि प्राप्त नगरी पछाडि फर्कने अवस्थामा छैन ।

अनि हिजो राजाको कदमको पक्षमा स्वागत ¥याली निकाल्नेहरू पनि आन्दोलनमा देखिन्छन् । यो के हो ?
जनताको चेतनालाई कमजोर आ“केर पनि कतिले त्यो कार्य गरे । कतिको अवसरवादी चरित्र पनि हुनसक्छ । तर कसैले आन्दोलनमा सहयोग गर्न आयो भने हामीले उसलाई स्वागत गर्नै पर्छ । तर ऊप्रति सचेत हुनु जरुरी पनि छ । ऊ कुन उद्देश्यले आन्दोलनलाई समर्थन गरिरहेको छ ? ऊ आफूले आफैंलाई परिवर्तन गरेर आएको हो भने त्यो राम्रो कुरा हो । तर आन्दोलनले व्यापक रूप लिंदै जा“दा यस्तो हुने गर्छ । जनसहभागिताका लागि यसले आन्दोलनलाई फाइदै पु¥याउ“छ ।

यसले आन्दोलनमा असर त पु¥याउ“दैन ?
यस्ता व्यक्तिहरूलाई आन्दोलनको नीति निर्माण गर्ने तहमा पु¥याउनु हु“दैन । आखिर आन्दोलन, परिवर्तन कसैको पेवा पनि त होइन नि । त्यस्तो बेलामा प्रतिबद्ध र निरन्तर आन्दोलनमा लागिरहनेहरूले नै आन्दोलनको नेतृत्व गर्नुपर्छ । हिजो राजाको कदमको समर्थन गर्नेहरू अहिले आन्दोलनमा सहभागीसम्म बन्न सक्छन् तर उनीहरूले गरेको नेतृत्व मानिसहरू स्वीकार गर्न सक्तैनन् । उनीहरू आन्दोलनमा सहभागी भए भने आन्दोलन कमजोर होइन निरंकुशतन्त्र नै कमजोर हुन्छ भन्ने मेरो ठहर छ । धेरैभन्दा धेरै त्यस्ता मानिसहरूलाई आन्दोलनमा ल्याउने प्रयत्न गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

स्रष्टाहरूले २०४६ सालमा भन्दा अझ बढी राजतन्त्रस“ग जुधिरहनु परेको छ हैन ?
०४६ सालमा भन्दा नेपाली जनताहरूको चेतना उन्नत भएर गइरहेको छ । त्यसैले पनि ०४६ सालभन्दा अहिलेको आन्दोलनको निसाना राजतन्त्र हुनु स्वाभाविक हो । नेपालमा राजतन्त्र रहुन्जेल शान्ति र राजनैतिक स्थिरता कायम हु“दैन भन्ने कुरामा सचेत नेपालीहरूको मनमा अब कतै द्विविधा छैन । त्यही कारणले गर्दा यो आन्दोलन राजतन्त्रविरोधी आन्दोलनमा परिवर्तित भइरहेको छ ।

तपाईंहरू आफ्ना आन्दोलनका कार्यक्रमहरूलाई किन संचारमाध्यममार्फत् आन्दोलनपूर्व सार्वजनिक गरिरहनुभएको छैन ? किन स्रष्टाहरूलाई सञ्चारमार्फत् सार्वजनिक आव्हान गरिरहनुभएको छैन ? त्यसो गर्दा अझ व्यापक सहभागिता हु“दो हो ? कतिपय स्रष्टाहरूलाई आन्दोलनको कार्यक्रमकै बारेमा थाहा नहुने स्थिति छ ।
तपाईंको प्रश्नप्रति मेरो पनि सहमति छ । यसतर्फ हामी सचेत बनिरहेका छांै ।

अब आन्दोलनका कस्ता कार्यक्रमहरू आउ“दैछन् ?
आन्दोलनको माग अनुसार आगामी कार्यक्रमहरू पुनर्संयोजन गर्दै लगिनेछ । प्रकाशनका क्षेत्रमा केही गर्ने योजनाका बारेमा छलफल भइरहेको छ ।

अन्तमा के भन्नुहुन्छ ?
नेपाली जनताको त्याग र बलिदानका कारण आन्दोलनले उचाइ प्राप्त गरिरहेको छ । यसलाई मन, बचन र कर्मले सहयोग गर्न आग्रह गर्छु । मेरा विचारहरू प्रसारित गर्ने मौका दिनु भएकोमा जनएकता साप्ताहिक र तपाईंप्रति आभारी छु ।

वार्ताकार : भोगीराज चाम्लिङ

जनएकता साप्ताहिक, २०६३ वैशाख ११ गते सोमबार 

===========================================







3 comments:

  1. I am Mr Adams kevin a representative of Aiico insurance loan lending company, do you need personal loan for business? we give loan at 3% interest rate, if you are interested contact us on this email:adams.credi@gmail.com to proceed with your loan transfer document immediately

    ReplyDelete
  2. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तपाईं यस इमेल मा हामीलाई सम्पर्क चासो हो भने हामी, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.co टम हस्तांतरण तुरुन्त आफ्नो ऋण दस्तावेज संग अगाडी बढन

    ReplyDelete
  3. This comment has been removed by a blog administrator.

    ReplyDelete