Monday, December 16, 2019

रूपाटार क्षेत्रको ऐतिहासिक परिचय : राममणि पोखरेल




संरक्षक
बालकृष्ण पोखरेल

प्रधान–सम्पादक
मातृका पोखरेल

कार्यकारी–सम्पादक
शारदाप्रसाद भट्टराई

सम्पादक–मण्डल
राममणि पोखरेल
मोहनबहादुर बुढाथोकी
बालकृष्ण काफ्ले
भोजकुमार ठकुरी
दीपकराज बुढाथोकी


प्रमुख सल्लाहकार
तोयाबहादुर बुढाथोकी


सल्लाहकार
चित्रबहादुर बुढाथोकी
फत्तबहादुर ठकुरी
अमृत साफी
लीलाकान्त झा
फुलराम यादव


व्यवस्थापक
रामदेव पण्डित
खिपमान विश्वकर्मा
हरिबहादुर थापा
रुक्मिणी राउत
दीपाकुमारी थापा


प्रकाशक :-
महेन्द्र–रत्न उच्च मा.वि.
रूपाटार–७, उदयपुर
रूपाटार स्मारिका २०६९
मूल्य :-१५०।– (व्यक्तिगत)
३००।– (संस्थागत)
प्रति :- १००१
प्रकाशन–मिति :- २०६९ वैशाख १
यस स्मारिकामा प्रकाशित रचनाहरू लेखकका निजी विचार हुन् । त्यसउपर सम्पादक/प्रकाशकको कुनै जिम्मेवारी रहनेछैन ।
– सम्पादक÷प्रकाशक

शब्दघर अपसेट प्रेस, बागबजार, काठमाडौँ, फोन नं. ०१–४२४४५९७ द्वारा मुद्रित



रूपाटार क्षेत्रको ऐतिहासिक परिचय
राममणि पोखरेल
रूपाटार–७, उदयपुर

मानिस एक पल्ट मात्र जन्मन्छ । जीवनको एउटा कालखण्ड विताएर भोगेर उसले जीवन लीला समाप्त गर्छ, भौतिक शरीर समाप्त हुन्छ । तर उसले जीवनकालमा गरेका सकारात्मक र नकारात्मक काम का वारेमा पछिल्लो पिढीले– खोजतलाश गर्दछ ।
एक जमाना यस्तो थियो, यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू आफ्ना घरेलु कागजपत्र, लेनदेन, चीना सुतिका, जन्मकुण्डली, तमासुक, राजीनामा, पुजा विधि र श्राद्ध समेतमा सङ्कल्प पढ्दा – स्वरुङ कट्टी थुम रामपुर भनेर – लेख्ने बोल्ने प्रचलन थियो । पुराना दस्ताबेजमा यो कुरा उल्लेख छ । गाउँ पञ्चायतको व्यवस्था भएपछि यो चलन स्वतः हराएर गयो ।
प्रजातन्त्र प्राप्ति पछि विकास र राजनीतिक निर्वाचनका दृष्टिले जिल्लालाई ११ इलाकामा विभाजित गरियो । पाँच गाविस रूपाटार, ओखले, ठानागाउँ, इनामे र लेखगाउँ – इलाकालाई ८ मा समावेश गरिएको छ भने लिम्पाटार र छविसे इलाका नं ११ मा समेटिएका छन् ।
इतिहासका तथ्यहरूले बताउँछन कि, एक जमानामा यो क्षेत्रमा पुरै बसोबास राई जातिको थियो । भनौ, रोसी खोला देखि पूर्व अरूण नदी सम्मको क्षेत्रमा–राई जातिको बाहुल्यता थियो । भाषा र धर्म संस्कृति पनि उनीहरूकै थियो । यस क्षेत्रका धेरै ठाउँका नामहरू राई जातिका भाषा सँग मिल्दाजुल्दा छन् ।
“रूपाटार” – ‘रूपा’ भनेको सकिएको टारका कारण रूपाटार नामकरण–राई भाषा बाट राखिएको भन्ने भनाई राई भाषाका जानकारहरू बताउँछन् ।
सुगौली सन्धी भन्दा अघि यसक्षेत्रको सुरक्षा केन्द्र ठानागाउँमा थियो । सरकारी योजना अनुसार त्यसक्षेत्रमा आवश्यकीय सेना राखिएका थिए । नेपाल एकीकरणको क्रममा विजयपुर, चौदण्डीगढी नेपालमा गाभिएपछि चौदण्डी गढीबाट त्यसबेलाको न्यायिक कार्यालय –अदालत उदयपुरगढी सारियो । उदयपुर गढीबाट ठानागाउँ नजिकै पर्ने भएकाले ठानागाउँबाट – कार्यालय–उदयपुर गढी लगियो । ठानागाउँ सामान्य गाउँमा परिणत भयो ।
यस क्षेत्रका पुराना बासिन्दा राई जातिहरू र राईभाषाकै नाउँबाट – नामाकरण गरिएको रूपाटारमा – २०१७ साल कार्तिक १ गते विजया दसमीको शुभ साइत पारेर–विद्यालयको स्थापना गरियो । स्थानीय शिक्षाप्रेमी भागवतप्रसाद पोखरेलले खाबो गाडेर भवनको शिलान्यास गर्नुभयो । कमलाप्रसाद पोखरेलले विद्यालयको निम्ती तत्काल जमिन उपलब्ध गराएर सहयोग पु¥याएका थिए ।
राजधानी काठमाडौँबाट–लगभग ३०० किलोमिटर पूर्व रहेको सुनकोसी गडतिरको यो एक रमाइलो प्रकृतिले शोभायमान गाउँ रूपाटारमा विद्यालय स्थापना हुनु आफैमा एक महŒवपूर्ण घटना थियो । प्रारम्भमा विद्यालयको नामाकरण गरिएको थिएन । सिधै एक रुपैयाँ प्रति विद्यार्थीसँग लिएर रजिष्टरमा नाम दर्ता गराइएको थियो । रजिष्टरमा पहिलो नाम दर्ता गर्ने व्यक्ति थिए, हस्तमान विश्वकर्मा ।
विद्यालय स्थापनाको योजनाकार भैरवीप्रसाद पोखरेल थिए । शिलान्यासकर्ता, जमिनदाता लगायतका व्यक्तिहरूमा भगतप्रसाद पोखरेल, टङ्कनाथ पोखरेल, प्रेमबहादुर ठकुरी, कमलप्रसाद पोखरेल आदि थिए ।
स्थापनाकालका शिक्षकहरू– नारायणप्रसाद
तिम्सिना, फणीन्द्रप्रसाद रेग्मी, रामबाबु पोखरेल,
गणेशबहादुर थापा, चेतवहादुर बुढाथोकी थिए ।
विद्यालयहरू स्थापनाको झन्डै सात महिना यो विद्यालय भाषा पाठशालाको रूपमा रहयो ।
त्यसबेला छिमेकी गाउँहरू– लिम्पाटार – र ताम्लिछामा २०१५ सालको अन्त्यतिर प्राथमिक विद्यालय स्थापनाभएका थिए । आसपासका गाउँहरू – मादलेमा रामचन्द राउत को घरमा कनचीरा बाबाजीलाई ल्याएर पढाउँदै थिए । खोलेखर्कमा नयनध्वोज ठकुरीका घरमा कायस्थ जातिको व्यक्तिलाई बोलाएर पढाउने गरिथ्यो, रूपाटारको दियाथुम्कामा एक जना टिकादत्त नामका पण्डितलाई ल्याएर केही समय पढाएर विदा दिएका थिए । विद्यालको स्थापना पछि, ती टयूशने कक्षाहरू समाप्त भएका थिए ।
त्यसबेला जिल्ला र गाउँमा शान्तिशुरक्षाको उचित व्यवस्था थिएन । प्रशासन कमजोर थियो । जिल्लामा मारकाट, लुटपाट तीव्र थियो । दिनहुँ नराम्रा घटना घट्ने गर्दथ्यो । पुरानो शामन्तहरूको शोषण र दमन गाउँमा कम भएको थिएन । सामन्तबादी शक्ति र उदीयमान प्रजातन्त्रवादी शक्ति र कम्युनिष्ट शक्ति वीच तीव्र द्वन्द्व थियो । सातसालमा प्राप्त प्रजातन्त्र लाई संस्थागत गर्न सकिरहेका थिएनन । निर्वाचित संसद र त्यसकै आधारमा बनेको सरकार, विकासका पूर्वाधार तयार गर्ने कोशिशमा थियो । उदीयमान वामपंथी शक्ति आफ्नो दोश्रो महाधिवेशन गरेर, वैचारिक रूपले आफूलाई मूलुक व्यापिरूपमा–स्थापित गर्ने प्रयत्नमा थियो ।
विद्यालय स्थापनाको भण्डै दुइमहिनापछि २०१७ साल पौष १ गते मुलुकमा प्रतिगामी घटना घटाइयो । जनताका मौलिक अधिकार खोस्दै, राजाले पार्टीमा प्रतिबन्ध लगाए । निर्वाचित प्रधानमन्त्री लगायत थुप्रै राष्ट्रिय व्यक्तिलाई गिरफतार गरियो । यो घटनाले मुलुकमा ठूलो निराशा आयो । मनोवैज्ञानिक असर प¥यो । त्यसबेला गाउँघरमा यस्तो गीत गाइन्थ्यो ।
नेपालमा कुन सरकार आयो
किसान लाई गोलीले उडायो
पानी प¥यो असिना ओइरालो
झेलमा परे विश्वेश्वर कोइरालो
यो गीतले प्रतिगामी घटना प्रति ब्यङ्ग्य प्रकट गर्दथ्यो ।
२०१७ साल बैशाखमा बालकृष्ण पोखरेल आफ्नो पैतृक थलो रूपाटार आए । उनले त्यही साल बंगाल विश्व विद्यालयबाट भाषा विज्ञानमा एम. ए. पास गरेका थिए । गाउँमा विद्यालय स्थापना भएको समाचारले उनलाई खुशी तुल्यायो । त्यही खुशीमा उनी गाउँ आइपुगेका थिए । उनकै अगुगाईमा – रूपाटार विद्यालयमा–कक्षा विभाजन भएको थियो ।
२०१८ साल पौष १ गते मुलुकमा अंचलको अवधारणा आयो । १४ अंचल ७५ जिल्लामा मुलुक विभाजित भयो । त्यही समयमा एक जना अंचल शिक्षा अधिकारीको अधिकार लिएर तोयानाथ उपाध्याय नामक व्यक्ति रूपाटार आए । उनकै सल्लाह र सुझावमा “महेन्द्र–रत्न विद्या मन्दिर” नामकरण गरियो । आर्थिक भार थाम्न सके क्रमिक कक्षा बढौती गर्दै जान पाइने अनुमति पत्र समेत विद्यालयले पायो । २०१९ सालमा कक्षा आठसम्म अनुमति पाएको विद्यालयले ०३१ सालसम्म आठौ कक्षाको पढाइ स्थानीय बासिन्दालाई दिन सक्यो । नयाँ शिक्षा योजना राष्ट्रिय रूपमा लागु भए पछि, सात कक्षामा झारियो । निकै लामो सङ्घर्ष पछि २०३९ सालमा माविको रूप धारण ग¥यो । प्रथम पटक २०४१ सालमा प्रवेशिका परीक्षामा सहभागी भई भण्डै विष वर्ष पछि, उच्च माविमा प्रवेश गर्ने मौका पायो । हाल यो उच्च माविको रूपमा सेवारत छ । यो विद्यालय स्थापनाको पचास वर्ष वितेको छ ।
स्थापनाकालका शिक्षकहरूले विद्यार्थी बटुल्न निकै कठिन परिश्रम र दौडधुप गरे । मादले निबुवाटार कटहरे, रामपुर, विजुवा, खानीडाँडा, आदि गाउँका घरघर पुगेर विद्यार्थीको सङ्ख्या बढाए । आसपासका गाउँमा बसेर बढाउने कायस्थ गुरुहरू रूपाटारको विद्यालयमा स्थापना पछि सुइकुच्चा ठोकेर हिँडे । एक प्रकार त्यसबेला शैक्षिक जागरणनै आयो । पछिल्लो समयमा अन्यत्र पनि विद्यालय स्थापना हुने प्रकृयाको थालनी भयो । शैक्षिक जागरणले मानिसलाई सचेत पार्दै लग्यो ।
पुरानो समय देखि प्रकृतिसंग सङ्घर्ष गर्दै जीवन धान्दै आएका यस क्षेत्रमा । राई जातीको बस्ती पातलिदै, गए पछि त्यो ठाउँ विभिन्न स्थानबाट मानिसहरू भरिदै गए ।
पछिल्लो समयमा – जो जहाँसुकैबाट आएका भए पनि त्यसगाउँमा मिलेर सदभाव पूर्ण रूपमा बस्दै जीवन धान्दै मानिसहरू सामाजिक सदभाव साथ बाचेका थिए ।
राणाहरूले सत्तामा प्रवेश पाउनुभन्दा अघि यस क्षेत्रमा खासै असमानता, शोषण, थिचोमिचो थिएन । मानिसहरू ग्रामीण अर्थतन्त्रमा निर्भर थिए । थोरबहुत आफैँले चर्चेका जमिन थिए । जनसङ्ख्या कम थियो । खानपानमा कमी थिएन । प्राकृतिक रूपबाट उपचार विधि अपनाइन्थ्यो । तर १९०३ विक्रम सम्वत्मा – रगतको खोलो बगाएर राणाहरू सत्तामा स्थापित भएपछि आफ्ना निकट व्यक्तिहरूलाई बिर्ता दिने प्रथा चलनको प्रारम्भ भयो । त्यहीँबाट शोषण र असमानता बढ्दै गयो ।
००७ साल भन्दा अघि यस क्षेत्रका थोरै व्यक्तिले मात्र सरकारी जागीर प्राप्त गरेका थिए । सरकारी जागीरमा प्रवेश पाउनेहरूमा पोखरेल परिवारका केही व्यक्ति थिए ।
राणाहरूसँग नाता जोडिएका र राजधानीमा नै वसोवास गर्दै आएकाले रूपाटारमा या महाभारत उत्तरबाट पहिलो प्रवेशिका उत्र्तीर्ण गर्ने व्यक्ति – विष्णुबहादुर ठकुरी थिए, भन्ने प्रमाण भेटिएको छ । विक्रम सम्बत २००४ सालमा उनले प्रबेशिका पास गरेका थिए ।
राणा शासनमा लामो समय सरकारी सेवा गरेर – आउने व्यक्तिहरूमा यज्ञप्रसाद– (१९०७–१९८८) र टिकादत्त (१९२१–२००४) थिए ।
थुम रामपुरको नामले स्थापित यो क्षेत्रमा बसोवास गर्ने प्रत्येक जातिका आफ्ना–आफ्ना विशेषता भएको वुझिन्छ । तिम्सिना बाहुनहरू बालुन विद्यामा निपुण थिए । उनिहरू गाउँदेखि टाडा गएर पनि बालुन खेल्ने गर्दथे ।
लेखमा आलु छन् हेर्ने ठालु छन
हामी आयौँ बालुनमा रमाउन हेरी देउ रैति, दुनिया, नारायणप्रसाद तिम्सिना, राधेश्याम तिम्सिना र पितानाथ तिम्सिना, समकालीन समाज पूराण बाचक पण्डित भएका थिए । एक समयका शास्त्रीय विधामा निपुण व्यक्ति मानिन्थे यिनीहरू ।
खड्का क्षेत्री छरिँदै बसेका भए पनि, जग्गा जमिन जोड्ने क्रममा उनीहरू अघि थिए । खड्काहरूमा गरीव र धनी विचको खाल्डो गहिरो थियो । बुढाथोकी क्षेत्रीहरू कुल पुजा गर्ने, धामी झार्की तन्त्र विद्यामा बढी विश्वास गर्दथे । थापाहरूमा पुराना पिढीका व्यक्तिहरू मध्ये एकजना रत्नवहादुर थापाले २०११ साल चैत्रमा दिवगत भएका श्री ५ त्रिभुवनको नाममा जनताले केश खौरनुपर्ने परम्परालाई नजानिदो पाराले उलंघन गरेर राजाका सिपाहीलाई छवयाई दिएका थिए । गाउँको साझो एउटा किसानले राजाका सिपाहलिाई छक्याउन पनि एक प्रकारको चेतनाको विकासको प्रारम्भ भएको मान्न सकिन्छ । राउतहरू खानपानमा शौखिन थिए सामाजीक काममा खास योगदान देखिदैन ।
उदय परियार, छोटे परियार त्यस समयका सनइ बजाउन ज्यादै सिपालु थिए । सने कामी, हर्कबहादुर कामी, रूपदेउ कामी, त्यसेलाका घरायसी हतियार खुकुरी बञ्चरो कोदाली बनाउन सिपालु थिए । वूके सार्की त्यस क्षेत्रमा कुन मानिसको मृत्यू मितिमा भयो भन्ने जानिफकार व्यक्ति थियो । रामबहादुर र ललितबहादुर बुढाथोकी धामी काममा निपुण थिए भने लाफी सुनुवार नामकी एक जना महिला प्रत्येक मानिसको हात हेरेर मनोवैज्ञानिक रूपले उसको विगत र बर्तमानका जानकार दिन सक्षम थिइन ।
अहिलेको रूपाटार गाविसको बडा नं ६ कटहरे गाउँमा, त्यसबेला देखि ठकुरी, खड्का, क्षेत्री र थोरै घर धुरी बाहुन हरू मिलेर बसेका थिए । त्यही स्थानमा १९६५÷६५ साल तिर ओखलढुङ्गा जिल्लाको –माधवपुर गाउँबाट बराल थर मानिस बसाई सरी आएका थिए । देवी रञ्जनबरालका छोरा प्रसिद्ध साहित्यकार इश्वर बरालको जन्म १९८० सालमा यही कटहरेमा भएको थियो । बराल परिवार सँग रूपाटारका पोखरेल संग चेली लेनदेनको सम्बन्ध पनि भएको थियो । बराल परिवार छोटै समयमा त्यहा बाट बसाई सरी हालको सिराहाको बस्तीपुरमा आए । यो भनाई स्व. देवी रञ्जन बरालः स्व. हरिप्रसाद र स्व. भगवतप्रसाद पोखरेलको मुखबाट यो लेखकले सुनेको हो ।
राणाहरूसँगै वैवाहिक सम्बन्ध – कायम गरेकै कारण यस क्षेत्रमा बस्तै आएका –श्रीनेत ठकुरीहरू नयनध्वोज, बलबहादुर विष्णुवहादुर बढी शोषण र थिचो मिचो मा संलग्न थिए ।
२००७ सालको आन्दोलन ताका नेपाली कांग्रेसको चार आनी सदस्य बनेका व्यक्ति थिए भैरवी पोखरेल, भीमराज पोखरेल, मानवहादुर ठकुरी, मोहनलाल गिरी, नीलबहादुर रास्कोटी, रामबहादुर खड्का र ठूलो शाही, चित्रबहादुर खड्का, नरबहादुर बुढाथोकी तेजबहादुर राउत, भीमबहादुर राउत आदि ।
प्रारम्भ कुनै आन्दोलन भएन । गढीमुक्त भए पछि शम्शेरवहादुर मगर, डिकबहादुर मगर, इनामे गौरबहादुर ग्रान्जा मगर सहितको समूह गाउँलाई जागरण गर्दै, चन्दा असुल गर्दै स्थानीय सामन्तलाई थर्काउँदै हिँडेको थियो । त्यो समूहलाई देखे पछि, सामन्तहरू डरले कतिपय भागे भने कतिपय व्यक्ति विगतमा जे ग¥यौँ, अब केही थिचो मिचो गर्दैनौ भनेर माफी माग्दै उम्किए ।
चन्दा दिन नमानेकोमा ठानागाउँका –रस्मीलाल पोखरेललाई बाधेर घिसार्दै रूपाटारका भैरवी पोखरेलको घरमा ल्याएर रक्ताम्य पारिएको थियो । स्थानिय व्यक्तिहरू –भैरवी पोखरेल, हरिप्रसाद, भगतप्रसादको सहयोगमा रकम जुटाई आन्दोलनकारी समुहलाई रकम बुझाएर उनले छुटकारा पाए । रूपाटारका चिनिएका ब्यक्तिले– आन्दोलनकारी समुहलाई सहयोग गरेका थिए । नयनध्वोज ठकुरी आफै देखा पर्न सकेनन्, लुकीछिपी बाहिरीए । छोराहरू प्रेमबहादुर र विष्णुबहादुर मार्फत रकम सहयोग पठाए । बलबहादुर ठकुरी भागे । चन्दा दिनेहरूमा रामचन्द्र राउत र कटकबहादुर खड्का पनि थिए ।
००७ साल देखि ०१५ साल सम्म मुलुकमा विभिन्न भागमा भएका आन्दोलनमा यसक्षेत्रको खासै प्रभावकारी भूमिका देखिएन । २०११ सालमा राजा त्रिभुवनको मृत्यु पछि, देशमा सम्पूर्ण नागरिकलाई केश खौरने अभियानमा खटाइएका सिपाहीलाई उल्लीविल्ली पार्दै रत्नबहादुर थापा नखौरी फिर्ता भए । तिनै सिपाहीलाई भैसी दुहुना, व्याउने, थारा– बताएर फिर्ता पठाएको घटना पछि – रत्नबहादुर थापा लाई बर्फी भनिन थालियो । यो घटनाले त्यसबेला त्यसक्षेत्रमा निकै प्रचार र महŒव पायो । २०१२ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सचिव भएपछि भैरवी पोखरेलको प्रयासमा, ताप्लीका पुष्पलाल गिरी र लिम्पाटारका रुद्रबहादुर थापा समेतको सहयोगमा रूपाटारमा आमसभा गरेका थिए, भन्ने भनाई भैरवी पोखरेलको थियो ।
मादलेका ललितबहादुर खड्का केही दिन सेनामा काम गरेर छुटेर आएपछि दरो कांग्रेसका कार्यकर्ता भएका थिए । धेरै वर्ष भारतमा नोकरी गरेर घर फर्केका नरध्वोज बुढाथोकी दुईवर्ष पहिला ज्ञानकुप विद्यालयबाट संस्कृत पढेर पण्डित भएर आउका भिमप्रसाद भट्टराई, ज्ञानकुपमा पढदै गरेका भीमराज पोखरेल, हरिश्चन्द्र पोखरेल, थामखर्कका नन्दलाल पोखरेल, मादलेका ललितबहादुर खड्काको प्रयासमा क्षत्री र जैसी बाहुनले पकाएको खीर उपाध्याय बाहुनले खान हुन्छ भनी चलाएका थिए भन्ने भनाइ भीमप्रसाद भट्टराईले यो लेखकलाई सुनाएका थिए ।
नेपालको प्रथम चुनाव २०१५ सालमा हुँदा रूपाटार, लिम्पाटार, ठानागाउँ, ओखले, लेखगाउँ, छविसे, ओखलेमा एकै दिन चैत्र ११ गते सम्पन्न भएको थियो ।
मतदाता नामावलीमा हाम्रो नाम समावेश गरिएन, भोट हाल्न पाइएन भनेर भीमबहादुर राउत, भीमराज पोखरेल र फणीन्द्र रेग्मीले चुनावको निम्ती डोरी बेरेर बनाइएका मतदाताका लाईनका डोरी काटिदिएका थिए । फणीन्द्र रेग्मी, भीमबहादुर राउत, भिमराज पोखरेल लाई मतदान हाकिमले चुनाव अघितिर थुनेर राखेका थिए र पछि कागत गराएर छोडेका थिए । पछि रूपाटार बुथमा नेपाली कांग्रेसको मत सवभन्दा वढी खसेको थियो । यही वुथलाई आधार मानेर पछि गाविस वनाइयो ।
रूपाटार चर्चामा आउनुका कारणहरू
प्रारम्भिक चरण
यो क्षेत्र थुमरामपुरको नामले चिनिएको थियो । पछिल्लो चरणमा यो क्षेत्र रूपाटारका नामले चिनिदै आएको छ । यही जन्मेका यज्ञप्रसाद पोखरेल र टीकादत्त पोखरेलले राणा कालमा निकै लामो समय सम्म सरकारी जागीर खान सफल भए ।
दोस्रो चरण–
शारदाप्रसाद र नारायणप्रसादले सरकारी सेवा गरे । २०१२ सालमा नारायणप्रसाद पोखरेल वडा हाकिम भए । त्यस पछि शारदामाप्रसाद पोखरेल पनि वडा हाकिम भए । पदोन्नती हुँदा कहाँको मानिस वडाहाकिम भयो भन्दा – रूपाटारको भूगोल चर्चामा आयो । त्यसपछि कुलप्रसाद र हरिश्चन्द्र पोखरेल समेतले न्याय क्षेत्रमा चर्चा पाउन थाले ।
तेस्रो चरण–
परापूर्वकालमा राई वस्तीलाई हटाउन र कमगर्न काजी बलभद्रज्यू ठकुरीको महŒवपूर्ण भूमिका रहेको र कालान्तरमा तिनै ठकुरीका खाल सन्तानको नाता राणशासकसंग जोडिएको कारण यो क्षेत्र ००७ सालअघि बढी शोषणमा पर्दै गयो ।
यसक्षेत्रमा शोषणका ज्यादै निर्दयी र घीनलाग्दा कुरूप घटना पनि घटे । प्रचारमा आए । बोडे थापा, तुले खड्का, कुत्तेली खड्का जस्ता व्यक्तिले नयनध्वोज ठकुरीका घोडाको करेली बजेको सम्म सुन्न सकेनन् । घोडाका करेली बजेको सुनेपछि उनीहरू –बाटो छाडेर घोप्टो पर्थे भन्ने भनाई सुनिएको छ ।
००६ सालमा रंगनाथ नामका एक जना सुद्ध किसान नयनध्वोजको छिमेकी थिए । उनले आफ्ना गुवालीमा बाँधेका गाई, भैसी र खोरका बाख्रा समेत बाँधेको स्थितिमा छाडेर “तँ नैनेको सर्वनास होस” भनेर कागतको चीर्कटो मा लेखेर चौतारामा टाँसेर परिवार लिएर रातिनै भागेका थिए भन्ने भनाई छ ।
रूपाटारका भन्ज्याङगे बुढाथोकी किरिया गर्न बसेकै अवस्थामा मेरो ऋण तिर भनेर हप्काउन आएका थिए रे, नयनध्वोज । गाउँका छिमेकी उठेर यो किरिया वसेको समयमा ऋण उठाउन आउने तिमी अपराधी ज्यानमारा हौ भनेर घेराउ दिए पछि उनी घोडा कसेर भागेका थिए भन्ने भनाई छ ।
२०२१ सालमा नेपालमा भूमिसुधार कार्यक्रम लागु भयो । यो भूमिसुधारको कार्यक्रम उदयपुर जिल्लामा प्रथम चरणमा परेको थियो । यो भुमिसुधार कार्यक्रम लागु गर्न भूमिसुधार अधिकारीका रूपमा नयनध्वोज ठकुरीका छोरा सुदर्शन व. ठकुरी आएका थिए । ऋण असुली कार्यक्रम अन्तर्गत – धनी र गरिव बिच भएको रकम लेनदेनका तमसुकको लगत माग्ने –एउटा पाटो थियो । त्यही पाटोलाई समातेर लगत भराईयो । भुमिसुधार कार्यक्रम अन्र्तगत भरिएका लेनदेनका लगत मा अनुमति विना ऋण असुली गर्न नपाइने भन्ने व्यहोरा समेत उल्लेख थियो । यही सन्दर्भमा रूपाटारका एक जना किसान रिङगने कान्छा भन्ने खड्का क्षेत्रीले एउटा साहूलाई ऋण तिरो भन्ने अत्तो थापेर शुदर्शनले जाँतो बोकाएका थिए । शोषणका यस्ता रूपहरू यो ठाउँमा यसरी प्रकट हुँदै आएका थिए । नयनध्वोज ठकुरी मानिसलाई सिन्की गुन्दु्रक खादे जस्तै खाद्नुपर्छ र उनीहरू आफ्नो नियन्त्रणमा आउँछन, काममा दल्न सजिलो हुन्छ भन्थे, भन्ने सुनिने गरेको छ ।
यसक्षेत्रमा भूमिसुधार कार्यक्रम लागेपछि मात्र त्रिखण्डी प्रथाबाट अधियाप्रथा कायम हुन गयो ।
२०१५ सालको प्रतिगामी घटना पछि, ३५ जिल्ला रहेको मुलुकलाई ७५ जिल्ला र १५ अञ्चलमा विभाजन गरियो । नेपाली कांग्रेसका कार्यकर्ता भैरवी पोखरेल – राजाको कदमको स्वागत गर्दै प्रजातन्त्रको विरोधमा उभिए । २०२६ सालको पञ्चायती निर्वाचनका माननीय हुन पुगे । झन्डै ५÷६ वर्ष राजनीतिक शुन्यता रहयो । पूराना काग्रेसका मानिसहरू निरास भएर वसे, कोही पञ्चायत प्रवेश गरे । २०२५ सालदेखि पुनः यसक्षेत्रमा विरोधी राजनीतिको प्रारम्भ भयो । राममणि पोखरेल ऋषिप्रसाद तिम्सिना, गौरबहादुर देवकोटा, शारदाप्रसाद भट्टराई वेदप्रसाद पोखरेल दानवहादुर हमाल, राधा तिम्सिना, उपेन्द्र पोखरेल, मोहन ब. बुढाथोकी, चूडामणि खड्का यी व्यक्तिहरू वामपंथी विचासंग प्रभावित भए । पंचापतको विरोधमा वैचारिक काम गर्न थाले ।
त्यसै वीच चौथो महाधिवेशन संग सम्वन्धित भएर सुग्रीव थापा, ऋषिराज देवकोटा पनि रूपाटार पुगेका थिए । तर यहाँका युवाहरू मणिलाल राई मार्फत झापा विद्रोहसंग वैचारिक रूपले निकट हुन पुगेका कारण यहाँ चौथो महाधिवेशन समुह फस्टाउन सकेन । २०३३ साल भाद्र देखि राममणि पोखरेल, वेदप्रसाद पोखरेल र राधा तिम्सिनाले भुमिगत राजनीति प्रारम्भ गरे । रूपाटारमा पञ्चायत र पञ्च विरोधी भावना बढ्यो । ०३६ सालको जनमत सङ्ग्रहमा मतको हिसावले सवभन्दा वढी मत बहुदलको पक्षमा खस्यो । जनमत सङ्ग्रह पछि पनि ऋषिराज देवकोटा आउनुभयो । कटहरे र रूपाटारमा मादलेमा बसेर राजनीतिक प्रशिक्षण गर्नु भयो । गाउँमा पञ्चायतका विरुद्ध वामपन्थीहरूले साझा सवाल बनाएर खटनुपर्छ भन्ने वहाँको भावना थियो । जनमत सङ्ग्रह पछिका पञ्चायती निकायका चुनावमा विभिन्नसमुहका वामपन्थीहरूले सङ्कृयता पूर्वक टिका पिप्पणी गर्दै चुनावलाई प्रजातन्त्रको पक्षमा लाने कोशिश गरे ०४६ सालको जनआन्दोलनमा आमसभा गर्न नसके पनि पर्चा पोष्टर राख्ने काम भने सधन रूपले भयो । दशौ ठाउँमा हँसिया हथौडा र चारतारे झन्डा गाडिएका थिए । त्यस समय पछि यस क्षेत्रको राजनीति प्रजातन्त्रवादी र वामपंथी वीचको वैचारिक सङ्घर्षका रूपमा अघि वढी वाम विचारले सघनता लियो । पछिल्लो कालखण्डमा नेकपा माओवादीले प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको क्रममा अर्जुन श्रेष्ठले सहादत प्राप्त गरे भने धेरै व्यक्तिले प्रतीकृयावादीको यातना पाए । जनचेतनाको धार तीव्र बन्यो ।
छविसे प्राकृतिक रूपले शोमायमान र रमणीय छ । यहाँको पुरानो बासिन्दाहरू, सुनुवार जाति हो यो जाति धेरै वर्ष पहिला सिन्धुपाल्चोक बाट वसाई सरी आएको हो भन्ने प्रमाण छ । नेपाल एकीकरण कै सन्दर्भमा – पश्चिम बाट एकीकरण अभियानमा आएका थापा र राउत क्षेत्रीहरू अभियानको समाप्ति पछि राम्रो उर्वर भूमि देखेर यहीं वसोवास गरेका हुन भने भनाई यिनिहरूका सन्तानको रहेको छ । एकीकरण अभियानमा पृथ्वीनारायण सह सिन्धुली आएका । पूर्व २ नं उदयपुर सिन्धुलीगढी आसपासका क्षेत्रका स्थलगत अध्ययनको अभावमा थुम भनेर चिनाउने क्रममा थुमरापपुर सोरूङ कट्टी बाट नामाकरण गरिएको भन्ने भनाइ रहेको छ । केही समयको अधि पछिमा थापाका पूर्खा मानक थापा र राउतका पूर्खा चामु राउत आएका हुन भन्ने कुरा उनीहरूका सन्तानबाट थाहा भएको छ । ओखलढुङ्गा जिल्लाबाट कोइराला बाहुन र भट्टराई बाहुन पनि वसाई सराई कै क्रममा यस क्षेत्रमा आए । खोटाङबाट खड्का क्षेत्रीको प्रवेश भएको हो भन्ने भनाई रहेको छ । यी आउने मध्येका प्रभावशाली र शासकीय खाल राज्यको माथिल्लो निकायसंग सम्बन्ध राखेर शोषण दमन गर्न सक्ने व्यक्तिहरूमा राउत र थापा परिवारका कोही व्यक्ति अगुवा थिए । यहाँका थापा र राउत एकीकरण अभियानकै क्रममा राज्यको माथिल्लो निकायसंग जोडिएका हुँदा पछिल्लो समयमा चाकरी र पहुचकै कारण बिर्ता पाए । जनतालाई थिच्ने मिच्ने कानूनी हतियार पाए । माथिकै आड पाएकाले ००७ साल अघि सम्म सामन्तको खेतमा काम गर्न कमिया द्वारा शोझा गाउँले लाई बोलाईन्थ्यो । चौतारामा बसेर बोलाउँदा अटेर गरी या अन्य कारणवस यदि कोही व्यक्ति ढीलो ग¥यो भने खेतमा बयरका काँडा काटन लगाएर त्यही काँडामाथि सुताएर छालाका जुत्ताले कुट्ने परम्परा थियो भन्ने भनाई ०३० सालमा राम्चेका कुम्मध्वोज सुनारले बताएका थिए । भूमिसुधार पछि मात्र यो क्षेत्रमा बटैया प्रथा कायम भएको हो । ठालुमा दरिएका व्यक्तिहरूका खेतमा काम गर्न नआए घरमा गएर पिटने चलन ०३० सालसम्मै छविसेमा थियो । वटैया कमाएको जमिनको उव्जा किसानले घरमा पु¥याउन जानै पर्दथ्यो ।
कृष्णप्रसाद भट्टराई जस्तो राष्ट्रिय व्यक्तित्व, नेकाको संस्थापक सदस्य को अगुवाईमा – २००७ कार्तिक २० सालमा मुक्ति सेनाले मुक्त गरेको उदयपुर गढीलाई पुन गाउँले उठाएर राणा शासकसंग गुहार मागेर राणा शासन कायम गर्न खोज्ने गुमानसिह राउत ले आफ्नो उमेरमा कति शोषण गरे होलान कल्पना गर्न सकिन्छ । छविसेका राउत हरू वसाई सराईको क्रममा छरिदै मात्र जनतार पार्टिको सहयोगमा राणा शासकबाट मुक्त भएका राज त्रिभुवनले राणाकै सल्लाहमा गुमानसिह राउतलाई सल्लाहकार परिषदको रादस्य बनाएर ००७ सालको ऋण तथा तिर्न खोजिएको हो भन्न सकिन्छ ।
यस क्षेत्रमा मौलिक अधिकार राजनीतिक
स्वतन्त्रताका पक्षमा भने वकालत गर्दै लामो
प्रजातन्त्रको अभ्याससाथ जनतालाई सचेत पार्ने काममा लग्ने व्यक्ति हुन पूर्ण वहादुर खड्का, हेरम्ब थापा यहीकै बाहिर वसेका मेहन्दभुषण थापा आदि । पूर्णबहादुर खड्का सामान्य साक्षरता प्राप्त गरी परिवारमा जन्मेर समानताको पक्षपोषण गर्दै जनतालाई सून्यबाट उठाउन खोज्दै, प्रहरी थानामा चीसा छिडीमा विताए । मारिने धम्की खाए खरखजना मुद्धा खेपे । तर कैले प्रतीकृयावादीका सामु शीर झुकाएर । माफी मागेनन । उनकै अनुयायी हुन नारायण खड्का,चन्द्रबहादुर खाती, र सदादत्त प्राप्त गर्ने मोहन कटुवाल, उत्तरा (गङ्गा) कटुवाल थापा परिवारमा पहिलो कालखण्डमा जनताका हित विपरीत काम गरेका भए पनि पछिल्लो समयमा थापा परिवारमा पनि सुधार काम गर्दैै जाने प्रवृत्तिहरू बढ्दै गएका छन् । यहाँका थापा परिवारका सदस्यहरू आमुल परिवर्तनको पक्षधर नभए पनि सुधारको पक्षमा बोल्दै छन् । थापा परिवारका सदस्यहरूमा डाकबहादुर थापाले पञ्चायतबाट राजनीति प्रारम्भ गरेका भए पनि पछि माक्र्सवादी दर्शनबाट प्रभावित भएर जनता र जनवादको पक्षमा दरो गरी उभिदै आएका छन् । राज्यको यातनाका बाबजुद उनी झुकेका छैनन । धनवहादुर सुनुवार गरीवको पक्षमा बोल्ने एक दरो छाति भएका व्यक्ति मानिन्छन् । मगर जातिको पूरानो बस्ती छपटारका लवकुश मगर र कृष्ण मगर परिवर्तनका पक्षघर भएर क्रान्तिकारी आन्दोलनमा उभिएका छन् । डोलेन्द्रको ईरालालाई प्रतीकृयावादीका सेनाले निर्ममता पूर्वक मारेका थिए । महिला कार्यकर्तामा दुर्गा भट्टराईले आन्दोलनमा सकृय भाग लिएकी थिइन । यहाँ एक समय लिम्बुहरूको बाक्लो बस्ती थियो । विक्रम सम्वत १८९९ साल तिर जयकृष्ण मगर भन्ने व्यक्ति उदयपुरको वडा हाकिम भएका थिए । उनी यही स्थानमा जन्मेर, काठमाण्डौ बस्ने क्रममा दरवार सँग सम्पर्क वढाएर वडाहाकिम हुने मौका पाए भन्ने भनाई छ । उनका सन्तान थिएनन् । त्यही समयमा लिम्बुहरू बसाई सर्दैगए र मगरहरू भरिदै गए । विक्रम सम्बत १९२७ मा जन्मेका दलवहादुर थापा उमेरको उताराद्र्धमा निकै साहसी भएर देखिएका थिए । सरकारी जागीर पनि खाए । जनसेवी भावना र उदार दिलका थिए । डम्बरबहादुर थापा नेकाका दरा कार्यकर्ता बने । ०१७ सालको राजको कदम को विरोधमा, प्रजातन्त्रकै निम्ती शरणार्थी जीवन विताए । रुद्रबहादुर थापा र तिलोतमा थापा –नेका छाडि पञ्चायतमा प्रवेश गरे संजीव थापा कटारी बसाई सरी प्रजातन्त्रको पक्षमा वकालत गर्न थाले भने, शम्भु थापा, भरत थापा – बसाई सरेर कटारी आएर बामपंथी आन्दोलनमा समेटिए । गङ्गा पोखरेल उदयचन्द्र थापा लिम्पाटार नै बसेर बाम आन्दोलनमा लागे । २०१५ सालमा यहाँ प्राथमिक विद्यालय स्थापना भए पनि यसले कक्षा बढौती गर्न सकेन । पछिल्लो आन्दोलनको क्रममा यहाँका सार्की र मगरहरू पनि आन्दोलित भए ।
ओखले प्राकृतिक रूपले शोभायमान र रसिलो पहाडी श्रृंखला भएको ठाउँ हो । यहाँ राम्रा रसिला उव्जाउँ थुम्का र स्थानहरू छन् । थुम रामपुर सोरुङ कटटी भित्रै समेटिएको क्षेत्र हो । सामन्तवादी युगमा, धामी तन्त्र मन्त्र जोतिष विद्याको चल्ती भएको समयमा यस ठाउँमा पृथु र दृष्टि नामका दुइ मगर यस विद्याका सिपालु व्यक्ति थिए । टाढा सम्म पनि यिनीहरू धामी विद्याबाट उपचार गर्न जाने गर्दथे । पात्रो र नक्षत्र छुट्याएर चिना सुतिका लगाउन सिपालु थिए । यिनकै नाति रेमन्ते मगर यस विद्यामा नाम चलेका व्यक्तिमा गनिन्थे । धामी र तन्त्रमन्त्र विद्यामा पुरतान्तर नहुने भएकाले यी व्यक्तिको मृत्यूपछि यो ठाउँ अरूले लिन सकेनन् ।
ओखले कै गाउँ फलाटेमा जन्मेका लोकनाथ पोखरेल (१९३३–१९९४) त्यस युगका ठूला कवि थिए । उनको लोक मञ्जरी पुस्तक श्लोक सङ्ग्रह आज पनि ग्रामिण इलाकामा लोकप्रिय छ । यो कृतिले ग्रामीण जनतालाई जागृत गर्न सघायो भन्ने मानिसको बुझाई छ । देव्रे भन्ने गाउँमा एक जना केदानाथ दाहाल नामक कवि व्यक्ति थिए पुस्तकको रूप दिन नसके पनि राम्रा कविता र श्लोक को रचना गर्दथे । उनका सन्तान ०२२÷०२३ साल तिर महोत्तरी जिल्ला को गौशालामा बसाई गए । यस स्थानमा धेरै पछि विद्यालय स्थापना भयो । मादलेकाचन्द्रशेर राई, जगत्बहादुर राई बामपंथी विचारका थिए । निरङकुश कालमा कम्यूनिष्टहरूका आश्रय दाता थिए । श्यामलाल पोखरेल एक जमानाका ठालुमा गनिन्थे । उन्कै नाति डा. दामोदार पोखरेल नेपालका एव ख्याति प्राप्त मुटु विशेषज्ञ मान्न्छिन ।
श्यामलाल पोखरेलकै नाउँमा रूपाटरको निबुवाटारमा एक श्याम पाटी निर्माण गरिएको थियो । कोसीमा पुल थिएन । खोटाङ जिल्ला बाट मुसारलगायत तराईका अन्य स्थानबाट सामान लिएर जाने यात्रु लाई कोसी तर्न नसक्दा बस्ने व्यवस्था गरिएको थियो । यो श्यामपाटीको त्यसवेला निकै महŒव थियो । पछि २०३० सालमा त्यो श्याम पार्टी भत्काए रूपाटार निर्माणमा लाने क्रममा – नन्दलाल पोखरेल, राममणि खरेल, शारदा प्र. भट्टराई, मोहन बुढाथोकी, रामबहादुर थापा, भीम वहादुर राउत, मानबहादुर ठकुरी, ललितबहादुर खड्का, नरधोज बूढा आदिको सहयोग थियो । ०४६ सालको जन आन्दोलनमा मादले चौतारामा नेका र कम्यूनिष्ट पार्टीको झन्डा गाडिएका थिए । गौरबहादुर राई, प्रेमबहादुर र ज्ञान वहादुर राई र तोप व ठकुरीले झन्डा गाड्ने काममा पहल गरेका थिए । चैथो महाधिवेशन समुहसंग सम्वन्धित भएर महोतरीका शारदाप्रसाद ढुङगाना ओखले डाँडामा भगर र काफले बाहुनका घरमा भूमिगत रहेर निकै दिन वसेका थिए । शारदा ढुङ्गाना नेकपा माओवादीको शसश्त्र युद्धको समयमा प्रशान्त तामाङ नामका व्यक्ति लाई सेनाले गोली हानी हत्या ग¥यो । यहाँको वहुमत वस्ती राईको छ । अन्यजातिहरू पछिल्लो समयमा यस गाविसका वडाहरूमा बसाई सरी आएका हुन । गिरी मगर सार्की र क्षेत्रीको पातलो वस्तीछ । ऐतिहासिक छपटीले तापली चोसा पानीको नाम लेखगाउँ भन्दा प्रचलित थियो यहाँ झन्डै दुईसय वर्ष पूरानो तापली पोखरी र गणेशको मन्दिर छ । तापली डाँडामा पर्यटकीय दृष्टिले पौराणिक स्थल का साथै आकर्षक स्थान मानिन्छ । सरकारको ध्यान पुगेको छैन । ००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस गाविसको विशेष योगदान छ । ००४ सालको चारआनी सदस्य बनेका पुष्पलाल गिरी, सातसालका चर्चित र त्यागी नेताका रूपमा गनिन्छन् । पार्टीसङ्गठनका निम्ती उनले निकै त्याग देखाएका थिए । यस क्षेत्रमा २००९ सालमा उनले प्राथमिक विद्यालय स्थापना गरेका थिए । २०१४ सालको भद्र अभज्ञा आन्दोलनमा उनको विशेष योगदान थियो । उनका सहयोगी– टिकादत्त निरौला थिए, चीत्रबहादुर खड्का र कटहरेका ठूलेशाही, रामलाल निरौला थिए । २०१३÷०१४ सालमा ताली चीसापानीमा हवाई मैदान निर्माण गर्न–निकै तीव्र रूपमा लागेका थिए । रामलाल निरौला कटहरे सरे । २०१६ सालमा नेपालको भौगोलिक परिचय नामक पुस्तक काव्यात्मक रूपमा प्रकाशन गरेका थिए । पछि उनी हडिया आएर बसे । ०१७ घटना पछि केहीसमय उनी जेलवसेका थिए । इनामेका डिकबहादुर मगर उनका राम्रा सहयोगी थिए ।
पञ्चायतीकालमा चक्रबहादुर राई र बेदप्रसाद पोखरेल केही समय गाउँमा भूमिगत बसेका थिए । बाच्छाङ डगका मोतीलाल र कर्णबहादुर राई नियमित सम्पर्क दाता थिए नरवहादुर राई कमानसिंह राई मोतिलाल राई यहाँका कार्यकर्ता थिए । ०४६ सालको आन्दोलन ताका तामाखुखर्कका रामबहादुर राईले हेरम्ब थापा मार्फत झन्डा लगी गाडेका थिए । ०४६ सालको आन्दोलन ताका तमाखुखर्कका रामबहादुर राईले हेरम्व थापा मार्फत झन्डा लगी गाडेको थिए । जराफ सिंह राई त्यस क्षेत्रका राम्रा बामपंथी कार्यकर्ता मानिन्छन् ।
दसबर्षे जनयुद्धकालमा – ताप्ली चीसापानीको नागीमा छापामार दस्तालाई, नेकपा माओवादीले महिनौ दिनसम्म परिक्षण संचालन गरेको थियो । बन्दीपुर घटना पछि, तापली चीसापानी मा सेना र छापामार बीच भीडन्त भयो भीडन्त दवाउन सेनाले हेलिकेप्टरबाट गोला वर्षायो । जसको कारण धेरै मानिस भागाभाग भए । तीन जना छापामार मारिएका थिए । हवाई जहाजबाट वर्षाएको– बारुद र गोलीले कैयौँ गाछी समेत डढेका थिए । जनयुद्धको समयमा लेखगाउँ गाविसले विशेष त्याग र वलीदान देखायो । जो इतिहासमा अंकित छ । जनयुद्धले यस क्षेत्रका जनतालाई जागृत गरायो ।
यस गाविसका धेरै व्यक्तिहरू सेना र प्रहरीमा भर्ती भएका छन् । विदेशी सेना र प्रहरीमा भर्ती भएका छन् । विदेशी सेनामा समेत यिनीहरूको प्रवेश भएको छ । लामादी गाउँका हरि विकहरू वाम आन्दोलनमा पछिल्लो चरणमा सकृय रूपमा लागेका छन् ।
कुनै कालखण्डमा पुष्पलाल गिरीबाट प्रारम्भ गरिएको ताप्ली पर्यटन क्षेत्र निर्माणको प्रक्रिया लाई लामो समयको पर्खाइ पछि ०६८ साल बैशाख १ गते बाट पुनः जगाउने काम भएको छ । इटहरीका विक्रम श्री र रूपाटारका शारदाप्रसाद भट्टराई को सकृयतामा अमल राई, मीनबहादुर राई, गणेश बुढाथोकी, प्रेम रास्कोटी, काशी श्रेष्ठसमेतले नयाँ चरणबाट शुरु गरेका छन् । ताप्ली महोत्सव पछि प्रचारप्रसारमा व्यापकता बढेको छ ।
इनामे एक समयमा ठानागाउँका ठकुरीहरूको मौजा थियो । विक्रम शताब्दी १८६० साल तिर हिमाली क्षेत्रबाट तामाङ जातिका मानिसहरू यहाँ वसाइ सरी आएका हुन । त्यही हारा हारीमा मगरहरू पनि आएका थिए भन्ने भनाई रहेको छ । मगरबाट इ र तामे भनेको आल इआलुलाई इनामे शब्दमा समावेश गरिएको भनिन्छ भने, अर्कातिर तामाङ भाषामा नामे भनेको चरा र इ चेरो भन्ने अर्थमा तामाङहरूको वस्ती पूरानो हो जस्तो लाग्दछ । मगरहरू यो जिल्लाको लेखानी हुदै – पूर्व प्रवेश गरेका हुन भन्ने इतिहासकार बताउँछन् ।
००७ साल पछि, झिल्के पोखरी मा प्रहरी चौकी राखिएको हो । यो क्षेत्रमा धेरै मारपिट र काटमार भएका थिए भन्ने कारण देखाइएको थियो । सात सालको प्रजातान्त्रिक आन्दोलन भन्दा अघि र पछि पनि, यस क्षेत्रका तामाङहरू विदेशी सेनामा गएका थिए । यिनै सेना घर फर्कने क्रममा ग्रामीण जनतामा चेतनाको स्तर बढ्यो भन्ने पनि चर्चा छ । डिकबहादुर मगर, पदमसिंह तामाङ, दिलबहादुर मगर आदि व्यक्तिहरू– पुष्पलाल गिरीसँगै नेकामा हिँडेका थिए । विदेशी पैसा आर्जन गर्ने प्रथम गाविस गनिन्छ यो । इनामे गाउँका जनता ठाना गाउँका ठकुरीको शोषणबाट पिडित थिए । कुत बुझाउन गयो भयो भने यहाँका तामाङ लाई तुरुङ हालिन्थ्यो । २०३१ सालमा यहाँ को प्राविलाई कक्षा बृद्धि गर्ने योजना बनाइयो । सबै लाहुरे सेनाबाट फर्केका व्यक्तिले एक महिनाको तलव पेन्सन दिएर विद्यालय निर्माण गरेका थिए । जनमतसङ्ग्रहमा यहाँको पुरै मत वहुदलमा परेको थियो । पछिल्लो चरणमा निगालवासका रामबहादुर बामपंथी विचारमा लागे भने कटकबहादुर तामाङ, पदम तामाङ नेकामा छन् । दस वर्षे जनयुद्ध कालमा निकै मानिसहरू आश्रय स्थल दिएको आरोप मा गिरफतारिमा परेका थिए । अहिलेमा उच्चमावि सञ्चालित छ । किलो सेराटु अभियान सञ्चालन गर्न खोज्दा विद्रोहीको विदोह थाम्न नसकेर प्रहरी चौकी हटाइयो द्वन्द्वकालमा धेरै मानव अधिकार कर्मी संस्थाले यहाँ जनचेतना कार्यक्रम सञ्चालन गरे । नेपाल एकिकरण अभियानकै क्रममा पश्चिम दैलेखबाट ठकुरीहरू यहाँ आएका हुन । शुरुमा उनीहरू खानीडाडा गाउँमा वसेर पछि ठानागाउँ सरेका हुन । विजयपुर र पल्लोकिरात राज्य हुँदा यहाँ सुरक्षा सेना चौकी राखिएको थियो त्यही कारण यस ठाउँको नामाकरण ठानागाउँ परेको मानिन्छ ।
निर्भयज्यूको शोषण दमनभए पनि, उनका छोरा भक्तबहादुर ठकुरी केही सुधारवादी थिए । १९९७ सालसम्म उदयपुर जिल्लाको महाभारत उत्तरको मालपोत भोजपुर तिर्न जानुपर्ने चलन यिनले हटाए । राणा शासक लाई निवेदन दिए पछि यिनी मालपोतका हाकिम बनाइए । झन्डै २३ वर्ष नोकरी गरे । प्रजातन्त्रको सैद्धान्तिक पक्षसंग यिनी गासिन सकेका थिएनन । व्यवहारिक रूपमा सुधारवादी थिए । विकासवाट प्रभावित थिए । ००७ सालमा आन्दोलनकारीहरूको आक्रमण पछि ठकुरीहरू केही नरम भएका थिए । थामखर्कका नन्दलाल पोखरेल ज्योतिष विधामा निपुण व्यक्ति थिए । कानुनका व्याख्याकार थिए । कानूनकै आधारमा आफ्ना प्रतिस्पर्धी र ठकुरीहरूसंग मुकाविला गरेर टिकेका थिए ।
हेम वहादुर राई, दानवहादुर मगर पञ्चायतकालमा वामपन्थी विचारसँग प्रभावित थिए । प्रजातन्त्रप्राप्ती पछि नेपाली कांग्रेसमा प्रवेश गरे । कर्णबहादुर मगर प्रजातान्त्रिक आन्दोलनमा थिए । जागीर छाडेर व्यापारमा लागे । कृष्णवहादुर ठकुरी कांग्रसका कार्यकर्ता भएर प्रचारमा हिँडेका भए पनि लामो समयसम्म प्रजातन्त्रको पक्षमा टिक्न सकेनन् । झिल्लीप्रसाद पोखरेल सुरुमा कांग्रेस पार्टीबाट राजनीतिप्रारम्भ गरेका भए पनि पछि पञ्च भए ।
पूरानो पिढीका एक जना गौरीप्रसाद पोखरेल नामका आँटी र क्षमतावाला पोखरेल थिए । उनको वसोवास लखन डाँडामा थियो । उनी जोतिष विद्यामा निकै सिपालु थिए । स्थानीय बासिन्दा ठकुरीहरूसँग उनको तीव्र मुद्धा मामिला चल्दथियो । उनी सर्बोच्च सम्म मुद्धामा पुगेका थिए । नयनध्वोज ठकुरीका बाबु मरेकै तीन वर्ष पछि उनकी सानिमा गर्भवती भईन । तिमी पातकी हौ भनेर सर्बोच्च अदालतसम्म उनले मुद्धा पु¥याएका थिए । प्रचलित शब्दमा उनलाई ढाकसे भनिन्थ्यो ।
झिल्लीप्रसाद पोखरेलले इनामेको झिल्के पोखरीमा लगाइएको तीजवजारमा महिला माथि अन्याय भयो भनेर प्रहरी अत्याचारको विरोधमा बोल्दा तत्कालीन वडा हाकिम मङ्गलकृष्ण श्रेष्ठले पाता फर्कार पिटेका र गुहुमुत एकै स्थानमा हुने गरी यातना दिएका थिए । १७९२ सालमा पश्चिमवाट पूर्व आउने क्रममा पोखरेलहरूको वसोवास भएको लखनडाँडामा अहिले पोखरेलहरूको वस्ती छैन ।
यस क्षेत्रमा जनताको जनचेतना वढाउने जागृत गर्ने क्रममा मातृका पोखरेल, झिल्लीप्रसाद पोखरेल, विश्वराज पराजुली, भीमबहादुर विक, ढुङ्गराज विक, नारायण परियार रहेका छन् भने डिल्ली पोखरेल, टीका पोखरेल, कृष्ण पोखरेल वामपन्थी विचारसँग प्रभावित छन् । मातृका पोखरेलले नेपालको प्रगतिवादी साहित्यिक क्षेत्रमा ख्याती कमाएका छन् ।
उदयपुर जिल्लाको नामसंग जोडिएको महाभारत पर्वत उत्तर पर्ने, यही जिल्लाको प्रशासनिक नियन्त्रणमा समेटिएका यी निम्न गाविसहरू – छविसे, ठानागाउँ, लिम्पाटार, लेखगाउँ, ओखले इनामे र रूपाटारको भौगोलिक ऐतिहासिक र जातिय बनोटबारे छोटो परिचयात्मक विवरण प्रस्तुत गर्ने प्रयत्न गरिएको गरेको छु । साथै यस क्षेत्रमा जन्मी, बढी, हुर्की गरेर समाजका विभिन्न क्षेत्र अगालेर– पहिचान दिन सकेका व्यक्तिको समेत सामान्य परिचय अघि सारेको छु ।
अर्को आलेख खोज तलास र अनुसन्धान सहित पुनः लिपिबद्ध गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

000

No comments:

Post a Comment