- मातृका पोखरेल
चुनाव सकिएर परिणाम पनि आइसक्यो । यो चुनावले मानिसहरुले सोचेको भन्दा बेग्लै परिणाम ल्याइदियो । शहर र बजारका चिया पसलहरुमा गरिएका अनुमानहरु पुरै फेल भए । झण्डै दुई तिहाइको छेउछाउमा रहेको नेपाली कांग्रेसले नराम्ररी हार बेहो¥यो । एकप्रकारले भन्ने हो भने नसोचेकै परिणाम आयो । बामपन्थी दलको स्पष्ट बहुमत आयो ।
त्यसपछि सञ्चार माध्यमहरु मार्फत् मानिसहरूले पार्टी परिवर्तन गरेका समाचारहरु आइरहेका छन् । हिजो कुनैबेला बामपन्थी पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या रेडियोले प्रचार गर्दा अचम्मै लाग्थ्यो । लाग्थ्यो, देशका मानिसहरु सवै कांग्रेस भइसके । आज त्यही प्रकृया उल्टिएको छ । कांग्रेस छाडेर हजारौं मानिसहरु कम्युनिष्ट पार्टीमा प्रवेश गरेको खवर मात्र छ रेडियोमा । रेडियोको कुरा सुन्दा लाग्छ–देशको जनसङ्ख्या भन्दा बढ्ता मानिसहरुले कांग्रेस छाडेर कम्युनिष्ट पार्टीमा प्रवेश गरे ।
निर्वाचन परिणाम आएको केही दिनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ सरकार बन्यो । प्रवेशले आफ्नो विभागीय मन्त्रीको नाम कहिल्यै सुनेको थिएन । पश्चिमतिरको जिल्लाबाट चुनाव जितेर आएका रहेछन् । मन्त्री उसकालागि एकदमै नयाँ मान्छे । प्रवेश पूर्वेली भएकोले पश्चिमतिर उसका नातागोता पनि कमै थिए । नयाँ मन्त्रीसँगको सम्बन्ध बढाउन उसले थुप्रै कसरत ग¥यो । मन्त्रीसँग कुनै सम्वन्ध बढाउन सकिन्छ कि भनेर आप्mना नातागोता, कूलकुटुम्ब, साथीभाइ सवैतिर गुहार माग्यो । तर सम्बन्धको कुनै सुत्र फेला परेन ।
+++ +++ +++ +++
नवनियुक्त अर्थमन्त्रीको सचिवालयमा प्रायजसो प्रवेश कुनै न कुनै निहुँ पारेर गई रहन्थ्यो । एकदिन उसले मन्त्री सचिवालयको ढोकामा बेरोकटोक आवत जावत गरिरहने एकजना परिचित जस्तो लाग्ने मान्छेलाई देख्यो । उसले पनि प्रवेशलाई चिने जस्तो गरेर हात हल्लायो । हात हल्लाउँदै त्यो मान्छे त्यस दिन मन्त्रीको कार्यालयबाट बाहिरियो ।
त्यो चिनेजस्तो लाग्ने मान्छेकाबारेमा प्रवेशले आफ्नो कार्यालयमा आएर धेरैबेर सोच्यो ।
“को होला त्यो मान्छे ? मैले देखिरहेको मान्छे हो । तर कहाँ ? कहिले ? मन्त्रीसँग पक्कै नजिकको मान्छे हुनुपर्छ । नत्र किन बेरोकटोक भित्र बाहिर गरिरहेको छ ?” कार्यालयबाट घर फर्किंदा पनि प्रवेशको मष्तिष्क यही प्रश्नले चक्कर लगाइरहेकोे थियो । रातभरी ओछ्यानमा यही प्रश्नले उसको निद्रलाई बिथोली रह्यो ।
एकदिन अघि देखेको मान्छे भेट्न प्रवेश चाँडै कार्यालय पुग्यो । हाजीर गर्ने बित्तिकै मन्त्रीको कोठा अघिल्तिरको सचिवालयमा बस्यो । मन्त्री सचिवालयका कर्मचारीहरु भरखरै कार्यालय आउँदै थिए ।
करिब बाह्र बज्न लाग्दै थियो ।
उसको विभागको पियन बोलाउन आयो र भन्यो “हजुरलाई सहसचिवज्यूले खोजि रहनु भएकोछ ।”
“एकबजेपछि मन्त्री आउँछन् । यहाँ बसिरहेको देखे भने पनि फेरि आप्mनै नम्बर घट्ला” उसले फेरि यसरी सोच्यो ।
प्रवेश निराश अनुहार बोकेर आफ्नो विभाग फर्क्यो र सहसचिवलाई भेट्न पुग्यो । झण्डै दुई बजी सक्यो । खाली समय लाग्ने बित्तिकै प्रवेश फेरि मन्त्री सचिवालयको अघिल्तिर पुग्यो र वरिपरि आँखा डुलायो ।
मन्त्रीलाई भेट्न आउनेको भीड निकै बढिसकेको थियो । उसले सोफामा बस्नकालागि कुनै ठाउँ फेला पारेन । एकछिन उभिएरै सबैको अनुहार हे¥यो ।
मन्त्रीको कोठाबाट भित्र बाहिर गर्ने त्यही मानिस देख्यो आज पनि उसले ।
“तर अब कसरी कुरा गर्ने ?”ऊ बिलखबन्दमा प¥यो ।
“ मान्छे त देखिरहेकै हो ।” त्यो मान्छेको अनुहार हेरेर ऊ झनै प्रष्ट भयो ।
आज पनि त्यो मान्छे प्रवेशतिर फर्किएर एकपटक मुस्कुरायो र अरु मानिसहरुसँगको भेटघाटमा व्यस्त भयो ।
आज चाहिं त्यो मान्छेसँग कुरा गर्ने विचार ग¥यो प्रवेशले ।
“सरसँग केही कुरा गर्नु थियो ।” भीडकै बीचमा नजिक गएर उसले भन्यो ।
“ ओहो, प्रवेशजी मलाई तपाईंले सर भन्नुभएको राम्रो लागेन ।” उसले प्रवेशको हात तानेर मिलाउँदै भन्यो ।
यत्तिकैमा भीडको एउटा मान्छेले कानेखुसी गर्दै उसलाई अर्कैतिर तानेर लग्यो ।
प्रवेश अचम्मित मात्र होइन, खुसी पनि भयो । त्यो मानिसले राम्रैसँग चिनेकोमा उत्साहित पनि भयो ।
“ के होला उसको नाम ? कसरी थाहा पाउने ? उसलाई के नामबाट सम्बोधन गर्ने ? उसको नाम थाहा नपाए जस्तो गर्न पनि भएन ।” प्रवेश अर्को समस्याले रन्थनियो ।
समस्या आएपछि समाधान निस्कन पनि बेर लाग्दैन । प्रवेशले आप्mनो छेउमा बस्ने मानिससँग उसको नाम सोध्ने विचार ग¥यो ।
“ उहाँको नाम रामानन्द हो । मन्त्रीज्यूको प्रमुख सल्लाहकार ।” छेउमा बसेको मान्छेले उसको परिचय दियो ।
प्रवेश फेरि रामानन्दको अघिल्तिर पुग्यो ।
रामानन्दले प्रवेशलाई एउटा गुप्त कोठातिर लिएर गयो र सोफामा राख्यो ।
“चिया पिउँ कि चिसो ?” उसले प्रवेशसँग यसरी सम्वाद शुरु ग¥यो ।
“आज अलिकति चिसो दिन छ । चिया नै पिउँ ।” प्रवेशले पनि सम्वादका लागि सहज बन्ने कोसिस ग¥यो ।
“हामी कलेजमा पढ्दा तपाईं राष्ट्र«वादी स्वतन्त्र विद्यार्थी मण्डलमा हुनुहुन्थ्यो । अहिले त्यो संगठनका मानिसहरु राजनैतिक पार्टीका नेता छन् । उनीहरुसँग तपाईंको सम्वन्ध कस्तो छ ?” रामानन्दले पुराना दिनहरु कोट्याउन खोज्यो ।
“छैन । छैन । त्यसपछि जागिरको दौडमा लागियो अहँ छैन ।” प्रवेशले नराम्ररी हड्बडाउँदै उत्तर दियो ।
प्रवेश हड्बडाएको कारण बुभ्mन रामानन्दलाई कुनै गाह्रो परेन ।
“तपाईं यही मन्त्रालयमा कार्यरत रहनु भएको कुरा मलाई थाहा थियो । तपाईंलाई भेट्न आउने कुरा सोचिरहेको थिएँ । तपाईंसँग केही अन्तरङ्ग कुरा पनि गर्नु थियो । मन्त्रालयको काम हाम्रा लागि नितान्त नयाँ काम हो । तपाईंलाई थाहा छँदैछ । तपाईंको सहयोगको पनि हामीलाई आवश्यकता छ । तर....” रामानन्दले छलफल सुरु गर्न खोज्यो ।
रामानन्दको “तर” शव्दले प्रवेश झस्कियो । प्रवेश आप्mना कलेज जीवनका पुराना दिनतिर फर्कियो । सम्झिंदा सम्झिंदै प्रवेशको शरीरमा चिसो महशुश भयो । “रामानन्दले ती पुराना दिन सम्भ्mयो भनें ?” प्रवेश नराम्ररी झस्कियो । हो, त्यसबेला प्रवेशहरुको एउटा समूह (जो पञ्चायती व्यवस्थाको समर्थक विद्यार्थी समूह थियो) ले रामानन्दहरुलाई खुबै दुख दिन्थ्यो । धम्क्याउँथ्यो । तर त्यो समूहमा प्रवेश कलेज परिसर भित्र सामान्य मात्र सक्रिय सदस्यको रुपमा क्रियाशील थियो । कलेजको शुरुवाती समयमा एकजना साथीले प्रवेशलाई अखिलको कार्यक्रममा पनि पु¥याएका थिए । एक दुई दिन कार्यक्रमहरुमा हिंडाएका पनि थिए । त्यसवेला एक रुपैयाँ शुल्क लिएर एउटा सदस्य बनाएको रसिद पनि दिएका थिए । प्रवेशले केही दिन मै बुझिहाल्यो,“यो फाइदाको बाटो होइन । दुख र कष्टको बाटो हो ।” त्यसपछि प्रवेशले तुरुन्तै त्यो बाटो छाडिदियो र पञ्चायत समर्थक विद्यार्थीहरुको जमात राष्ट्र«वादी स्वतन्त्र विद्यार्थी मण्डलको सदस्य बन्यो । ऊ विद्यार्थी कालमा त्यो संगठनको सामान्य जिम्मेवारी सहितको सक्रिय कार्यकर्ताको रुपमा परिचित थियो ।
रामानन्दलाई प्रवेशका बारेमा यो सब कुरा थाहा थियो । प्रवेशले आप्mनो राजनीतिक लगावका बारेमा उसँग भूmठो बोल्नुको कुनै अर्थ थिएन ।
“एयरपोर्ट भन्सार कार्यालयमा केही दिन अघिमात्र उपसचिवको दरबन्दी खाली भएको छ । मलाई त्यहाँ पठाउन तपाईंको सहयोग चाहियो । त्यसपछि तपाईं, तपाईंको पार्टी र मन्त्रीज्यूलाई म यथेष्ठ सहयोग गर्नेछु ।” प्रवेशले हिच्किचाउँदै आप्mनो प्रस्ताव सुस्तरी राख्यो ।
“त्यो महत्वपूर्ण ठाउँका बारेमा मन्त्रीज्यूलाई पार्टी लगायत धेरैतिरको प्रस्ताव आएको छ । मन्त्रीज्यू पनि मिलेसम्म आप्mनै पार्टीको कार्यकर्ता र बेलाबेलामा आपूmलाई पनि आर्थिक सहयोग गर्ने मान्छेको खोजीमा हुनुहुन्छ ।” यति भनी सकेर रामानन्दले प्रवेशको अनुहारतिर हे¥यो ।
“तपाईंका् सहयोग प्राप्त भएमा त्यो काम बन्न सक्छ भन्ने मैले सूचना पाएको छु ।” प्रवेशले रामानन्दसँग पुरानो परिचयको मद्दत लिन खोज्यो ।
“तर प्रवेशजी ! मन्त्रीज्यू त्यो जिम्मेवारी दिनकालागि आप्mनै पार्टीसँग जोडिएको मान्छे खोज्नु हुन्छ । म त तपाईंलाई सहयोग गर्न चाहन्थें तर...!”यति भनेर रामानन्दले प्रवेशको अनुहार हे¥यो ।
रामानन्दले भन्न खोजेको कुरा प्रवेशले बुझी हाल्यो । उसले रामानन्दको अघिल्तिर आत्मालोचना गरेको शैलीमा आप्mनो पुरानो इतिहासको एकपन्ना पल्टायो । “ होइन ! होइन ! मलाई अब तपाईंले नयाँ आँखाले हेर्नुपर्छ । म त्यतिबेला केही साथीहरुको बहकाउमा लागेर पञ्चायततिर लागें । त्यो भन्दा पहिले म अखिलकै कार्यकर्ता थिएँ ।”
“मन्त्रीज्यूसँग तपाईंका बारेमा बिभिन्न सूचनाहरु मानिसले पु¥याएका छन् । म त तपाईंको पुरानो साथी । सहयोग गरिहाल्छु । म एकपटक मन्त्रीज्यूसँग तपाईंका बारेमा कुरा गर्नेछु । उहाँलाई मैले सकारात्मक बनाउन सकें भने तपाईंलाई उहाँसँग भेट गराउनेछु ।” रामानन्दको यो कुराले प्रवेश उत्साहित भयो ।
“मन्त्रीज्यूसँग भेट गर्दा म उहाँलाई मैले पहिले लिएको अखिलको रसिद पनि देखाउनेछु । त्यसपछि मन्त्रीज्यूको म प्रतिको भ्रम हट्नेछ ।” यसो भन्दै प्रवेशले रामानन्दलाई पनि विश्वास दिलाउने कोसिस ग¥यो ।
“ओहो ! अखिलको त्यसबेलाको रसिद छ भने मलाई ल्याइदिई हाल्नुस् न ! मन्त्रीज्यूसँग तपाईको बारेमा कुरा मिलाउन धेरैै सजिलो हुन्थ्यो । त्यसपछि पार्टीलाई र हामीलाई आर्थिक सहयोग चाहिं राम्रै गर्नुहोला नि !” यति भन्दै रामानन्द ऊसँग बिदा हुँदै मन्त्रीको कोठातिर गयो ।
+++ +++ +++ +++
निकैदिन भइसक्यो, प्रवेश अफिसबाट चाँडै घर आउँछ र पुराना किताबहरुको थाकमा केही कुरा खोजिरहन्छ । दिनहरु क्रमशः बित्दै र्गएपछि उसको अनुहारमा निराशाका रेखाहरु बढ्दै जान थालेका छन् । एकरात घर ढिलो गरी आइपुग्यो ऊ । रक्सीको पुरै नशामा थियो ऊ । यसरी खाएर आएको उसकी श्रीमती रमिलाले पनि पहिलो पटक अनुभव गरी ।
“ कता हरायो होला त्यो रसिद ! त्यसले मेरो भविष्य नै चौपट बनाउने भयो ।” केही दिनदेखि उसको बेचैनी बढेको त्यही रसिदले रहेछ भन्ने कुरा थाहा पाई रमिलाले पनि । प्रवेश लुगा फेर्दै एक्लै बोल्दै थियो ।
“के खोजेको हो ? तीनचार रात भयो । सबै किताब छरपस्ट पारेको छ । मेरो निद्रा पनि डिष्टर्ब गरेको छ ।” तीनचार दिनदेखिको प्रवेशको बेचैनीको अवस्थाका बारेमा उसले जान्न खोजी ।
“एउटा रसिद हराएको छ । त्यो नभेटेदेखि मेरो भविष्य अन्यौलमा पर्ने भयो ।” रक्सीको धङ्धङीको स्वरमा बोल्यो प्रवेश ।
“के को रसिद ? ” रमिला अझ प्रष्ट हुन खोजी ।
“अ.ने.रा.स्व.वि.यु.को सदस्यता पत्र । मैले कलेज पढ्न शुरु गर्ने बेलामा लिएको थिएँ ।” यतिबेला मात्र उसले श्रीमतीको अनुहारमा हे¥यो ।
“के तपाईं कुनैबेला कम्युनिष्ट पनि बन्नु भएको थियो ?” रमिलाले खिसिट्युरी गरी ।
“कतै तिमीले भेट्यौ कि ?” यतिबेला रमिलालाई उसले रसिदबारे सोध्यो ।
“मैले के भ्ट्नु ? मलाई थाहा त थिएन तपाईं पनि कुनैबेला कम्युनिष्ट भएको । पञ्चायतको कार्यकर्ता भएको सुनेकी थिएँ, त्यसपछि राप्रपा हुनुभयो । त्यसपछि कांग्रेस भएको थाहा छ । यो त नयाँ कुरो भरखरै थाहा हुँदैछ । कर्मचारी मान्छेले यसरी पार्टी फेरेको मैले कहिल्यै सुनेको थिइनँ ।”प्रवेशको स्वभाव माथि रमिलाले व्यङ्ग्य प्रहार गरी ।
“त्यो रसिद भेटिएपछि मेरो भाग्य चम्किंदै छ । मेरो भाग्य चम्किनु भनेको तिम्रो पनि चम्किनु हो । हामी मिलेर खोजौं त्यो रसिद । त्यो रसिद भेट्टिएमा तिम्रा आवश्यकताका सबै कुरा पुरा हुन्छन् ।” प्रवेशले रमिलासँग सहयोग माग्यो ।
प्रवेशका अघिल्तिर रमिलाका मागहरुको ठूलो चाङ थियो । प्रवेशको नियमित आम्दानीले त्यो पुरा हुन सम्भव थिएन । सुनका नयाँ गहनादेखि नयाँ घरसम्मका सबै कुराहरु पुरा हुने आश्वासन पाएपछि रमिला पनि रसिद खोज्न लागी ।
कति खोज्दा पनि रसिद कतै भेटिने होइन । खोज्दा खोज्दा रमिला पनि दिक्दार भई ।
“रसिद कतै पनि नहुन सक्छ ।” रमिलाले शंका गरी ।
“पक्कै छ । बेलाबेलामा मैले भेट्ने गरेको थिएँ । कुनै किताबको पानाभित्र राखेको छु । कहिलेकाहीं देखा पर्थ्यो त्यो । ” प्रवेश रसिद छ भन्ने कुरामा विश्वस्त थियो ।
“पञ्चायतको बेलामा कांग्रेस कम्युनिष्टका सबै कुरा फाल्नु भयो । कांग्रेस आएको बेला कम्युनिष्टका केही कुरा घरमा राख्नै हुँदैनथ्यो तपाईंलाई । सबै भन्दा ठुलो कांग्रेस बनेको देखाउन हतार हुन्छ । अहिले कम्युनिष्टको सरकार आयो, तपाईंलाई कम्युनिष्ट बन्न हतारो हुन्छ । राजनीतिमा यो व्यवहारलाई अवसरवादी भन्छन् रे नि !” रसिद नभेटिएको झोकमा रमिलाले टिप्पणी गरी ।
रमिलाको यो टिप्पणीले प्रवेशलाई नराम्ररी चिमोट्यो । तर उसले कुनै उत्तर फर्काएन । नसुने भैंm गरेर एकएक गरेर किताबका पन्नाहरु पल्टाइरह्यो ।
तीन, चार दिन भइसक्यो प्रवेश अफिस नगएको । बिरामी छु भनेर अफिसमा विरामी विदा पठाइदियो आज ।
भोक,निद्राको परवाह नगरिकन दुवै दम्पति हराएको रसिद खोजीरहेका छन् । दुवै एकआपसमा बोलिरहेका छैनन् । फगत किताबका पन्नाहरु एकएक गरेर पल्टाइरहेका छन् । हराएको रसिदको बारेमा रमिलाले कुनै टिप्पणी नगरोस् । उसको टिप्पणीले प्रवेशको पुरुषत्वमा जीवनमा कहिल्यै नभएको प्रहार भएको उसले अनुभूति ग¥यो ।
आखिर खोजी गरेको कुरो कुनै ठुलो थिएन । मिल्काउन बाँकी रहेको फगत एउटा रसिद थियो ।
000
----------------------------------------------------------------------------------------
No comments:
Post a Comment