Monday, March 25, 2013

घाम झुल्किनुअघिबारे















=================================================
=================================================


‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्काय रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली शिक्षण समिति
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत



    शोधपत्र



    शोधार्थी
टङ्कप्रसाद पोखरेल
रत्न राज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनी मार्ग, काठमाडौँ
२०६९
मन्तव्य

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विषयका छात्र श्री टङ्कप्रसाद पोखरेलले स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र मेरो निर्देशनमा तयार पार्नु भएको हो । निजले परिश्रम र लगनशीलतापूर्वक गरेको यस शोध पत्रको मूल्याङ्कनका लागि रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समिति समक्ष सिफारिस गर्दछु ।

     शोधनिर्देशक
       प्रा.डा. कुलप्रसाद कोइराला
..................................
मिति  :- २०६९/०६/.....    गते                               
                                                       

रत्न राज्यलक्ष्मी क्याम्पस
स्वीकृतिपत्र

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र सङ्कायअन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विषयका छात्र श्री टङ्कप्रसाद पोखरेलद्वारा तयार पारिएको स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रका लागि कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र उक्त तहका निम्ति उपयुक्त देखिन आएकोले स्वीकृत गरिएको छ ।



..........................               ..............................                 ..........................
प्रा.डा. कुलप्रसाद कोइराला             ढाकाप्रसाद घिमिरे                 डा. रामप्रसाद ज्ञावाली
  शोधनिर्देशक                     बाह्य परीक्षक                    विभागीय प्रमुख 



मिति ः २०६९ ÷ ०६ ÷   गते

कृतज्ञता ज्ञापन


कथाकार मातृका पोखरेलको ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन स्नातकोत्तर तह द्वितीय वर्षको दसौं पत्रको प्रयोजनका लागि तयार पारिएको शोधपत्र हो । प्रस्तुत शोधपत्र रत्न राज्यलक्ष्मी क्याम्पसका गुरु प्रा. डा. कुलप्रसाद कोइरालाज्यूको निर्देशनमा तयार पारिएको हो । शोध सामग्री सङ्कलन, विश्लेषण, भाषिक शुद्धीकरणलगायतका महŒवपूर्ण पक्षमा प्रेरणादायी मार्गनिर्देशन गर्नुहुने आदरणीय गुरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । शोधपत्र तयारीका क्रममा शोधप्रस्ताव स्वीकृत गरी आवश्यक व्यवस्था मिलाइ दिनुहुने रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समितिका निवर्तमान विभागीय प्रमुख सहप्राध्यापक तुलसीमान श्रेष्ठ र मूल्याङ्कन तथा आवश्यक प्रक्रियाका लागि व्यवस्था मिलाइ दिनुहुने वर्तमान विभागीय प्रमुख डा. रामप्रसाद ज्ञावालीप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

शोधपत्र तयारीका लागि अनुमति दिई आफ्नो कार्यव्यस्तताका बाबजुद आत्मीयतापूर्वक समय उपलब्ध गराई आवश्यक सन्दर्भ सामग्रीसमेत जुटाइ दिनुहुने शोधनायक मातृका पोखरेलप्रति कृतज्ञता ज्ञापन गर्दछु । सामग्री सङ्कलनका लागि सहयोग पु¥याई यथोचित सल्लाह सुझाव दिनुहुने रत्न राज्यलक्ष्मी क्यम्पसका प्राध्यापक डा. बद्रीविशाल भट्टराई, सहप्राध्यापक हरिप्रसाद पराजुलीका साथै निरन्तर हौसला प्रदान गर्नुहुने काका नीलकण्ठ पोखरेल, आत्मीय मित्रहरू प्रकाश सुवेदी, युवराज चौंलागाईं, प्रतिभ कोइराला, मातृका पोखरेलको ‘सन्त्रस्त आँखाहरू’ कथासङ्ग्रहको कृतिपरक अध्ययन  गर्नुहुने शोधार्थी नेत्र प्रसाद चापागाईंप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । 

आपूm निरक्षर भईकन पनि मलाई सदैव शिक्षातर्पm प्रेरित गर्नुहुने पूजनीय पिता सुन्दरीप्रसाद पोखरेल र माता हरीमाया पोखरेलप्रति विशेष कृतज्ञता ज्ञापन गर्दछु । अत्यन्तः सावधनीपूर्वक टङ्कन कार्य गर्ने प्यारी बहिनी हीरा पोखरेललाई हार्दिक धन्यवाद दिन चाहन्छु । रचनात्मक सल्लाह  र सुझाव दिई सदैव साथ दिने प्यारो भाइ थानकुमार पोखरेलप्रति ऋणी छु । शोधपत्रका लागि आवश्यक सहयोग गर्नुहुने  रत्न राज्यलक्ष्मी क्याम्पस, पुस्तकालयका कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

अन्त्यमा, यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली शिक्षण समिति समक्ष प्रस्तुत गर्दछु ।


.......................................
टङ्कप्रसाद पोखरेल
रत्न राज्यलक्ष्मी क्याम्पस,
प्रदर्शनीमार्ग, काठमाडौँ
                
     

शब्दसङ्केत सूची

सङ्क्षेपीकृत रूप साङ्केतिक अर्थ                                                            

इ.स. इस्वी संवत्.                                                                  
ए.नेकपा एकीकृत नेपाल कम्युनिष्ट पार्टी
क. कमरेड
गा. वि. स. गाउँ विकास समिति
छै.सं. छैटौँ संस्करण
डा. डाक्टर
ते.सं. तेस्रो संस्करण
दो.सं. दोस्रो संस्करण
प. पण्डित
पाँ.सं. पाँचौं संस्करण    
प्र.सं. प्रथम संस्करण
प्रा. प्राध्यापक
प्रा.डा. प्राध्यापक डाक्टर
पृ. पृष्ठ
बी.एड. ब्याचलर अफ एजुकेशन
मा.वि. माध्यमिक विद्यालय
वि.सं. विक्रम संवत्
सम्पा. सम्पादन


विषयसूची

                                            पृष्ठ सङ्ख्या
परिच्छेद एक ः शोधपरिचय      
१.० शोध परिचय
१.१ शोध समस्या÷समस्या कथन
१.२ शोधकार्यका उद्देश्यहरू
१.३ पूर्वकार्यको समीक्षा
१.४ शोधकार्यको औचित्य
१.५ शोधकार्यको सीमाङ्कन
१.६ शोध विधि
१.७.१  साम्रगी सङ्कलन विधि
१.७.२  सामग्री विश्लेषण विधि
१.८ शोधकार्यको रूपरेखा
परिच्छेद दुई ः मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व ६
२.०   विषय प्रवेश
२.१ जीवनी र व्यक्तित्व
२.२ जन्म र जन्मस्थान
२.३ बाल्यकाल
२.४ शिक्षादीक्षा
२.५ साहित्य लेखनको प्रेरणा
२.६ प्रकाशित कृति तथा फुटकर रचना
२.७ रुचि
२.८ संलग्नता
२.९ सम्मान तथा पुरस्कार
२.१० पोखरेलको व्यक्तित्व
२.१०.१ साहित्यिक व्यक्तित्व
२.१०.१.१ (क) कथाकार व्यक्तित्व
२.१०.१.१ (ख) कवि व्यक्तित्व १०
२.१०.२ साहित्येतर व्यक्तित्व १०
२.१०.२ (क) सम्पादक व्यक्तित्व १०
२.१०.२ (ख) राजनीतिक व्यक्तित्व ११
२.१०.२ (ग) जागिरे व्यक्तित्व ११
२.११ कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखन बीचको सम्बन्ध १७
२.१२  निष्कर्ष २१

परिच्छेद तीन ः कथाकार मातृका पोखरेलको कथायात्रा र मूल प्रवृत्तिको अध्ययन 
३.१ पोखरेलको कथायात्रा ९०
३.१.१ प्रथम चरण
३.१.२ द्वितीय चरण
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन
३.२.१ सामाजिक यथार्थवादी कथाकार ९१
३.२.२ आलोचनात्मक यथार्थवादी कथाकार ९२
३.२.३ प्रगतिवादी कथाकार ९३
३.२.४ मानवतावादी कथाकार ९४
३.२.५ देशप्रेमी कथाकार ९५
३.२.६ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रयोग गर्ने कथाकार ९६
३.३ निष्कर्ष ९८
परिच्छेद चार ः कथा तŒवका आधारमा ‘घाम झुल्किनु अघि’ का कथाहरूका विश्लेषण २२
४.० विषय प्रवेश २२
४.१ कथाका तŒवहरू २२
४.१.१ कथानक २३
४.१.२ पात्र र चरित्रचित्रण २५
४.१.३ परिवेश (देश, काल, परिवेश) २६                                                                                                                
४.१.४ दृष्टिबिन्दु २७
४.१.५ भाषाशैली २८
४.१.६ उद्देश्य ३०
४.२.०  विषय प्रवेश                         ३१
४.२.१  कमरेड पाताल कथाको कथानक ३१
४.२.२ पात्र र चरित्रचित्रण ३१
४.२.३ परिवेश ३२
४.२.४ दृष्टिबिन्दु ३२
४.२.५ भाषाशैली ३३
४.२.६ उद्देश्य ३४
४.२.७ निष्कर्ष ३४
४.३.१ धुवाँ कथाको कथानक ३५
४.३.२ पात्र र चरित्रचित्रण ३५
४.३.३ परिवेश ३६
४.३.४ दृष्टिबिन्दु ३७
४.३.५ भाषाशैली ३७
४.३.६ उद्देश्य ३८
४.३.७ निष्कर्ष ३८
४.४.१ घाम झुल्किनु अघि कथाको कथानक ३९
४.४.२ पात्र र चरित्रचित्रण ३९
४.४.३ परिवेश ४०
४.४.४ दृष्टिबिन्दु ४०
४.४.५ भाषाशैली ४१
४.४.६ उद्देश्य ४२
४.४.७ निष्कर्ष ४२
४.५.१ मौन सङ्केत कथाको कथानक ४३
४.५.२ पात्र र चरित्रचित्रण ४४
४.५.३ परिवेश ४४
४.५.४ दृष्टिबिन्दु ४५
४.५.५ भाषाशैली ४५
४.५.६ उद्देश्य ४६
४.५.७ निष्कर्ष ४६
४.६.१ अँध्यारो गाउँ  कथाको कथानक ४७
४.६.२ पात्र र चरित्रचित्रण ४७
४.६.३ परिवेश ४८
४.६.४ दृष्टिबिन्दु ४८
४.६.५ भाषाशैली ४९
४.६.६ उद्देश्य ४९
४.६.७ निष्कर्ष ५०
४.७.१ निधो कथाको कथानक ५०
४.७.२ पात्र र चरित्रचित्रण ५१
४.७.३ परिवेश ५१
४.७.४ दृष्टिबिन्दु ५२
४.७.५ भाषाशैली ५२
४.७.६ उद्देश्य ५३
४.७.७ निष्कर्ष ५४
४.८.१ मुक्ति कथाको कथानक ५४
४.८.२ पात्र र चरित्रचित्रण ५५
४.८.३ परिवेश ५५
४.८.४ दृष्टिबिन्दु ५६
४.८.५ भाषाशैली ५६
४.८.६ उद्देश्य ५७
४.८.७ निष्कर्ष ५७
४.९.१ बाध्यता कथाको कथानक ५८
३.९.२ पात्र र चरित्रचित्रण ५८
४.९.३ परिवेश ५९
४.९.४ दृष्टिबिन्दु ५९
४.९.५ भाषाशैली ६०
४.९.६ उद्देश्य ६१
४.९.७ निष्कर्ष ६१
४.१०.१ खाली ठाउँ कथाको कथानक ६२
४.१०.२ पात्र र चरित्रचित्रण ६२
४.१०.३ परिवेश ६३
४.१०.४ दृष्टिबिन्दु ६३
४.१०.५ भाषाशैली ६४
४.१०.६ उद्देश्य ६५
४.१०.७ निष्कर्ष ६५
४.११.१ घोडाको गन्ध कथाको कथानक ६६
४.११.२ पात्र र चरित्रचित्रण ६६
४.११.३ परिवेश ६७
४.११.४ दृष्टिबिन्दु ६७
४.११.५ भाषाशैली ६८
४.११.६ उद्देश्य ६९
४.११.७ निष्कर्ष ६९
४.१२.१ सपनाहरूको खोजी कथाको कथानक ७०
४.१२.२ पात्र र चरित्रचित्रण ७०
४.१२.३ परिवेश ७१
४.१२.४ दृष्टिबिन्दु ७१
४.१२.५ भाषाशैली ७२
४.१२.६ उद्देश्य ७२
४.१२.७ निष्कर्ष ७३
४.१३.१ देवीदत्तको चिन्ता कथाको कथानक ७४
४.१३.२ पात्र र चरित्रचित्रण ७४
४.१३.३ परिवेश ७५
४.१३.४ दृष्टिबिन्दु ७५
४.१३.५ भाषाशैली ७६
४.१३.६ उद्देश्य ७७
४.१३.७ निष्कर्ष ७७
४.१४.१ कालो चस्मा कथाको कथानक ७८
४.१४.२ पात्र र चरित्रचित्रण ७८
४.१४.३ परिवेश ७९
४.१४.४ दृष्टिबिन्दु ७९
४.१४.५ भाषाशैली ८०
४.१४.६ उद्देश्य ८०
४.१४.७ निष्कर्ष ८१
४.१५.१ भत्किएको घरनेर कथाको कथानक ८१
४.१५.२ पात्र र चरित्रचित्रण ८२
४.१५.३ परिवेश ८२
४.१५.४ दृष्टिबिन्दु ८३
४.१५.५ भाषाशैली ८३
४.१५.६ उद्देश्य ८४
४.१५.७ निष्कर्ष ८५
४.१६.१ खाडल कथाको कथानक ८५
४.१६.२ पात्र र चरित्रचित्रण ८६
४.१६.३ परिवेश ८७
४.१६.४ दृष्टिबिन्दु ८७
४.१६.५ भाषाशैली ८८
४.१६.६ उद्देश्य ८९
४.१६.७ निष्कर्ष ८९
परिच्छेद पाँच ः उपसंहार ९९
५.१ उपसंहार ९९
     सन्दर्भसामग्री सूची
     परिशिष्ट

परिच्छेद एक ः  शोध परिचय
१.० विषय परिचय 
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा न. ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा बी. एड. र एम. ए. सम्मको औपचारिक अध्ययन गरेका छन् । पोखरेल वि. सं. २०४४÷४५ सालतिरबाट समीक्षा साप्ताहिक पत्रिकामा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशित गरी साहित्यका क्षेत्रमा देखा परेका हुन् । कविता विधाबाट साहित्य यात्रारम्भ गरेका पोखरेलका हालसम्म तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित छन् ।
यस्तै विभिन्न पत्रिकाहरूमा फुटकर रचनाहरू प्रकाशित भइरहेका छन् । उनले वेदना त्रैमासिक, ज्योति त्रैमासिक र इन्द्रेणी त्रैमासिक जस्ता साहित्यिक पत्रिकाहरूकोे पनि कुशल सम्पादन गरिरहेका छन् ।
मूल रूपमा कविता बोकेर साहित्यका क्षेत्रमा देखा परेका मातृका पोखरेल अहिले सशक्त जीवनमुखी, मानवीय संवेदनाले भरिएको समाजवादी यथार्थवादी धरातलको घाम झुल्किनु अघि       (२०६७) कथासङ्ग्रह बोकेर आएका छन् । पन्ध्रओटा अति सशक्त, सरल र अति संवेदनशील कथा बोकेर आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा समाजका विभिन्न पक्षहरूमा घुसेर त्यसका गुण दोषलाई पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास पोखरेलले गरेका छन् । उनले यस सङ्ग्रहका कथामा मुलुक भित्रको युद्धको चपेटामा पिल्सिएका जनताका पीडा, वेदना र यसले सिर्जिएको विकृति, विसङ्गतिलाई केलाएका छन् ।
नेपाली साहित्यमा उदाएका यी कथाकारले केन्द्रमा मानवीय भावना, देशप्रेम र प्रकृतिका सुपाच्य पक्षलाई लेखन ठानेको प्रतित हुन्छ । यसरी समसामयिक कथा जगत्मा घाम झुल्किनु अघि कथासङ्ग्रहले आफ्नो उपस्थिति जनाएको छ ।


१.२ शोध समस्या ÷ समस्या कथन 
प्रस्तुत शाोधपत्र ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन रहेकोले यस शोध कार्यको निम्नलिखित समस्या रहेका छन् ः
क) मातृका पोखरेलको जीवनी र कथा लेखन बीचमा के कस्तो सम्बन्ध छ ?
ख) सैद्धान्तिक दृष्टिले पोखरेलका कथा के कस्ता रहेका छन् ?
ग) उनको कथाका मुख्य प्रवृत्तिगत विशेषताहरू के के हुन् ?
१.३ शोधकार्यका उद्देश्यहरू 
माथि उल्लिखित समस्याहरूको सामाधान गर्नु नै यस शोधकार्यको मूल उद्देश्य रहेको छ । उक्त समस्याहरू सामाधान गर्ने उद्देश्यहरू निम्नलिखित रहेका छन् ः–
क) कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनबीचको सम्बन्धलाई केलाउनु ,
ख) सैद्धान्तिक दृष्टिल पोखरेलको कथाहरूको अध्ययन र विश्लेषण गर्नु ,
ग) उनका कथाका मुख्य प्रवृत्तिगत विशेषताहरू केलाउनु ।

१.४ पूर्वकार्यको समीक्षा 
घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहका बारेमा यस शोधकार्य पूर्व नै विभिन्न विद्वान्हरूले समीक्षा, समालोचना, टीका टिप्पणी गरेको पाइन्छ तर यस कृतिमै केन्द्रित रहेर समष्टिगत अध्ययन भने भएको पाइँदैन् । यस विषयलाई लिएर जे जस्ता समीक्षा, समालोचना, टीका टिप्पणी भएका छन्, तिनलाई यहाँ कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ ः
प्रमोद धितालले जनादेश साप्ताहिक (वर्ष २०, अङ्क १२, २०६७) मा अन्धकारको प्रतिरोधमा घाम झुल्किनु अघि शीर्षकको लेख प्रकाशित गरी मातृका पोखरेल जीवन, सङ्घर्ष, आस्था र आदर्शमा विश्वास गर्ने कथाकार हुन् भनी उनका कथाहरूले पनि यही भावभूमिलाई आत्मासात् गरेर अगाडि बढेका छन् भन्दै समीक्षा गरेका छन् तर उनले यसै सङ्ग्रहमा केन्द्रित रही यसको सम्पूर्ण पक्षको विवेचना गरिएको पाइन्न ।
हीरामणि दुःखीले दैनिक पत्रिका जनदिशा (२०६७) मा आलोचनात्मक यथार्थवादको प्रतिनिधि कथा ः घाम झुल्किनु अघि शीर्षकमा समालोचनात्मक लेख प्रकाशित गर्दै उनको यस सङ्ग्रहले समाजको विभिन्न यथार्थहरूलाई पकड्ने र समाजको फरक–फरक स्वाद दिने गरी विषयवस्तुको विविधता ल्याउने विशेषता बोकेका छन् भनी आफ्नो धारणा राखेको पाइन्छ । यो पनि यस कथासङ्ग्रहले साङ्गो पाङ्गो अध्ययन नभई साधारण विश्लेषण मात्र मानिन्छ ।
सङ्गीत श्रोताले दैनिक पत्रिका नयाँ पत्रिका (२०६७) मा घाम झुल्किनु अघि कथासङ्ग्रहको समीक्षा गर्दै जनयुद्धकालमा लखेटिएका फटाहाहरूको राइँदाइँ र हत्याराहरूको चुरीफुरी गाउँमा फेरि फर्केको छ र सोको अभिव्यक्ति यो कथासङ्ग्रह हो भनी कम्युनिष्ट आन्दोलनभित्रको प्रवृत्ति विरुद्धको मोर्चामा यो सङ्ग्रह उभिएको छ भनी उनले विश्लेषण गरेको पाइन्छ । यतिलाईमात्र यस सङ्ग्रहको अध्योपान्त अध्ययन मान्न सकिँदैन ।
भोगीराज चाम्लिङ्गले मासिक पत्रिका मूल्याङ्कन (२०६८, अङ्क १९, पूर्णाङ्क १९३) मा राजनीतिको कथाकारीय सर्जरी शीर्षकमा समीक्षात्मक लेख प्रकाशित गरी यस सङ्ग्रहको कथामा माओवादी आन्दोलनको सकारात्मक र नकारात्मक पाटाहरू उधिनिएका छन् भनेका छन् जुन लेखक स्वयम्ले भोगेका यथार्थको अभिव्यक्ति हो भनी सामान्य चर्चामात्र गरेका छन् ।
समालोचक ऋद्धिरमण घिमिरेले मासिक पत्रिका मधुपर्क ( २०६८, अङ्क २६०, वर्ष २६) मा घाम झुल्किनु अघिका कथाहरू शीर्षकको लेखमा जनयुद्ध वरपरका समयावधिका घटना समेटिएका यस सङ्ग्रहका कथाहरूमा मनोरम बान्की, सामाजिक यथार्थको विहङ्गम पर्यवेक्षणका साथ पस्किएका कथाकारले लाक्षणिक अभिव्यञ्जनामा सामाजिक र साँस्कृतिक रूपान्तरणको आग्रहलाई मुखरित गरेका छन् भनी समीक्षा गरेका छन् तर कथासङ्ग्रहको पूर्ण समीक्षा गरिएको छैन् ।
कथाकार मातृका पोखरेलको कथासङ्ग्रह घाम झुल्किनु अघि (२०६७) मा धेरै समालोचना,          लेखहरू प्रकाशित भएका छन्, तिनले विभिन्न कोणबाट यस सङ्ग्रहलाई समीक्षा गरेका छन् तर यही कृतिमा केन्द्रित रहेर कृतिपरक अध्ययनचाहिँ कसैबाट पनि नभएकोले प्रस्तुत सङ्ग्रह भित्रै रहेर यस कृतिको कृतिपरक अध्ययन गरिएको छ ।

१.५ शोध कार्यको औचित्य
कथाकार मातृका पोखरेलको कथाकारिताका बारेमा जान्न चाहने जिज्ञासु पाठक, साहित्य अनुरागी तथा अनुसन्धानकर्ताका लागि तथ्यगत जानकारी प्रदान गरेर पोखरेलप्रति कृतज्ञता प्रकट गर्नु नै यस शोधकार्यको औचित्य  रहेको छ । उनको कथाकारिता र कथागत प्रवृत्ति केलाउनु, कथामा विद्यमान कमी कमजोरी केलाएर परिष्कृत कथा लेखनका लागि पृष्ठपोषण प्रदान गर्नु पनि यस शोधकार्यको औचित्य रहेको छ । विशेषतः मातृका पोखरेलको योगदान प्रस्तुत भएको हुनाले यो शोधकार्य औचित्यपूर्ण रहेको छ ।
१.६ शोधको सीमाङ्कन 
कथाकार मातृका पोखरेलको कविता, कथा, खोजमूलक लेख, गीत प्रकाशित छन् तर यस शोधकार्यमा कविता, खोजमूलक लेख, गीतको अध्ययन गरिएको छैन् । यस शोधकार्यमा घाम झुल्किनु अघि नामक कथासङ्ग्रहमा मात्र केन्द्रित रहेर त्यसको कृतिपरक अध्ययन गरिएको छ । यही नै यस शोधकार्यको सीमा हो ।
१.७. शोध विधि

प्रस्तुत शोधकार्यलाई व्यवस्थित र प्रभावकारी बनाई पूर्णता दिन यहाँ मूलतः दुई किसिमको शोध विधिलाई अङ्गालिएको छ ।
१.७.१. सामग्री सङ्कलन विधि
यस शोध कार्यलाई पूर्णता दिलाउनका लागि सामग्रीसङ्कलन विधिअन्तर्गत रही पुस्तकालयीय विधिलाई अवलम्बन गरिएको छ । यसका साथै आवश्यकताअनुसार शोधनायकसँग अन्तर्वार्ता लिएर त्यसबाट प्राप्त जानकारी र उहाँको सहयोगलाई समेत सामग्रीको रूपमा समावेश गराइएको छ ।
१.७.२. सामग्री विश्लेषण विधि
यसै गरी शोधकार्यलाई प्रभावकारी तथा व्यवस्थित बनाउनका निमित्त आगमनात्मक विधिबाट कृति विश्लेषणको आधारहरू तयार गरी कृति विवेचना गर्दा विश्लेषणात्मक विधिको पनि प्रयोग गरिएको छ । यस क्रममा उक्त सङ्ग्रहका सम्बन्धमा लेख, समीक्षा र समालोचना प्रस्तुत गर्ने विभिन्न व्यक्तिहरूको पनि सहयोग लिइएको छ ।
१.८ शोधकार्यको रूपरेखा  
क) परिच्छेद एक ः शोध परिचय ।
ख) परिच्छेद दुई ः मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व ।
ग) परिच्छेद तीन ः पोखरेलको कथायात्रा र मूल प्रवृत्ति ।
घ) परिच्छेद चार ः कथा तŒवका आधारमा ‘घाम झुल्किनु अघि’ का कथाहरूको विश्लेषण ।
परिच्छेद पाँच ः उपसंहार ।

परिच्छेद – दुई
२.० विषय प्रवेश : मातृका पोखरेलको सङ्क्षिप्त जीवनी र व्यक्तित्व
२.१ जीवनी र व्यक्तित्व
२.२ जन्म र जन्म स्थान
कथाकार मातृका पोखरेलको जन्म वि.स. २०२३ साल असार ९ गते उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स. वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा भएको थियो । पिता नन्दलाल पोखरेल तथा माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । उनका पिता ज्योतिष विद्यामा पारङ्गत थिए । पिताको शान्त स्वभाव र गम्भीर तथा सरल हृदयकी कुशल गृहणी माताबाट आपूmले यथोचित माया, ममता र प्रभाव ग्रहण गरेको कथाकार बताउछन् । उनकी श्रीमतीको नाम अञ्जु न्यौपाने र छोराको नाम प्रसुन पोखरेल हो (शोध नायकबाट प्राप्त जानकारीअनुसार) ।
२.३ बाल्यकाल 
मातृका पोखरेलको बाल्यकाल आफ्नो जन्मस्थान उदयपुर जिल्लाको प्राकृतिक वातावरणमा घुलमिल हँुदै बितेको देखिन्छ । उनी मध्यम वर्गीय ब्राह्मण वंशमा जन्मिएका हुन् । बाल्यकालमा उनी आफ्नो जन्मथलोका विभिन्न प्राकृतिक वस्तुको सौन्दर्यपानमा रमाउने तथा चञ्चले नभई गम्भीर स्वभावको रहेको कुरा उनी स्वयम् बताउँछन् (पूर्ववत्) ।
२.४  शिक्षादीक्षा
मातृका पोखरेलको प्राथमिक शिक्षा आफ्नै गाउँको स्थानीय विद्यालयबाटै भएको थियोे । उनले कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा पढे । त्यसैगरी कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीेर्ण गरेका थिए भने कक्षा ९ भानुभक्त मेमोरियल काठमाडौंबाट अनि कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीेर्ण गरेका थिए । उनले बिराटनगरको आदर्श बहुमुखी  क्याम्पसबाट आई.ए. तथा रत्न राज्यलक्ष्मी क्याम्पसबाट बी.ए. अनि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.एड. र एम.ए. सम्मको औपचारिक अध्ययन गरेका छन् (पूर्ववत्) ।
२.५  साहित्य लेखनको प्रेरणा 
आम मानिसहरूमा भैmँ कथाकार मातृका पोखरेलमा पनि विद्यार्थी जीवनदेखि साहित्यतर्फको आकर्षण बढेको पाइन्छ । विद्यार्थी कालदेखि नै उनी कथा, कविता, गजल आदि लेखन र वाचनमा रुचि राख्दथे । त्यसमा पनि अझ उनको पिताको संस्कृत साहित्यको विद्वता, रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरूको कथा वाचनको स्वर माधुर्यमा रमाउन पाउदा सच्चा आनन्दानुभूति हुने गरेको र यसबाट साहित्य सिर्जनामा अग्रसर भएको कुरा उनी बताउछन् । साथै आधुनिक साहित्यमा पाइला चाल्नुमा आफ्नै मामा मोहिनी अधिकारीको संस्कृत साहित्यबाट पनि प्रशस्त टेवा पुगेको उनी स्वीकार्छन् त्यस्तै पछिल्लो चरणमा कविता विधामा आपूmलाई स्थापित गरिसकेपछि कथासङ्ग्रहको प्रकाशनका लागि मित्रलाल पंज्ञानी र हरि गोविन्द लुइटेलको सुझावले ऊर्जा प्राप्त गरेको स्वयम् बताउँछन्       (पूर्ववत्) ।
“विशेषतः नेपाली युवाहरूको प्रस्तुत गरेको त्याग, बलिदान र शौर्यका ती घटनाहरू मेरा लागि निकै प्रेरणादायी रहेका छन्” (पोखरेल, २०६७) । उल्लिखित विभिन्न कुराबाट उनी साहित्य लेखनतर्फ आकर्षित भएको पाइन्छ ।
२.६ प्रकाशित कृति तथा फुटकर रचना
सूर्य उदाऊ अब (२०४५) (समीक्षा साप्ताहिक) फुटकर कविताबाट साहित्यका क्षेत्रमा देखा परेका पोखरेलका हालसम्म यी कृतिहरू प्रकाशित छन ः
१. सेतो दरबारको छेउबाट ( कवितासङ्ग्रह) २०५७ ।
२. यात्राको एउटा दृश्य (कवितासङ्ग्रह) २०६० ।
३. सन्त्रस्त आँखाहरू (कथासङ्ग्रह) २०६१ ।
४. अनुहारहरू (कवितासङ्ग्रह ) २०६४ ।
५. घाम झुल्किनु अघि (कथासङ्ग्रह ) २०६७ । 

२.७  रुचि
रुचि मानिसअनुसार फरक–फरक हुन्छ । पारिवारिक एवं सामाजिक वातावरणले यसलाई प्रभाव पार्दछ । साहित्यकार मातृका पोखरेलका मनपर्ने नेपाली साहित्यिक व्यक्तित्वहरूमा लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, पारिजात, गोकुल जोशी, केवलपुरे किसान र युद्धप्रसाद मिश्र आदि रहेका छन् भने विदेशी साहित्यकारहरूमा म्याक्सिम गोर्की, पे्रमचन्द, लुसुन आदि रहेका छन् । उनलाई मन पर्ने रङ खैरो हो भने खानामा माछाका परिकार मन पराउँछन् । पोखरेलको अम्मल भनेको चिया हो । साथै उनलाई नयाँ नयाँ ठाउँको यात्रा गर्न पाउँदा बडो लाग्ने गर्दछ । उनको भविष्यको इच्छा भनेको समाज परिवर्तनका लागि साहित्यिक र गैर साहित्यिक क्षेत्रबाट अधिकतम भूमिका निर्वाह गर्ने रहेको छ       (पूर्ववत्) ।
२.८ संलग्नता
कथाकार मातृका पोखरेल सरकारी जागिरेका रूपमा वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरण काठमाडाँैमा वरिष्ठ सहायक पदमा कार्यरत छन् । यसका अतिरिक्त विभिन्न साहित्यिक तथा गैर साहित्यिक क्षेत्रमा पनि संलग्न रहेका छन् । उनका संलग्नताका क्षेत्रहरू निम्न देखिन्छन् ः
(क) एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ — उपाध्यक्ष 
(ख) नेपाली साहित्यिक पत्रकार सङ्घ             — उपाध्यक्ष 
(ग) लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च नेपाल   — सचिव 
(घ) पारिजात स्मृति केन्द्र                 — सदस्य सचिव 
(ङ) रमेश विकल साहित्यिक प्रतिष्ठान   — कार्य समिति सदस्य 
(च) साहित्यिक सदन नेपाल            — कार्य समिति सदस्य 
(छ) प्रतिभा प्रवाह           — सल्लाहाकार 
(ज) किरात एकेडेमी नेपाल   — सल्लाहकार 
(झ) वेदना साहित्यिक त्रैमासिक     — सम्पादक 
(ञ) ज्योति साहित्यिक त्रैमासिक   — कार्यकारी सम्पादक 
२.९ सम्मान तथा पुरस्कार 
साहित्य रचना गर्ने क्रममा पोखरेलले कथा र कविता दुबै विधामा कलम चलाएका छन् । यसवापत उनलाई विभिन्न सङ्घसंस्थाबाट पुरस्कार तथा सम्मान दिइएका छन् जुन यस प्रकार छन् ः
(क) स्रष्टा सम्मान, (२०६१), गम्भीरबहादुर थापा प्रतिष्ठान, उदयपुर ।
(ख) धवलागिरी साहित्य प्रतिष्ठानद्वारा काजी रोशन साहित्य पुरस्कार (२०६४) ।
२.१०  पोखरेलको व्यक्तित्व 
पोखरेलको व्यक्तित्वलाई साहित्यिक व्यक्तित्व र साहित्य इतर व्यक्तित्व गरी हेरिन्छ ः
२.१०.१  साहित्यिक व्यक्तित्व
  साहित्यकार पोखरेलको साहित्यिक व्यक्तित्वअन्तर्गत कथाकार व्यक्तित्व र कवि व्यक्तित्व देखा पर्दछ ः
२.१०.१.१ (क)  कथाकार व्यक्तित्व
नेपाली साहित्यको कथा विधामा कलम चलाउने कथाकारहरूको पङ्क्तिमा पोखरेल पनि पर्दछन्। पोखरेलको सन्त्रस्त आँखाहरू (२०६१) र घाम झुल्किनु अघि (२०६७) नामक दुई कथासङ्ग्रहहरू प्रकाशित छन् । उनका यी कथासङ्ग्रहका कथाहरूले नेपाली कथाका क्षेत्रमा आफ्नो छुट्टै स्थान राखेको पाइन्छ । मानवीय संवेदनालाई सम्बोधन नगरिएका कथा  कथा नै हुदैनन् भन्ने मान्यता अङ्गाल्ने पोखरेलले वर्तमान जीवनको भोगाईबाट प्राप्त अनुभूतिलाई कथामा उतारेको पाइन्छ । रुढिवादी परम्पराले थिचेको मानवजीवनका पीडाहरू कथामा पोख्नु, द्वन्द्वबाट ध्वंशित मानवीय मूल्य संवेदना देखाउनु, नयाँ क्रान्तिको भावना जन्मनु पर्नेजस्ता कुराहरू उनका कथाहरूले विशेषताका रूपमा आपूmमा अन्तर्निहित गरेका छन् ।


२.१०.१.१ (ख) कवि व्यक्तित्व
मातृका पोखरेलले कविता विधामा पनि कलम चलाएको पाइन्छ । उनको प्रथम प्रकाशित रचना सूर्य उदाऊ अब (कविता), समीक्षा साप्ताहिक २०४५ मा प्रकाशित भएको थियो । त्यसपछि कविता लेखनको प्रक्रियालाई अगाडि बढाउँदै जाँदा सेतो दरबारको छेउबाट (कवितासङ्ग्रह) २०५७, यात्राको एउटा दृश्य (कवितासङ्ग्रह) २०६०, अनुहारहरू (कवितासङ्ग्रह) २०६४ गरी त्ािनवटा कवितासङ्ग्रहहरू प्रकाशित गरिसकेका छन् । यी कवितासङ्ग्रहभित्रका कविताहरूले पोखरेलमा रहेको कवि व्यक्तित्वको उजागर गरेको पाइन्छ । यी सङ्ग्रहका कविताले पनि मानवजीवनका विविध समस्याहरूलाई टिप्दै नेपाली साहित्यका फाँटमा आपूmलाई स्थापित गर्ने कोसिस पोखरेलले गरेका छन् ।
२.१०.२.  साहित्येतर व्यक्तित्व
साहित्यकार मातृका पोखरेलले साहित्यका अतिरिक्त अन्य क्षेत्रमा पनि आफ्नो व्यक्तित्व प्रदर्शन गरेका छन् 
२.१०.२ (क) सम्पादक व्यक्तित्व
भाषा र साहित्यको विकासमा टेवा पु¥याउने उद्देश्यले कथाकार पोखरेल साहित्य सिर्जनाका अतिरिक्त विभिन्न पत्र–पत्रिकाको सम्पादन पनि गरिरहेका छन् । उनले आफ्नो जागिरे जीवनसँग सँगै विद्युतप्राधिकरणका साहित्यप्रेमी सहकर्मीहरूसँग मिलेर ज्योति साहित्यिक त्रैमासिक पत्रिका पनि निकालेको र त्यसको कार्यकारी सम्पादक भई काम गरिरहेका छन् यसका अतिरिक्त विविध क्षेत्रमा आफ्नो सम्पादक व्यत्तित्व प्रदर्शन गरेका छन्, जुन यस प्रकार छन् ः
(क)  प्रलेश  (प्रगतिशील लेखक सङ्घको मुख पत्र) — सम्पादक ।
(ख)  नागार्जुन  साहित्य त्रैमासिक   — (गणतन्त्र कविता विशेषाङ्क) को अतिथि सम्पादक ।
(ग)  आलेखन  साहित्यक पत्रिका (नेपाल साहित्यिक पत्रकार सङ्घ) को मुखपत्रको      — सम्पादन ।
(घ)  विकल स्मारिका  (२०६८) (रमेश विकल साहित्य प्रतिष्ठान) मुखपत्रको           — सम्पादन ।
(ङ)  वेदना  साहित्यिक त्रैमासिकको       —  सम्पादक ।
(च)  विजय शब्द बिम्ब  पत्रिकाको   — सम्पादक ।
          माथि उल्लिखित कुराहरूबाट उनको सम्पादक व्यक्तित्व झल्किन्छ ।
२.१०.२ (ख) राजनीतिक व्यक्तित्व
मानव कुनै न कुनै विचारधाराबाट प्रभावित हुन्छ । सोहीबमोजिम कथाकार मातृका पोखरेल पनि कम्युनिष्ट विचारधाराबाट प्रभावित देखिन्छन् । उनी वि.स.२०४४ साल देखि उक्त विचारधाराबाट अगाडि बढ्दै विभिन्न ठाउँमा पार्टीगत उपस्थिति जनाउँदै वि. स. २०६० सालमा सम्पन्न प्रगतिशिल लेखक सङ्घको छैटौं राष्ट्रिय सम्मेलनबाट कोषाध्यक्ष पदमा निर्वाचित तथा अन्य विभिन्न जिम्मेवारी बहन गर्दै कम्युनिष्ट विचार धाराअनुरूप हाल एकीकृत नेकपा (माओवादी) पार्टीसँंग सम्बद्ध भई आफ्नो जीवन अगाडि बढाइरहेका छन् । यसबाट उनमा राजनीतिक व्यक्तित्व पनि उत्तिकै रहेको बुझिन्छ ।
२.१०.२ (ग) जागिरे व्यक्तित्व
कथाकार मातृका पोखरेल जीवनयापनको लागि वि.स. २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरणमा करारमा नियुक्त भई वि.स. २०५५ देखि स्थायी नियुक्ति पाई हालसम्म वरिष्ठ सहायक पदमा कार्यरत छन् । 
२.११. कथाकार मातृका पोखरेलको जीवनी र कथालेखनबीचको सम्बन्ध ः–
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.४ अन्तर्गत पर्ने थामखर्क भन्ने ठाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको जेठो सन्तानको रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका ७ जना भाइ र ५ जना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँ अक्षर श्रीगणेश गरेका पोखरेलले त्यही विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे र कक्षा ७ सम्म महेन्द्र रत्न नि.मा.वि. रूपाटारमा अध्ययन गरे भने कक्षा ८ पञ्चावती मा.वि. उदयपुरगढीबाट उत्तीर्ण गरी कक्षा ९ भानुभक्त मेमोरियल काठमाडांैबाट पास गरी कक्षा १० त्रिवेणी मा.वि. कटारी, उदयपुरबाट उत्तीर्ण गरेका हुन् । उनी पुनः अध्ययनको सिलसिलामा बिराटनगर गई त्यहाँको आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. उत्तीर्ण गर्दै अझ अध्ययनलाई अगाडि बढाउन र आजीविकालाई सहज गर्न काठमाडांै आई त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट नेपाली विषयमा बी.ए., बी.एड.र एम.ए. सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।
कर्मलाई आफ्नो भविष्य सम्झने कथाकार पोखरेल वि.स. २०४६ देखि विद्युतप्राधिकरणमा कार्यरत छन् । आफ्नो कार्यालय र त्यससँग सम्बन्धित आफ्नो जिम्मेवारीलाई तन, मन र वचनले दत्त चित्त भई पूरा गर्न लागिपरेका कथाकारले जीवनका तीतामीठा अनुभवहरूलाई कथामा प्रस्तुत गरेका छन् । उनले विशेषगरी “घाम झुल्किनु अघि” (२०६७) कथासङ्ग्रहमा माओवादी जनयुद्ध र यसका सकारात्मक नकारात्मक पक्षहरूलाई कथात्मक बान्कीमा प्रस्तुत गर्दै आन्दोलनका क्रममा आपूmले देखे भोगेका पीडाहरूलाई बढो यथार्थपरक ढङ्गले पस्किएका छन् । युद्धकालमा देशमा विभिन्न ठाउँहरूको भ्रमण गरी त्यहाँको स्थानीय परवेशम देखा परेका समस्याहरू मात्र नभई पार्टीभित्रको घुसखोरी, भ्रष्ट विचार धाराका मानिसहरूको राजनीतिक विचारधारा, तिनको असली व्यवहार आदिको पर्दाफास गर्न कथाकार खप्पिस देखिन्छन् ।
समाजसेवामा रमाउने मातृका पोखरेल आफ्ना लेख, रचना र साहित्यिक गोष्ठी, कार्यशाला आदिमा समाज रूपान्तरण, र आर्थिक संवृद्धिको मार्गमा मुलुकलाई डो¥याउनु पर्ने मत राख्दछन् । उनको परिवारमा एक श्रीमती अञ्जु न्यौपाने तथा एक छोरा प्रसुन पोखरेल रहेका छन् ।
कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनको घनिष्ठ सम्बन्ध रहेको छ । पोखरेल जीवनको अनुभूतिहरूलाई आफ्नो कथा शिल्पमा उतार्न रुचि राख्ने कथाकार हुन् । मूलतः कथा साहित्यमा बेग्लै चिनारी र स्थान बनाउँदै गएका पोखरेलले आफ्ना जीवन भोगाइका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । “घाम झुल्किनु अघि” अर्थात् उज्यालो हुनु पूर्व अन्धकारको आभाष दिने शव्दाबली हो । जसले यहाँ अन्धकारमय अवस्थामा के कस्ता घटना भयो अथवा जनआन्दोलनका क्रममा कसरी साधारण जनता जथाभावी बन्दी बनाइन्थे र सूर्यको लाली पृथ्वीमा देखा पर्नु अघि नै मृत्युवरण गर्न पुग्दथे भन्ने कटु यथार्थलाई देखाएको छ । माओवादी जनयुद्धका क्रममा भएका नरसंहारकारी परिवेश, दमनकारी सामाजिक परिवेशलाई कथाको आधार बिन्दु बनाएका छन् । पोखरेलका कथाहरू यथार्थवादी छन् । उनले राष्ट्रमा भएको घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएको अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृक्ति, राष्ट्रप्रति घट्दै गएको सदाशय सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्रप्रेमजस्ता भावना पोखरेलका कथामा मुखरित भएका छन् । पोखरेल सामाजिक यथार्थवादमा टेकेर कथा लेख्ने कथाकार हुन् । कथाकार पोखरेल जनयुद्धका समयमा देशका जुनजुन ठाउँमा पुग्दछन्, त्यहाँ भएका विकृति र विसङ्गतिलाई आफ्नो कथामा उतार्न रुचाउँछन् । मातृका पोखरेलको कथा लेखनको विजबिन्दु भन्नु उनमा रहेको नेपाल र नेपालीहरूप्रतिको अगाध माया नै हो । विकसित देशहरूमा भएका मानवीय व्यवहारबाट प्रभावित भएका कथाकार पोखरेल देशभक्ति, मानवीय जीवन, धनी र गरिब बीचको खाल्डो, युद्धरहित समाजको अपेक्षा, भ्रष्टाचार, घुसखोरीजस्ता प्रवृत्तिमाथि  कथाका माध्यमबाट तीव्र आक्रोश पोख्दछन् । पोखरेलले देशको जनयुद्धकालमा देखापरेका विविध समस्या, युद्ध आतङ्कले आहात जनसमुदाय, युद्धको विभीषिका र यसबाट आम मानिसमा छाएको जीवनप्रतिको निराशालाई कथाकारले कथाको स्रोत बनाएका छन् ।
कथाकार मातृका पोखरेलले जीवन भोगाइहरूलाई सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथाका सिर्जना गरेका छन् । कथाकार आफ्नो देशको जुन जुन ठाउँमा पुग्दछन् त्यस ठाउँको सामाजिक परिवेश, आर्थिक अवस्था, राजनीतिक अवस्थालाई कथामा उतारेका छन् । कथाकार जुन ठाउँमा पुग्दछन् त्यहाँ देखेका भोगेका जीवन शैली, मातृभूमिप्रतिको माया, प्रेममा बलिदान दिएको प्रसङ्ग आफ्नो कथामा समावेश गर्दछन् । यसरी मातृका पोखरेलले जीवनमा आपूmले देखेका, भोगेका, अनुभव गरेका घटनाहरूलाई कथामा उतारेकाले उनको जीवनीसँग कथा लेखनको नजिकको सम्बन्ध छ ।
२.१२  निष्कर्ष
कथाकार मातृका पोखरेलको जन्म उदयपुर जिल्लाको ठानागाउँ गा.वि.स.वडा नं ४ मा पर्ने थामखर्क भन्ने गाउँमा वि.स. २०२३ साल असार ९ गते भएको थियो । पिता नन्दलाल पोखरेल र माता सीतादेवी पोखरेलको जेठो सन्तानका रूपमा उनको जन्म भएको थियो । मातृका पोखरेलका सातजना भाइ र पाँचजना दिदीबहिनीहरू छन् । सरकारी विद्यालयबाट साउँअक्षर सुरु गरेका पोखरेलले भानुभक्त मेमोरियल काठमाडौंबाट प्रवेशिका उत्तीर्ण गरेका हुन् । उनले बिराटनगरमा गई आदर्श बहुमुखी क्याम्पसबाट आई.ए. तथा पुनः काठमाडौं आई बी.ए., बी.एड. र एम.ए. सम्मको नेपाली विषयको औपचारिक अध्ययन पूरा गरेका छन् । साहित्य समाजको ऐना हो । वास्तवमा साहित्य के गर्ने भन्दा कसका लागि, कुन उद्देश्यका लागि, गर्ने भन्ने कुरा  महŒवपूर्ण हुन्छ । साहित्य केवल नामका लागि वा केवल कलाका लागि मात्र होइन समाजका लागि रचिन्छ । मातृका पोखरेल एक कर्मठ समाजवादी, इमानदार र राष्ट्रवादी व्यक्ति हुन् । उनले  नेपाली साहित्यमा कविता, कथा, गजलजस्ता कृतिहरू पाठकसामु पस्किसकेका छन् । कथाकार मातृका पोखरेल जीवन भोगाइका अनुभूतिहरूलाई आफ्नो लेखन शिल्पमा उतार्न रुचि राख्ने स्रष्टा हुन् । कथाकारलाई समाजमा कुरीति, अन्याय, अत्याचार, मान्छेमा बढ्दै गएको व्यक्तिवादी सोच र भ्रष्ट मानसिकताप्रति घोर आपत्ति छ । मूलतः मातृका पोखरेल यथार्थवादी साहित्यकार हुन् । यथार्थलाई पुष्टि गर्न कथाकार पोखरेलका कथामा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टाचार आदिजस्ता प्रकृतिहरू जुर्मुराएका छन् । नेपाली साहित्यमा उदाएका यी कथा सर्जकले केन्द्रमा मानवीय भावना, देशप्रेम, शान्तिको पक्षधरता र क्रान्तिको विरोध र प्रकृतिका सुपाच्य पक्षहरूलाई लेखन ठानेको प्रतित हुन्छ ।

परिच्छेद – तीन
कथाकार पोखरेलको कथायात्रा र मूल प्रवृत्ति
३.१ पोखरेलको कथायात्रा ः  
वि.स. २०४४ सालमा समीक्षा साप्ताहिकमा सूर्य उदाऊ अब शीर्षकको कविता प्रकाशन गरी साहित्यिक क्षेत्रमा पाइला चालेका पोखरेल हाल आधुनिक नेपाली कथाको समसामयिक धारामा समाजवादी यथार्थवादी प्रवृत्तिलाई आत्मासात् गर्दै अगाडि बढिरहेका छन् । उनले कथाका क्षेत्रमा सर्बप्रथम हरियो बत्ती नामक कथा साथी साहित्यिक द्वैमासिक पत्रिकामा वि.स. २०५२ सालमा प्रकाशित गरी आफ्नो कथाकार व्यक्तित्वलाई पाठकसामु राखेको पाइन्छ । हालसम्म उनका सन्त्रस्त आँखाहरू    (२०६१) र घाम झुल्किनु अघि (२०६७)  गरी दुईओटा कथासङ्ग्रह प्रकाशित भई सकेका छन् । मूलतः पोखरेलका  कथा यात्रालाई उपर्युक्त दुई सङ्ग्रहलाई आधार मानी यसरी विभाजन गरिन्छ ः  
(क) प्रथम चरण ( वि.स. २०६१ – २०६६ )
(ख) द्वितीय चरण ( वि.स. २०६७ – हालसम्म )
३.१.१ प्रथम चरण ( वि.स. २०६१ – २०६६ ) ः 
कथाकार पोखरेलले कथा क्षेत्रमा आफ्नो उपस्थिति साथी साहित्यिक मासिक पत्रिकामा वि.स. २०५२ सालमा हरियो बत्ती लघुकथा प्रकाशित गरी आरम्भ गरेको देखिन्छ । यस पश्चात् उनले विभिन्न कालखण्डमा विभिन्न कथाहरू रचना गरेका छन् । उनले यसरी रचना गरेका कथाहरूलाई सङ्ग्रहका रूपमा वि. स. २०६१ सालमा सन्त्रस्त आँखाहरू नाममा प्रकाशित गरेका छन् । उनको यस सङ्ग्रहलाई आधार मानेर प्रथम चरण निर्धारण गरिएको छ । पोखरेलको यस सङ्ग्रहमा बाह्रओटा कथाहरू रहेका छन् । उनको प्रस्तुत सङ्ग्रहभित्रका कथाहरूमा हाम्रै देशका विभिन्न ठाउँ र समयमा घटेका घटनाहरूलाई कथात्मक वान्कीका माध्यमद्वारा पाठकसामु पस्किई समाजमा विद्यमान विकृति, विसङ्गति र कुव्यवस्थाका जालोलाई हटाई समुन्नत समाज निर्माणको दिशामा लाग्नु पर्ने भावहरू राखेको पाइन्छ । 
उनको यस सङ्ग्रहमा ‘एउटा नयाँ यात्रा’, ‘छोराको भाग्य’, ‘निर्णय’, ‘पश्चिमतिर’, ‘हरियो बत्ती’, ‘सन्त्रस्त आँखाहरू’, ‘अविश्वासको प्रस्ताव’, ‘चुनावको मौसम’, ‘फुटपाथ’, ‘म यसरी फर्किएँ’, ‘हुलिया’, ‘परिचित अभिनय’ रहेका छन् । पोखरेलका उपर्युक्त कथाहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दा कथाहरूले  हाम्रो समाजका यथार्थ घटनाहरूलाई उठाएका छन् । ती कथामा नारीवादी चेतना, वर्गीय द्वन्द्व, राजनीतिज्ञहरूको झुठको खेतीको पर्दाफास, सर्बसाधारण जनताका पीडा, व्यथा र वेदनाका चित्कारहरूलाई जस्ताको त्यस्तै रूपमा उठाइएको पाइन्छ । समग्रमा पोखरेलको यस चरणको मूल प्रवृत्तिका रूपमा प्रगतिवादी, अस्तित्ववादी, विसङ्गतिवादी, नारी समस्या, रुढिवादी, ऐतिहासिक, मनोवैज्ञानिक, यथार्थवादी, स्वच्छन्दतावादी, आलोचनात्मक यथार्थवादी आदि रहेको देखिन्छ । पोखरलले समाजमा रहेका गरिब, निमुखा, निर्दोष, असाहय र दयनीय अवस्थामा आफ्नो जीवन बिताउनु परेको बाध्यता भएका व्यक्तिहरूको पक्षमा रहेर कथा लेखेका छन् । अन्ततः यसै समाजमा रहेका जीवन्त समस्यालाई जस्ताको त्यस्तै टिपेर कल्पनाको सहायताले कथात्मक तन्तुमा उनी सुन्दर, सहज र हृदयस्पर्शी कथाको रचना गर्न सफल समसामयिक धाराका समाजवादी यथार्थवादी कथाकारका रूपमा आफ्नो परिचय दिन उनी सफल छन् ।
३.१.२ द्वितीय चरण ( वि.स. २०६७ – हालसम्म )
वि.स. २०६७ सालमा  पन्ध्रओटा समसामयिक विषयवस्तुले ओतप्रोत कथाहरूको सङ्ग्रह घाम झुल्किनु अघि पोखरेलले आफ्नो कथायात्राको दोस्रो चरणको सुरुवात गरेका छन् । उनको प्रस्तुत सङ्ग्रहमा  आधारित भएर उनको यस चरणका प्रवृत्तिगत विशेषताहरू पहिल्याइएको छ । उनको यस सङ्ग्रहमा पनि समाजका जल्दाबल्दा विषयवस्तुलाई उठान गरिएको छ । विशेष गरी ए. नेकपा (माओवादी) को तथाकथित द्वन्द्व र यसबाट पीडित जनसमुदायका युद्धजन्य विभीषिका र यसको नकारात्मक पाटाहरूलाई उठाउँदै युद्धको विरोध र शान्तिको चहाना पाठकसामु पेश गर्नु नै यस सङ्ग्रहको मूल आशय देखिन्छ ।
कथाकार पोखरेलले जीवन भोगाइका क्रममा देखेभोगेका समस्याहरूलाई अर्थात् सामाजिक यथार्थमा टेकेर प्रगतिवादी कथाका रचनाको माध्यामबाट पाठकमा चेतनाका दीप बाल्ने प्रयत्न गरेका छन् । उनले यस चरणको घाम झुल्किनु अघि कथा सङ्ग्रहमा पन्ध्रओटा कथाहरू छन् । जसले नेपालको राजनीतिक क्रान्ति, सामाजिक अवस्थाभित्रका कुरीति, कुसंस्कार, विकृति, विसङ्गति आदिलाई देखाउँदै यसमा सुधारको अपेक्षा राखेको पाइन्छ । 
निश्कर्षमा पोखरेलले आफ्नो पुरानै कथा लेखनको धारालाई समातेर अघि बढेको पाइन्छ । उनको दोस्रो चरणका कथाहरूमा पनि  समाजका यथार्थ समस्याहरूका चित्रण पाइन्छ । जसले उनलाई समाजवादी यथार्थवादी कथाकारका रूपमा आधुनिक नेपाली कथाको समसामयिक धाराका एक हस्तीका रूपमा उभ्याएको छ । पोखरेलको यसै चरणमा कौशिक द्वैमासिक साहित्यिक (२०६८, अङ्क–२, पूर्णाङ्क–४८, वर्ष–११) मा उज्यालोको प्रतीक्षा, थवाङ हेर्ने रहर, मुक्तिनगर, बाढीको आवाज जस्ता चार कथाहरू प्रकाशित गरी आफ्नो यस क्षेत्रको सक्रियतालाई अगाडि बढाइरहेका छन् । उनले नेपाली कथाको समसामयिक धारालाई थप उचाईमा पु¥याउन आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरिरहेका छन् । उनका पछिल्ला उपर्युक्त कथाले पनि नेपाली समाजका कथाव्यथालाई जस्ताको त्यस्तै टिपेर समाजको यथार्थ चित्रण गरेकाले उनलाई समाजवादी यथार्थवादी धारामै कलम चलाउने कथाकार भनी उल्लेख गर्न सजिलो भएको छ ।  
३.२ पोखरेलको कथागत मूल प्रवृत्तिको अध्ययन   
कथाकार मातृका पोखरेल (२०२३) सामाजिक यथार्थवादी कथाकारका रूपमा उदाएका छन् । उनको कथासङ्ग्रह घाम झुल्किनु अघि (२०६७) भित्र पन्ध्रओटा कथाहरू रहेका छन् ।  मूलतः घाम झुल्किनु अघि का कथाहरूमा नेपालको ए. नेकपा माओवादी द्वन्द्वकालीन परिवेश, यसले सिर्जिएको युद्घजन्य कष्ट, आतङ्क, त्रासदीको प्रस्तुति  पाइन्छ । नेपालको ए. नेकपा माओवादी द्वन्द्वका समयमा कम्युनिष्ट भनाउँदाहरू, उनीहरूको द्वैध चरित्र, कुकृत्य तथा तात्कालीन समयमा नेपाली सेना र माओवादी छापामारको निरङ्कुशताका सिकार भएका नेपालीहरूको यथार्थ चित्रण यहाँ गरिएको छ । साथै नेपाली समाजमा देखिएका शोषक र शोषितवर्गको व्यथा, प्रथाका नाममा रहेको दाइजो जस्तो कुप्रथाको पीडा, समाजका ठालु भनाउँदाहरूले  गाउँलेहरूलाई दिने झुटो आश्वासनका कारण सहरमा आई भौतारिएका, ऋणमा डुबेका र अन्ततः बेरोजगारका सिकार भएका युवा पिँढीका बेदनाहरू, पञ्चायत कालीन सामान्तहरू आज पनि समाजका विभिन्न तह र तप्कामा रही आफ्नो धाक र रवाफ देखाउँदै गरेको यथार्थको चित्रण, सोझा इमान्दार, कर्मठ नेपालीहरूमा चेतनाको लहर आउदा हेपाहा र पेलाहा प्रवृत्तिको अन्त्य हुने भावका साथै पैसाका पछि दगुर्ने आजका मानिसको धन लोलुपतालाई यस सङ्ग्रहका कथाहरूले जस्ताको त्यस्तै चित्रण गरेका छन् । समग्रमा कथाकार  मातृका पोखरेल यथार्थवादी कथाकार हुन् । उनका कथाहरूमा यथार्थवादी भित्रका मानवतावाद, देशप्रेम, प्रकृतिचित्रण, समाजिक, साँस्कृतिक पक्षको स्वभविक चित्रण जस्ता पक्षहरू जुर्मुराएका छन् ।  घाम झुल्किनु अघि  कथासङ्ग्रहभित्र विभिन्न वाद र सिद्धान्तका विविध पक्षहरू रहेकाले पोखरेलको यस कथासङ्ग्रहको अध्ययन विश्लेषण पछि उनको कथाका प्रवृत्तिगत विशेषताहरू निम्नलिखित रूपमा निक्र्यौल गर्न सकिन्छ ः
३.२.१   सामाजिक यथार्थवादी कथाकार 
कथाकर मातृका पोखरेलले आफ्ना धेरै जसो कथाको विषयवस्तु समाजबाट टिप्ने गरेका छन् । खासगरी उनका कथाहरूमा गाउँले जीवनमा आई पर्ने वर्गीय असमानता, समस्या, त्यसको सिर्जना गरेको गरिबी, पीडा, चित्कारलाई कथामा जस्ताको त्यस्तै प्रस्तुत गरेका छन् । यसका साथै पोखरेलका कथाहरूमा सहरिया परिवेशमा देखिएका विकृति, विसङ्गति र आडम्बरलाई पनि कथामा यथार्थ रूपमा प्रस्तुत गरेका छन् । सामाजिक यथार्थतालाई नसमेटिएका कुनै कथा पनि मातृका पोखरेलको छैनन् । युगीन परिवेश, मानवीय सङ्कट, राजनैतिक विकृति, आर्थिक असमानता, शोषण, अन्याय, अत्याचार, आडम्बर, नारी शोषणजस्ता यथार्थतालाई समेटेका पोखरेलका मूल प्रवृत्ति सामाजिक यथार्थवाद हो । उनका मौन सङ्केत, निधो, खालीठाउँ, घोडाको गन्ध, देवीदत्तको चिन्ता, मुक्ति, कालो चस्मा र खाडल जस्ता घाम झुल्किनु अघि कथासङ्ग्रहका कथाले सामाजिक यथार्थलाई उद्घाटन गरेका छन् । उनको मौन सङ्केत कथामा समाजका शोषकवर्गले सर्वसाधारण, इमान्दार नेपालीहरूलाई आफ्नोमा काम लगाउने तर मानवीय संवेदना पटक्कै नदेखाउने हाम्रै समाजका धनाढ्यहरूको कटु सत्यको उद्घाटन 
छ । “कामै गर्न छोडेर किन हुलै कसेर आको ? निद्राबाट भर्खर उठेको मुखाकृत बोकेर साहुले बाहिर एकाएक उनीहरूलाई झम्ट्यो” (मौन सङ्केत पृ.२५) । यसरी मृत्यु शैंयामा पुगेको साथीलाई औषधी गर्न पैसा नहुदा साहुकहाँ सहयोगकालागी पुग्दा झर्की र फर्की खेप्ने कामदारको यथार्थ चित्रण यहाँ छ । त्यस्तै निधो कथाले हाम्रो समाजमा प्रथाको रूपमा रहेको दाइजोको कारण पीडित निम्नवर्गीय समाजको यथार्थ चित्रण पाइन्छ भने खालीठाउँ कथामा गाउँमा ठूला ठूला आश्वासन दिने र पद तथा पैसा कमाउने अनि गाउँलेलाई आवश्यक पर्दाचाहिँ विभिन्न बाहानामा उम्कने ठालुहरूको यथार्थाङ्कन गरिएको छ । घोडाको गन्ध कथामा गाउँमा सामान्ती प्रवृत्तिका मानिसको बोलबाला रहेको र उनीहरूको कुकृत्यप्रति आजित भएर जनता जागेका कारण त्यस्ता भ्रष्ट सामान्तिको पत्तासाफ भएको झलक पाइन्छ । खाडल कथामा नेपालको वर्तमानका पिँढीहरूमा मौलाउँदै गएको धनप्रतिको मोहलाई ज्यादै राम्रोसँग उठाइएको छ ।  त्यस्तै कालो चस्मा कथामा पनि इज्जत र प्रतिष्ठापूर्वक बाँच्नलाई पनि निरीहता होइन धाक र रवाफको आवश्यकता पर्दछ, धेरै सोझो मानिसको काम छैन् भन्ने यथार्थको प्रस्तुति पाइन्छ । देवीदत्तको चिन्ता कथामा पनि हाम्रै समाजको अभिभावकवर्गको आफ्ना सन्ततीप्रतिको सचेतताले सिर्जिएको चिन्ताको यथार्थको प्रस्तुति छ । यसका साथै यस सङ्ग्रहका अन्य प्रायः सबै कथामा ए. नेकपा माओवादी द्वन्द्वकालीन परिवेश र त्यसताका नेपाली समाजले भोगेका तीता मीठा अनुभवलाई उठाइएको छ ।
समग्रमा भन्नुपर्दा पोखरेलका कुनै पनि कथा सामाजिक विषयवस्तु भन्दा पर पुगेका छैनन् । समाजमा देखिएका समस्या, विकृति, विसङ्गति, आडम्बर, अन्याय, अत्याचार, शोषण, दमनजस्ता कुरालाई छोएर नै पोखरेलले कथा लेख्ने गर्दछन् ।
३.२.२  आलोचनात्मक यथार्थवादी कथाकार 
कथाकार मातृका पोखरेलको अर्को महŒवपूर्ण प्रवृत्ति आलोचनात्मक यथार्थवादी पनि हो । समाजमा देखिने युवा विकृति, आडम्बर, नारी विकृति, शोषण, अन्याय, अत्याचार, छाडा प्रवृत्ति, द्वन्द्वको पीडा जस्ता पक्षहरूमा पोखरेलले कथामार्पmत आलोचना व्यक्त गरेका छन् । समाजमा देखिएका विकृति, विसङ्गतिलाई यथार्थ रूपमा चित्रण गरेर त्यसमा आलोचना गर्दै सुधारको सन्देश पोखरेलले आफ्ना कथामा दिएका छन् । सामाजिक कुसंस्कारका रूपमा रहेको रुढिवादी प्रथा, आडम्बर आदिलाई कथाकारले आलोचना गरेका छन् । सामाजिक यथार्थलाई समेटेका धेरै कथाहरूमा आलोचनात्मक यथार्थवाद मिसिएर आएको छ । उनको कथामा ए. नेकपा माओवादीको युद्धकालीन परिवेश र त्यसबाट पीडित सामाजिक परिपाटीको आलोचना गरिएको छ । उनको घाम झुल्किनु अघि कथासङ्ग्रहका निधो कथामा सामाजिक कुसंस्कारको विरोध गरिएको छ भने मौन सङ्केत, मुक्ति, खालीठाउँ, घोडाको गन्ध, देवीदत्तको चिन्ता, कालो चस्मा, र खाडल जस्ता कथामा सामाजिक जीवनमा देखिएका विकृति, विसङ्गति, रुढिवादी प्रवृत्ति, आर्थिक असमानता, स्वार्थी, धनलोलुपता लुच्याइँ, फटाइँ जस्ता समस्यालाई आलोचनात्मक रूपमा प्रस्तुत गरिएको छ ।  कमरेड पाताल, घाम झुल्किनु अघि, अँध्यारो गाउँ, बाध्यता, सपनाहरूको खोजी, भत्किएको घरनेर जस्ता कथाहरूमा नेपालको विशिष्ट कालखण्डमा ए. नेकपा माओवादीको नेतृत्वमा मुलुकमा सञ्चालित युद्धको प्रक्रिया, प्राप्ति, त्यसका भोक्ता र कर्ता अनि त्यो कालमा राज्य पक्षबाट भएका क्रुर ज्यादती र विद्रोही पक्षबाट भएका विसङ्गत पक्षहरूलाई समेत कथाकारले आलोचनात्मक रूपमा उठाएका छन् । मान्छेको सामाजिक जीवन भोगाइ, उत्तर आधुनिक उपभोक्तावादी संस्कृतिको धराप र यसमा फसेर पैसाका लागि निकृष्ट कर्मसमेत गर्न मान्छे पछि पर्दैन् भन्ने कटु यथार्थ यस सङ्ग्रहका कथामा पाइन्छ । त्यसै गरी शाही सङ्कट कालमा हुने गरेको शाही सैनिक ज्यादतीको मर्मस्पर्शी चित्रण पनि यहाँ पाइन्छ । साथै माओवादी अतिवादिताका कारण कचियाले रेटेर मृत्युदण्ड दिइएको विभत्स पक्षको चित्रण पनि यहाँ उल्लेख छ ।
समग्रमा घाम झुल्किनु अघि सङ्ग्रहभित्रका कथामा सामाजिक व्यवस्था र युगीन परिवेशमा देखिएका विकृति, विसङ्गति, युद्ध, आतङ्क, अन्याय, अत्याचर, शोषण, दमन, शैक्षिक बेराजगार, मानवीय शून्यता, राजनीतिक फोहारी प्रतिस्पर्धाजस्ता खराब पक्षहरूको आलोचना गरिएको छ । समाजका यावत् समस्याहरूमा आलोचनात्मक यथार्थवादी दृष्टिकोण राखी लेखकले आफ्ना कथामा उत्कृष्टता थपेका छन् ।
३.२.३ प्रगतिवादी कथाकार 
समाजमा विद्यमान आर्थिक विषमतालाई मुख्य विषयवस्तुका रूपमा ग्रहण गरेर कथा लेख्ने पोखरेल प्रगतिवादी कथाकार पनि हुन् । उच्चवर्गद्वारा निम्नवर्गमाथि हुने शोषण, अन्याय, अत्याचारप्रति उनले कथामार्फत् विरोधको स्वर उरालेका छन् । समाजका कुप्रथाहरूको विरोध गर्नु र निम्नवर्गका मान्छेलाई माथि उठ्न उक्साउनु उनको प्रवृत्ति हो । उनले समाजमा नारीमाथि पुरुषले गर्ने शोषणलाई निकै राम्रोसँग देखाएका छन् । ग्रामीण जीवनमा व्यप्त कुरीति, कुसंस्कार र वर्गीय सोचलाई चिर्दै समानता र स्वतन्त्रताका पक्षमा कथामार्फत आवाज उठाएका हुनाले उनी प्रगतिवादी कथाकार हुन् । उनले कथामा प्रगतिवादी विभिन्न कोणबाट अगाडि सारेका छन् । उनको निधो कथामा सांस्कृतिक रूपमा अघि बढेको कुप्रथाको चर्चा छ भने मौन सङ्केत, घोडाको गन्ध, धुवाँ, देवीदत्तको चिन्ता आदि कथाहरूले सामन्ति प्रवृत्तिका मानिसहरूको कुशासनका कारण पीडित निम्नवर्गीय समाजको कारुणिक अवस्थाको चित्रण गर्दै वर्गसङ्घर्ष गर्नुपर्ने र निम्नवर्गका मानिसहरू एकजुट भई सामन्तिका पर्खालहरू ढाल्नुपर्छ भन्ने प्रगतिवादी स्वरलाई कतै स्थापित नै गरेर छाडेका छन् त कतै यसो उठाएर मात्र छाडेका छन् । प्रगतिवादी विचारलाई स्थापित नै गरेका धुवाँ, घोडाको गन्ध, कथा मुख्य छन् । त्यसैगरी उठाएर मात्र छाडेका कथामा मौन सङ्केत, देवीदत्तको चिन्ता मुख्य छन् । पोखरेल युगीन सन्दर्भ र समकालीन पीडाका अन्र्तद्रष्टाका रूपमा समेत देखा परेका छन् । यसैले उनी कतै जीवनबारे गम्भीर रूपमा चिन्तन गर्छन् कतै विभिन्न अवस्थाका मानिसहरूको मनोलोकभित्र विचरण गर्दछन् भने कतै समसामायिक रुग्ण राजनैतिक वातावरणले उब्जाएका मानवीय सङ्कटप्रति वितृष्ण प्रकट गर्दछन् । ए.नेकपा माओवादीको कथित जनयुद्धको पीडाले व्यथित नेपालीहरूको यथार्थ चित्रण पनि उनका कथामा पाइन्छ । त्यसैगरी सहरिया जीवनको तडकभडक भित्र पनि उनी अनेक विडम्बना र विसङ्गतिहरू देख्दछन् । उनका खाडल,  कमरेड पाताल, आदि कथामा यस्ता प्रवृत्ति पाइन्छ ।
यसरी समसामायिक युगीन यथार्थलाई आफ्ना कथामा टिप्ने पोखरेलले आफ्ना कथामा वर्तमान अवस्थामा देखिएका युवा विकृति, सहरिया परिवेशमा विकसित आडम्बरी प्रवृत्ति, धनलोलुपता, सभ्रान्त वर्गमा देखिएको मूल्यह्रास, कम्युनिष्ट आन्दोलनका नाममा भएका आन्दोलनको सकारात्मक र नकारात्मक पक्षहरू, राजनीतिक सङ्कट, भ्रष्टाचार, दुराचार आदि कुरालाई देखाएका छन् । बढ्दो शैक्षिक बेरोजगार, दाइजो प्रथाको पीडा, कम्युनिष्ट आन्दोलनका नाममा भएका विसङ्गति आदिलाई पनि उनका कथाले कही न कही कुनै न कुनै रूपमा युगीन समस्याहरूलाई छोएका छन् ।
३.२.४ मानवतावादी कथाकार
कविता लेखनबाट कथातिर हात हालेकका मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) सङ्ग्रहका कथामा ए. नेकपा माआवादी युद्धबाट पीडित अनेक मानवीय वा मानवतावादी पक्षहरू उजागर भएका छन् । मानवतावादी संवेदनाले भरिएका सामाजिक यथार्थमा टेकेर वर्तमान युगका मानवजातिले निम्त्याएका हत्या, हिंसा, युद्ध आतङ्क, संस्कृतिमा भएका विसङ्गतिहरू, माया, पे्रम र प्रणय, दानवीय प्रवृत्तिले निम्त्याएका विस्थापितहरूको पीडा कथामा समेटिएको छ । आज हाम्रो देश संवेदनाहीन भइसकेको छ । हामीलाई कुनै पनि किसिमको घटना, समाचार वा दृश्यले छुन छाडेको छ । हाम्रै सामु एउटा मानिस कुनै व्यक्ति वा समूहको गोलीले भुटिन्छ, कचियाले रेटेर मारिन्छ, कयौं बालबालिका बाबु आमा विहीन छन्, एउटी नारी, एउटी युवती यौन पिपाषुहरूको तृष्णा मेटाइ दिने साधन बन्न विवश छे, दाइजोका कारण सम्पत्तिको मोल नमिलेर यहाँ विवाह रोकिन्छ, मानिसहरूलाई विना पैसा पशुसरह काम लगाइन्छ । शोषण गरिन्छ, खर्चको अभावमा उनीहरू मृत्यु वरण गर्न पुग्छन्, धन सम्पत्तिलाई नाता सम्बन्धभन्दा सयांै गुणा टाढा सम्झने र अमानवीय प्रवृत्तिमा लीन मानिसको घुइचो बढेको छ , यी र यस्ता कयांै घटना देख्दा पनि हाम्रो मस्तिष्क आन्दोलित हुँदैन् । हाम्रो मुटुमा संवेदना जाग्दैन्, मानौ केही नहुने कुरा भएको छैन्, कुनै देख्नै नसकिने कुरा देखिएकै छैन भन्दै मानवतावादी भावनाको टड्कारो आवाज प्रस्तुत गरेका छन् पोखरेलले । हामी मानिस, मानिस नरहेर ढुङ्गो, मुढो जस्तो जड भइसकेका छाँै । त्यसैले केही दशक अघिसम्म एउटा फट्याङ्ग्रो मर्दा वा एउटा व्याधाले गुलेलीले सानो चरा मार्दा कहालिने हाम्रो मुटु भटाभट आखाँ सामु मान्छेको लास गिर्दा, रगतको खोलो बग्दा पनि किञ्चित हाल्लिदैन् किनभने प्राणीको कष्ट पीडा माथि संवेद्य हुन मान्छेको मुटु चाहिन्छ, आजका मानिस भित्रको मानवीय मुटु मरिसकेको छ । त्यसैले आफ्नोबाहेक अरु कसैको पनि पीडा, व्यथा, र वेदनाले हाम्रो संवेदनालाई उकास्न सक्दैन । पोखरेलले यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा मानवतावादी दृष्टिकोण अघि बढाएका छन् । अझ सङ्ग्रहको प्रतिनिधि कथा घाम झुल्किनु अघि कथामा मानवीय जिजीविषाको तीव्र उठान गरिएको छ तर क्रुर र दानवीय हृदयका मानिसहरूले बाँच्न नदिएको र विभत्स हत्याको चित्रण छ ।
समग्रमा हाम्रो समाजमा कथित युद्धले निम्त्याएका मानवीय जीवनका अप्ठ्याराहरू, बढ्दो अराजक, हिंसा, हत्या र लुटको प्रवृत्तिले गर्दा मानतावाद नै हराइ सकेको अवस्थामा छ । यसैले हामीमा मानिसको मुटु मरेर हिंस्रक पशुको दाह्रा पलाउन थालेको छ । अब कही हामीमा मरिसकेको मानवतावादी भावना जगाउनका लागि बाँकी छ भने त्यो हो कला वा साहित्य र यसका संवाहक भनेका कलाकर्मी वा साहित्यकर्मी नै हुन सक्छन् भन्दै आफ्ना कथाका माध्यमबाट मानवतावादी भावनाको टड्कारो खाँचो पोखरेलले आंैल्याएका छन् । अन्ततः उनले यस  सङ्ग्रहका कथाहरू मार्फत युद्ध आतङ्कले मानवीय जीवन खतरामा परेको उल्लेख गर्दै मानिसले मानिसलाई मानिसकै रूपमा हेरेर मानवीय व्यवहार गर्नु पर्दछ भन्ने मानवतावादी धारणा राखेका छन् ।
३.२.५  देशप्रेमी कथाकार
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहमा १५ वटा कथाहरू रहेका छन् । धेरै कथाहरूमा युद्धको परिणति र मानवीय संवेदनको सूक्ष्म विश्लेषण गरिएको छ । कथामा राष्ट्रियता, प्रेम र पीडाको विषयवस्तु एकै साथ उठान भएका छन् । कथामा अन्य पक्षलाई ओझेल पारेर राष्ट्रियताको भाव पस्किएको छ । यस सङ्ग्रहका प्रायः सबै कथामा पोखरेलले देशप्रेमलाई महŒव दिएका छन् । “नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको सांस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्पटुकताको भरमा मानिसहरू नेतृत्व तहमा पुग्न थाले” (कमरेड पाताल, पृः६) । देशमा भएको नयाँ क्रान्तिमा पनि समाज सुधारका लक्षण नदेख्दा कथाकार देशको भविष्यप्रति निराश बन्छन् । त्यस्तै देशमा माओवादी द्वन्द्वको चपेटामा पिल्सिएका निमुखा जनताहरूको व्यथा र वेदनाले देश रोइ रहेको छ भन्दै कथाकारले विभिन्न परिवेशबाट ग्रसित नेपाली समाजको चित्रण गर्दै त्यस्ता युद्धले देशलाई अधोगतितिर डो¥याउने र पतनोन्मुख बनाउने उल्लेख गर्दै युद्धको विरोध र शान्तिको पक्षमा वकालत गरेका छन् । “मेरो जेठो छोरालाई शाही सेनाले पक्रेर हिजो राति यही बाटो लयाएका थिए । बिहानै बन्दुक पड्किएको आवाजले हाम्रो मनमा चिसो पस्यो नानी” –बाध्यता, पृ,४५) । समाजका सामान्तिहरूले नेपाली समाजलाई जुम्राले रगत चुसेभैmँ आफ्नो वर्चस्व कायम गरेका र अब जनतामा चेतनाको दीप बल्न थालेको छ, सहेर बस्नु हँुदैन, सबै एक जुट भएर सबैखाले निरङ्कुशताको विरुद्ध धावा बोल्दै समृद्ध नेपालको निर्माण गर्नु पर्छ भन्ने देशप्रेमको भावना उनको “आन्दोलन चर्के पछि त काजीसाहेबले मुखै देखाएनन् नि गाठे !” (घोडाको गन्ध, पृ.५७) बाट पनि स्पष्ट हुन्छ । यसरी जनताको अगाडि जस्तोसुकै तानाशाहको केही पाइन नचल्ने बताउँदै जनता नै विकास निर्माणको मूल स्तम्भ भएको उनले बताएका छन् ।
उनका कथाहरूमा हाम्रो समाजका विभिन्न समस्याहरूको चित्रण छन् । मूलतः देशमा अमन चयन र शान्ति, सुरक्षाको प्रत्याभूति हुनु पर्ने, युद्धले कसैको पनि हित नगर्ने भएकोले युद्धको अन्त्य र शान्ति, समुन्नतिको चाहाना उनले राखेको पाइन्छ । नेपालको ग्रामीण समाजका कुरीति, कुसंस्कार, अन्धपरम्परादेखि सहरिया वातावरणको आडम्बर, धनको लालसा, मानवीय मूल्यको ह्रास, विकृति, विसङ्गति, नारी समस्या, बेरोजगारी तथा कथित जनयुद्ध र नयाँ नेपाल निर्माणका लागि भनिएको ए. नेकपा माओवादीको सशस्त्र द्वन्द्वले सिङ्गो नेपाल र सम्पूर्ण नेपालीहरूको भविष्य अन्योलपूर्ण भएको छ। उनीहरूको कम्युनिष्ट नारा मात्र भएको र व्यवहारमा त्यसले मूर्त रूप लिन नसकेको हुँदा समयमै त्यसप्रति सचेत भएर नेपालको छविलाई विश्वसामु उजिल्याउने काम गर्नु पर्छ भन्ने अभिमत उनका यस सङ्ग्रहका कथाहरूमा पाइन्छ । 
अन्त्यमा पोखरेलको घाम झुल्किनु अघि कथासङ्ग्रहका सबै कथाहरूमा देशप्रेमको भाव कुनै न कुनै रूपमा रहेको छ । देशमा देखिएका विभिन्न समस्याका उद्घाटन गर्दै त्यसप्रति साङ्केतिक रूपमै भए पनि सुधारको सन्देश दिँदै उनले आपूmभित्र रहेको देश प्रेमको भावना सुन्दर, शान्त, समृद्ध र विशाल नेपालको चाहना राखेका छन् । तसर्थ उनको एक विशेषता देशप्रेमको प्रस्तुित दिने देशप्रेमी  कथाकार पनि हुन भन्न सकिन्छ । 
३.२.६ सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति
कथाकार मातृका पोखरेल सरल भाषाशैलीको प्रयोग गर्ने कथाकार हुन् । कथा साहित्यिक अभिव्यक्तिको सबैभन्दा सरल र प्रभावकारी माध्याम हो भन्ने धारणा राख्ने कथाकार पोखरेलले आफ्ना सबै कथामा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरेका छन् । सबै कथाहरू शिल्प र शैलीको नवीनतम प्रयोग र प्रस्तुतिका हिसाबले स्मरणीय रहेका छन् । उनका कथाहरूले आधुनिक जीवन शैलीमा भित्रिएका आडम्बरी र घट्दो मानवीय चरित्रमाथि मर्मस्पर्शी तबरले गहिरो प्रहार गरेका छन् । मुक्ति, मौन सङ्केत, निधो, खाडल आदिजस्ता कथामा ठेट नेपाली शब्दहरूको प्रयोग गरी कथालाई रोचक तथा प्रभावकारी बनाइएको छ । कालो चस्मा, खाली ठाउँ, जस्ता कथामा अलि बढी आगन्तुक शब्दहरूको प्रयोग गरी रोचक बनाइएको छ । यस सङ्ग्रहका प्रायः सबै कथाहरूमा आगन्तुक, तत्सम् शब्दहरूको प्रयोग कम भएकाले कथाहरू सरल छन् जटिल छैनन् । उखान टुक्का, निपात शब्दहरूको कम प्रयोगले पनि कथाहरू जटिल छैनन् । यसै गरी नेपाली समाजको सामाजिक धार्मिक र स्थानीय परिवेशअनुसारका पात्र र उनीहरूको भाषा चयनले कथाका उचाई बढाएको छ । कमरेड पाताल, घोडाको गन्ध, कालो चस्मा, खाडल कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि जटिल छैनन्, बरु प्रभावकारी रूपमा कथाहरूले मानवीय प्रेमको गीत गाइरहेका छन् । युद्धको विरोध र शान्तिको आह्वान गरिरहेका छन् । कथाहरू पढ्दै जादा शीर्षक र कथावस्तु बुझ्न कठिन पर्दैन, त्यसैले कथाहरूको शीर्षक प्रतिकात्मक भए पनि कथा पढिसक्दा छर्लङ्ग बुझिन्छ र कथा सरल जस्तो लाग्छ । धुवाँ, घाम झुल्किनु अघि, बाध्यता, अँध्यारो गाउँ, खाली ठाउँ, सपनाको खोजी, देवीदत्तको चिन्ता आदिजस्ता कथाका शीर्षक र कथावस्तु बीच सोझो साम्य सम्बन्ध रहेको हुनाले बुझ्न कठिन छैन् । कथामा प्रकृतिको शब्द चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिनुका साथै छोटो र सरल वाक्यहरूको प्राधान्य रहेको छ  । 
यसरी कथाकार मातृका पोखरेलका सबै कथाहरू सरल, सहज, सुबोध, सुललित रहेका छन् । कथाहरूमा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कथाकार सकेसम्म सम्प्रेषणीय भाषाको र सरल शैलीको प्रयोग गरेका छन् । जसबाट उनको कथाहरू पाठकवर्गहरूले सजिलै बुझ्न सक्दछन् । दुर्बोध्य, क्लिष्ट तथा जटिल पद, पदावली, उपवाक्य, र वाक्यहरूको कतै प्रयोग पाइन्न । अन्त्यमा कथाकार पोखरेलका कथाहरूले वहन गरेका विशेषताका आधारमा पोखरेल सरल, सहज र सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति दिने कथाकार हुन भन्न सकिन्छ । 
३.३ निष्कर्ष
यसरी नेपालको ए. नेकपा माओवादी द्वन्द्वको समय र यसको आसपासमा भएको यथार्थ घटनाहरूलाई कल्पनाको सहारामा कथात्मक स्वरूपमा ढालेर समाजका तीता मीठा रहस्यहरूको उद्घाटन गर्नु नै कथाकार पोखरेलको यस सङ्ग्रहको मूल अभीष्ट रहेको देखिन्छ । मानवीय संवेदनाले ओतप्रोत कथाकार पोखरेल आफ्ना पिँढी समकालीन माझ बेग्लै परिचय स्थापित गर्न अग्रसर 
देखिन्छन् । यस  सङ्ग्रहमा कथात्मक बान्कीले कँुदिएका, माझिएका र भिन्न स्वादका कथा प्रस्तुत गर्न सक्नु कथाकार पोखरेल आफ्ना लेखनमा परिपक्क हुनु हो । कथामा मानवीय पीडाको बोध, युगबोध, नेपाली समाजको यावत समस्याको बोध पनि छ । कथामा प्रेम र पीडाको विषयवस्तु एकैसाथ उठान गरिएको छ । उनले जीवन भोगाईका झाँकीहरूलाई कथा लेखनको स्रोत बनाएका छन् । कथाहरूमा राष्ट्रवाद, विकृति, विसङ्गति, भ्रष्टचार, सामन्तीहरूको दुव्र्यवहार, कुरीतिजस्ता प्रवृत्तिहरू जुर्मुराएका छन्। पोखरेलले हाम्रो समाजमा बढ्दो द्वन्द्व, अराजकता, हिंसा, हत्या, यौन शोषण र लुटका प्रवृत्तिले गर्दा मानवतावाद नै हराइ सकेको अवस्था छ भनेर देखाएका  छन् । यसका साथै द्वन्द्वको विभत्स घटना र त्यसका सत् असत् पक्षहरूको चित्रण गर्दै शान्तिको अभाव रहेको बताएका छन् । आजका मानिसमा मानवता हराएको हुँदा त्यस्ता भावना जगाउन बाँकी रहेको बताउँदै साहित्य वा कला नै त्यसको माध्यम हुन सक्ने विचार राख्दै साहित्यकर्मी वा कलाकर्मी नै त्यस भावनाको संवाहक हुन सक्छन् भनी कथाकारले आंैल्याएका छन् । मुलुकमा बढ्दो द्वन्द्व, बेरोजगारी, अशिक्षा, गरिबी, भ्रष्टचार, कम्युनिष्ट आन्दोलनका नाममा भएका घुसखोरी, प्रवृत्तिप्रति तीव्र रोष प्रकट गरेका छन् । उनले नेपालको सामाजिक, आर्थिक, राजनितिक, प्रशासनिक, सांस्कृतिक पक्षहरूमा भएका विकृतिप्रति गहिरो चिन्ता प्रकट  गरेका छन् । युद्धका चपेटामा पिल्सिएका, सामन्तीहरूको कुकृत्यबाट विस्थापितहरूको पीडाका स्वरहरू सुसेल्दै सुधारको अपेक्षा पनि उनले राखेका छन् । युद्धले सोत्तर बनाएका उजाड बस्ती, अनि मृत्यु रजाइँ गरिरहेको बस्तीमा द्वन्द्वका कारण पीडित बनेकाहरूको कारुणिकताहरूको चित्रण कथामा प्रस्तुत गर्ने क्रममा गाउँ र सहर दुबै परिवेशका प्रवृत्तिको चित्रण पनि सुन्दर ढङ्गले गरेका छन् । कथाहरूमा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । सबै कथाहरू सरल, सहज र सुबोध रहेका छन् । हाम्रो समाजमा देखिएका विसङ्गत पक्षहरूको उद्घाटन गर्न सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद, मानवतावाद, देशप्रेमजस्ता भावनाहरू मुखतिर गर्दै देश र समाज विकासमा आफ्ना साहित्य हर्दम तयार रहेका भाव पस्किएका छन् ।

परिच्छेद – चार
कथा तŒवका आधारमा ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कथाका विश्लेषण
४.०  विषय प्रवेश
आधुनिक नेपाली कथामा पाइने संरचक तŒवका आधारमा कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहका सबै कथाहरूको व्याख्या र विश्लेषण गरिएको छ ।
४.१ कथाका तŒवहरू
कथाको परिभाषा बारे मतैक्य नभए जस्तै कथाका तŒवहरूका सम्बन्धमा पनि कथाकार र समालोचकहरू बीचमा मतैक्य पाइँदैन् । कथाका तŒवहरूका बारेमा सर्वमान्य मान्यताको विकास नभए तापनि निश्चित संरचना, शैली, उद्देश्यका कारणले कथाका आधारभूत तŒवहरू निर्धारण गरिएका छन् । यस सम्बन्धमा दयाराम श्रेष्ठद्वारा सम्पादित नेलाली कथा भाग ४ कृतिमा कथावस्तु, पात्र वा चरित्रचित्रण, संवाद वा कथोपकथन, देश, काल, वातावरण भाषाशैली र उद्देश्यलाई कथाका तŒवका रूपमा उल्लेख गरिएको छ । कथा तŒवका सम्बन्धमा हरिप्रसाद शर्माले कथाको सिद्धान्त र विवेचना नामक कृतिमा कथानक अथवा कथावस्तु, कथापात्र र दृष्टिकोण, कथा परिवेश, संवाद वा कथोपकथन, कथाको उद्देश्य र शैली संरचनालाई कथाका तŒव भनी प्रकाश पारेका छन् । ईश्वर बरालद्वारा सम्पादित झ्यालबाट कृतिमा कथानक, क्रियाकलाप, चरित्र, घटना, सङ्घर्ष, परिवेश, कौतूहलता, चरमोत्कर्ष र प्रभान्वितिलाई कथाका उपकरण वा तŒवका रूपमा लिइएको छ । त्यस्तै केशवप्रसाद उपाध्यायले साहित्य प्रकाश नामक पुस्तकमा कथाका प्रमुख तŒवका रूपमा कथानाक, चरित्र, देश, काल, विचार, कौतूहल, संवाद, शैली र उद्देश्यलाई लिएका छन् । कथा तŒवको विश्लेषण गर्ने क्रममा मोहनराज शर्माले कथाको विकास प्रक्रिया नामक कृतिमा कथानक, चरित्र वा पात्र, परिवेश, विषयसूत्र, भाषशैली, उद्देश्य र दृष्टिबिन्दुलाई कथाका उपकरण भनी उल्लेख गरेका छन् ।
कथाका तŒवका बारेमा विभिन्न विद्वान समालोचकहरूले प्रस्तुत गरेका अवधारणाहरूलाई अझ वैज्ञानिक व्यवस्थापनका लागि दयाराम श्रेष्ठले नेपाली कथा भाग ४ नामक कृतिमा गरेको नयाँ समालोचनाअनुसार कथाको शरीर रचना अथवा रचना विधानलाई संरचना र रूपविन्यास गरी दुई खण्डमा विभाजित गरेका छन् । संरचनाअन्तर्गत कथामा पाइने मुख्य–मुख्य घटकहरू कथावस्तु, पात्र, दृष्टिबिन्दु र सारवस्तुलाई राखेका छन् भने रूपविन्यासअन्तर्गत कथाका सूक्ष्म तŒवहरू पदविन्यास, विम्ब विधान, व्यङ्ग्य, प्रतिक विधान, तुलना (उपमा, प्राक्सन्दर्भ आदि) शीर्षक पर्दछन्, (श्रेष्ठ, २०६० ः ९) । त्यसैगरी मोहन हिमांशु थापाको साहित्यपरिचय नामक पुस्तकमा कथावस्तु, पात्र, संवाद, भाषाशैली, वातावरण र उद्देश्यलाई कथाका तŒवका रूपमा चर्चा गरिएको छ ।
यसरी नेपाली साहित्यको अध्ययन गर्ने व्यक्तिहरूले उल्लेख गरेका विभिन्न कथा तŒवहरूका आधारमा घाम झुल्किनु अघि कथासङ्ग्रहको कृतिपरक अध्ययन गरिएको छ  । कथाहरूको विश्लेषणमा एकरूपता ल्याउन निम्नअनुसारका कथा तŒवहरूका आधारमा यस सङ्ग्रहका सबै कथाहरूका विश्लेषण गरिएको छ ः
(१) कथानक
(२) पात्र र चरित्रचित्रण
(३) परिवेश
(४) दृष्टिबिन्दु
(५) भाषाशैली
(६) उद्देश्य
४.१.१ कथानक
कथावस्तुलाई कथाको पहिलो महŒवपूर्ण तŒवका रूपमा लिइन्छ । यसलाई पारिभाषिक शब्द चयनका क्रममा कथानक, वस्तुविन्यास र विषय पनि भनेको पाइन्छ । विना वस्तु वा विना विषय कुनै पनि कथाको रचना हुन सक्दैन् । चारित्रिक कार्य व्यपारको  स्वरूप अर्थात् कथावस्तुमा प्रारम्भ, मध्य, अन्त्यको निर्वाहा गर्न सक्षम परस्पर सम्बन्ध र अर्थयुक्त घटनाहरूको क्रमिक अनुबन्धनका रूपमा कथानकलाई हेरिएको पाइन्छ (शर्मा, २०५९ ः ५६) । कथाकारले आफ्नो जीवन भोगाई र टोकाईलाई भाषिक कलाको माध्यमबाट कल्पनाको सहायताले एउटा विषय निर्माण गर्दछ, त्यही नै कथाको कथानक (प्लट) हो । कथानक आकस्मिक घटनाहरूको अनुक्रमात्मक व्यवस्थापन पनि हो (बराल, २०५६ ः २८) । कथानकले अन्य अङ्गहरूसँग तारतम्य राखी शृङ्खलाबद्ध रूपमा अगाडि बढ्नुपर्छ । कथानकमा शृङ्खलाबद्ध वर्णनमात्र नभएर क्रियाव्यपार र द्वन्द्वका कारणबाट एउटा दह्रो कथावस्तु तयार हुन्छ । कथावस्तुचाहिँ घटनाहरू समाहित गरिएको एउटा त्यस्तो रूपाधार (फ्रेमवर्क) हो जसमा बौद्धिक र कलात्मक किसिमले घटनाहरू नियोजित गरिएका हुन्छन, (श्रेष्ठ, २०५९ ः ११) ।
कथावस्तु विभिन्न क्षेत्रबाट आएका हुन्छन् । त्यो कथाकारको रुचिमा भरपर्ने गर्दछ । कथावस्तुको चयन गर्दा प्राकृतिक, राजनीतिक, इतिहास, पुराण, लोकसाहित्य, कल्पना र समसामयिक सन्दर्भ आदिमध्ये कसैलाई पनि प्राथमिकता दिन सकिन्छ । तिनै कथानकका स्रोतका रूपमा देखिन्छन् ।
कथानकको तŒवको चर्चा गर्ने क्रममा हिन्दी समालोचक त्रिगुणयतले आदि, मध्य र अन्त्यलाई कथानकको तŒवका रूपमा लिँदै ती तŒवहरूको समुचित सामञ्जस्य हुनुपर्ने कुरामा जोड दिएका छन्   (शर्मा, २०५९ ः ६४) । त्यस्तै नेपाली समालोचक मोहनराज शर्माले कथानकका अङ्गका रूपमा (क) आदि (ख) मध्य र (ग) अन्त्यलाई स्वीकार्दै यस अङ्गका पनि   (अ) चिनारी (आ) सङ्घर्ष र विकास (इ) चरम  (ई) सङ्घर्षह्रास (उ) उपसंहार आदि अवस्थाहरूको चर्चा गरेका छन् (शर्मा, २०५८ ः २४) । शर्माको विभाजनमा ती अङ्गहरूका पाँच अवस्थाहरू देखिन्छन् । दयाराम श्रेष्ठले पनि कथावस्तुमा प्रारम्भ, मध्य र अन्त्यको शृङ्खलाबद्ध अनुशासन रहनुपर्ने स्वीकारेका छन् (श्रेष्ठ, २०५७ ः १०) ।
यसरी कथानकलाई मूल रूपमा आरम्भ, विकास, चरमोत्कर्ष र समाप्ति गरी विभिन्न अवस्थामा स्वीकार्नु उचित देखिन्छ । आधुनिक कथा चिन्तनमा आदि, मध्य र अन्त्यको शृङ्खला नमिलेका कथाहरू पनि भेटिन्छन् । आजकल कथानक छिरलिएका कथाहीन र विशृङ्खलित किसिमका नवीन प्रयोगशील कथाहरू प्रशस्तै पाइन्छन् । आधुनिक कथा लेखनमा यस्ता कथाहीन ढाँचा भएका कथाहरूलाई अकथा भन्ने गरिन्छ । वास्तवमा कथा संरचनाका परम्परागत मान्यतालाई भङ्ग गरेर लेखिने कथा नै अकथा हो (बराल र अन्य, २०५५ ः १) । यसरी कथा भङ्ग गरेर लेखिनुले कथाकारले नयाँ नयाँ प्रयोगको चाहनामात्र पूरा गरेका हुन भन्ने लाग्छ तर यस्ता किसिमका प्रयोगबाट कथाको मूल्य र मान्यतामा क्रमशः परिवर्तन भइरहेकोे देखिन्छ ।
अन्त्यमा कथानक आदि, मध्य र अन्त्यको रैखिक ढाँचा तथा वर्तमानबाट अतीततिर फर्किएको वृक्ताकारीय ढाँचामा तयार पारिन्छ । कथानककै आधारमा चरित्र, घटना, परिवेश आदिको चयन एवं विस्तार गरी कथा तयार गरिन्छ । कथानक भनेको कथाको आकार हो । विस्तारपूर्ण कथा योजना हो । त्यसैले यसलाई कथाको अस्थिपञ्जर पनि भनिन्छ ।
४.१.२ पात्र वा चरित्रचित्रण
पात्र वा चरित्रचित्रणलाई कथाको दोस्रो महŒवपूर्ण तŒवका रूपमा लिइन्छ । कथाका सबै घटकहरू पात्रकै  क्रियाकलापबाट अगाडि बढेका हुन्छन् । पात्र वा चरित्र भन्नाले कुनै पनि व्यक्तिलाई बुझाउँछ । पात्र वा चरित्र भनेको कथाको प्राण र जीउँदो साधन हो (शर्मा, २०५८ ः ३०) । त्यसैले कथालाई गतिशील बनाउने काममा पात्रको महŒवपूर्ण र जीवन्त भूमिका देखिन्छ । पात्रको चरित्र नै कथाका अन्य अङ्गको पनि आधार हो (शर्मा, २०५८ ः पूर्ववत्) । कथाकारले आफ्नो अभीष्ट पूरा गर्न पात्रमार्फत केही कुरा व्यक्त गरेको हुन्छ । यस्ता पात्रहरू मानवीय र मानवेतर दुबै हुन सक्छन् । मूलतः कथाकारले चारित्रिक गुणका दृष्टिले सत् र असत् पात्रलाई देखाएर असत् पात्रलाई विस्तारै पतन गराई समाजमा सुधारको सन्देश दिने गर्दछ तर कतिपय कथाकारले तथस्टताको स्थिति सिर्जना गर्ने गरेको पाइन्छ । पात्रको चरित्रमा चरित्रचित्रणको भूमिकाको सन्दर्भमा पश्चिमी विद्वान जोन्सनले कथानक बौद्धिकता र सचेत प्रकृतिको अभाव रहने कुरा बताएका छन् (पूर्ववत्) । यस्तै हिन्दीका प्रेमचन्दले पनि कथामा पात्रको र चरित्रचित्रणको महŒवपूर्ण भूमिका हुने कुरा बताएका छन् (पूर्ववत् ः ७१) । वास्तवमा कथामा पात्रका विभिन्न थरी चरित्रहरू हुन्छन् । कथाकारले आफ्नो सन्देशअनुसार पात्र चयन गर्दछ । सक्रियताको दृष्टिले पात्र स्थिर र गतिशील दुई किसिमका हुन्छन् । स्थिर पात्र अपरिवर्तनशील र साधारण हुन्छ भने गतिशील पात्र चाहिँ परिस्थितिअनुसार परिवर्तन हुनसक्ने हुन्छ । प्रायः वर्गीय र वैयक्तिक, स्थिर र गतिशील, अनुकूल र प्रतिकूल, पुरुष र स्त्री, मानवीय र मानवेतर, बद्ध र मुक्त, प्रमुख, सहायक र गौण आदि अनेक वर्गमा पात्रको वर्गीकरण गर्ने गरिन्छ । समालोचक मोहनराज शर्माले चरित्रको वर्गीकरण विभिन्न आधारमा यसरी गरेका छन्ः
(क) लिङ्गका आधारमा (अ) पुलिङ्ग (आ) स्त्रीलिङ्ग (ख) कार्यका आधारमा (अ) प्रमुख, जस्तै; नायक, नायिका, खलनायक (आ) सहायक, जस्तै; सहनायक, सहनायिका (इ) गौण, जस्तै; खास भूमिका नभएका पात्र (ग) प्रवृत्तिका आधारमा (अ) अनुकूल, जस्तै; खलत्व नभएका पात्र  (आ) प्रतिकूल, जस्तै; खलपात्र (घ) स्वभावका आधारमा (अ) गतिशील, जस्तै; महŒपूर्ण ढङ्गमा परिवर्तन हुने पात्र (आ) गतिहीन, जस्तै; आद्यान्त स्थिर रहने पात्र  (ङ ) जीवन चेतनाका आधारमा (अ) वर्गगत, जस्तै; कुनै समाज वा वर्गको प्रतिनिधिŒव गर्ने पात्र (आ) व्यक्तिगत, जस्तै; आफ्नै प्रतिनिधिŒव गर्ने पात्र (च) आसन्नताको आधारमा  (अ) नेपथ्य पात्र, जस्तै; परोक्ष उपस्थित हुने पात्र (आ) मञ्चीय पात्र, जस्तै; प्रत्यक्ष कार्य गर्ने पात्र (छ) आबद्धताको आधारमा  (अ) बद्ध पात्र, जस्तै; कथामा बाँधिएर मात्र सार्थक हुने पात्र (आ) मुक्त पात्र जस्तै; कथामा नबाँधिएरै सार्थक हुने पात्र (शर्मा, २०५८ ः २८–२९) ।
यसरी कथातŒव अन्तर्गत पात्र नै मुख्य भएर देखिन्छ । पात्रले नै कथाका अवयवहरूको सञ्चालन गरेको हुन्छन् । प्रायः कथामा वर्गीय र वैयक्तिक चरित्र हुन्छन् । वर्गीय चरित्रले कुनै वर्गविशेष (धनी र गरिब वा मालिक र मजदुर) को चित्रण गरेको हुन्छ अर्थात् उनीहरूले वर्गीय असमानताको चरित्र बोकेको हुन्छन् । वैयक्तिक चरित्रले नितान्त आफ्नै चरित्रको कारण उसको उत्थान या पतन हुने कुरा देखाउँछ अर्थात् वैयक्तिक पात्रले व्यक्तिगत स्वभावका पात्रको प्रतिनिधिŒव गर्दछ । उदाहरणका लागि कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको मौन सङ्केत कथा (पृ.२०) को भीमबहादुर वर्गीय पात्र हो । त्यहाँ ऊ निम्नवर्गीय नेपालीको प्रतिनिधित्व गर्छ।
४.१.३ परिवेश (देश, काल, परिस्थिति)
वातावरण (देश, काल, परिस्थिति) लाई कथाको तेस्रो महŒवपूर्ण तŒवको रूपमा लिइन्छ। वातावरणलाई परिवेश, कार्यपीठिका, पर्यावरण, रुचिक्षेत्र आदि पनि भन्ने गरिएको पाइन्छ । वातावरण भन्नाले स्थान, समाज र त्यस निश्चित समयको वातावरण भन्ने बुझ्नु पर्दछ (आचार्य र अन्य, २०५० ः ङ ) । वास्तवमा कथा घटनाहरूको कलात्मक प्रस्तुति हो । त्यो घटना कहाँ, कहिले वा कस्तो परिस्थितिमा घटित भयो, त्यसपक्षको बोध वातावरण वा परिवेशले गर्दछ । यदि मनोवैज्ञानिक कथा हो भने त्यसको परिवेश मानसिकतामा केन्द्रित हुन्छ । मनमा खेल्ने विविध घटनाले कथाको वातावरण सिर्जना गर्दछ । त्यसबाहेक अन्य कथाहरू चाहिँ देश, काल, परिस्थिति नै कथाको वातावरणका रूपमा देखिन्छन् । कथालाई जीवन्त र सशक्त बनाउन कथामा समावेश गरिएका घटना व्यवहारले ठूलो भूमिका खेल्ने गर्दछ ।(थापा, २०५० ः १५३) । त्यसैले कथा घटनाले गर्दा नै दरिलो बन्ने गर्दछ ।
मूलतः वातावरणअन्तर्गत स्थान र काल दुई तŒव पर्दछन् (शर्मा, २०५९ ः ७६) । तर अहिलेका कथामा परिवेशको रूपमा स्थान र काललाई महŒव नदिई चरित्रको मानसिकतामा कथाको परिवेश निर्धारण गरिएको पाइन्छ । कथामा ग्रामीण, सहरिया, राजनीतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक र मानसिक आदि अनेक किसिमका परिवेश हुन सक्छ ।
परिवेशका सन्दर्भमा विभिन्न विद्वानहरूले आ–आफ्नो किसिमको मत अघि सारेका छन् । यहाँ भारतीय आलोचक त्रिगुणायतले रङ््गविधानलाई मुख्य परिवेश ठानेका छन् (पूर्ववत् ः ६७) । भने नेपाली समालोचक ईश्वर बरालले “स्थानीय दृश्य र परिपाश्र्व भाषिकाको शब्दावली, चरित्रको शब्दोच्चारणरीति आदि” लाई परिवेशका अङ्गका रूपमा लिइएका छन् (बराल ,२०४८ ः ७४–७५) । यसरी कथामा आएका घटना, पात्र, आदिले एउटा न एउटा वातावरण (देश, काल, परिस्थिति) को परिचय गराइरहेको हुन्छ । घटनाअनुसार कथाको वातावरण झल्काइरहेको हुन्छ । त्यसलाई दृश्य–पर्यायवरण पनि मान्न सकिन्छ ।
४.१.४ दृष्टिबिन्दु
कथा निर्माणको आवश्यक तŒवको रूपमा दृष्टिबिन्दुलाई  लिन थालिएको छ । कथा तŒवको अनिवार्य तŒव  दृष्टिबिन्दु हो । विना दृष्टिबिन्दु कथामा कथाकारले आफ्नो भनाइ राख्न पाउँदैन ्। यही दृष्टिबिन्दुले कथा भन्ने परिपाटीमा नयाँ दिशा प्रदान गरेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । दृष्टिबिन्दु कथा कसरी भनिएको छ भन्दा पनि कथा कसले भन्ने कुरासंँग गाँसिएको हुन्छ । यसले कथा कुन पुरुषले कुन पुरुषलाई भनेको हो भन्ने बोध गराउँछ । दृष्टिबिन्दुका बारेमा यहाँ नेपाली समालोचक दयाराम श्रेष्ठको धारणालाई अघि सार्न सान्दर्भिक हुन्छ ः कथामा ‘दृष्टिबिन्दु’ दुई प्रश्नमा आधारित हुन्छ, ती हुन ः (१) कुन पात्रलाई मुख्य पात्र बनाएर भनिएको छ ? र (२) कथासँग त्यस पात्रको कुन प्रकारको सम्बन्ध कायम रहेको छ ? कुनै कथामा ‘म’ पात्रको निर्णायक भूृमिका रहेको हुन्छ भने कुनै कथामा त्यो पात्रको दृष्टिबिन्दुले कथाको शैलीलाई पनि बोध गराउछ (श्रेष्ठ, २०५७ ः ११) । “कथा वाचनका लागि उभिन वा बस्नलाई रोजेको ठाउँ नै दृष्टिबिन्दु हो” (बराल र एटम, २०५८ ः ३९) त्यसैले कथामा आवश्यक मानिने तŒव दृष्टिबिन्दुमा कथा वाचकलाई ‘म’ पात्रको रूपमा राख्ने गरिन्छ, भने कसैका बारेमा केही भनिन्छ भने त्यो तृतीय पुरुषका रूपमा राख्ने गरिन्छ । कथात्मक दृष्टिबिन्दु दुई प्रकारका हुन्छन् ः (१) आन्तरिक र (२) बाह्य । आन्तरिक दृष्टिबिन्दु पनि (१) केन्द्रिय (२) परिधीय गरी दुई प्रकारका हुन्छन् । बाह्य दृष्टिबिन्दुमा चाहिँ (१) सर्वदर्शी (२) सीमित र (३) वस्तुपरक गरी तीन प्रकारका हुन्छन् (पूर्ववत्) । यहाँ आन्तरिक दृष्टिबिन्दुमा रहेको केन्द्रिय दृष्टिबिन्दुले कथाकार ‘म’ पात्र बनेर कथा प्रस्तुत गर्दछ भने परिधीय दृष्टिबिन्दुमा चाहिँ म पात्र त रहन्छ, तर कथामा त्यसको स्थान कि त गौण रहन्छ कि त तटस्थ । बाह्य दृष्टिबिन्दुमा रहेको सर्वदर्शी दृष्टिबिन्दुमा चाहिँ कथाकारले सबै पात्रका भावना, प्रतिक्रिया, विचार आदि प्रकट गर्दै आन्तरिक जीवनको चिनारी दिन्छ, सीमित दृष्टिबिन्दुमा केवल एक पात्रको मानसिक संसारको विचारण गरिएको हुन्छ र वस्तुपरक दृष्टिबिन्दुमा चाहिँ कुनै पनि पात्रको मानसिक संसारको विचरण गरिएको हुन्छ (श्रेष्ठ, २०६० ः ११—१२) ।
यसरी माथि उल्लिखित दृष्टिबिन्दुको परिभाषा, लक्षण र प्रकारलाई हेर्दा कथाकारले कथा सम्पन्न गर्नका लागि प्रथम वा तृतीय पुरुषको भूमिकालाई अनिवार्य रूपमा देखाउनु जरुरी देखिन्छ । त्यसले कथा संरचना बलियो बनाउँछ । सामान्यतः दृष्टिबिन्दु हेराइ मात्र नभएर पात्रले कहाँ बसेर के हेर्छ भन्ने बुझ्नु पर्छ ।
४.१.५  भाषाशैली 
कथाको अर्काे महŒवपूर्ण तŒवको रूपमा भाषा, शैलीलाई लिइन्छ, भाषा साहित्यिक अभिव्यक्तिको माध्याम हो (शर्मा, २०५९ ः ८२) । त्यो साहित्यिक अभिव्यक्ति भाषाको माध्यामबाट हुने भएकाले कथाकारले भाषिक कलाका मार्फत् कथाको निर्माण गर्दछ । भाषा साहित्यिक अभिव्यक्ति मात्र नभएर “मानवीय अनुभूति र अभिव्यक्तिको माध्याम” पनि भएकोले पात्रले भाषामार्पmत् सबै तŒवहरूलाई संयोजन गर्ने काम गरिरहेको हुन्छ (शर्मा, २०५८ ः ३५) । कथामा अनेक थरीका पात्र हुन सक्छन् । तिनीहरूको भाषिक स्तर पनि भिन्नभिन्न किसिमको हुन्छ भने आफ्नै व्यवसायिक शब्दावली पनि हुन्छ । कथाकारले पनि ती पात्रहरूको स्तर र व्यावसायअनुसार भाषिक प्रयोग गराएको हुन्छ । कथा छोटो आयमको हुने हुनाले त्यसको भाषा पनि सरल, सरस प्रतिकात्मक र सटीक हुनुपर्छ । कथामा त्यस्तो किसिमको भाषा उपयुक्त मानिन्छ । शैलीलाई भाषासँग जोडिएर आउने तŒवका रूपमा हेरिन्छ । शैलीलाई कथा तŒव अन्तर्गत भाषाशैलीका रूपमा हेर्ने गरिएको पाइन्छ । शैलीको सामान्य अर्थ ढङ्ग, ढाँचा वा तरिका हो । लेखनमा देखा पर्ने खास किसिमको ढाँचा वा तरिकालाई शैली भनिन्छ (गौतम, २०५० ः ३२४) । त्यस्तै शैली भन्नाले लेखनमा देखा पर्ने तरिका मात्र नभएर यो साहित्यिक रचनामा भावपक्षीय स्तरलाई व्यक्त गर्दा विशेष किसिमको भाषिक पद्घति भन्ने बुझिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले कथामा शैलीलाई  महŒवपूर्ण तŒवका रूपमा लिइने गरिएको छ । शैलीको निर्माण भाषाकै माध्यमबाट गरिने भएकाले भाषाशैलीलाई एकै ठाउँमा राख्ने गरिएको हो तापनि भाषा र शैली एउटै कुरा होइनन् भन्ने समालोचकहरूको मत रहेको छ । (बराल र घिमिरे, २०५५ ः ६) । वास्तवमा भाषा विचार र विनिमयको माध्यम हो भने शैली प्रस्तुतिको तरिका  हो ।
पूर्वीय र पश्चिमी साहित्य चिन्तनमा शैली रचनाको समयसापेक्ष अध्ययन भएको पाइन्छ । पूर्वीय काव्यशास्त्रमा रीति, गुण, अलङ्कार, वक्रोक्ति र औचित्य सप्रदायहरू मूलतः शैली रचनामा केन्द्रित छन् भने पश्चिमी आधुनिक चिन्तनमा यसले विज्ञानको स्थान प्राप्त गरिसकेको देखिन्छ (शर्मा, २०५९ ः ८६) । त्यसैले शैली रचनालाई आज विज्ञानको रूपमा अध्ययन गर्न थालिएको हो । विना शैली कथा आकृतिहीन बन्न जान्छ ।  
शैली पनि विभिन्न प्रकारको हुने कुरा पूर्वीय र पाश्चात्य साहित्य चिन्तनमा चर्चा गरिएको पाइन्छ । पूर्वीय प्राचीन साहित्य चिन्तनमा कोमल, परुषा र मध्यमा आदि शैलीको चर्चा पाइन्छ भने यसतर्फको रीतिवादी मान्यता पूर्णतः शैली रचनासँग सम्बन्धित रहेको देखिन्छ । रीति विभिन्न वैदर्भी, गौडी, पाञ्चाली र कसै कसैले लाटी समेत गरी जम्मा चार प्रकारका बताएका छन् । तर प्रमुख चाहिँ अगाडिका तीन देखिन्छन् । वैदर्भी रीतिलाई सरल, सुकोमल, गौडी रीतिलाई जटिल अर्थात परुषा र पाञ्चाली तथा लाटी रीतिहरूलाई मध्यस्था रीतिकारूपमा लिइन्छ (पूर्र्ववत् ः ८७) । त्यस्तै पश्चिमी अर्वाचीन शैली रचनाको चिन्तनमा ऐतिहासिक, आख्यानात्मक, संवादात्मक, पत्रात्मक र डायरी आदि प्रकारका शैली हुने कुरा चर्चा गरिएको छ (पूर्ववत् ः ८७—८८) । हिन्दी साहित्य चिन्तक सुरेशलालले चाहिँ आधुनिक शैली विज्ञानको आलोकमा शैलीका प्राचीन अर्वाचीन प्रकृतिलाई समेट्दै ध्वनि मूलक शब्दरूपात्मक, अर्थमूलक र वाक्यात्मक गरी शैलीका चार स्थूल प्रकृति प्रस्तुत गरेको देखिन्छ (पूर्ववत् ः ८८) ।
कथाकारको वास्तविक परिचय भाषाशैलीले नै निक्र्याैल गर्दछ । रूपविन्यास, बिम्ब, प्रतिक, अलङ्कार सबै तŒवहरूलाई भाषाशैलीले समेट्छ । शैलीका सन्दर्भमा यसका  विभिन्न प्रकृति र प्रकारको वर्णन गरिए तापनि आधुनिक कथामा शैलीको सरलतालाई अनिवार्य मानिन्छ।

४.१.६ उद्देश्य
कथाको सशक्त एवं केन्द्रिय तŒवका रूपमा उद्देश्य वा प्रयोजनलाई लिइन्छ । यसलाई उद्देश्य, विचार, भाव, जीवनदर्शन, शाश्वत सन्देश आदि विभिन्न शब्दावलीको प्रयोग गरिएको पाइन्छ । विना उद्देश्य कुनै पनि काम गरिँदैन । कथाकारले पनि समाजलाई केही भन्नका लागि कथाको सिर्जना गरेको हुन्छ । “वास्तवमा कुनै पनि कथाकारले कथामार्फत भन्ने, देखाउने, प्रस्तुत गर्ने, जीवन—चिन्तन, सार पक्ष कथाको उद्देश्य हो (बराल र घिमिरे, २०५५ ः ५) । यसले दृष्टिबिन्दुलाई उद्देश्य वा विचारमै राखी अध्ययन गर्ने गरेको देखाउँछ तर आज त्यो पुरानो धारणा अनुसारको मान्यतालाई त्याग्दै नयाँ समालोचना शास्त्रले दृष्टिबिन्दुलाई कथातŒवको अङ्गको रूपमा मानेको छ । कथाकारले प्रत्यक्ष रूपमा उपदेश ग¥यो भने कथा प्रभावहीन र स्वŒवहीन बन्न सक्छ । त्यस्ता कुरालाई ध्यान दिई कथामा कथाकाले विचार र अनुभूतिको प्रस्तुति अप्रत्यक्ष रूपमा गर्नु आवश्यक हुन्छ (थापा, २०५० ः १८३) ।
पूर्वीय र पाश्चात्य परम्परागत ढाँचाका कथाहरूलाई हेर्दा कथामा नीति शिक्षा र आदर्शलाई जोड दिइएको पाइन्छ । तर आधुनिक कथा शिल्पीहरूले कथामा अप्रत्यक्ष रूपमा सामाजिक वा मानसिक, वस्तुगत वा भावगत बिषयको रहस्य पत्तो लगाउन पाठकलाई जिम्मा लगाइ दिने गरेको पाइन्छ (शर्मा, २०५९ ः ८४) । आजका कतिपय कथाहरू राजनीतिक वाद र सिद्घान्तमा केन्द्रित रहेर पनि लेखिएको पाइन्छन् । साहित्य भनेको आग्रही वस्तु नभई स्वतःस्फूर्त अभिव्यक्ति हो । त्यसैले  कुनै पनि पक्षतिर आग्रही भएर कथा लेख्नु ग्राह््य मानिदँैन ।
कथा केही उद्देश्य प्राप्तिका लागि लेखिन्छ । समाजलाई केही सन्देश दिनु नै कथाको उद्देश्य हुन्छ । कथा सामाजिक, मनोवैज्ञानिक, ऐतिहासिक, स्वैरकल्पनात्मक जे जस्ता विषयमा आधारित भए पनि उद्देश्यहीन हुँदैन । उद्देश्य विनाको साहित्यिक रचना सिङ्गारिएको लास जस्तै अर्थहीन हुने मान्यता समाजवादी यथार्थवादी साहित्यकारहरूको रहेको छ ।



४.२.०   विषय प्रवेश 
घाम झुल्किनु अघि कथासङ्ग्रहमा पन्ध्रओटा कथाहरू रहेका छन् । जसमध्ये पहिलो कमरेड पाताल बाट आरम्भ गरी कथा सिद्घान्तका आधारमा यस सङ्ग्रहका सबै कथाहरूको अध्ययन र  विश्लेषण यहाँ गरिएको छ ।
४.२.१  कमरेड पाताल कथाको कथानक
कथाको सुरुवात म पात्रले पार्टीगत जीवनको बारेमा सोच्दासोच्दै भएको छ । उनी कमरेड पातालको दृष्टि आपूmप्रति नराम्रो रहेको निष्कर्षमा पुग्छन् । जसको कारण बताउँदै आपूm कमरेड पातालको घरमा विना सूचना पुग्दा उनको निवासमा भोज भतेर भइरहेको हुन्छ । तडकभडकमय जीवनको विरोध गर्नेको नै जीवनशैली त्यस्तो पाइएकोले म पात्र अचम्ममा पर्दछन् । एकदिन पार्टीको कार्यक्रममा आम कार्यकर्तालाई पाउरोटी खुवाई आपूmले रेष्टुरेन्टमा कमरेड पाताललाई भेटेको बताउँछन्। म पात्रलगयत पार्टीका अन्य कार्यकर्तालाई क. पातालको द्वैध चरित्रको जानकारी हुन्छ । जसबाट उनीहरू कम्युनिष्ट आन्दोलन र यसको मर्म तथा नेतृत्ववर्गप्रति नै वितृष्णा प्रकट गर्दछन् । जताततै कमरेड पातालको विरोध हुन थाल्छ । “नेपालको कम्युनिष्ट आन्दोलनले मानिसहरूको साँस्कृतिक पक्षलाई मूल्याङ्कनको विषय बनाएन । केवल सक्रियता र वाक्पटुताको भरमा मानिसहरू नेतृत्व तहमा पुग्न थाले भन्ने कमरेड सौरभको तर्कसहित अन्य कमरेहरू पनि बहसमा उत्रन थाले कमरेड पाताल त्यस बहसमा उपस्थित भएनन् तर केही समय पछिको पर्टीको बैठकमा इन्चार्ज भई फेरि कमरेड पाताल नै आउने खबर म पात्रले पाउँछन्” (कमरेड पाताल, पृ. ६) । म पात्र क. पातालको घर पुग्नु कथाको आदि भाग, उनीहरूको वास्तविकताको बोध हुनु मध्य भाग र पार्टीगत जीवनप्रति नै वितृष्णा पलाउनु कथाको अन्त्य भाग रहेको छ । यसरी प्रस्तुत कथाको कथानक आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित सरल रैखिक ढाँचामा पूर्ण भएको देखिन्छ ।
४.२.२ पात्र र चरित्रचित्रण
कमरेड पाताल छोटो आयाम भएको  र कम पात्रको प्रयोग भएको कथा हो । कथाको प्रतिनिधि पात्र कमरेड पाताल हो । उसकै चरित्र र व्यवहारको वर्णन गर्न यहाँ म पात्र उपस्थिति भएको छ । कमरेड पाताल प्रतिकूल चरित्रको पात्र हो । उसको बोली र व्यवहारमा कतै पनि तालमेल पाइँदैन । अवसरवदी र झुटको खेती गर्ने, ठूला ठूला क्रान्ति र परिवर्तनका कुरा गर्ने श्रमजीवी जनताको सर्वहारा नेता भन्ने तर सामन्ती र भोगवादी प्रवृत्ति उसमा देखिन्छ । म पात्र यस कथामा अनुकूल चरित्रमा देखापरेको छ । ऊ सच्चा, इमान्दार, कर्तव्यनिष्ठ र भविष्यप्रति सचेत देखा पर्छ । साथै कमरेड पातालकी श्रीमती कमरेड शान्तामा पनि क. पातालकै झैं द्वैध चरित्र देखा पर्दछ । प्रस्तुत कथामा लिङ्गका आधारमा क. शान्ता स्त्रीलिङ्ग र बाँकीका पात्रहरू पुलिङ्ग छन् । कार्यका आधारमा क. पाताल प्रमुख खलपात्र हो भने म पात्र नायक देखिन्छ । त्यसैगरी क. सैरभ, जसबहादुर आदि सहायक पात्रका रूपमा कथामा आएका छन् भने अन्य पार्टीका कार्यक्रम र क. पातालको भोजमा उपस्थिति पात्र गौण पात्रका आएका छन् । आबद्धताका आधारमा क. पाताल, म पात्र, क. शान्ता बद्ध पात्रका रूपमा छन् भने अन्य पात्रहरू मुक्त पात्रका रूपमा उपस्थित छन् । यसरी यस कथामा ए. नेकपा       (माओवादी) युद्धका समयमा देखा परेको नेतृत्ववर्गको द्वैध चरित्रको चिरफार गरिएको छ ।
४.२.३ परिवेश
कमरेड पाताल माओवादी द्वन्द्वकालीन परिवेशमा आधारित कथा हो । यसको परिवेश नेपालको माओवादी सङ््घर्षको समयलाई आधार बनाई तयार गरिएको छ । पार्टीभित्र भ्रष्ट नेतृत्ववर्गले चलखेल गरेको स्थिति र त्यसबाट सच्चा रूपमा अगााडि बढ्ने आम कार्यकर्ताको मानसिक स्थितिको चित्रण पाइन्छ । खराब नेतृत्वको कारण कम्युनिष्ट आन्दोलन नाम मात्रको देखावटी खोक्रो आडम्बरपूर्ण बन्न गएको र त्यसबाट सही अर्थमा समाज र राष्ट्रमा केही परिवर्तन हुन नसक्ने बरु नकारात्मक प्रभाव पर्ने कुरा यहाँ उल्लेख छ । स्थानका हिसाबले काठमाडांै उपत्यका र यसको नजिक रहेको थानकोट वरपरको परिवेशमा कथा संरचित छ । पार्टी कार्यालय बैठक, मिटिङ्ग, कार्यक्रम हुने ठाउँहरू क. पातालको घर, रेष्टुरेन्ट तथा म पात्रको ओछ्यान आदि परिवेशका रूपमा आएका छन् । साथै जाडो मौसमको छनक पनि यहाँ पाइन्छ । नेपालको माओवादी द्वन्द्वकालीन समय, यसबेला भए गरेका क्रियाकलाप र त्यसले आम कार्यकर्तामा फैलिएको पार्टी नेतृत्ववर्गप्रतिको भावनामा कथाले आफ्नो आयाम कायम गरेको देखिन्छ । 

४.२.४ दृष्टिबिन्दु
मातृका पोखरेल कमरेड पाताल कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । म पात्रले संस्मरणात्मक रूपमा आफ्नो अतीतको वर्णन गर्दा कथाको सिर्जना भएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा कमरेड पाताल र अन्य कमरेडहरूको चरित्र उदाङ्गो पार्न यहांँ म पात्रको उपस्थिति छ । “मैले कमरेड हिमालबाट पातालमार्फत् खानाको प्रबन्ध गरिएको सूचना पाएको थिएँ”ं (कमरेड पाताल ः पृ. ५) । “म अर्कै कामले त्यस क्षेत्रतिर पुगेको थिएँ”ं (पूर्ववत् ः २) । यसरी म पात्रको वर्णनमा कथा अगाडि बढी पूर्णता प्राप्त गरेको हुँदा प्रथम पुरुष परिधीय दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट हुन्छ ।
४.२.५ भाषा शैली
कथाकार मातृका पोखरेलको भाषा शैलीमा सरलता पाइन्छ । जुन कथाको विशेषताकै रूपमा रहेको छ । कमरेड पाताल कथामा पनि बोधगम्य, सरल र रुचिकर भाषा शैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थााको चित्रण, संवादको प्रस्तुतिमा सरल र सहज तथा सुबोध भाषा शैलीको प्रयोग छ । कथामा छोटो र पात्र सुहाउँदो सरल वाक्यको प्रयोग छ । साथै कथामा तत्सम, तद्भव र आगन्तुक शब्दको समुचित प्रयोगले कथाको स्तरीयता बढाएको छ । कथामा प्रयुक्त केही विभिन्न स्रोतका शब्दहरू ः 
तत्सम तद्भव आगन्तुक
१.क्रोधित २.खुसुक्क १.कमरेड
२.शैली ३.थचक्क २.पेट्रोलियम
३.आक्रोशपूणर््ा ४.चानचुने ३.मिटिङ्ग
यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको भए पनि कथाको भाषा सरल, सहज तथा शैलीमा सम्प्रेषणीय गुणहरू भएको कारण कथा एकात्मक प्रभाव उत्पन्न गर्न सफल छ । कथाको शीर्षक कथाकै खलपात्रका नाममा राखिएको छ । जसले भ्रष्ट मतिका कारण कमरेडहरू पाताल भासिन सक्नेतर्फ पनि सङ्केत गरेको छ । कथाको शीर्षक र विषयवस्तु बीच पूर्णतः तालमेल पाइएकोले अभिघात्मक शीर्षक रहेको अनुभूति हुन्छ ।
४.२.६  उद्देश्य
कमरेड पाताल कथामा जनयुद्वका समयमा ठूलाठूला भाषण गर्ने, जनतालाई मीठा कुरामा लठ्याउने, व्यक्तिगत सम्पत्तिको विरोध गर्ने तर आपैm ती कुरा पालन नगर्ने उल्टै घरमा भोजभतेर गर्ने, रेष्टुरेन्ट धाउने र सोखिन जीवन बाँच्नेको चरित्र खुल्लस्त पार्नुलाई उद्देश्य बनाइएको छ । क्रान्तिकारी, बिपन्न र गरिब जनताको पक्षधरका नेता भनी चिनाउने कमरेड पातालजस्ता स्वार्थी र अवसरवादी नेताका कारण पार्टी पङ्क्तिका कार्यकर्तामा निराशा पलाएको तथा यसले देशमा सच्चा परिवर्तन ल्याउन सक्दैन् भन्ने भाव पाठकसमक्ष राख्नु पनि प्रस्तुत कथाको उद्देश्य रहेको देखिन्छ । नेतृत्व तहमा पुगेका मानिसहरूले आदर्श र अनुकरणीय व्यवहार प्रदशन गर्नु पर्ने, बोली र व्यवहारमा एकरूपता ल्याई सच्चा रूपमा क्रान्ति अगाडि बढाउनु पर्ने सन्देश दिनु यस कथाको मूल उद्देश्य रहेको पाइन्छ ।
४.२.७   निष्कर्ष
कमरेड पाताल पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको पहिलो कथा हो । यो कथा प्रथमपटक नवयुवा (वर्ष ११, पृ.११३, २०६३ फागुन) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ १ देखि पृष्ठ ६ सम्मको आयतनमा पैmलिएको छ । यसमा ए.नेकपा माओवादी द्वन्द्व र यसको नेतृत्व गर्ने कमरेडहरूको चरित्र उदाङ्गो पार्ने लक्ष्यअनुसार कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य आदिमा पूर्णतः तालमेल राखी पाठकसमक्ष एकल प्रभाव पार्न सक्ने खुबीका कारण प्रस्तुत पाताल द्वैध चरित्रको आरोप गर्ने पद्घति रहेको बुझिन्छ । समग्रमा कथा सफल रहेको छ ।




४.३.१   ‘धुवाँ  कथाको कथानक 
फ्रस्टेड बहुलाहा नामक व्यक्ति चोकमा आएर मानसिक सन्तुलन गुमाएको अभिनय गर्दै वर्तमान परिस्थितिहरूका विकृत स्वरूपको कडा विरोधका स्वरहरू गुञ्जायमान गर्दछ, यससँगै प्रस्तुत कथाको कथानक आरम्भ भएको छ । ऊ समाज सुधारका सङ्गीतहरू सुनाउँछ । आफ्ना सारा सम्पत्ति असाहय र गरिबहरूलाई दिन्छ । निस्वार्थ भावले समाजको भलाइका लागि अघि बढ्छ, यसो गर्दा समाजका भ्रष्ट चरित्रका मानिसहरू उसलाई सिध्याउने प्रपञ्चमा लाग्ने भएकोले ऊ अस्वभाविक रूपमा देखा पर्छ । आपूm बौलाएको नाटक गरेर समाजका सर्पहरूलाई सिध्याउन लागी पर्छ । यसो गर्दा उसलाई त्यस समाजका केही जुझारु युवाहरूको र विद्यार्थीहरूको समर्थन प्राप्त हुन्छ । त्यसै समाजमा पञ्चायत कालीन स्वभाव र प्रवृत्तिका रंगध्वज र उसको सहयोगी रघुवीर जस्ता स्थानीय भ्रष्ट नेतृत्व भएका पार्टीहरू युवा विद्यार्थीको विरुद्धको मोर्चामा हुन्छन् । राम्रो काम गरेकाले जनसहभागिता दिन दुई गुना र रात चौगुना उनीहरूमा जनसमर्थन बढ्दै जान्छ । शशीराज थापा अर्थात् फ्रस्टेड बहुलाहाले मञ्चबाट सरगर्भित भनाइहरू प्रस्तुत गर्छ । उसले सदाचार, नैतिकता र जीवनमूल्यको उदाहरणीय व्यक्तित्व प्रदर्शन गर्छ । जसबाट विपक्षीहरू उसलाई सखाप पारी आफ्नो वर्चस्व कायम गर्ने पक्षमा उभिन्छन् । एकदिन राति फ्रस्टेड बहुलाहाको हत्या हुन्छ । हत्या रंगध्वज र उसका सहयोगीहरूले हत्या गरेका हुन सक्ने सबैले अड्कल गर्छन् । हत्याको  आवेशमा जनलहर उर्लिन्छन् र पञ्चायत कालीन नेता रंगध्वजको घरमा आगो लगाउँछन् । अरुबेला भन्दा घरमा आगो लगाउँदा वा समाजका सर्पलाई निर्मूल पार्दा छुट्टै किसिमको धुवाँ आउने अनुमानका साथ कथाको कथानकले पूर्णता पाएको छ । प्रस्तुत कथाको योजना सरल रैखिक ढाँचामा भएको देखिन्छ । समाजका विकृत पक्षको चिरफारमा लाग्ने असल मानिसलाई सम्पूर्ण मानिसको समर्थन रहने भावाभिव्यक्ति यस कथाले बडो राम्ररी उठाएको छ । फ्रस्टेड बौलाहाले बौलाएको अभिनय गर्दै समाजका सर्पहरूको विरोध गर्नु कथाको आदि भाग, उसका भनाइ र समाज परिवर्तनका पक्षमा जनसमर्थन जुट्दै जानु कथाको मध्य भाग र खराब प्रवृत्तिका मानिसद्वारा उसको हत्या हुनु र जनलहरले रंगध्वजको घरमा आगो लगाउनु कथाको अन्त्य भाग देखिन्छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।

४.३.२   पात्र र चरित्रचित्रण
धुवाँ छोटो आयाम र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको मूल पात्र शशीराज थापा अर्थात् फ्रस्टेड बौलाहा हो । ऊ यस कथामा अनुकूल चरित्र वा सत् पात्रका रूपमा उपस्थित छ । समाजमा भ्रष्ट चरित्रका व्यक्तिहरू विभिन्न समय र काल खण्डमा विभिन्न राजनीतिक पार्टीका आवरणमा आफ्ना गलत विचार र कुकृत्य प्रदर्शन गर्न लागिरहेको अवस्थामा समाज परिर्वनका लागि आफ्नो तन, मन र धन सबै अरुलाई सुम्पिएर बौलाहाको पगरी गुती समाजलाई विकासको मार्गतर्फ लम्काउने ऊ गतिशील चरित्रको छ । अन्ततः खराब आचरणका मानिसहरूको षड्यन्त्रको जालमा आफ्नो ज्यान गुमाएको ऊ यस कथाको प्रतिनिधि पात्र हो भने रंगध्वज यस कथामा खल पात्र, असत् पात्र वा प्रतिकूल पात्रका रूपमा उपस्थित छ । समाजलाई बर्बादीको खाडलमा हालेर भए पनि आफ्नो एकल प्रभुŒव कायम गर्न तल्लीन रंगध्वज अन्ततः पराजित भएको छ । रंगध्वज यस कथामा सुरुदेखि अन्तसम्म  आफ्नै गलत विचारमा अडिग रहेकाले स्थिर पात्र हो । ऊ समाजमा सम्भ्रान्तवर्गका भ्रष्ट चरित्र भएका मानिसहरूको प्रतिनिधि पात्रका रूपमा आएको छ । साथै उसको सहयोगी रघुवीर सहायक खल पात्रका रूपमा उपस्थित छ । त्यसैगरी युवा तथा विद्यार्थीवर्ग यहाँ शशीराजको सहायक भएर आएका छन् भने शिक्षक रामानन्द, दीनानाथ र नरेन्द्र आदिको कथामा खास भूमिका नभएकाले गौण पात्रका रूपमा आएका छन् ।
४.३.३   परिवेश
कथाकार पोखरेलको धुवाँ कथा देशमा जतिसुकै परिवर्तन भए पनि उही पञ्चायत कालीन समयका मानिसहरू पार्टीका खोल ओढी पुरानै विचारलाई अङ्गाल्दै समाजमा आफ्नो प्रभुत्व कायम गर्न उद्यत देखिएको परिवेशमा संरचित छ । यो कथा कुनै ठाउँको एउटा चोकलाई आफ्नो परिवेश बनाई त्यसकै वरिपरि पूरा भएको देखिन्छ । जनताहरू भ्रष्ट राजनीतिज्ञहरूको चङ्गुलबाट बच्न लालायित भई नयाँ सोच र विचारसहितका  नेतृत्वका पक्षमा भएको कुरा देखाउन यहाँ फ्रस्टेड बहुलाहा, युवा तथा विद्यार्थीहरूको सभा, भेलालाई पनि परिवेशका रूपमा ल्याइएको छ । स्थानगत हिसाबले चोक, बजार त्यस वरपरका पसल, त्यहाँ उपस्थित मानिसहरू, रंगध्वजको घर, अस्पताल आदि परिवेशका रूपमा आएका छन् । पढेलेखेका, सद्विचार र असल सोच भएका मानिसहरू राज्यका  महŒवपूर्ण ठाउँमा पुग्न नसकेका, फटाहा व्यक्तिहरू मात्र त्यस्ता ठाउँमा पुगेका, यिनीहरूले समाज परिवर्तनका पक्षधरहरूलाई हराउन जस्तोसुकै नीच र अधम काम गर्न पनि पछि नपरी अगाडि बढ्ने गरेकोले अब ती र त्यस्ता मानसिकता भएकाहरूको विरुद्ध जनता एकजुट भई धावा बोल्ने छन् भन्ने कुरालाई कथाले परिवेशकै रूपमा उठान गरेको देखिन्छ । साघुँरो परिवेश, सामान्य घटनाबाट समाज रूपान्तरणको मार्गको सङ्केत गर्नु पर्ने परिवेशलाई कथाले समेटेको छ ।
४.३.४ दृष्टिबिन्दु
पोखरेलको प्रस्तुत धुवाँ कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा फ्रस्टेड बौलाहाको वृत्तान्तबाट कथाको उठान गरिएको छ । फ्रस्टेड बौलाहा पात्रको उपस्थिति गराउँदै समाजका अन्य तह र तप्पाकाका मानिसहरूको व्यवहारको समेत चित्रण गरिएकोले यहाँ तृतीय पुरुष सर्वदर्शी दृष्टिबिन्दुको प्रयोग पाइन्छ । कथामा थोरै पात्रको प्रयोग गरी पात्रहरूको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “उसको आँखामा यस ठाउँमा शासन गरेका आफ्ना स्वर्गीय दिनहरू नाच्न थाल्यो” (धुवाँ, पृ. ९) । ऊ पात्रको उपस्थितिमा समाजमा  असत् व्यक्तिहरू र उनीहरूका क्रियाकलापको उद्घाटन गर्दै राम्रा विचार र व्यवहार भएकालाई आम मानिसले साथ दिने कुरा उल्लेख गर्न यहाँ तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ ।
४.३.५  भाषाशैली
भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको प्रकार हो । सामान्यतः यो कथाको भाषाशैली पनि कथाकार पोखरेलका अन्य कथामा जस्तै सरल, सहज र सुललित नै छ । कथामा सकेसम्म सरल, सहज, छोटा वाक्यको  प्रयोग गरिएको छ । यो कथा नेपालकै जल्दो बल्दो समस्यामा केन्द्रित भएर लेखिएको छ । कथामा क्लिष्ट र दुर्बाेध्य भाषको प्रयोग कतै पाइँदैन भने शैलीमा पनि सहजता भेटिन्छ । कथामा पात्रको मनोगत अवस्थाको चित्रण संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध र सुललित भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई थप आकर्षण र रोचक बनाउन यसमा प्रयोग भएका केही विभिन्न खाले शब्दहरू र उखानलाई यसरी देखाउन सकिन्छ ः

तत्सम शब्द तद्भव शब्द आगन्तुक एखान
१.विदु्रप १.सुस्केरा, मलामी १.पार्क १.दिन दुई गुना रात चौगुना
२. शत्रु २.मुठ्ठी, २.पोष्टमार्टम २.एक कान दुई कान मैदान
३. षड्यन्त्र ३. आगो झोस्नु ३.काङ्ग्रेस ३.ज्वालामुखी फुट्न लागेको पहाड झैँ
यसका साथै समाजको मणि, आखाँमा बिझ्नु, औला सोझ्याउनु जस्ता टुक्काको यथोचित प्रयोगले कथा अझ मार्मिक बनेको छ । 
४.३.६ उद्देश्य
यस धुवाँ कथामा आफ्नो देश, समाजप्रति अगाध स्नेह भएका युवाहरूको निस्वार्थ र बलिदानीपूर्ण जीवनलाई देखाउँदै समाज सुधारको सन्देश प्रस्तुत गर्नुलाई उद्देश्यका रूपमा लिन 
सकिन्छ । आफ्नो राष्ट्र र समाजको उन्नति, प्रगति विकासका लागि व्यक्तिगत लाभ र लालचबाट माथि उठी समाजसेवामा समर्पित हुनुपर्ने, जस्तो सुकै बाधा अड्चन आउदाँ पनि आफ्नो लक्ष्यमा अडिक रहनुपर्ने, समाजका विषालु सर्पहरूलाई सखाप पार्न जस्तोसुकै कदम चाल्नुपर्ने, जीवन रक्षाका खातिर बौलाएको स्वाङ् रच्नुपर्ने, जुनसुकै मूल्य चुकाएर पनि जनताको सर्वाेपरि हितमा अहोरात्र खटिनुपर्ने जस्ता कुराहरू अघि बढाउनुलाई यहाँ सन्देशका रूपमा स्वीकार्न सकिन्छ । समाजका गलत विचार र प्रवृत्तिका मानिसहरू विस्तारै सकिने तथा अरुलाई दु.ख दिने, शोषण गर्ने र तडकभडकपूर्ण जीवनको अस्तिŒव  खहरेको भेलभंैm क्षणभरमै नष्ट हुने कुरा बताउँदै उच्च विचार बोकी अटल आस्थावान भई राष्ट्रप्रति सचेत रही यसको उत्थान र विकासमा लाग्नुपर्ने राष्ट्रवादी, विकासवादी वा भनांै प्रगतिवादी स्वर सुसेल्नु यस कथाको भावभूमि रहेको देखिन आउँछ । साथै जनविरोधी काम गरे जनकारवाहीमा परिने कुरालाई पनि कथाले उठाएको छ । राम्रो काम गरे मृत्युपर्यन्त समाजले सम्मान दर्शाउने कुरालाई कथाले सशक्त रूपमा उठाएको पाइन्छ । यो कुरा यसैकथाको “यो बौलाह हाम्रो समाजको मणि हो । सम्ममनका साथ यसको अन्त्येष्टि गर्नुपर्छ” (धुवाँ, पृ. ११) भन्ने शिक्षक रामानन्दको कुराबाट स्पष्ट हुन्छ ।
४.३.७ निष्कर्ष
धुवाँ पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको दोस्रो कथा हो । यो कथा प्रथम पटक रचना त्रैमासिक (वर्ष४८, पृ.९९ कात्र्तिक—मङ्सिर २०६५) मा प्रकाशित भएको थियो । प्रस्तुत कथा पृ.७ देखि पृ. १३ सम्मको आयतनमा पैmँलिएको छ । कथाले खराब मानिसहरूको अन्त्य अत्यन्तै भयावह हुन्छ भन्ने भाव पस्किएको छ । कथाको शीर्षक धुवाँ प्रतिकात्मक छ ।
४.४.१ घाम झुल्किनु अघि कथाको कथानक
ऊ अर्थात् माइलीले आफ्नै घरबाट केही मानिसहरूको समूह आफ्नो पसलतिर आइरहेको जस्तो अनुभव गरेबाट कथाको सुरुवात हुन्छ । माओवादी द्वन्द्वकालको समय भएकोले माइली डराउँछे । माइली एउटा सानो छोराको साथमा त्यहाँ बसेकी हुन्छे । उज्यालो हुन अझ केही समय बाँकी नै हुन्छ । तेईसजना आर्मी र एकजना बन्धक बनाएर ल्याइएको मानिससहित तिनीहरू त्यहाँ आइपुछन् । माइलीलाई केही समय अघि आर्मीले जालझेल गरी माया जालमा फसाँई दुई जीउको बनाई छाडिदिएको हुन्छ, जसको परिणाम उसँग अहिले भएको छोरो हो । ऊ आर्मीलाई घृणा गर्छे । माइलीले डराउँदै ती सैनिकहरूलाई चिया खुवाउँछे । बन्धक बनाएर ल्याएको मानिसलाई एकदमै पशुवत् व्यवहार गरेको पनि माइलीले देख्छे । आतङ्ककारी भाइ पोहोर साल घरमा आएर बसेको भन्ने कुराका आधारमा उसलाई सैनिकले पक्डेर ल्याएका हुन्छन् । माइलीको बेतिनी स्थित चिया पसलमा चिया खाएपछि सैनिकहरूले उक्त मानिसलाई निर्ममताका साथ कुटपिट गर्छन् । उसलाई जिस्क्याउदै भागेर ज्यान बचाउन भन्छन् । बन्धक मानिस पनि जिजीविषाका खातिर भाग्छ । भाग्दै गर्दा ड्याङग ड्याङ्ग  गोली हानी मार्दछन् । यी सब कुरा मूक  भएर हेरिरहेकी माइली र उसको छोराको डर बढेको हुन्छ । माइली यसो पूर्वतिर हेर्छे घामझुल्किन अझ बाँकी नै हुन्छ । यसरी रातको समयमा कथा सुरु भई उज्यालो हुनु अघि नै भएका घटनाहरूको विकासमा यसले पूर्णता प्राप्त गरेको छ । निर्दोष मानिसलाई बन्धक बनाएर ल्याउनु कथाको आदि भाग, निर्घात कुटपिट गर्नु मध्य भाग र माइलीकै अगाडि मार्नु अन्त्य भाग रहेको देखिन्छ । यसरी प्रस्तुत कथा, आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।

४.४.२   पात्र र चरित्रचित्रण
प्रस्तुत कथा थोरै पात्र र छोटो आयम भएको कथा हो । ऊ अर्थात माइली यस कथाकी प्रमुख नारी पात्र हो ।  ऊ माओवादी द्वन्द्वकालमा एक सैनिकसँग माया जालमा परी आफ्नो सर्वस्व सुम्पने सोझासाझा नेपालीचेलीहरूको प्रतिनिधित्व गर्ने पात्र हो । झुटो मायाको उपहार स्वरूप छोरो जन्माउन पुगेकी माइली जीविका चलाउन चिया पसल गर्ने निम्न वर्गीय पात्र हो । माइली लिङ्गका आधारमा स्त्री लिङ्ग, कार्यका आधारमा प्रमुख, प्रवृत्तिका आधारमा अनुुकूल, स्वभावका आधारमा गतिशील  जीवन चेतनाका आधारमा वर्गगत आसन्नताका आधारमा मञ्चीय तथा आबद्घताको आधारमा बद्घ पात्र हो त्यसैगरी उसको छोरो र बन्धक मानिस सहायक पात्र हुन् । छोरो बाबुको अनुहारसमेत देख्न नपाएको बाबुको मायाबाट वञ्चितवर्गको प्रतिनिधि पात्र हो । त्यस्तै बन्धक मानिस युद्घका समयमा सैनिकहरूको पशुवत् र नीच व्यवहारको सिकार भएका तमाम नेपाली सर्वसाधारणको प्रतिनिधि चरित्र हो । साथै सैनिकहरूले सत्यता नजानी वा जान्न नचाही सर्वसाधारण माथि अमानवीय व्यवहार गर्ने असत् चरित्रको प्रतिनिधित्व गरेका छन् । उनीहरू पनि कथाको बद्घ, मञ्चीय, वर्गगत, गतीशील, प्रतिकूल पात्रका रूपमा कथामा आएका छन् । यसरी कथामा माइली प्रमुख पात्र, बन्धक मानिस सहायक पात्र, तथा बन्धक मानिसको भाइ गौण पात्रका रूपमा उपस्थित छन् ।
४.४.३ परिवेश
प्रस्तुत घाम झुल्किनु अघि माओवादी जनयुद्घकालीन परिवेशमा लेखिएको कथा हो । निर्दोष नेपालीहरू कसरी माओवादी र सैनिकहरूबाट पीडित भएका थिए भन्ने परिस्थिति यहाँ परिवेशकै रूपमा उल्लेख छ । स्थानगत हिसाबले पूर्वी नेपालको पहाडी ग्रामीण परिवेशमा कथा सिर्जित छ । उदयपुर जिल्लाको बेतिनी भन्ने ठाउँको सेरोफेरोलाई परिवेश बनाएर लेखिएको यस कथामा बेतिनी वरपरका स्थान, माइलीको चिया पसल, पसल नजिकको खोल्सो, डाँडाकाडा आदि यहाँ परिवेशकै रूपमा आएका छन् । द्वन्द्वकालमा नेपालका पहाडी जिल्लामा रहेका सोझी चेली तथा सोझा र इमान्दार सर्वसाधारण विना कुनै कारण दु.ख कष्टका सिकार भएको द्वन्द्वकालीन वातावरण यहाँ आएको पाइन्छ ।

४.४.४. दृष्टिबिन्दु
कथात्मक दृष्टिबिन्दु भनेको पात्रको मनभित्रको डुबुल्की लगाई हो । मातृका पोखरेलद्वारा रचित घाम झुल्किनु अघि कथामा कथाकारले ऊ अर्थात् माइली पात्रको उपस्थित गराई कथा भनेकाले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको देखिन्छ । तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा माइलीको वृक्तान्तबाट कथाको उठान गरिएको छ । “सुन त केको  आवाज हो ?  उसले सानो स्वरमा छोरालाई सोधी” (घाम झुल्किनु अघि, पृ. १५) । यसरी यस कथामा कथाकारले आफ्ना कुरा राख्न माइलीलाई पात्र बनाई उसका जीवनका तीता भोगाइ र उसले देखेकी सैनिकहरूको चरित्र उदाङ्गो पारिएकोले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल संयोजनमा कथाले पूर्णता पाएको देखिन्छ ।
४.४.५. भाषा शैली
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता पाइन्छ । जुन कथाको विशेषताकै रूपमा रहेको छ । पोखरेलको भाषाशैली बोधगम्य, सरल, र रुचिकर छ । घाम झुल्किनु अघि कथामा पनि सरल, मिठासपूर्ण भाषाशैलीको प्रयोग छ । यहाँ माइलीको, उसको छोराको र बन्धक मानिसको भाषाशैलीमा डर, र त्रासका रेखाहरू दगुरेका छन् भने सैनिकहरूको बोलीमा अहम् शासकवर्गको हाँकपूर्ण भाषाशैली प्रयोग पाइन्छ । कथामा घटनाको  विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग छ । कथामा छोटो र सरल वाक्यहरूकै प्राधान्य रहेको छ । कथमा विभिन्न स्रोतका शब्दहरू प्रयोग भएका छन्, जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.त्रासद् १.मझेरी,अगेनो १.फुटबल,टर्च
२.ग्रामीण २.झाडी २.आर्मी
३.शङ्का ३.झुल्को,खित्का ३.पुलिस
यसका साथै भनाइलाई अझ प्रभावकारी बनाउन एउटा टीठ लाग्दो पाठोले जीवनको भीख मागिरहेझैँ, मौरीले गोलोलाई घेरेभंैm, भन्ने उखानहरूका अतिरिक्त मनमा डर पस्नु, खिसीटिउरी गर्नु जस्ता टुक्काहरूको पनि समुचित प्रयोग कथामा पाइन्छ । कथाले घाम झुल्किनु अघि नै घटेका घटनाहरूको तानाबानामा पूर्णता प्राप्त गरेको तथा द्वन्द्वका समयका मानवहरू सधैं अन्धकारमय, अनिश्चित जीवन बाँचिरहेको छन् भन्नै द्वैध अर्थ शीर्षकले बुझाउँछ ।
४.४.६. उद्देश्य
कथा कला र मानव जीवनको साझा सम्पत्ति हो । यसमा मान्छेलाई मान्छेका रूपमा देखाउनु पर्छ तर यसो गर्दा कलात्मक मूल्य र मान्यताहरूलाई बर्जनीय ठान्नु हुँदैन् । घाम झुल्किनु अघि कथामा  मुलुकमा भएको ए. नेकपा माओवादीको कथित द्वन्द्वको समयमा पहाडी भेगमा बसोवास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले के कस्तो अमानवीय व्यवहारको सिकार बन्नु प¥यो भन्ने कुरा देखाउने उद्देश्य राखिएको पाइन्छ । द्वन्द्व कालमा शाही सैनिकहरूले आधारातमा घरबाट उठाएर उज्यालो भएको देख्नै नपाई निर्घात कुटपिट गरी आफ्नो बन्दुकको निसाना  बनाई कसरी मार्दथे भन्ने कटु यथार्थलाई यहाँ उजागर गर्ने लक्ष्य रहेको देखिन्छ । नेपाली चेलीहरू सैनिकहरूको यौन पिपाषु दृष्टिबाट बच्न नसकेर आफ्नो कौमारित्व र जीवन नारकीय बनाउन विवश छन् भन्ने देखाउनु र उनीहरूलाई त्यसतर्पm सचेत बनाउनु पनि कथाको उद्देश्य रहेको छ । समग्रमा कथाले युद्धको विरोध र शान्तिको समर्थन गर्ने उद्देश्य राखेको पाइन्छ । साथै मानिसले मानिसलाई मानिसकै रूपमा हेर्नु पर्ने र सोही अनुसार व्यवहार गर्नु पर्ने मानवतावादी स्वर सुसेल्नु पनि कथाको उद्देश्यकै रूपमा आएको छ ।
४.४.७  निष्कर्ष
घाम झुल्किनु अघि यस सङ्ग्रहको तेस्रो तथा प्रतिनिधि कथा हो । सङ्ग्रहको नाम पनि यसै कथाको नामबाट राखिएको छ । यो कथा प्रथम पटक कौशिक मासिक (वर्ष,८, अङ्क,६, पूर्णाङ्क, ८५, २०६५ असोज) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ १४ देखि पृष्ठ १९ सम्मको आयतनमा पैmँलिएको छ । द्वन्द्व कालमा बेलुका खाना खाएर सुतेका नेपालीहरू घाम झुल्किनु अघि नै आफ्नो ज्यान गुमाउन पुग्दथे भन्ने कुरालाई आधार बनाई राखिएको शीर्षक सार्थक देखिन्छ । द्वन्द्वले निम्त्याएको मानवीय समस्या, करुणा, नरसंहार, जिजीविषा, पदको घमण्ड आदि पक्षको उद्घाटन गर्दै यी सबले बर्बादीतर्पm धकेल्ने भएकाले सत्य र शान्तिको  पक्षमा उभिन कथाले आग्रह गरेको छ ।

४.५.१  मौन सङ्केत कथाको कथानक
गणेशले पनि इँटाको गारो उठाएर फल्याक जोडी भीमबहादुरको जस्तै पलङ्ग बनाउँदै गर्दा कथाको सुरुवात हुन्छ । दुबैजना नामगेल नाम गरेका साहुको गलैंचा कारखानाका कामदार हुन् । भीम बहादुले त्यस कारखानामा काम गरेको दसवर्ष भइसक्यो । आज पनि धेरै दिन अघिदेखि आएको ज्वरोले थलिएर भीमबहादुर ओछ्यानमै छ । पञ्चायती शासकको सिकार भई आफ्नो बस्तीबाट विस्थापित परिवारको सदस्य भीमबहादुरको ज्वरो बीसको उन्नाईस हँुदैन बरु ज्यान नै लिला कि जस्तो अवस्थामा पुग्छ । कारखानाका सबै कामदारकाबीच असल व्यक्ति मानिएको हुँदा सबै उसको पीडामा साथ दिन त्यहाँ उपस्थित छन् तर विडम्बना उनीहरू कसैसँग पनि औषधीका लागि पैसा हुँदैन् । तीनचार महिनादेखिको कामको पैसा साहुले दिएको हँुदैन । आपूmहरूसँग भएको पैसाले भीमबहादुरलाई अस्पतालसम्म लान पुग्छ । यक्तिकैमा एकदिन भीमबहादुर साह्रै बिरामी पर्छ । सबै आत्तिन्छन् । कामदार मध्यकै शिवराम, गणेश र हर्कबहादुर राति नै साहुको घरतिर सहयोगका लाग्छन् । तर साहु मस्त निद्रामा भएकोले उठाउन नमिल्ने कुरा पालेले गर्छ । उनीहरू रातभर बाहिर बस्छन् । उता भीमबहादुरको प्राण पखेरु उड्छ । लास ढाक्ने कपडा समेत नहुदा मैलो लुङ्गीले लास ढाकिन्छ । सबै कामदारहरू निरीहतापूर्वक लासलाई हेरिरहन्छन् । मौन रूपमै भए पनि साहुप्रति रिस पोख्छन् अनि साथीप्रति सहानुभूतिका लहरहरूका यही समयमा साहुलाई बोलाउन गएका तीनजना पनि आउछन् र त्यही भिडमा मिसिन्छन् र कथाको कथानकको समाप्ति हुन्छ । यसरी यो कथा सरल रेखामा संरचित छ। भीमबहादुर गााउँ छाडेर आउनु, साहुकोमा काम गर्नु र एक दिन बिरामी पर्नु कथाको आदि भाग हो, त्यस्तै बिरामी लगातार भइरहनु, साथीभाइसँग पैसा नहुनु, साहुले पैसा नदिनु, बोलाउन जाँदा पनि नउठ्नु आदि कथाको मध्य भाग हो भने रोगले ग्रस्त भीमबहादुरको मृत्यु हुनु, कात्रो किन्ने पैसाको अभावले पुरानो लुङ्गी ओढाउनु, सबैजना चुपचाप भई मौन रूपमा आफ्नो गरिबी, साथीको मृत्यु तथा साहुको निर्दयिताप्रति बिरोधको सङ्केत गर्नु आदि कथाको अन्त्य भाग हो । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा अघि बढेको छ ।

४.५.२  पात्र र चरित्रचित्रण
मौन सङ्केत  छोटो आयम र थोरै पात्रको संयोजन भएको कथा हो । कथाको मूल पात्र भीमबहादुर हो । उसकै वरिपरि कथाले पूर्णता पाएको छ । भीमबहादुर गाउँमा सामान्तहरूको पीडाले सहर छिरेको निम्नवर्गीय पात्र हो । यहाँ आई एउटा कारखानामा अनवरत रूपमा दसवर्षसम्म काम गर्ने इमानदार, सहयोगी चत्रिको छ । गरिब भए पनि लोभ, लालच तथा धुत्र्याइँ कतै नभएको सत् तथा अनुकूल चरित्रका रूपमा उपस्थित ऊ अन्त्यमा पैसाको अभावमा ज्यान गुमाउन पुग्छ । नामागेल यस कथाको प्रमुख खलपात्र, प्रतिकूल वा असत् पात्रका रूपमा उपस्थित छ । कामदारहरूलाई काममात्र लगाउने, पैसा नदिने पुँजीपतिवर्गको प्रतिनिधि पात्र हो । मान्छेको जीवनभन्दा निद्रा प्यारो ठान्ने वास्तवमै पतीत पात्रका रूपमा ऊ यस कथामा आएको छ । “कामै गर्न छाडेर किन हुलै कसेर आ‘कोे निद्राबाट भर्खरै उठेको मुखाककृति बोकेर साहुले बाहिर एकाएक उनीहरूलाई झम्ट्यो” (मौन सङ्केत,पृष्ठः२५) । यसरी ऊ बिरामीको खबर दिन र सहयोग लिन आएका कामदारमाथि झर्किने हैकमवादी प्रवृत्तिको चरित्रमा देखा पर्छ । साथै हर्कबहादुर, शिबराम, गणेश आदि कामदारहरू सहायक चरित्रमा देखापर्छन् । उनीहरूमा भीमबहादुरलाई सहयोग गर्ने इच्छा, चाहना त हुन्छ तर पैसा अभाव हँुदा सहयोग गर्न सक्दैनन् । त्यसैगरी पाले, बाटामा भेटिएका मानिसहरू, कारखानाका अन्य कामदार यहाँ गौण पात्रका रूपमा आएका छन् ।
४.५.३ परिवेश
       प्रस्तुत मौन सङ्केत कथा गरिब मजदुरहरूको रगत पसिनाले अकुत सम्पत्ति कमाउने तर उनीहरूलाई गारोसारो पर्दा सानो सहयोगसम्म नगर्ने प्रवृत्तिको चित्रण गर्ने परिवेशमा संरचित छ । परिस्थितिगत हिसाबले पनि ग्रामीण भेगका मानिसहरू विभिन्न समस्याका कारण सहर पस्ने गरेको तथा यहाँ पनि राम्रो काम नपाउने, ठगिनु पर्ने स्वस्थ्य उपचारको अभावमा ज्यान गुमाउनु पर्छ भन्ने परिवेशमा कथा निर्मित छ । साथै स्थानगत हिसाबले काठमाडौं उपत्यकाभित्रको जोरपाटी, चाबहिल, साहुको घर, कारखाना, कामदारको कोठा, सडकहरू परिवेशका रूपमा आएका छन् । ग्रामीण परिवेशबाट सहरी परिवेशमा रमाउन आएका मानिसहरूको सहरी जीवन कस्तो दुःखद् र हृद्यविदारक छ भन्ने कुरालाई कथाले उठान गरेको छ । मानवीय अस्तिŒवभन्दा आफ्नो निद्रा प्यारो सम्झने  नामागेलजस्ता नीच र स्वार्थी प्रवृत्तिको मानिसहरूको चरित्र उदाङ्गो पार्न पात्र, कथावस्तु अनुकूल परिवेशको योजना प्रस्तुत कथामा गरिएको पाइन्छ ।
४.५.४  दृष्टिबिन्दु
प्रस्तुत मौन सङ्केत कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । आजको समाजमा पनि पुँजीपतिवर्गले गरिब असाहयहरूको खुन पसिनाको पोखरीमा पौडदै मस्तीको जीवन बाँचिरहेका छन् भन्ने देखाउन यहाँ विभिन्न पात्रहरूको चयन गरिएको छ । पात्रहरूको क्रियाकलाप, भावना, विचार, प्रतिक्रिया र करुण अवस्थाको चित्रण गर्दै उनीहरूको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुषको बाह्य दृष्टिबिन्दुको प्रयोग यस कथामा भएको पाइन्छ । “उसले फेरि स्थितिको गम्भीरतालाई बुझिदिन आग्रह ग¥यो” (मौन सङ्केत,पृष्ठः२५) । यसरी यस कथामा तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीको प्रयोग छ ।
४.५.५ भाषाशैली
प्रस्तुत मौन सङ्केत कथाको भाषाशैली सरल, सहज छ । लेखकीय प्रवृत्तिअनुसार छोटा र सरल वाक्यहरूको अधिक प्रयोग गरिएको छ । पात्रअनुसार भाषाशैलीको छनौटमा कथाकार सफल छन् । यस कथामा सरल तथा मिठासपूर्ण भाषाको प्रयोग छ । क्लिष्ट तथा दुर्बोध्य भाषाको प्रयोग पाइँदैन । कथामा  घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई अझ सरस र प्रभावकारी बनाउन विभिन्न स्रोतका शब्दहरूको उचित चयन गरिएको छ । जसमध्ये केही शब्दलाई तालिकामा राखेर यसरी देखाउन सकिन्छ 
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.सङ्घर्ष १.भेउ १.स्कुल, प्लेट, गेट                
२.नीरवता, संवेदनशील २.हुस्सु, भुस्याहा २.मोटर,ट्रक, कम्पउण्ड
          यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोगले कथालाई बोझिलो नबनाई सम्प्रेषणीय बनाएको छ ।
४.५.६  उद्देश्य
प्रस्तुत मौन सङ्केत कथाको मूल उद्देश्य सामान्ति मनोवृत्तिका मानिसहरूको चरित्र उदाङ्गो पार्नु हो । गरिब, दुःखी र असाहय मानिसहरूको मिहिनेत र पसिनाबाट उद्योग चलाई पैसाको रासमा रमाउने तर उनीहरूलाई पशुभन्दा तल्लो दर्जाको व्यवहार गर्ने नामागेल जस्ता सभ्रान्तवर्गको पर्दाफास गर्नु यस कथाको उद्देश्य रहेको छ । त्यसैगरी निर्धन नेपालीहरू दिनरात मिहिनत गर्दा पनि बिरामी पर्दा औषधी उपचार गर्ने पैसा बचाउन असफल रहेको देखाउनु, आफ्नो दुःखमा साथ नदिने सामान्तहरूको विरोधमा उत्रन नसक्ने स्थिति देखाउनु, श्रमजीवीवर्गको दीनहीन अवस्थाको कारुणिक चित्र उतार्दै त्यसको विरोध गर्नु पर्ने सन्देश दिनु र नेपालीहरूको सुख शान्ति र संवृद्धिको गोरेटोको सङ्केत गर्नु यसकथाको मूल उद्देश्य रहेको देखिन्छ । सोझा, साझा, इमान्दार मानिसहरू जताततै हेपिएका छन् । उनीहरूलाई गाँस, वास र कपास लगायत स्वस्थ्य, शिक्षाको उचित प्रबन्ध मिलाउनु पर्नेतर्फ पनि कथाकारले सङ्केत गरेका छन् ।
४.५.७    निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७)  कथासङ्ग्रको चौथो कथाका रूपमा मौन सङ्केत कथा रहेको छ । यो कथा प्रथम पटक समकालीन साहित्य (पृष्ठ ५६, २०६१ चैत्र) मा प्रकाशित भएको थियो। कथा पृष्ठ २० देखि पृष्ठ २६ सम्मको आयतनमा पैmलिएको छ । नेपालीहरू आफ्नो हक अधिकारका लागि खुलेर अघि बढ्न नसक्ने अवस्थामा रहेकाले केही सीमित सामन्त र पुँजीपति वर्गले उनीहरूलाई आफ्नो हतियार बनाई सफलताको सिंढी बनाउने गरेको यथार्थलाई कथाले बडो मार्मिक रूपमा उठाएको छ । श्रमजीवी मजदुरहरू धनाढ्यप्रति मौन रूपमा मात्र विरोध गर्न सक्षम छन् । उनीहरूको दुःख कष्ट लुकाउने थातबास कही नभएको कटु तथ्यलाई पाठकसामु राख्नु र यसमा परिवर्तनको खाँचो औल्याउनु कथाकारको लक्ष्य देखिन्छ ।

४.६.१ अँध्यारो गाउँ कथाको कथानक
यस कथाको सुरुवात धेरै वर्षपछि बाबु घर आएपछि उनलाई  म पात्रले अतीतका घटनाहरू र वर्तमान अवस्थाको जानकारी गराउँदै गरेको कथनबाट भएको पाइन्छ । द्वन्द्वकालमा पुलिसका जागिरे बाबुले गाउँकै मास्टर काकालाई माओवादीको आरोप लगाई निर्घात कुटपिट गरी गोली हानेर मारेका र उनी धेरै वर्षपछि रातको समयमा घर आएका छन् । दिउसो सबैले देख्नेगरी आउँदा त्यस ठाउँका मानिसहरूले मार्ने डर छ । म पात्रले “अब सधैं अँध्यारोमा बस्नुहोस् तपाईलाई बस्नको लागि छुट्टै अँध्यारो कोठाको व्यवस्था छ” (अँध्यारो गाउँ, पृष्ठ ः ३०) भनेबाट उसलाई सामाजिक बहिस्कार गरेको प्रतित हुन्छ । बुबाले गरेको गल्तीका कारण आपूm र आफ्ना परिवारका सम्पूर्ण सदस्यहरूले समाजमा नराम्रो व्यवहारको सिकार हुनुपरेका दुःखेसो म पात्रले गरेको छ । समाजका असल व्यक्तिलाई तपार्इंले यसरी मार्न नहुने थियो भन्दै म पात्रले गुनासो गरेको छ । यसरी राम्रो र असल व्यक्तिलाई नचाहिदो आरोप लगाई हत्या गर्ने हत्याराहरूलाई रातमा मात्रै शान्ति हुन्छ, यो गाउँ, यो समाज पीडादायक हुन्छ भन्ने आशय व्यक्त गर्दै अब बाचुन्जेल अँध्यारो कोठामा बस्नुहोस् भनी आग्रह गर्छ । अब गाउँ तपाईको सोचेजस्तो कहाँ छ र ? भन्ने म पात्रको एकालापीय कथनसँगै कथानकको अन्त्य भएको छ ।
यसरी प्रस्तुत कथा म पात्रको बुबाले द्वन्द्वकालमा आफ्नै गाउँको सबैका मनमा बसेका मानिसलाई आफ्नो  पदको दुरूपयोग गरी हत्या गर्दा सिङ्गो गाउँ यसको विरुद्धमा रहेको तथ्य कथाले अघि सारेको छ । कथाको कथानक ढाँचा वृत्ताकारीय छ, पहिले घटना घटेको र उक्त घटनाले उब्जाएका परिणामहरू बताउँदै जाँदा कथाले पूर्णता प्राप्त गरेको छ ।
४.६.२. पात्र र चरित्रचित्रण
प्रस्तुत अँध्यारो गाउँ छोटो आयम र थोरै पात्र भएको कथा हो । यस कथाको केन्द्रिय पात्र मास्टर काका हुन् । उनी समाजका शिक्षित, सचेत तथा असल चरित्रका पात्र हुन् । कथित जनयुद्धका समयमा माओवादीको आरोपमा आफ्ना ज्यान गुमाउन पुगेका द्वन्द्वकालीन परिवेशका उनी जस्ता कैयांै नेपालीहरूको प्रतिनिधि पात्र हुन् । म पात्र यहाँ सहायक पात्रका रूपमा आएको छ भने उसको हत्यारा बाबु असत् तथा प्रतिकूल चरित्रको देखा पर्दछ । उसले आफ्नो बल र शक्तिको आडमा मास्टर काकालाई मारेको छ । त्यस्तै यस कथामा मास्टर्नी काकी, म पात्रकी आमा, नरेश, बुबाका साथीहरू गौण पात्रका रूपमा उपस्थित छन् । म पात्रको बुबाले गरेको हत्याका कारण त्यस गाउँमा उसका आफन्तहरू समेतलाई विभिन्न आपेक्षहरू लागेका छन् । उनीहरू आफ्नै मानिसलाई सदैव अन्धकारमा राख्न बिवश छन् । यसरी कुविचार र कुकृत्यको फल नराम्रो हुने कुरा बताउन यस कथामा पात्रहरूको उचित संयोजन भएको देखिन्छ ।
४.६.३  परिवेश
प्रस्तुत अँध्यारो गाउँ कथा कुनै गाउँका चल्दा बल्दा, समझदार, इमानदार व्यक्तिले माओवादीको आरोपमा पुलिसको हातबाट मृत्युवरण गरेको घटनालाई परिवेशका रूपमा उठान गरी लेखिएको कथा हो । त्यस्तै गाउँका पुलिसले गाउँकै असल व्यक्तिको हत्या गरिदिँदा हत्याराका लागि गाउँ अन्धकारमय भएको उक्त गाउँमा बस्न नसक्ने लुकिछिपी बस्नु पर्ने बाध्यात्मक स्थिति आएको पस्थितिमा कथा निर्माण भएकोे छ । स्थानका हिसाबले यहाँ देवीनाथ, म पात्रको घर, मास्टर काकाको घर, पँधेरो आदि जस्ता ठाउँहरूका साथै स्कुल परिवेशका रूपमा आएको छ । राम्रो र असल व्यक्तिलाई दुःख दिने हत्या गर्ने मानिसको जीवन अन्धकारमय बन्ने कुरालाई परिवेशगत रूपमा कथामा चित्रण गरिएको छ । समग्रमा कथा ग्रामीण परिवेशमा, माओवादी द्वन्द्वकालीन समयलाई आधार बनाई लेखिएको छ ।
४.६.४ दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा रचित अँध्यारो गाउँ कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । म पात्रले आफ्नो बाबु प्रहरीमा हुँदा द्वन्द्वकालमा समाजका प्रतिष्ठित व्यक्तिले ज्यान लिने जस्तो कुकृत्य गरेको र त्यसले सिर्जिएको समस्याहरूको वर्णन गर्दा कथाको निर्माण भएको छ । यो कथा एकालापीय वर्णनात्मक शैलीमा अगाडि बढेको छ । म पात्रले आफ्नो बुबालाई उहाँले गरेको हत्या र त्यसको प्रतिफलबारे जानकारी दिँदा कथा प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा संरचित हुन पुगेकोछ । स्वयम् म पात्रले सम्पूर्ण कथा वाचन गरेकोले र म पात्रकै केन्द्रियतामा कथाले गति लिएको हुँदा परिधीय आन्तरिक दृष्टिबिन्दुको समुचित प्रयोग भएको छ । “मेरो कुरा सुनेर तपाईलाई साह्रै रिस उठ्यो होला” (अँध्यारो गाउँ, पृ. २८) । त्यस्तै “तपाईको अनुहार देख्दा मलाई अहिले मास्टर काकाको सम्झना आइरहेको छ” (पूववत्, ः २९) । आदिबाट पनि प्रथम पुरुष दृष्टिबिन्दु रहेको पुस्टिन्छ ।
४.६.५ भाषा शैली
अँध्यारो गाउँ कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार छोटो र सरल वाक्यको प्रयोग कथामा प्रशस्त छन् । स्रष्टाले आपूmले माओवादी द्वन्द्व कालमा देखेभोगेका घटनालाई पाठकको बुझ्नेगरी सरलताका साथ प्रस्तुत गरेका छन् । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण अनुसार सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथालाई सम्प्रेषणीय बनाउन कथाकारले चलनचल्तीमा रहेका विभिन्न स्रोतका शव्दहरूको प्रयोग गरेका छन्, जस मध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. व्यग्रतापूर्वक १ रुमाल १ स्कुल,पुलिस
२. क्रूरतापूर्वक २. पँधेरो २. मास्टर
३. पश्चताप ३. काका ३. गोली
यी शब्दहरूका अतिरिक्त गाउँका मणि, आँखामा नबिझाउने जस्ता शब्दहरूको कुशल संयोजनको कथामा रोचकताले अकर्षण थपेको छ । कथाको शीर्षक अनुसार नराम्रो काम गर्ने, समाजका राम्रा मानिसलाई सखाप पार्ने मानिसको लागि त्यो गाउँ अँध्यारो समयमा मात्र काम लाग्ने उल्लेख गर्दै सामाजिक रूपमा बहिस्करणमा पर्ने प्रतिकात्मक अर्थ प्रदान गरेकाले कथाको शीर्षक र विषयवस्तुमा  पूर्णतः तालमेल पाइन्छ ।
४.६.६ उद्देश्य
प्रस्तुत अँध्यारो गाउँ कथामा माओवादी द्वन्द्वको समयमा पीडित बनेको एक गाउँको सत्य घटनालाई देखाइएको छ । द्वन्द्वको समयमा समाजका सत् चरित्रका मानिसहरू पुलिस प्रशासनको षड्यन्त्रमा परी कसरी मारिए, त्यस्ता व्यक्तिको मृत्युका कारण मृतक परिवार र समाज तथा हत्याराको निर्दोष परिवारका सदस्यहरू कसरी निराश बन्नपुगे भन्ने देखाइएकोछ । साथै हत्या गरी भागेको मानिस त्यसै गाउँमा फेरि बस्न, डुल्न कत्तिको मुस्किल पर्छ भन्ने देखाउनु यस कथाको उद्देश्य रहेको देखिन्छ । साथै हत्या, हिंसाप्रति बालमानसिकतामा परेको असर पनि नरेशका माध्यमबाट कथामा देखाइएको छ । व्यक्ति, परिवार र समाजको मान प्रतिष्ठाका लागि गरिने सरकारी सेवाको सदुपयोग नगर्दा कस्तो नियति भोग्नु पर्छ भन्ने तथ्यलाई पनि कथाले उठाएको छ । हत्या, हिंसाले कसैको भलो नगर्ने शान्तिपूर्ण तवरले बाँच्नु पर्ने, बाँच्न दिनुपर्ने र यसैमा सबैको भलाइ हुने कुरालाई कथाकारले देखाएका छन् । आजको मानिसमा मानवता हराउँदै गएको, पद, पैसा र शक्तिले अन्धो बनाएको कुरा देखाउँदै समयमै बुद्धि पु¥याई उचित कदम चालेमा जीवनमा सफलता प्राप्त हुने अन्यथा नारकीय जीवन बाँच्नु पर्छ भन्ने उद्देश्य पाठक समक्ष राख्न प्रस्तुत कथा सफल छ ।
४.६.७ निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको पाचौँ कथाका रूपमा प्रस्तुत अँध्यारो गाउँ कथा रहेको छ । यो कथा पहिलो पटक स्रष्टा (पृ ः २, २०६२) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ २७ देखि ३० सम्मको आयतनमा फैलिएको छ । कथामा माओवादी द्वन्द्वको समयमा आफ्नो पदको दुरूपयोग गरी आफ्नै गाउँका आदर्श व्यक्तिको हत्या गर्नेको जीवन अन्धकारमय बनेको र राम्रो मानिसलाई गुमाउनु पर्दा सारा गाउँमा नै अँध्यारो छाएको कुरा यस कथामा देखाइएको छ ।
४.७.१  निधो कथाको कथानक
रबुवा दनुवारको छोरी रामवतीको विवाहका लागि जन्ती घर नजिकैको खोलाको बगरमा आइपुगेको बाजागाजाको धुनसँगै कथाको सुरुवात भएको छ । रबुवाले छोरीलाई विद्यालयमा पढाएर छोरी पढाउने चलन चलाउनु, उसलाई अरु धैरैले यस विषयलाई लिएर खिसिटिउरी गर्नु, उसले कसैको कुरा नसुन्नु, रबुवा तरकारी बेच्न जाँदा आफ्नी छोरी कुनै युवकसँग हात समातेर हिँडेकोे देख्नु, उसले छोरीलाई विद्यालय जानबाट रोकी विवाहको तयारी गर्नु, केटा खोज्नु, रबुवा आर्थिक रूपमा कमजोर हुनु, केटा पक्षले धेरै जन्ती ल्याउने तथा धेरै सरसामानको माग गर्नु, विवाहका दिन धेरै जन्ती लिएर आई समान नदिए जन्ती लिई त्यसै फर्किने केटा पक्षले घुर्की लगगउनु, रामवतीले स्थिति आकलन गर्दै आपैmसँग गाईबाख्रा चराउने टुहुरो जामुनसँग विवाह गर्ने तर दाइजो र सम्पत्तिका लागि मात्र विवाह गर्ने केटासँंग विवाह नगर्ने निधो गर्नु, अन्त्यमा रामवतीको निधोमा सबै सहमत भई जामुनसँग विवाह गर्नु जस्ता घटनाहरूसँगै यस कथाको कथानकको अन्त्य भएको छ । कथामा रामवती पढ्न थाल्नु आदि भाग, अर्काे केटासँग बजार डुल्नु मध्य भाग र जामुनसँग विवाह गर्नु कथाको अन्त्य भागका रूपमा संरचित छ । यसरी कथा आदि, मध्य, र अन्त्यको शृङखलामा अघि बढेको छ ।
४.७.२ पात्र र चरित्रचित्रण
प्रस्तुत निधो कथा छोटो आयम र थोरै पात्रको प्रयोग गरिएको कथा हो । कथामा निम्नवर्गीय पात्रहरूको संयोजन गरिएको छ । आर्थिक रूपमा विपन्न, दाइजोको सिकारमा परी आफ्नो जीवनको उचित निधो आपंैm गर्नु पर्ने बाध्यात्मक स्थितिले जेलिएकी पात्र रामवती यस कथाकी मुख्य स्त्री पात्र हो। ऊ गाउँको विद्यालय जाने पहिलो महिला हो, पछि केटा साथीसँग हिँडेकै कारण उसको पढाइ रोकिन्छ र बाबु आमाको इच्छाअनुसार विवाह गर्न राजी हुन्छे तर केटा पक्षले दाइजोको कारण छाडेर गएपछि त्यही मण्डपमा आफ्नो बालसखी, टुहुरो, अनाथ तर मनको धनी जामुनसँग विवाह गर्ने निधो गर्ने सत् अनुकूल तथा परिस्थितिअनुसार  परिर्वतन हुन सक्ने गतिशील चरित्रका रूपमा उपस्थित छे । साथै कथामा उसको बाबुआमा समाजका इज्जत जोगाउन प्रयत्नरत अभिभावकवर्गका रूपमा सहायक भूमिकामा देखिन्छन् । यसैगरी जामुन मन पराउँदा पराउँदै पनि निर्धन भएको र अनाथ भएको कारण रामवतीलाई केही भन्न नसक्ने र भाग्यवश ग्रहण गर्ने वर्गीय चरित्रका रूपमा देखा पर्छ । त्यसैगरी दाइजो माग्ने बेहुलो, उसको बाबु र आफन्तहरू यहाँ असत् र प्रतिकूल पात्रका रूपमा आएका छन् । उनीहरू रबाफ र पैसामा जीवनको तुलना गर्ने र मापन गर्ने खलपात्रका रूपमा कथामा उभिएका छन् भने दैया, फूलन दिदीको कथामा खासै भूमिका नभएकोले गौण पात्रका रूपमा लिन सकिन्छ । कथाले ग्रामीण नेपाली समाजमा बस्ने निम्नवर्गीय मधेशीसमुदायका मानिसहरूलाई पात्रका रूपमा उपस्थित गराई दाइजो जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएको देखिन्छ ।
४.७.३ परिवेश
प्रस्तुत निधो कथा दनुवार जातिको समुदायमा देखिने दाइजो प्रथा र यसको सिकार भएको विपन्न तथा कमजोर आय भएका वर्गीय परिवेशमा कथाको निर्माण भएको छ । ग्रामीण परिवेशमा संरचित कथाले अहिलेको नेपाली समाजमा पनि दाइजो जस्ता कुप्रथा, छोरीलाई पढाउनु नहुने सोच, केटासँग बोल्नै नहुने, हिड्नै नहुने पुरातन परम्परा र सँस्कारलाई आफ्नो परिवेश बनाएको छ । साथै छोरीको विवाहको दिन दाइजो र सम्पत्तिका कारण बेहुलो त्यसै फर्किएपछिको परिस्थितिलाई आदर्शको खोलामा कथालाई अगाडि बढाई जामुनसँग विवाह गर्ने निधो गर्न पुगेकी रामवती आफ्नो जीवन साथीको छनोटमा स्वतन्त्र हुन्छे । कथाले पूर्वी नेपालको कटारी बजार वरपर रहेको कुनै गाउँको ग्रामीण परिवेशमा पूर्णता पाएको छ । साथै कटारी बजार तावाखोलाको बगर, रबुवाको घर, कमला खोचँ, आदि ठाउँहरू प्नि परिवेशका रूपमा आएका छन् । निम्नवर्गीय दनुवार जातिको छोरीको विवाह गर्दा बाबुआमाको टाउकोमा आर्थिक भार थेग्नै नसक्ने गरी पर्ने कुरा उल्लेख गर्दै यस्ता कुप्रथा तोड्नु पर्ने कुरालाई कथामा परिवेशका रूपमा चित्रण गरेको छ ।
४.७.४ दृष्टिबिन्दु
प्रस्तुत निधो कथामा कथाकार पोखरेलले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । पोखरेलले आपूmले समाजमा देखेका घटनालाई पाठक समक्ष पु¥याउन रामवती र रबुवा जस्ता पात्रहरूको चयन गरी उनीहरूमार्फत दनुवार समुदायको बिबाह, छोरीको लालनपालन, आर्थिक स्थिति आदिजस्ता कुराहरू राखेका छन् । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “यही ठाउँमा म आजै जामुनसँग विबाह गर्छु । रामवतीले आमाबाबुलाई सुनाई” (निधो पृ.३६)। त्यस्तै  “लाटी उसले तलाई मन पराएको कुरा बुझिस् ?” आमाको कुराले रामवती लजाई”  (पूर्ववत् पृ. ३४) । यसरी प्रस्तुत कथामा विभिन्न पात्रहरूको चयन गरी उनीहरूकै माध्यमबाट कथा अगाडि बढेकोले तृतीय पुरुष सर्वदर्शी दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट हुन्छ ।
४.७.५ भाषाशैली 
प्रस्तुत निधो कथाको भाषा ज्यादै सरल, सुबोध र प्रभावकारी छ । कथामा थोरै पात्रको प्रयोग गरिएको छ । वर्णनात्मक शैलीका अतिरिक्त एकालापीय शैलीमा पनि कथा संरचित छ । कटारी बजार नजिकै रहेको एक दनुवार बस्तीको घटनालाई आधार बनाई सोही अनुरूप पात्र तथा भाषा शैलीको तालमेलले कथामा उत्कृष्टता थपेको पाइन्छ । यस कथामा सरल तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको पाइन्छ । कथाको प्रस्तुतिमा सरल, सहज सुबोध भाषशैलीको प्रयोग छ । कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भएको छ, जसलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक टुक्का
१. शुक्रबार, सूर्य १. खिसिटिउरी १. एस.एल.सी. १. कुइनेटो पर्नु
२. जिज्ञासा २. छिचिमिरा २. होटेल २. आँखाबाट खोझेल पर्नु
३. शङ्का ३. कटेरो, आँगन ३. बजार ३. कोट्याएर सोध्नु
यसरी विभिन्न स्रोतका शब्दहरूको संयोजनका अतिरिक्त समुचित टुक्काहरूको प्रयोगले कथाको उचाई बढाएको छ । साथै नेपाली ग्रामीण समाजमा प्रचलित सँस्कार र सँस्कृतिको झझल्को पस्किएको हुँदा कथा अत्यन्त सम्प्रेषणीय छ । कथाको शीर्षक निधो  जीवनको विषम परिस्थितिमा कथाकी नायिका रामवतीले गरेका निर्णयलाई आधार मानी राखिएकोले अभिधात्मक रहेको छ ।
४.७.६ उद्देश्य
प्रस्तुत निधो कथाको मूल उद्देश्य भनेको  आफ्नो जीवनको निर्णय आपंैmले सोचविचार गरेर गर्नुपर्छ भन्ने रहेको छ । दनुवार समुदायमा प्रचलित दाइजो प्रथा तथा विवाहमा धेरै धनसम्पत्ति खर्च गर्नु पर्ने सँस्कारका कारण विपन्नवर्गका मानिसहरू यसबाट पीडित छन् तसर्थ यस्ता कुप्रथा तोड्नु पर्छ भन्ने उद्देश्य यस कथामा पाइन्छ । यसका अतिरिक्त नेपाली समाजमा रहेको छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यतालाई चिर्नु र शिक्षित समाजको निर्माण गर्नु पर्छ भन्ने भाव पनि यहाँ पाइन्छ । मानिसले आफ्नो जीवनसाथी धन सम्पत्तिवाला भन्दा पनि स्वच्छ र सफा हृद्य भएकोलाई बनाउनु पर्छ भन्ने सन्देशलाई पनि कथाले आत्मासात् गर्न पुगेको देखिन्छ । समाजको विकास गर्न मानिसको सोचाइमा परिवर्तन हुनु पर्ने  र यसका लागि शिक्षा नै मूल स्रोत हो भन्ने कुरा कथाले उठाएको छ । आफ्नो हैसियत हेरेर वा भनौं घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने उक्तिलाई कथाले आफ्नो उद्देश्य बनाएको पुस्टिन्छ । सम्पत्तिका पछाडि दगुर्नेहरू अन्ततः आफ्नो इज्जत प्रष्तिठा गुमाउन पुग्छन् भन्ने कुरा पनि कथाकारले कथामा देखाउन खोजेका छन् ।

४.७.७ निष्कर्ष
पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको छैटौँ कथाका रूपमा प्रस्तुत निधो कथा रहेको छ । यो कथा पहिलो पटक बनिता (बर्ष९, पृ ः २९, २०६४ बैशाख–असार) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ३१ देखि ३६ सम्मको आयतनमा पैmलिएको छ । कथाले ग्रामीण भेगका निम्नवर्गीय समाजमा विद्यमान दाइजो प्रथा, नारी शिक्षा, आदिमा देखा परेका समस्यालाई उद्घाटन गरेको छ । जसमा सुधारको अपेक्षा गरिएको छ ।
४.८.१  मुक्ति कथाको कथानक  
गाउँको गरिब तथा अपाङ्ग कश्यप काठमाडौँमा फुटपाथमा पसल गर्ने क्रममा आफ्नै गाउँको बाल्यकालीन साथी आनन्दरामलाई दुई महिना अघि भेटेर सँगै बस्न थालेबाट कथाको आरम्भ भएको छ। एक दिन साँझ अबेलासम्म घर नआउनु, उसको आनीबानी र व्यहोराबाट आजित भई ऊबाट मुक्तिको चहाना राख्ने कश्यपले कुनै प्रकारको प्रतिकार गर्न नसक्नु, आनन्दराम गाउँको धनीमानीको एक्लो छोरो पछि कुलतका कारण बिग्रिनु, जाँड, रक्सी, लागुपदार्थको दुव्र्यसनीमा लागी गलत सङ्गतमा पर्नु, कश्यपले दुःख गरी कमाएको पैसा सबै उसले चोर्नु, कश्यपले जति सम्झाउँदा पनि नमान्न,ु उनीहरू बस्ने टोलभरिको दादागिरी यिनीहरूले नै गर्नु, चाहिने नचाहिने दुःख दिनु, सारा मानिसहरू उनीहरूबाट पीडित हुनु, प्रहरीको आँखामा कसिङ्गर बन्नु, आफ्नो गाउँको धनीको छोरो र आफ्ना साथी यसरी बिग्रिदा कश्यपलाई दुःख लाग्नु, साथीको कुसङ्गत र कुकृत्यको कारण दिक्क भएर मुक्तिको गोरेटो खोज्नु, एक दिन ऊ घर नआउँनु, भोलिपल्ट पुरानो बसपार्कमा मृत अवस्थामा फेला पर्नु, उसको मृत्युबाट कश्यपमा मुक्ति पाएकोमा खुसी र साथी गुमाएकोमा दुःखका भावहरू एकसाथ आउनु आदि घटनाहरूको संयोजनमा कथानकको अन्त्य भएको छ । यसरी कथाका घटनाहरू एकपछि अर्को गर्दै क्रमिक रूपमा सरलरेखीय ढाँचामा अघि बढेको छ । कश्यपले आन्दरामलाई काठमाडौँमा भेट्नु कथाको आदि भाग, आनन्दराम कुलत र कुसङ्गतको सिकार हुनु कथाको मध्य भाग र आनन्दरामको पशुवत् मृत्यु हुनु कथाको अन्त्य भाग रहेको छ । यसरी यस कथाको कथानक आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित भएको पाइन्छ ।

४.८.२ पात्र र चरित्रचित्रण
प्रस्तुत मुक्ति कथा थोरै पात्र र छोटो आयममा संरचित भएको छ । यस कथामा मुख्यतः सक्रिय रूपमा दुई पात्रको उपस्थिति देखिन्छ । उनीहरूकै कथन, क्रियाकलापमा कथाले पूर्णता पाएको छ । कश्यप यस कथाको मूलपात्र वा नायक हो । उसकै केन्द्रियतामा कथा अगाडि बढेको छ । ऊ यस कथामा गाउँबाट सहर आएर सङ्घर्षरत व्यक्तिहरूको प्रतिनिधि चरित्रका रूपमा उपस्थित छ । शरीरिक रूपमा अशक्त कश्यप सकेसम्म आफ्नै खुट्टामा उभिनु पर्छ, आफूले सकेजति काम गर्नुपर्छ भन्ने मान्यता राख्छ र सोहीअनुसार व्यवहार पनि गर्छ । आफ्नो बाल्यकालीन मित्रलाई एक्लो सहरमा भेटी निस्वार्थ भावले आपूmसँग राख्ने ऊ परोपकारी छ । समग्रमा कश्यप सत् पात्र वा अनुकूल चरित्रका रूपमा देखा पर्ने बद्ध र मञ्चीय पात्र पनि हो । त्यस्तै आनन्दराम यस कथाको खलनायक वा असत् तथा प्रतिकूल चरित्रका रूपमा आएको छ । ऊ धनी बाबुको बिग्रिएको छोरोको रूपमा कथामा उपस्थित छ । लागुपदार्थ दुव्र्यसनी र खराब सङ्गतको कारण आफ्नो जीवन बर्वाद बनाउने युवावर्गको प्रतिनिधित्व उसले गरेको छ । त्यसैगरी खासै भूमिका नभएका तर कथामा देखा परेका प्रहरी, फुटपाथ बजारका मानिस, आनन्दरामका गुन्डा साथीहरू गौण पात्रका रूपमा आएका छन् ।
४.८.३  परिवेश
परिवेश भन्नाले कथा घटित हुने देश, काल र परिस्थिति हो । प्रस्तुत मुक्ति कथा सहरिया परिवेशमा निर्मित कथा हो । गाउँबाट सहर आएको मानिसहरूको काठमाडैँली सहरमा बसाइँ, सङ्घर्षका पाइलाहरू, मित्रसँगको भेटले उत्पन्न खुसी, त्यही मित्र खराब र कुलतको बाटोमा लागेको र आपूmले सम्झाउँदा पनि नमान्ने गरेको यथार्थ, मित्रको बानी व्यवहारले दिक्क भएको परिस्थिति, यसैबीच कुलत, कुसङ्गत र कुकृत्यकै कारण एकदिन मित्रको लास भेटिएबाट मुक्तिको अनुभव गरेको यी र यस्तै परिवेशमा कथाले पूर्णता प्राप्त गरेको छ । स्थानका हिसाबले काठमाडौँ उपत्यका फुटपाथ, पुरानो बसपार्क, कश्यपको डेरा आदि आएका छन् । समयका हिसाबले युवा अवस्थाका केटाहरू, रातको समय आदि कथामा उपस्थित छ । कथाकारले कुलतको बाटो अङ्गाल्नेको कुभलो हुनेकुरा देखाउन उपयुक्त परिवेशको आयोजन गरेको देखिन्छ ।

४.८.४ दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा रचित मुक्ति कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ। प्रस्तुत कथामा कथाकारले कश्यप र आनन्दराम जस्ता पात्रहरूको प्रयोग गरी आफ्नो भाव वा विचार पाठक समक्ष राखेका छन् तसर्थ तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनत्मक शैलीमा तिनै पात्रहरूको वृतान्त्तबाट कथाको उठान गरिएको छ । “किन आएन यति अबेर भइसक्यो झ्यालबाट बाहिरको अध्यारो संसारतिर हेरेपछि कश्यपको मनभित्र शङ्काको सानो पर्खाल उठ्यो” (मुक्ति, पृ. ४०) । “आनन्दरामले उठेर बोलायो । उसले पेट दुख्यो भनेर टा¥यो” (पूर्ववत्, पृ ४१) । यसरी प्रस्तुत कथामा पात्रहरूकै माध्यमबाट कथा अगाडि बढेकोले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल प्रयोग कथामा पाइन्छ ।
४.८.५ भाषाशैली
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ । मुक्ति कथामा पनि सरल तथा मिठासपूर्ण भाषाशैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज र सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथाकारले कश्यपको मनोवृक्ति अनुरूपको संवादको प्रयोग गरेका छन् । “त्यस्तोको सङ्गत छोड् मैले जसरी काम गरेर खा त ! जीन्दगी कति सुखी लाग्छ । खना खाइसकेपछि सुत्ने बेलामा कश्यपले आनन्दरामसँग त्रास मिश्रित स्वरमा भन्यो” (पूर्ववत् पृ.४०) । यसरी यस कथामा पात्रको मनोगत अवस्थाअनुसार भाषाशैलीको प्रयोग गरिएको छ । साथै कथालाई अझै रोचक बनाउन विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको छ। जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.निमेष १.बास बस्नु १.प्रहरी
२.घृणा २.झ्याप्ले २.पार्क,होटल
३.उच्छृङ्खल ३.सिरान ३.बस,सिमेन्ट
यसका साथै कथामा सपनाको संसार ट्रिवनटावरभैmँ भत्कनु, आशा नगरेको सिकार भेटेको सिकारीभैmँ हुनु आदि उखानहरूले कथाको उचाई अझ बढाएको छ । साथै मुक्ति कथाको शीर्षक र कथावस्तु सोझो सम्बन्ध रहेको देखिन आउँछ ।
४.८.६ उद्देश्य
प्रस्तुत मुक्ति कथामा मानिसलाई सङ्गतले बिगार्छ, पैसाले बिगार्छ, साथै उमेरले बिगार्छ भन्ने भाव राख्दै यसप्रति अभिभावक र स्वयम् आपैmले सोच विचार गरेर अघि बढ्नु पर्ने सन्देश कथामा पाइन्छ । खराब आचरण र व्यवहारका मानिसलाई कसैले मन पराउदैनन् । अन्ततः त्यस्ता मानिसहरूको मृत्यु भुसिया कुकुरको जस्तो हुने कुरालाई कथाले उठाएको छ । धन सम्पत्तिको सही सदुपयोग गर्नु पर्ने, लेखपढ गर्नु पर्ने, कुलतमा लाग्नु नहुने, मेलमिलाप, सहकार्य र सहअस्तिŒव स्वीकार गर्दै सद्भाव कायम गरी अघि बढ्नु पर्ने, मानिस भएर जन्मिएपछि स्वाभलम्बी भएर बाँच्नु पर्ने, आफ्ना बालबच्चालाई सानैदेखि आफ्नो निगरानीमा राखी उचित मार्ग निर्देशन गराउनु पर्ने आदि जस्ता कुराहरू पाठकसामु राख्नु पनि यस कथाको उद्देश्यकै रूपमा रहेको देखिन्छ । नराम्रो मान्छे सबैको अप्रिय हुन्छ ऊबाट सबैले मुक्ति चाहन्छ भन्ने भाव कथाले मजबुत रूपमा उठाएको छ ।
४.८.७ निष्कर्ष
प्रस्तुत मुक्ति कथा पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको साताँै कथा हो । यो कथा प्रथम पटक बगर (वर्ष२५, पूर्णाङ्क ६७, २०६३ असोज–मंसिर) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ३७ देखि पृष्ठ ४२ सम्मको आयतनमा पैmलिएको छ । खराब व्यक्तिलाई कसैले रुचाउदैनन् । सबै त्यसबाट मुक्ति चाहन्छन् र एकदिन त्यस्ता व्यक्तिहरूको अन्त्य ज्यादै कारुणिक रूपमा हुन्छ भन्ने  भाव पस्किई युवावर्गलाई सचेत तुल्याउनु तथा उचित मार्गदर्शन गराउनु कथाको लक्ष्य रहेको देखिन्छ ।
४.९.१ बाध्यता  कथाको कथानक
बिहानीपख बेतिनी भन्ज्याङकी माइलीको मनमा बेचैन भएको मनोविश्लेषणसहित कथाको कथनकको आरम्भ भएको छ । माइलीले आफ्नो पसलबाटै आज बिहान एक व्यक्तिलाई शाही नेपाली सेनाले गाउँतिरबाट बन्धक बनाई ल्याएर बन्दुक हानी मारेको देखी, लासलाई माइलीकै घरबाट कोदालो लगी पुरिदिए । यस घटनाबारे कसैलाई केही भने मारी दिने भम्की पनि दिए । यी सबका कारणले माइली डरले ग्रसित थिई । बिहान धेरै मानिसहरूले रातको बन्दुकको आवाजका बारेमा सोध्छन् । माइली आपूm स्वयम् पनि सैनिकको मायाजालमा फसी छोरोसमेत जन्माई एक्लै बसेकी चेली हो । केही समयपछि त्यहाँ मृतक व्यक्तिको वृद्ध बुबा, श्रीमती र तीनओटा ससाना बच्चाहरू आई घटनाहरूबारे जिज्ञासा राख्छन् । यसै बखत उसका बालसखीहरू अप्सरा र ठाइलीसहित माओवादी लडाकुका एक हुल त्यहाँ आउँछन् । स्थितिको जानकारी माइलीबाट लिन्छन् अनि अप्सरा र ठाइलीले पार्टीगत जीवन बिताउँन आग्रह गर्छन् । उसले धेरै सोच विचार गरेर अन्त कतै जीवनको ग्यारेन्टी नहुने देखेर बाध्य भई माओवादी छापामार बन्छ । भोलिपल्ट चिया पसल बन्द देखिएसँगै कथाले पूर्णता पाएको छ । यसरी कथानकको उठान, विकास र अन्त्यको क्रम मिलेको देखिन्छ । सेनाले कसैलाई बन्दी बनाएर ल्याई मार्नु कथाको आदि भाग, बन्दीलाई मारी माइलीलाई धम्क्याउनु मध्य भाग र माइली बाध्यतावश् माओवादी छापामार बन्नु कथाको अन्त्य भागका रूपमा रहेको छ । यसरी प्रस्तुत कथाको कथानक आदि, मध्य र अन्त्यको सरलरेखीय ढाँचामा निर्मित छ ।
४.९.२  पात्र वा चरित्रचित्रण
प्रस्तुत बाध्यता छोटो आयाम र कम पात्रको प्रयोग भएको कथा हो । यस कथामा मूल वा नायिकाका रूपमा माइली उपस्थित छे । यो स्त्री मुख्य पात्र भएको कथा हो । यस कथामा माओवादी द्वन्द्वका समयमा बाध्यतावश् माओवादी पार्टीमा आबद्ध हुन पुगेका महिलाहरूको प्रतिनिधि पात्रका रूपमा माइली आएकी छ । ऊ आफ्नो ज्यान बचाउन र सम्भाव्य दुःख कष्टबाट बच्न छापामार बनेकी छ । कथामा माइली प्रमुख पात्र, सत् तथा अनुकूल चरित्र तथा परिस्थितिअनुरूप परिवर्तन हुनसक्ने गतिशील चरित्रकी देखिन्छे भने कथाकी आबद्ध तथा मञ्चीय चरित्रका रूपमा उपस्थित छे । साथै सैनिकको मायाजालमा फसी कौमारित्वसँगै जीवन अनिर्णयको बन्धी बनाउन पुगेका पात्रहरूको प्रतिनिधि पात्र हो । त्यस्तै कथामा उपस्थित बन्दी मानिस परिस्थिति र सेनाको क्रुरताको सिकार भएका तमाम नेपालीको  बिम्ब हो भने उसका बाबु, श्रीमती र छोराछोरीहरू द्वन्द्वकालीन समयका पीडित निम्नवर्गीय समुदायको प्रतिनिधि चरित्र हुन् । त्यस्तै सेनाहरू तथा छापामारहरू यहाँ प्रतिकूल चरित्रमा देखापरेका छन् । कथामा माइली प्रमुख नारी पात्रका साथै उसका साथीहरू अप्सरा र ठाइली सहायक पात्र हुन् जसले माइलीलाई छापामार बन्न प्रेरित गरेका छन् । त्यस्तै सेनाहरू खल पात्रका रूपमा आएका छन् भने अन्य छापामारहरू, गाउँलेहरू गौण पात्रका रूपमा कथामा आएका छन् ।
४.९.३  परिवेश
प्रस्तुत बाध्यता कथा देशका हिसाबले नेपालको ग्रामीण बस्ती, समयका हिसाबले माओवादी द्वन्द्वकालीन र परिस्थितिका हिसाबले जिजीविषाको लागि सङ्घर्षरत परिवेशमा संरचित छ । माओवादी द्वन्द्वले नेपालका ग्रामीण समाजमा पारेको प्रभावका कारण मानिस आफ्नो थातथलो छाडेर ज्यानकै निम्ति पार्टीमा लाग्नु पर्ने परिस्थितिका साथै नेपाली सेनाको ज्यादती हत्यारा र यौनपिपाषु स्वभावले पीडितवर्ग आदिको चित्रण गर्दै सबैतिरबाट दुःख कष्टको पोखरीमा डुबेपछि बाध्य भई छापामार बन्न पुगेकी नारीको जीवनलाई कथाले आफ्नो परिवेश बनाएको छ । स्थानगत हिसाबले पूर्वी नेपालको उदयपुर जिल्लाअन्तर्गतको बेतिनी भन्ञ्याङ र यसका आसपासमा कथाले पूर्णता पाएको छ । बेतिनी, भन्ज्याङ, चिया पसल, नजिकैको खोल्सो आदि यहाँ परिवेशका रूपमा आएका छन् । विशेषगरी माओवादी द्वन्द्वका समयमा मानिसहरूले स्वतन्त्रताको उपभोग गर्न नपाई दुःख भोगेको परिवेशलाई कथाले अङ्गालेको पाइन्छ ।
४.९.४   दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा लेखिएको बाध्यता कथामा तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । कथामा कथाकारले विचार तथा भावलाई पाठक समक्ष राख्नका लागि माइली नामक पात्रको सहयोग लिएका छन् । द्वन्द्वकालमा नेपाली दाजुभाइ तथा दिदी बहिनीले पाएको सास्तीलाई यहाँ माइलीले प्रस्ट पारेकी छ । माइलीको मानसिक स्थितिलाई तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा बडो रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । यस कथामा नेपालको माओवादी द्वन्द्वकालीन परिस्थितिका सिकार भएका मानिसहरूको आन्तरिक जीवनकको चिनारी दिँदै तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “माइलीले धेरै पटक आफ्नो अतीततिर फर्किएर आगतका निम्ति सोची” (बाध्यता, (पृ. ४४) । “के गर्नु हाम्रो त बाध्यता पनि हो नि माइलीले दुइटैको कानमा खुसुक्क भनी” (पूर्ववत्, पृ. ४७)। यसरी यस कथामा कथाकारले तृतीय पुरुष दृष्टिबिन्दुको कुशल संयोजन गरेको पुस्टिन्छ ।
४.९.५  भाषाशैली
सामान्यतः बाध्यता कथाको भाषाशैली पनि पोखरेलको अन्य कथाहरूमाझैँ सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म सरल र छोटो वाक्यहरूको प्रयोग गरिएको छ । कथा ग्रामीण नेपाली समाजको पृष्ठभूमिमा जनयुद्धले निम्त्याएको दोहोर परिस्थितिको चित्रणमा निर्मित छ । कथामा सरल, सहज तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग गरिएको छ । कथामा कतै पनि दुर्बोध्य र क्लिष्ट भाषाशैलीको प्रयोग पाइँदैन् । ग्रामीण नेपाली समाजको जनबोलीलाई कथाका पात्रहरूले टिपेको पाइन्छ । कथामा घटनाहरूको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । कथामा उखान, टुक्का, निपातको अत्याधिक प्रयोग पाइन्न् । कथामा विभिन्न स्रोतका शब्दहरूको कुशल प्रयोग भने पाइन्छ । ती मध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भब शब्द आगन्तुक शब्द
१.कर्मथलो १.झटारो १.ड्रेस
२.पण्डित २.छानो,हुन्डरी २.छापामार
३.मूल्याङ्कन ३.भन्ज्याङ,कोरालो ३.कमान्डर
४.घृणा ४.गुन्द्री ४.बस
यसरी कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भए पनि कथाको भावबोधमा कुनै प्रकारको बाधा उत्पन्न भएको छैन् । समग्रमा कथामा सम्प्रेषणीय भाषाशैलीको प्रयोग पाइन्छ ।
४.९.६  उद्देश्य
प्रस्तुत बाध्यता कथाको मूल उद्देश्य द्वन्द्वकालमा नेपाली सर्वसाधारण जनताको स्वतन्त्रताको हनन्् भएको कुरालाई देखाउनु रहेको छ । माओवादी द्वन्द्वका समयमा ग्रामीण भेगका जनताहरू माओवादी वा सेना दुईमा एक रोज्नु पर्ने बाध्यात्मक परिस्थितिमा भएको कुरा कथामा भावका रूपमा आएको छ । सैनिकहरूका कुकृत्यका कारण यौनपिपाषु व्यवहारका जालझेलमा फसी विना बाबुको सन्तान हुर्काउन विवश नारीहरूको दयनीय स्थिति देखाउनु र त्यसप्रति सजक रहन पनि कथाकारले सचेत तुल्याएका छन् । यसैगरी निर्दाेष मानिसहरू अनाहकमा मारिएको देखाउनु तथा मृतकप्रति आश्रित परिवारको भविष्य अन्योलपूर्ण रहेको देखाउँदै द्वन्द्वको विरोध र शान्तिको समर्थन गर्नु नै यस कथाको लक्ष्य देखिन्छ । अझ माओवादी आन्दोलनको पनि पूर्णतः सिद्धान्त र व्यवहारमा तालमेल नपाइएको कुराहरू पाठक समक्ष राख्नु पनि यस कथाको उद्देश्य रहेको देखिन्छ । अन्ततः मानव भएर जन्मिएपछि मानवीय कर्तव्य पूरा गर्नु पर्ने, सद्भाव, सद्विचार र सद्कर्ममा लाग्नु पर्ने, जनताको जीउधनको सुरक्षा हुनुपर्ने, निर्धक्क भई बाँच्न पाउनु पर्ने आदि जस्ता कुराहरूलाई उठाउनु कथाको उद्देश्य रहेको छ ।
४.९.७  निष्कर्ष
कथाकार मातृका पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको आठाँै कथाका रूपमा प्रस्तुत कथा रहेको छ । यो कथा प्रथम पटक मिर्मिरे (वर्ष३१, अङ्क१ पृ. २६०, २०६७ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ४३ देखि ४७ सम्मको आयतनमा फैलिएको छ । कथाले माओवादी द्वन्द्वकालीन नेपाली समाजको दयनीय स्थितिको चित्रण गर्दै  द्वन्द्व कसैको हितमा हँुदैन भन्ने भाव अभिव्यक्त गरेको छ ।
४.१०.१ खालीठाउँ कथाको कथानक
गाउँबाट सहर आएको म पात्रलाई दाजुको कुराले हौसला थपेको कुरासँगै कथाको सुरुवात हुन्छ। म पात्र आई. ए. पास गरी सहरमा उच्चशिक्षा र जागिर प्राप्त गर्नेे अभिलाषासहित आएको छ । उसले गाँउबाट आउँदा ऋण गरेको छ । उसको दाजुको प्राइभेट कम्पनीमा सानो तिनो जागिर छ । जसबाट भाउजू, बच्चाबच्ची र अब म पात्रको पनि गुजारा चलाउनु छ । दाजुले पहिले आफ्नै गाउँमा शिक्षक भएका र अहिले मन्त्रालयमा जागिरे रामकृष्णलाई भेटेर उनीसँग जागिरको आग्रह गर् भन्नुहुन्छ । रातभरको लामो प्रतिक्षापछि भोलिपल्ट मन्त्रालय गई धेरैबेर कुरेर म पात्रले सचिव रामकृष्णलाई भेट्छ । उसले कतै खालीठाउँ भएमा जागिर लगाई दिने कुरा गर्छ । म पात्र त्यसपछि अफिस अफिस चहारेर खालीठाउँ खोज्दै हिड्न थाल्छ । धेरै दुःख पाएपछि कुनै कार्यालयमा एक कर्मचारीले खालीठाउँ भेटिदैन्,  खाली भए पनि लोकसेवाले पदपूर्ति गर्छ भन्छ र ऊ निराश भई फर्किन्छ । दाजुले पनि तलाई त्यसै घुमाइ दिएछ भन्नुहुन्छ । उसले आफ्नो गाउँमा चुनावका अघिपछि गई जागिरको आश्वासन दिने सासद्लाई पनि भेटेर जागिरको लागि आग्रह गर्छ तर उस्तै खालीठाउँ बुझेर खबर गरौँला भन्ने उत्तर पाउँछ । अन्तमा गाउँघरमा ठूला–ठूला गफ दिने, साच्चै परेको बेलामा सहयोग नगर्ने, बडा भनाउदाप्रति मनमनै खेद प्रकट गर्छ र म पात्र विचलित मानसिकतामा पुग्छ । दाजुले उसलाई मैले त तलाई पहिले नै भनेको थिएँ नि भनेर वास्तविकता फेरि सम्झाएसँगै कथाले पूर्णता पाएको छ । यसरी कामका खोजीमा सहर आएको म पात्रसँगै कथाको आरम्भ भई जागिरका लागि भौतारिनु, खालीठाउँको आश्वासन पाउनुसँगै मध्य भागको बनोट र वास्तविकताको बोधसँगै कथाको अन्त्य भएको छ । यसरी प्रस्तुत कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ ।
४.१०.२   पात्र र चरित्रचित्रण
प्रस्तुत खालीठाउँ कथा छोटो आयम र कम पात्रको प्रयोग भएको कथा हो । यो कथा उच्च शिक्षा र जागिरको अभिलाषा लिई सहर छिरेका मानिसहरूको जीवन भोगाईको कथा हो । कथाको मूल पात्र वा प्रमुख पात्र म पात्र हो । ऊ गाउँबाट उच्च शिक्षाका लागि सहर आउने, गाउँमा हुँदा सासद् तथा सचिवहरूको झुटो आश्वासनमा विश्वास गर्ने सोझो र इमान्दार चरित्रको छ । साथै जीवनका मार्गहरूमा आइपरेका समस्याहरूसंँग जुध्न तत्पर ऊ गतिशील चरित्रको छ भने उसलाई जागिरका लागि सल्लाह दिने उसका दाजु यहाँ सहायक पात्रका रूपमा आएका छन् त्यस्तै सासद् मन्त्रालयको सचिव, बोली र व्यवहारमा भिन्नता भएका पदका लागि झुटो बोल्ने असत् तथा प्रतिकूल चरित्रका हुन्। मानिसलाई झुलाउने, खालीठाउँको बाहाना बनाउने, उनीहरू भ्रष्ट नेतृत्वका प्रतिनिधि चरित्र पनि हुन् । यसका अतिरिक्त त्यति भूमिका नभएका भाउजू, बच्चाबच्ची विभिन्न कार्यालयका मानिसहरू गौण चरित्रमा देखा परेका छन् ।
४.१०.३  परिवेश
प्रस्तुत खालीठाउँ कथामा सोझा साझा इमानदार गाउँले मानिसहरूलाई ठूलाबडाहरूले कसरी झुटको भूमरीमा रङ्ग्याएर आपूm माथि पुग्छन् भन्ने परिवेशलाई कथामा उठान गरिएको छ । गाउँमा जाँदा मीठा मीठा कुरा गर्ने, जागिरको आश्वासन बाड्ने, सहर आई भेट्दा खालीठाउँ बुझ्नु पर्ने कुरा गर्दै पन्छाउने द्वैध चरित्र र त्यसबाट पीडित युवावर्गको दुःखेसो परिवेशकै रूपमा आएको छ । स्थानगत हिसाबले सहरिया परिवेशमा निर्मित यस कथामा काठमाडौँका विभिन्न ठाउँहरू, म पात्रको दाइको कोठा, सामान्य प्रशासन मन्त्रालय, अन्य कार्यालयहरू यहाँ परिवेशका रूपमा आएका छन् । नेपालको बेरोजगारी समस्या, भ्रष्ट नेतृत्वको छलकपटी त्यसबाट पीडित सर्वसाधारण आदिको सेरोफेरोमा कथा निर्माण भएको देखिन्छ ।
४.१०.४ दृष्टिबिन्दु
कथाकार पोखरेलद्वारा रचित खालीठाउँ कथामा म पात्रको उपस्थित गराई उसकै माध्यमबाट सम्पूर्ण घटनाहरू अघि बढाइएकोले प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको स्पष्ट हुन्छ । यो कथा हाम्रो देशका युवावर्गले भोगेकको यथार्थ पीडाको कथा हो । गाउँबाट ऋण गरी काठमाडौंँ आउने म पात्रकै केन्द्रियतामा कथा संरचित छ । यस कथामा प्रयोग भएका “म समय कटाउन बाहिर निस्किएँ । मसँगै अरु पनि बाहिर निस्किएँ” (खालीठाउँ, पृ. ५१) । त्यस्तै “खालीठाउँ खोज्दै जाँदा म जस्तै थुप्रै साथीहरू भेट्टाए मैले” (पूवर्वत्, पृ. ५२) । यी वाक्यहरूले पनि प्रथम पुरुष दृष्टिबिन्दुको स्पष्ट झलक दिन्छन् ।
४.१०.५  भाषाशैली 
प्रस्तुत खालीठाउँ कथा सहरिया परिवेशमा रचना भएको पोखरेलको उत्कृष्ट कथा हो । कथाकारको कथागत प्रवृत्तिकै रूपमा रहेको सरल तथा सहज शब्दहरूको प्रयोगले यो कथाको भाषाशैलीमा सुबोधता र मिठासपन छाएको छ । कथामा सरल तथा सुललित गद्य भाषाको प्रयोग भएको छ । कथामा पात्रको मानसिक अवस्थाको चित्रण, घटनाको विस्तार तथा संवादको प्रस्तुतिमा सरल, सहज तथा सुबोध भाषाशैलीको प्रयोग पाइन्छ । कथामा कतै पनि दुर्बोध्य र क्लिष्ट भाषाशैलीको प्रयोग पाइन्न । यस कथामा त्यति धेरै मात्रामा उखान, टुक्का, निपात जस्ता शब्दहरूको बढी प्रयोग भएको देखिदैन् । कथामा प्रयोग भएका विभिन्न स्रोतका शब्दलाई तालिकामा यसरी देखाउन सकिन्छ ः

तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.हतप्रभ १.ढोका १.आई. ए.
२.महŒवकाङ्क्षा २.छिमेकी २.व्रिफकेस
३.ऋण ३.पाथी ३.मेडिकल
४.व्यग्र ४.झस्कनु ४.एस .एल.सी.
       यसरी विभिन्न स्रोतबाट लिइएका शब्दहरूको उचित प्रयोगले कथाको गरिमा थप बढाएको छ । कथाको शीर्षक खालीठाउँको खोजीमा लाग्दा मानिसको जीवन खाली हुने कुरासहित प्रतिकात्मक छ ।

४.१०.६ उद्देश्य
प्रस्तुत खालीठाउँ कथामा गाउँमा गएर जागिरको आशा देखाउने तर सहरमा आएर भेट्दा खालठिाउँ भए जागिर दिलाई दिने भनी सर्वसाधारण बेरोजगारहरूलाई त्यसै घुमाई दिने भ्रष्ट नेतृत्ववर्गको चरित्र उदाङ्गो पार्नु र युवामण्डलीमा त्यस्ता व्यक्तिप्रति सचेत बनाउनु कथाको उद्देश्य रहेको देखिन्छ । युवावर्गको सानोतिनो काम नगर्ने उच्च अभिलाषाले दुःख पाउने कुरालाई कथाले उठाएको छ । आफ्नो दुनो सोझ्याउन जस्तोसुकै झुट र भ्रष्ट व्यक्तित्व देखाउन पनि तत्पर रहने, इमान्दार मानिसहरूको भावनासँग खेलवाड गर्ने, बदनियत भएकाहरूको उछित्तो काढ्नु कथाको ध्येय रहेको देखिन्छ । नेपाली युवाहरू कामको खोजीमा सहर आउनु, गाउँबाट ऋण गर्नुपर्ने यहाँ काम खोज्दा खोज्दै अर्को ऋणमा डुब्नु पर्ने, काम नपाइने आदिजस्ता जीवनका अपुग र भत्कोसहरू देखाउँदै जीवन कल्पना गरे जस्तो सजिलै सफल हुदैन् । त्यसका लागि सुझ, बुझका साथ अघि बढ्नु पर्ने सन्देश  पनि कथामा पाइन्छ ।

४.१०.७ निष्कर्ष 
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको नवांै कथाका रूपमा प्रस्तुत खालीठाउँ कथा रहेको छ । यो कथा प्रथमपटक नवयुवा (वर्ष १२, पृ. ११५, २०६४ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृ.४८ देखि पृष्ठ ५२ सम्मको आयतनमा पैmलिएको छ । ठूलाबडाहरूले सोझासाझा गाउँलेहरूलाई आफ्नो स्वार्थसिद्धिका लागि बोल्ने बोली र परिआएका बेला गर्ने व्यवहारमा धेरै फरक रहेको कुरा देखाउनु, नेपालको युवा बेरोजगारी देखाउनु र असल नेतृत्वको पछि लाग्नु पर्ने साङ्केतिक सन्देश कथामा पाइन्छ ।
४.११.१ घोडाको गन्ध कथाको कथानक 
तराईमा रहेको राणा परिवार, मन्त्री तथा सचिवहरूका ठूला ठूला मौजा जग्गा र बजारको वर्णनसहित कथाको सुरुवात भएको छ । केही समययता तराईको जनघनत्व बढेको छ । यहाँका मौजा मध्ये सबैभन्दा बढी मौजा भएका त्यस क्षेत्रमा आफ्नो धाक र रवाफ देखाउने व्यक्ति रबीन्द्र शमशेर हो। माओवादीले केही मौजा कब्जा गरे पनि उनीसँंग अझ प्रशस्त जमिन छ । रबीन्द्र बृद्ध अवस्था र माओवादीका कारण राजधानी छाडी ननिस्कने हुँदा मौजाको जिम्मा सरोज प्रतापलाई दिइएको छ । पहिला–पहिला रबीन्द्र शमशेर सारा परिवारसहित आउँदा र त्यस गाउँमा बस्दा सारा गाउँका मानिसहरूले धेरै दुःख कष्ट भोग्नु पथ्र्यो । उसको सोच पञ्चायती व्यवस्थाका शासकको जस्तो थियो । अब यहाँ सरोज प्रताप मात्र घोडा चढेर आउँछन् । उनी घोडामा बिहान चिया खान आउँछन् र दिनभर चौतारामा घोडा बाँधी गफ चुटेर फर्कन्छन् । देशमा आएको परिवर्तनसँगै राजनीतिक रूपमा सचेत जनताहरू यिनीहरूको विरोेधमा खुलेआम भाषण गर्दै कालो मोसो लगाउनु पर्ने कुरा गर्न थाल्छन् । यसरी जनता जागेपछि, उनीहरूसँग डराउन छाडेपछि, सार्वजानिक स्थलमा उनीहरू देखिन छाड्छन् । कहिले काही मानिसहरू उनका अगाडि पर्दामात्र सम्मान गरेझैँ गर्थे पछाडि गाली गर्थे । देशमा आएको परिर्वतनसँगै सरोज प्रताप गाउँमा देखिन छाडेका र उसको घोडा पनि बूढो भइसकेको छ । उनी त्यता नआउने, हैकम चलाउन छाडेको र घोडा पनि चौतारामा नबाँधिएको हुँदा अब त्यस गाउँमा घोडाको गन्ध आउन छाडेको कुरासँग कथानकको अन्त्य भएको छ । यसरी सभ्रान्तवर्गको कुकृत्यबाट कथानकको थालनी  भएको छ । त्यस्ता वर्गको विरोधमा जनताहरू जुर्मुराउनु कथाको मध्य भाग हो भने उक्त गाउँबाट पलायन भई मानिसहरू निर्भीकताका साथ बाँच्न पाउने वातावरणको निर्माण सहित कथाको अन्त्य भएको छ । यसरी कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा कथानकले पूर्णता पाएको छ।
४.११.२  पात्र र चरित्रचित्रण 
प्रस्तुत घोडाको गन्ध छोटो आयम र थोरै पात्रको प्रयोग भएको कथा हो । प्रस्तुत कथा म पात्रको वर्णनात्मक शैलीमा सिर्जित भएकोछ । तसर्थ यो कथाको कथावाचक म पात्र हो । ऊ यस कथामा सत् तथा अनुकूल पात्रका रूपमा आएको छ । साथै रबीन्द्र शमशेर, सरोज प्रताप प्रतिकूल, असत् पात्रका रूपमा कथामा आएका छन् । माओवादीको प्रार्दुभाव हुनुपूर्व तराईमा विर्तावालाहरूले त्यहाँका जनतालाई धेरै शोषण गरेका थिए, त्यही शोषकी वर्गको प्रतिनिधित्व गर्ने सरोजप्रताप र रबीन्द्र कथामा उपस्थित छन् । जनताहरू जागेपछि तानाशाहीको केही चल्न नसक्ने कुरा प्रस्तुत कथामा पाइन्छ । चेतनाले भरिपूर्ण जनताहरू अब कसैको दवाबमा रहदैनन् भन्ने विषयवस्तु अनुरूप पात्रको चयन र चरित्रचित्रण कथामा पाइन्छ। यस कथामा म पात्र अनुकूल पात्रका रूपमा, गाउँलेहरू पनि सत् पात्रकै रूपमा आएका छन् भने सरोज प्रताप प्रमुख खलपात्रका रूपमा कथामा आएको छ । त्यसैगरी सुनचरी, पसले काका, रुद्रहरि, तिलकबहादुर आदिको कथामा खासै भूमिका नभएकोले गौण पात्रका रूपमा आएका छन् । धाक र रवाफको प्रतिकका रूपमा कथामा मानवेतर प्राणी घोडा पनि आएको छ ।
४.११.३  परिवेश
प्रस्तुत घोडाको गन्ध कथा पञ्चायतकालीन समयका विर्तावालहरूको बोलबाला रहेको तराईको परिवेशमा निर्माण भएको छ । माओवादी द्वन्द्वको समयमा समाजका यस्ता धुर्त विर्तावाला जो जनतालाई दुःख दिई उनीहरूमा डर, त्रास र धम्कीको भरमा शासन गर्न पल्केकाहरू आफ्नो थात बास छाडेर भाग्नु परेको यथार्थ घटनालाई परिवेशका रूपमा चित्रण गरिएको छ । कथामा जनतामा चेतनाको ज्योति बालिसकेकोले उनीहरूलाई हेप्ने जो कोहीलाई आगोको मुस्ला ओकल्ने हुँदा ज्यान बचाउन भाग्नै वेश भन्ने परिस्थितिमा कथालाई आकार प्रदान गरिएको छ । स्थानगत हिसाबले नेपालको तराईको समथर भूमि, त्यहाँको एक गाउँ, बजार चौतारो भट्टीपसल आदि पनि यहाँ परिवेशका रूपमा देखा पर्दछन् । समग्रमा नेपालको पञ्चायत कालीन विर्तावालहरूको बोलवाला, त्यसबाट पीडित जनतामा पलाएको आक्रोश, जनता जागेको देखेर विर्तावालहरू भागेको परिवर्तित नेपालको वर्तमान अवस्थाको चित्रण कथामा पाइन्छ ।
४.११.४ दृष्टिबिन्दु 
प्रस्तुत घोडाको गन्ध कथाको घटनाक्रम म पात्रले आफ्नो जीवनमा भोगेको नियति वा यथार्थ हो । उसले आपूmले देखे भोगेका कुराहरूलाई वर्णन गर्दा कथाको सिर्जना भएको छ । त्यसकारण मातृका पोखरेलको प्रस्तुत कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा मौजावालहरूले दिएको दुःख कष्टका कुराबाट कथाको उठान गरिएको छ ।  कथालाई सान्दर्भिक तथा कौतूहलपूर्ण बनाउन र पात्र अनुकूल संवादलाई प्रस्ट्याउने क्रममा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “काजी साहेबले तिमीलाई राम्रा आँखाले हेरेका छैनन् अलिक होस गर। चिया पसले काकाले भनेपछि म एक पटक जिल्ल परेँ । म उनीसँग भएका विगतका संवादतिर फर्किएर सोच्न थाले ” (घोडाको गन्ध, पृ. ५५) । माथिको वाक्यबाट पनि प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको प्रस्टिन्छ ।
४.११.५ भाषाशैली 
कथाकार पोखरेलको घोडाको गन्घ कथामा क्लिष्ट र दुर्बोध्य भाषाको प्रयोग नभई सरल, सहज बोधगम्य मिठासपूर्ण भाषाशैलीको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रहरूको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुति आदि सबै पक्षमा कथाकारले उचित विचार पु¥याई उपयुक्त तथा पात्र सुहाउँदो भाषाशैलीको प्रयोग गरेका छन् । कथामा अत्याधिक मात्रामा उखान, टुक्का, र निपातको प्रयोग पाइँदैन् । कथामा आवश्यक मात्रामा तत्सम, तद्भव र आगन्तुक शब्दहरूको प्रयोग पाइन्छ । केही शब्दहरूलाई तालिकामा यसरी देखाउन सकिन्छ ः



तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. बृद्ध १. ह््याकुलो १. बजार
२. भूकम्प २.मोसो २. आवाद
३. आतङ्कित ३. बिघा,मौजा ३. पार्टी
       यसरी विभिन्न स्रोतका शब्दहरूको आपसी तालमेलमा कथाको भाषाशैलीले उचाई प्राप्त गरेको देखिन्छ । कथाको शीर्षक घोडाको गन्ध ले प्रतिकात्मक रूपमा घोडा भनको सम्पन्नता र निरङ्कुशताको बिम्ब र गन्धले शासन बुझाएको छ । तसर्थ शीर्षक अभिधात्मक नभएर प्रतिकात्मक छ।
४.११.६ उद्देश्य
प्रस्तुत घोडाको गन्ध कथाले तराईमा रजाइँ गर्ने खानदानी भनाउदाहरूले जनतालाई के, कसरी, कस्ता दुःख कष्ट दिन्थे भन्ने कुरालाई देखाउने उद्देश्य राख्दै देशमा आएको पछिल्लो परिवर्तनबाट जनताहरू सचेत भएको हुँदा अब कुनै पनि शक्तिले जनताको हक, अधिकारको हनन् गर्न नसक्ने कुरा देखाउँदै खाली अत्याचारीलाई खबरदारी गर्नु कथाको लक्ष्य रहेको देखिन्छ । समाजमा सभ्रान्तवर्गले आफ्नो वर्चस्व कायम राख्न अरुलाई अमानवीय व्यवहार गर्ने गरेको कुरा खुलस्त पार्नु पनि यस कथाको भाव रहेको छ । घोडामाथि सवार भई अरुभन्दा ठूलो बन्ने तर गरिब दुःखीहरूको समस्यालाई वास्ता नगर्ने, पशुवत् व्यवहार गर्ने, उनीहरूलाई सधै हेप्ने, दबाउने र पेलेर राख्ने मनस्थिति बनाउने प्रवृत्तिको भण्डाफोर गरिएको छ । यसका साथै त्यस्ता तुच्छ, नीच विचार राखी शासन टिकाउन खोज्नेहरू पातालमा बिलाउने कुरा पाठक समक्ष राख्नु पनि यस कथाको सन्देश  मान्न सकिन्छ । यो कथाले मानिसको सक्दो सहयोग गर्नु पर्ने, गरिबहरूको दुःख, हासो र खुसीमा हिस्सेदार हुनुपर्ने शिक्षा दिएको छ। असत् चरित्रका मानिसहरूको देखावटीपन वा तडकभडकपूर्ण जीवन लामो समयसम्म टिक्न सक्तैन भन्ने कुरालाई प्रस्तुत गर्ने उद्देश्य बनाएको प्रतित हुन्छ । साथै जहाँ जनतालाई निषेध गरेर हैकम चलाइन्छ त्यहाँका जनतामा चेतनाको दीप बल्ने बित्तिकै सामान्ती सोच भएकाहरू पलायन हुने यथार्थको प्रस्तुत दिनु नै यो कथाको मूल लक्ष्य रहेको देखिन्छ ।
४.११.७ निष्कर्ष
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको दसाँै कथाको रूपमा प्रस्तुत घोडाको गन्ध कथा रहेको छ । यो कथा प्रथम पटक गरिमा (वर्ष२५, अङ्क ५, पूर्णाङ्क २९३, २०६४ वैशाख) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ५३ देखि पृष्ठ ५७ सम्मको आयतनमा फैलिएको छ । कथाले राणा खानदान, मन्त्री, सचिवहरूको पञ्चायतकालीन प्रवृत्तिको भण्डाफोर गर्दै जनतामा चेतनाको ज्वाला दन्किएको बताउँदै समयमै बुद्धि नपु¥याए त्यस्ता मानिसहरू सखाप हुने भाव व्यक्त गरेको छ ।
४.१२.१  सपनाहरूको खोजी कथाको कथानक 
कमरेड विकल र सुदीप बेतिनी भन्ज्याङ्बाट माथिल्लो मादले गाउँतिर जान लागेको घटनाबाट प्रस्तुत कथाको कथानक सुरुवात भएको छ । उनीहरू मादले गाउँमा जनयुद्धको समयमा पार्टीगत नेतृत्वको गलत निर्णयका कारण भएको निर्मम र निहत्था जनताको हत्याको कारण पार्टीप्रति वितृष्णा भएका आम मानिससँग माफी माग्न त्यस ठाउँमा जान लागेका छन् । युद्धको समयमा उनीहरूले विभिन्न तह र तप्काका मानिसलाई दिएका दुःखहरूको चर्चा गर्दै अगाडि बढ्छन् । त्यस क्रममा बाटामा भएका विभिन्न ठाउँको चर्चा परिचर्चासहित कथाले गति लिएको छ । उनीहरू जनयुद्धका समयमा भएको घटनाहरूको कुरा गर्दै साँझपख पाल्सिङ्ग गाउँ गई बास बस्छन् । घरबालाले जानको लागि हतारिदै बिदा दिन्छ । जनयुद्धको समयमा जनकारबाही भन्दै कचियाले रेटेर एक व्यक्तिको हत्या गरिएको गम्भीर अपराधको क्षमायाचना गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जाहेर गर्न उनीहरू त्यता लागेका हुन्छन् । बाटामा कमरेड विकलले युद्धमा मारिएकी आफ्नी श्रीमती र बच्चा बच्चीको याद गर्छन् । अन्ततः उनीहरूले हत्या गरिएको व्यक्तिका आश्रित परिवारको शिक्षा दीक्षाको प्रबन्ध र भरपोषण पार्टीले गर्ने निर्णयसहित माफी माग्दै समस्या समाधान गर्छन् । भविष्यमा त्यस्ता हर्कतहरू कहिल्यै नगर्ने र उज्ज्वल भविष्यको यात्रा गर्ने कुरासँगै सपनाहरूको खोजी गर्नेतर्फ उन्मुख हुने भन्दै कथाको समापन भएको छ । यसरी प्रस्तुत कथामा कमरेड विकल र सुदीप भ्रष्ट नेतृत्वले गरेका पुरानो हर्कतको माफी माग्न खटिनु कथाको आदि भाग हो भने उनीहरू जानु, बाटामा अनेकन कुराहरू गर्नु मध्य भाग र अन्ततः माफी मागी आदर्श संसार बनाउने, सपनाको खोजीमा लाग्ने निष्कर्षसँगै कथानकको अन्त्य भएको हुँदा कथा सरलरेखीय ढाँचामा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ । 
४.१२.२ पात्र र चरित्रचित्रण 
प्रस्तुत सपनाहरूको खोजि छोटो आयममा थोरै पात्रको प्रयोग भएको कथा हो । माओवादी द्वन्द्वकालीन समयको सेरोफेरोको कथावस्तुमा आधारित भएकोले सोहीअनुसार पात्र र चरित्रको संयोजन गरिएको छ । कथामा प्रमुख पात्रको रूपमा कमरेड विकल आएको छ । ऊ यस कथामा सत् पात्रका रूपमा उपस्थित छ । विगतमा पार्टी पङ्क्तिले गरेका नराम्रा कामप्रति गाउँ–गाउँ गई क्षमा याचना गर्ने र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्ने सच्चा कमान्डरका रूपमा ऊ चिनिएको छ । साथै कमरेड सुदीप  कमरेड विकलका सहयोगीका रूपमा कथामा आएको र विकलसँगै सहकार्य गर्दैै अगाडि बढेकोले सहनायकका रूपमा ऊ यहाँ उपस्थित छ । त्यस्तै कथामा कमरेड दिनेश असत् चरित्रका रूपमा उपस्थित छ । गाउँ समाजमा गई सम्झाउन र आवश्यक राहत नदिन उक्साउने यथास्थितिवादी पात्रका रूपमा आएको छ । त्यस्तै विक्रम राई, गाउँलेहरू, अन्य कमरेडहरू गौण पात्रका रूपमा कथामा आएका छन् ।
४.१२.३  परिवेश
प्रस्तुत सपनाको खोजी कथाले नेपालको माओवादी द्वन्द्वकालीन परिस्थितिमा पीडितहरूलाई अब पार्टीले उद्धारका कार्यक्रम लिई अघि बढ्ने आगामी दिनमा त्यस्ता कर्तुतहरू नदोहो¥याउने उज्ज्वल भविष्यतर्फ पाइला चाल्दै सपनाहरूको खोजीगर्ने परिस्थितिलाई आत्मासात् गरेको परिवेशमा निर्मित छ। स्थानगत हिसाबले पूर्वी नेपालको उदयपुर जिल्लाको विभिन्न ठाउँहरू बेतिनी, पाल्सिङ्ग, राउतखर्क, बड्डाँडा, लिम्पाटार, आदि आएका छन् साथै उदयपुर जिल्लाका सुन्दर प्राकृतिक वस्तुहरू पनि कथामा परिवेशका रूपमा आएका छन् । समग्रमा नेपाली ग्रामीण समाजमा माओवादी द्वन्द्वका समयमा भएका गल्तीहरूलाई सधंैका लागि त्यागी नयाँ सम्भावनाको ढोका खोल्ने परिवेशमा कथाको निर्माण भएको छ।


४.१२.४ दृष्टिबिन्दु 
प्रस्तुत सपनाकाहरूको खोजी कथामा कथाकार मातृका पोखरेलले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन् । कथामा कमरेड विकल र सुदीप तथा अन्य पात्रहरूको उपस्थितिमा माओवादी पार्टी भित्रका सत् तथा असत् चरित्रहरूको प्रयोग पाइन्छ । तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा क. विकल र सुदीपको वृक्तान्तबाट कथाको उठान गरिएको छ । थोरै पात्रको प्रयोग भएको हुँदा स्वभाविक  रूपमा थोरै संवाद रहेको पाइन्छ । कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । यसलाई पुष्टि गर्ने केही उदाहरणहरू ः “कमरेड सुदीपले अँध्यारो मुख लगाउँदै कमरेड विकलसँग गुनासो पोख्यो” (सपनाकोहरूको  खोजी, पृ. ६३) । “कमरेड विकल यति भन्दै फेरि आपैmभित्र हरायो । (पूर्ववत्, पृ. ६१) ।
४.१२.५ भाषाशैली 
कथाकार मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ, भाषामा सहजता छ, जुन कथामा विशेषताकै रूपमा रहेको छ । पोखरेलको सपनाहरूको खोजी कथाको भाषाशैली बोधगम्य र रुचिकर रहेको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध तथा मिठासपूर्ण गद्य भाषाको प्रयोग पाइन्छ । कथालाई बोधगम्य रोचक बनाउन विभिन्न स्रोतका शब्दहरूको प्रयोग गरिएको छ । जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.ऋषि १.लेक १.कम्युनिष्ट
२.पैतृक २.कचिया २.कमरेड
३.निर्देशन ३.डाँडा ३.सेक्रेटरी
४.निर्णय ४.बगर ४.पकलोसेरा टु
       यसरी विविध स्रोतका शब्दहरूको समुचित विन्यासले कथालाई अझ उचाई प्रदान गरेको देखिन्छ । विगतका कमी कमजोरीलाई सच्याएर नवीन सपनाहरूको खोजी गरी समुन्नत समाजको निर्माणमा लाग्ने भाव पस्किएकोले कथाको शीर्षक अभिधात्मक रहेको छ ।
४.१२.६ उद्देश्य
मातृका पोखरेलद्वारा लेखिएको प्रस्तुत सपनाहरूका खोजी कथामा ए. नेकपा माओवादीद्वारा द्वन्द्वकालमा भए गरेका नराम्रा कामहरूको सुधार गरी नयाँ नेपाल निर्माणको दिशामा लाग्नु पर्दछ भन्ने भाव देखाइएको छ । द्वन्द्वकालमा गलत प्रवृत्ति र विचारका मानिसहरूबाट भएका गलत कामहरू, गरिब अहसायवर्गहरूको उत्थान पार्टी भित्रका गलत मानसिकतामा मानिसहरूको चरित्रमा सुधार, शान्ति र सुरक्षाको पूर्णप्रत्याभूति भएको समाज निर्माण, नेतृत्ववर्गमा नयाँ रक्त सञ्चार गर्नु आदि जस्ता कुराहरू यस कथाको उद्देश्यका रूपमा रहेका छन् । द्वन्द्वकालमा नेपालको पहाडी भेगका जनताले पाएको दुःख कष्टका उचित राहत दिँदै अब आइन्दा असल बाटोमा लाग्ने प्रण गर्नु, पीडित परिवारप्रति सहयोग, सद्भाव देखाउनु पर्ने कुराहरू कथामा उद्देश्यका रूपमा आएका छन् । कथाकारभित्र रहेको शान्ति, मानवता र समतामुलक समाज निर्माणको चहानालाई पाठकवर्गमा राख्नुलाई यस कथाले उद्देश्य बनाएको छ । समग्रमा द्वन्द्वकालका गलत कार्यहरूलाई सुधार गर्दै अब उज्ज्वल भविष्यको खोजीमा लाग्नु पर्ने, विकसित नेपालको खाका तयार पार्नु पर्ने सन्देश कथामा प्रवाहित भएको देखिन्छ ।
४.१२.७ निष्कर्ष
कथाकार पोखरेलको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको एघाराँै कथाको रूपमा प्रस्तुत सपनाहरूको खोजी कथा रहेको छ । यो कथा प्रथम पटक नवयुवा (वर्ष१२, पृ. ११२, २०६४ मङ्सिर–पुष) मा प्रकाशित भएकोे थियो । यो कथा पृष्ठ ५८ देखि पृष्ठ ६४ सम्मको आयतनमा पैmलिएको छ । यो कथाले माओवादी द्वन्द्वकालका नराम्रा कुराहरू सच्याउदै नेपाली जनताहरूले नयाँ नेपाल बनाउने सपनाहरूको खोजीमा लाग्नु पर्ने कुरा कथाले बताएको छ । 


४.१३.१ देवीदत्तको चिन्ता कथाको कथानक
प्रस्ट देखिने गरी उज्यालो नभएको मिर्मिरे बिहानीमा ठूला घरतिर दुईओटा मानिसहरूको आकृति ऊ अर्थात् देवीदत्तले देखी उसका मनमा चिन्ता परेको मानसिक छट्पटीबाट प्रस्तुत कथाको कथानक सुरु भएको छ । देवीदत्तलाई प्रधानका छोराहरू फेरि गाउँमा आएभँैm लाग्छ । देवीदत्तका गाउँका प्रधानहरूले पहिले धेरै दुःख कष्ट दिएका थिए । माओवादी द्वन्द्वका समयमा गाउँबाट सहरतिर लागेकाले गाउँ उनीहरूको कुकृत्यबाट मुक्ति पाएको अवस्थामा हुन्छ । आज फेरि प्रधानका छोराहरू गाउँ आएसँगै के के दुर्घटनाहरू व्यहोर्नु पर्ने हो भन्ने सोचले देवीदत्तको चिन्ता मौलाउँदै गएको हुन्छ । उसको घरमा छोरीहरू विवाह गर्ने अवस्था पुगेका हुन्छन् । प्रधानहरूले विगतमा झैँ राक्षसीराज चलाउँछन् कि भने ऊ आत्तिन्छ । उनकी श्रीमती पनि अनुमानित भयबाट आतङ्कित हुन्छिन् । आजभन्दा पन्ध्र वर्ष अघि यस गाउँमा प्रधानहरूको निरङ्कुश राज चल्थ्यो । उनीहरूले देवीदत्तको छोरो र अन्य गाउँलेहरूलाई निर्घात कुटपिट गरी हत्या गरिदिएका थिए । प्रधानहरूले पैसा शक्ति र आफन्तको सहायताले सबैलाई दुःख दिएका थिए । ए. नेकपा माओवादीको द्वन्द्वका समयमा जनकारवाहीका डरले गाउँ छाडेका प्रधान परिवार शान्ति सम्झौतापछि गाउँमा पुनः आएकोले देवीदत्त पुरानै दिनहरू फर्किने हुन् कि भन्ने डरले पिरोलिएको छ । यत्तिकैमा उसको घरमा विष्णुप्रसाद पण्डित, देवीथाने जैसी, फुर्के भट्टराई र कान्छो धामी आएर प्रधानका छोराहरू चार दिन अघि गाउँमा आई लुकेर बसेका आफ्ना सारा सम्पत्ति आफन्तहरूलाई बेची सधँैका लागि गाउँ छाड्ने तर्खरमा रहेको जानकारी दिँदै अब गाउँमा सधैँका लागि शान्ति आउने सङ्केतसहित कथानकको अन्त्य भएको छ । यसरी कथा देवीदत्तको मानसिक छट्पटीबाट सुरु भई अगाडि बढी बिगतका नरम्रा दिनहरूको संस्मरणात्मक बर्णनमा मध्यभाग अनि प्रधानहरूले गााउँ छाड्ने निश्चितसहित कथा अन्त्य भागमा संरचित छ । अन्ततः सम्भावित डरबाट सधैँका लागि मुक्ति पाएपछि कथानकले पूर्णता पाएको छ । कथानक आदि, मध्य अन्त्यको सरलरेखीय ढाँचामा संरचित छ ।
४.१३.२  पात्र वा चरित्रचित्रण
प्रस्तुत देवीदत्तको चिन्ता कथा छोटो आयाम र थारै पात्रको प्रयोग भएको कथा हो । यो कथामा गाउँका ठूलाबडाहरूले सर्वसाधारणलाई के कसरी दुःख दिन्थे भन्ने परिस्थतिको चित्रण छ । सोहीअनुसार पात्र र उनीहरूको चरित्रको चित्रण कथामा पाइन्छ । कथाको नाम नै प्रस्तुत कथाको नायक वा प्रमुख पात्रको नामबाट राखिएको छ । ऊ सर्वसाधारण नेपाली जनताहरूको प्रतिनिधि पात्र हो । प्रधानहरूको निरङ्कुश शासनको दुश्चक्रबाट पीडित ऊ आफ्नो युवक छोरो गुमाएको हतभागी बाबु हो । फेरि युवा अवस्थाका छोरीहरू घरमा भएको बखत प्रधानहरू गाउँमा आएकाले ऊ मानसिक छटपटीमा पर्छ । ऊ यस कथाको सत् तथा अनुकूल पात्र हो । कथाबाट हटाउन नमिल्ने सक्रिय, आबद्ध तथा मञ्चीय पात्र पनि हो । प्रधानका छोराहरू यस कथाका खल पात्र, प्रतिकूल वा असत् पात्र हुन् । धन सम्पत्तिका आडमा प्रशासन, नियम कानुन आफ्नो हातमा लिई जनतालाई दुःख दिने नीच पात्रका रूपमा उनीहरू यहाँ उपस्थित छन् । उनीहरूका कारण सबै गाउँलेहरू पीडित छन् । त्यस्तै देवीदत्तको छोरो, श्रीमती कथामा सहायक पात्रका रूपमा आएका छन् भने प्रहरी, प्रधानका सहयोगी, गाउँलेहरू यस कथामा खासै महŒवपूर्ण भूमिकामा नदेखिएकाले गौण पात्रका रूपमा आएका छन्  ।
४.१३.३ परिवेश
प्रस्तुत देवीदत्तको चिन्ता नेपालको माओवादी द्वन्द्वको समय पश्चातको शान्तिपूर्ण अवस्थामा गाउँका सर्पहरू फेरि सल्बलाउने हुन कि भन्ने मानसिक छटपटीलाई कथाले परिवेशका रूपमा उतारेको छ । माओवादी जनकारवाहीका डरले भागेकाहरू शान्ति स्थापना भएपछि पुनः गाउँ फर्किएर पुरानै धाक रवाफ जमाई गाउलेलाई प्रताडित बनाउने शङ्कालाई कथाले परिस्थितिका रूपमा उठाएको छ । नेपालको माओवादी द्वन्द्वपूर्व, द्वन्द्वकाल र यसपछिको तीनै समयलाई परिवेश बनाएको छ । स्थानका हिसाबले देवदत्तको घर, त्यस वरपरको वातावरण, गाउँको एकराते मेला, सुनकोशीको किनारा, प्रधानको घर, आदि परिवेशका रूपमा आएका छन् । समग्रमा कथाले देवीदत्तको मानसिक स्थितिलाई समेट्दै नेपालको ग्रामीण समाजमा ठूलाबडाले सर्वसाधारणलाई पीडित बनाउने गरेको र अब उनीहरूले गाउँ छाडी भाग्नु परेको स्थितिलाई परिवेश बनाएको छ । यस परिवेशले अब नेपाल शान्ति हँुदै गएको बिम्ब कथामा आएको छ ।
४.१३.४ दृष्टिबिन्दु
मातृका पोखरेलद्वारा रचित देवीदत्तको चिन्ता कथामा कथाकारले आफ्नो विचार पाठकसमक्ष पु¥याउनका लागि देवीदत्त र अन्य पात्रहरूको चयन गरेकाले तृतीय पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा देवीदत्तको मनभित्रको चिन्ताहरूलाई देवीदत्त उसकी श्रीमती र अन्य गाउँलेहरूसँगको संवादबाट उठान गरिएको छ । कथाकारले गाउँमा सामन्तिहरूले दिने दुःख कष्ट पाठकसामु राख्नलाई यहाँ देवीदत्त उपस्थित गराएका छन् । ऊ यस कथाको प्रमुख पात्र हो । यस कथामा पात्रको आन्तरिक जीवनको चिनारी दिँदै तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “के साचै हो र, कि तिमीहरूले ख्याल ख्याल गरेको ? पराजुली बूढा वास्तविकता बुझ्न व्यग्र भए” (देवीदत्तको चिन्ता, पृ. ७१) । “उनको मन फेरि भरङ्ग भएर उड्यो । निको चालले त यिनीहरू आएकै होइनन्,मनभित्रको शङ्काको गाँठो झन कसे उनले”  (पूर्ववत्, पृ. ७०) ।
४.१३.५ भाषाशैली
सामान्यतः पोखरेलका अन्य कथाहरूमा भंैm देवीदत्तको चिन्ता कथाको भाषाशैली पनि सरल, सहज, सुललित र सुबोध नै छ । कथामा सकेसम्म छोटा वाक्यहरूको प्रयोग गरिएको छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत, अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथामा प्रभावकारिता बढाउन कथाकारले विभिन्न स्रोतका शब्दहरूले सन्तुलित प्रयोग गरेका छन्, जसमध्ये केहीलाई यसरी देखाइएको छ ः
तत्सम शब्द तद्भव शव्द आगन्तुक शब्द
१.शङ्का १.धामी १.बजार
२.विश्लेषण २.एकराते बजार २.गिरफ्तार
३.शव ३.किनार ३.पुलिस
       यसरी विभिन्न स्रोतका शब्दहरूको प्रयोगले कथाको भाषाशैलीलाई थप ऊर्जा प्रदान गरेको छ । कथामा रोचक, सम्प्रेषणीय मिठासपूर्ण भाषाशैलीको प्रयोग पाइन्छ ।
४.१३.६ उद्देश्य
प्रस्तुत देवीदत्तको चिन्ता कथामा गाउँमा रहेका नेपालीहरू गाउँकै सामन्ति पुँजीपतिको चङ्गुलबाट नराम्ररी दुःख कष्ट भोगी बाचेका छन्, जुनसुकै तरिकाले पनि उनीहरूलाई त्यस्ता सामन्तको जालझेलबाट छुटकारा दिई स्वतन्त्रताका साथ बाच्ने वातावरण मिलाउनु पर्छ भन्ने उद्देश्य रहेको पाइन्छ । देवीदत्त जस्ता मानिसहरू गाँउका सामन्तहरूको कुकृत्यबाट पीडित भई आफ्नो बालबच्चा अनहकमा गुमाउन पुगेका छन् भन्ने देखाउनु, फेरि छोरीहरू तरुणी अवस्था पुग्दा पहिले झैँ प्रधानहरूको गिद्धे नजर पर्ला कि भन्ने सोचमा पिरोलिनु, गाउँमा माओवादी जनकारवाहीको थोरै मात्रामा भए पनि सकारात्मक प्रभाव देखिनु, अन्त्यमा गाउँमा सबैलाई दुःख दिने मानिस त्यस गाउँमा टिक्न नसक्ने कुरा देखाउँदै शान्ति, सुरक्षा र स्वतन्त्रताका स्वरहरू भावका रूपमा पस्किनु कथाकारको उद्देश्य रहेको देखिन्छ । सामन्ति प्रवृत्तिका मानिसहरूको अन्याय, अत्याचार, घुसखोरी, भ्रष्टचारको धरातल एकदिन चकनाचुर भएर ढल्ने तथा नराम्रो मान्छेको पतन र असल मानिसहरूको उज्यालो भविष्यको सङ्केत कथामा पाइन्छ । कथाले मुलरूपमा निम्नवर्गीय जनताको उत्थान र सीमित पँुजीपति वर्गको पतनलाई उठाएको छ । जुन कथाको उद्देश्यका रूपमा रहेको छ ।
४.१३.७ निष्कर्ष
प्रस्तुत कथा पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको बाह्रौं कथा हो । यो कथा प्रथमपटक नवयुवा (वर्ष १३, पू.१३०, २०६५ भदौ) मा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ६५ देखि पृष्ठ ७२ सम्मको आयतनमा पैंmलिएको छ । कथाले नेपालमा माओवादी द्वन्द्वपूर्वका सामन्तिहरू अब पलाएन भई उनीहरूको शासनको अवसान भएको तथा जनतामा स्वतन्त्रता, सुरक्षा र शान्तिको महसुस भएको कुरालाई उठाएको छ ।
४.१४.१ कालो चस्मा कथाको कथानक
म पात्र बाहिरबाट आफ्नो कार्यालयको कोठामा पसेपछि कुबेरसँगको संवादबाट कथानकको सुरुवात भएको छ । म पात्र र कुबेर दुबैजना एकैपटक ओभरसियरको पदमा नियुक्त भएका हुन्छन् । कार्यालयमा सत्रजनाको दरबन्दी भए पनि हाकिम, एक जना पियन हरिप्रसाद र म पात्र मात्र नियमित काममा हुन्छन् । म पात्रले जागिर गरेदेखि हाकिमको व्यक्तिगत कामहरू पानीको बिल तिर्ने, बिजुलीको बिल दिनेदेखि लिएर बैङ्कमा सेयर किन्नेसम्मका तमाम काम गर्नुपर्छ । हाकिमको व्यक्तिगत काम गर्दागर्दा निजी पियन जस्तो भएको अनुभव गर्ने म पात्र आफ्नो साथी कुबेर जतिसुकै बेला स्वतन्त्र रूपमा घुमफिर गरेको देख्छ । एकदिन आफ्ने सारा वास्तविकता कुबेरलाई बताउँछ । कुबेरले म पात्रलाई युनियनको सदस्य बनाउछ र एउटा कालो चस्मा लगाउन भन्छ । यी कुरा उसको हाकिमले थाहा पाउछ । त्यसपछि हाकिमले उसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँछ । हाकिम अब उसलाई सम्मान गर्ने, आफ्नो व्यक्तिगत काम लगाएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्छ र आगामि दिनमा त्यस्ता कामहरू नलगाउने र आवश्यक परेको बखत जुनसुकै प्रकारको सेवा गर्ने प्रतिबद्धता जाहेर गर्छ। यी सब कुरा हेरिरहेको पियन हरिप्रसाद पनि अब मलाई पनि कालो चस्मा लगाऊँ लगाऊँ लागेको छ  भन्छ, जुन कुरा सुनेर म पात्र यथार्थ हो कि सपना हो भन्ने द्विविधामा पर्छ तर यी सब घटनाहरू यथार्थ र वास्तविक भएसँगै कथानकले पूर्णता पाएको छ । म पात्र कार्यालयमा पुगेसँगै कथाको आदि भाग सुरु हुन्छ । कार्यालयमा हाकिमको व्यत्तिगत सारा कामबाट पीडित सोझो म पात्रको क्रियाकलाप मध्य भागमा छ भने अन्ततः साथी कुबेरको सल्लाहाअनुसार जीवनशैलीमा परिवर्तन पश्चात स्वतन्त्र हुन पुगेसँगै कथानकको अन्त्य भएको छ । यसरी कथा आदि, मध्य र अन्त्यको सरलरेखीय ढाँचामा अघि बढी पूरा भएको देखिन्छ ।
४.१४.२  पात्र र चरित्रचित्रण
प्रस्तुत कालो चस्मा छोटो आयम र थोरै पात्रहरूको प्रयोग भएको कथा हो । यो कथा सोझा साझा इमान्दार व्यक्तिहरू कसरी अर्काको वा ठूलाबडाहरूको व्यक्तिगत कामकाजमा लीन हुन पुग्दछन् भन्ने देखाउँदै त्यसबाट छुटकारा पाउन युनियनको सदस्यता र तडकभडकपूर्ण जीवन बाँच्नु पर्छ भन्ने भाव देखाउन सोहीअनुरूप पात्रहरूको उपस्थिति र क्रियाकलापको चित्रण कथामा गरिएको छ । कथाकाो मूल तथा नायक वा प्रमुख पात्रका रूपमा म पात्र उपस्थित छ । ऊ सोझा साझा इमानदारीका साथ काम गर्ने कर्मचारीवर्गको प्रतिनिधि चरित्र हो । यस्ता मानिसहरू हाकिमबाट कसरीे शोषणमा पर्छन् र जीवन पद्धतिमा अलिकति परिर्वतन गर्दा स्वतन्त्र हुन्छन् भन्ने देखाउन म पात्रको मजबुत उपस्थिति छ । उसको साथी कुबेर उसको दुःख बुझी उसलाई हाकिमको व्यक्तिगत कामकाजबाट बचाउने सहायक चरित्रको रूपमा आएको छ । त्यस्तै कथामा हरिप्रसाद पियनको त्यति धेरै महŒवपूर्ण भूमिका छैन् तसर्थ ऊ यस कथामा गौण पात्रका रूपमा भएको छ भने म पात्रको कार्यालयको हाकिम प्रतिकूल, अस्त पात्रको रूपमा आएको छ । यस कथामा म पात्र हाकिम दुबै आ–आफ्नो विचारमा परिवर्तित भएका छन् तसर्थ गतिशील चरित्र हुन भने कुबेर स्थिर पात्रका रूपमा आएका छन् ।
४.१४.३ परिवेश
प्रस्तुत कालो चस्मा कथा कुनै सरकारी कार्यालयको हाकिमले आपूm मातहतका कर्मचारीलाई कसरी पीडित बनाउँछन् भन्ने परिवेशमा निर्मित भएको छ । स्वच्छ, इमानदार, सोझा कर्मचारीहरू हाकिमको व्यक्तिगत काम काज गर्ने हतियारका रूपमा कसरी परिचालित हुन्छन् तर अलि टाठो बाठो कुनै राजनीतिक दलको छातामा हुर्किएको युनियनको सदस्य भई कालो चस्मा लगाई निडरताका साथ अगाडि बढेमा त्यस्ता पतीत हाकिमहरू डराउनेछन् भन्ने परिवेशमा कथाले पूर्णता पाएको छ । स्थानगत हिसाबले सहरिया परिवेशमा निर्माण भएको छ । म पात्र काम गर्ने कार्यालय, युनियनको कार्यालय, म पात्र तथा हाकिमको कार्यकक्ष, चस्मा पसल तथा उनीहरूको कार्यालय वरपरको परिवेश कथामा आएको छ । समग्रमा नेपालको सहरिया परिवेश, सरकारी कार्यालयको हाकिमको इमानदार, सोझा कर्मचारी माथिको शोषण, त्यस शोषणबाट मुक्तिको उपाय आदि परिवेशका माझमा कथाको सिर्जना भएको छ ।
४.१४.४   दृष्टिबिन्दु
कथाकार मातृका पोखरेलद्वारा रचित कालो चस्मा कथामा म पात्रका माध्यमबाट सम्पूर्ण घटनाहरू अघि बढाइएकाले प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ । म पात्र सरकारी कार्यालयमा जागिरे रहँदाको घटनाक्रमलाई वर्णनात्मक शैलीमा कथाको निर्माण भएको छ । यो घटनाप्रधान कथा हो। म पात्रकै  केन्द्रियतामा कथाले गति लिएको हुँदा कथामा प्रथम पुरुष आन्तरिक दृष्टिबिन्दुको प्रयोग गरिएको छ । “मलाई देख्ने बित्तिकै उसको अनुहारमा आतङ्कका रेखाहरू सलबलाई रहेको पाएको थिएँ मैले” (कालो चस्मा, पृ. ८७) । त्यस्तै “मैले हतार हतार उसको सामान फिर्ता दिएँ” (पूर्ववत्) । “म वास्वमा विपनामै थिएँ” (पूर्ववत्. पृष्ठ, ७९) । यसरी प्रस्तुत कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको स्पष्ट हुन्छ ।
४.१४.५  भाषाशैली
कालो चस्मा कथाको भाषाशैली सरल र सहज छ । लेखकीय प्रवृत्ति अनुसार छोटा र सरल वाक्यको प्रयोग अधिक भएको पाइन्छ । पात्र अनुकूल भाषाशैलीको प्रयोग तथा स्रष्टाले देखेभोगेका घटनालाई पाठकले बुझ्नेगरी सरल भाषाशैलीमा आफ्नो लेखकीय उद्देश्य पूरा हुनेगरी लेख्नुपर्छ भन्ने सैद्धान्तिक तथ्यलाई लेखकले यहाँ आत्मासात् गरेका छन् । कथामा पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज, सुबोध भाषाशैलीको प्रयोग गरिएको छ । साथै कथामा विभिन्न स्रोतका शब्दहरूको समुचित प्रयोग पाइन्छ जसलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.प्राङ्गण १.बल्ड्याङ्ग्रो १.आइ.एम.भेरी सरी
२.दृश्य २.थचक्क २.ओटी, टेलिफोन
३.कार्यकक्ष ३.मुसुक्क ३.ट्रिक,ओभरसियर
४.आतङ्कित ४.खाडल ४.फिस,लाइन
           यसरी विभिन्न स्रोतका विविध शब्दहरूको उचित प्रयोगले कथाले थप ऊर्जा प्राप्त गरेको छ । साथै कथाको शीर्षक कालो चस्मा प्रतिकात्मक रहेको छ ।
४.१४.६ उद्देश्य
कालो चस्मा कथामा सरकारी कार्यालयमा हुने भ्रष्ट प्रवृत्तिको भण्डाफोर गर्ने र आफ्नो हकहितका लागि युनियन खोली स्वतन्त्र रूपमा बाँच्नु पर्ने सन्देश उद्देश्य रहेको देखिन्छ । हाकिमहरूले आपूm मातहतका सोझा, इमान्दार मानिसलाई आफ्नो व्यक्तिगत काममा गलत रूपमा प्रयोग गर्छन, सरकारी कार्यालयमा दरबन्दी अनुसार कर्मचारी कार्यालयमा हाजिर नहुने, हाकिमहरू कर्मचारी युनियन र त्यसका सदस्यप्रति कस्तो झुकाव राख्छन्, मानिसहरू कसरी बाध्य भई युनियनको पछि लाग्छन्, धाक, रवाफ, र आडम्बरी जीवन र सादा जीवनमा के कत्तिको फरक छ आदि कुराको रहस्य उद्घाटन गर्नु कथाकारको उद्देश्य रहेको देखिन्छ । साथै हाम्रो देशका कार्यालयहरूको वास्तविकता, हाकिमहरूको बफादारिता, कार्यालयमा कर्मचारीको उपस्थिति अवधि आदिको यथार्थ चित्र उतार्दैै प्रस्तुत कथाले ती सबैमा सुधारको अपेक्षा राखेको पाइन्छ । चिटिच्याट्ट पर्ने, तडकभडकपूर्ण हाउभाउ प्रस्तुत गर्ने आफ्नो अधिकार प्राप्तिका लागि बोल्नसक्ने सक्षम मानिसहरूको खाँचो रहेको बताउँदै अब सबै सचेत भई आपूmप्रति सबैखाले शोषणको अन्त्य गरिनु पर्ने उद्देश्य कथाकारको रहेको देखिन्छ ।
४.१४.७  निष्कर्ष
कथाकार मातृका पोखरेलको घामझुल्किनु अघि (२०६७) कथासङ्ग्रहको तेह्रांै कथाका रूपमा प्रस्तुत कालो चस्मा कथा रहेको छ । यो कथा प्रथमपटक मधुपर्क (वर्ष ४१, अङ्क ९, पूर्णाङ्क४७६, २०६५ माघ) मासिक पत्रिकामा प्रकाशित भएको थियो । यो कथा पृष्ठ ७३ देखि पृष्ठ ७९ सम्मको आयतनमा पैmलिएको छ । कथाले सरकारी कार्यालय त्यहाँका हाकिम र अन्य कर्मचारीको दिनचर्यालाई देखाई त्यसमा सुधार हुनु पर्ने सन्देश दिएको छ ।
४.१५.१. भत्किएको घरनेर कथाको कथानक
म पात्रको पार्टीगत जीवनको चर्चासँगै यस कथाको कथानकको प्रारम्भ भएको छ । म पात्र निस्वार्थ भावले पार्टीका काममा लाग्ने सच्चा कार्यकर्ता थिए । उनले पद र पैसाको कहिल्यै लोभ गरेनन्। जसका कारण उनका आफन्त र चिनजानका मानिसहरू उनीबाट टाढा हँुदै गए । उनी लगायत पार्टीका केही कमरेडहरूले आफ्नो सम्पत्ति पार्टीकरण गरे । म पात्र आपैmले पनि र  उसका बुबाले पनि उसलाई निस्वार्थी नेताहरूले आफ्नो सम्पत्ति पार्टीकरण गरेको सुनाउनु भएको छ । ऊ लामो समयदेखि मजदुर सङ्गठनको अध्यक्षका रूपमा काम गरिरहेको छ । अब आपूm उक्त पद छाडी असल व्यक्तिलाई त्यस ठाउँमा ल्याउन चाहन्छ । पार्टीको सिद्धान्त र व्यवहारमा फरक भएकाले कतिपय सदस्यहरूको जीवन खण्डहर भएको छ अनि कति विदेशतिर  गएका छन् । पार्टीका अवसरवादी नीच र ढोङ्गी प्रवृत्तिका मानिसहरू सासद्, मन्त्री भई मोजमस्ती गरेका छन् । म पात्रले सम्पत्ति पार्टीकरण गर्दा उसका केही साथीहरूले नराम्रो मानेका, उसको ठाउँमा भ्रष्ट, अवसरवादी धनी क. शक्ति चयन भई आउनु, अन्ततः उसको मनमा पार्टीगत जीवनप्रति वितृष्णा पलाएको छ । कमरेड रमणसँग वाक्युद्ध हुँदा पैसावाला भएकै कारण क. शक्ति त्यस पदमा आएको खुलासा हुनु, म पात्र रिसले भाउन्न हुनु, अतीतलाई चिहाएर हेर्दा पार्टीका त्यस्ता मानिसहरू जो सर्वहारावर्गको झण्डा बोकेर व्यापार गर्न तल्लीन भए ती सफल भएको पाउनु, आपूmलाई मूल्याङ्कन गर्दा सबै थोक गुमाई असन्तुष्ट मानसिकताका साथ बागबजारको भत्किएको घर नजिक पाउनु यससँगै कथानकको अन्त्य भएको छ । प्रस्तुत कथामा म पात्र निस्वार्थ भावले जनताको सेवामा लाग्नु आदि भागका रूपमा आएको छ,  त्यसैगरी उसले आफ्ना सारा सम्पत्ति पार्टीकरण गर्नु, आफ्ना ठाउँमा राम्रो मानिस ल्याउन चाहनु तथा कम्युनिष्ट सिद्धान्तको पूर्णतः पालन गर्नु कथाको मध्य भाग हो । अन्ततः निस्वार्थी, असल मानिसका ठाउँमा अवसरवादी, धनाढ्य मानिसलाई पार्टीको माथिल्ला नेताले चयन गरेपछि म पात्र पूर्ण रूपमा पार्टीप्रति असन्तुष्ट हुनु कथाको अन्त्य भाग हो । यसरी  कथा आदि, मध्य र अन्त्यको शृङ्खलामा संरचित छ । घटनाहरू पूर्वापर शृङ्खलामा उनिएर आएको हँुदा सरलरेखीय कथानक ढाचाँमा कथाले पूर्णता पाएको छ ।
४.१५.२  पात्र र चरित्रचित्रण
प्रस्तुत भत्किएको घरनेर छोटो आयामको र थोरै पात्रको प्रयोग भएको कथा हो । कथाको प्रमुख तथा सत् पात्रका रूपमा म पात्रको उपस्थिति छ । नेपालको कम्युनिष्ट पार्टीभित्र भएका सत् असत् पात्रहरू, उनीको व्यवहार आदिको चित्रणमा कथा अघि बढेको छ । म पात्र सच्चा, इमानदार र परोपकारी पात्रका रूपमा कथामा उपस्थित छ । उसले पार्टीको सिद्धान्त अनुसार बफादारीका आफ्नो अंशमा आएका सारा सम्पत्ति पनि पार्टीकरण गरेको छ । तसर्थ ऊ यस कथाको सत्, अनुकूल र प्रमुख पुरुष पात्र हो । साथै मुख्य पात्र भएकाले बद्ध तथा मञ्चीय पात्र पनि हो भने कमरेड रमण, क.शक्ति, आदि पैसाको भरमा पार्टीको नेतृत्वमा पुगेका छन् तसर्थ उनीहरू असत् वा प्रतिकूल चरित्रका रूपमा उपस्थित छन् । कथामा म पात्रका बुबा, श्रीमतीले म पात्रलाई सक्दो सम्झाएका छन् र उचित मार्गदशन गर्न चाहेकोले सहायक पात्रका रूपमा आएका छन् । यसै गरी म पात्रका छोरीहरू, अन्य कमरेडहरूको कथामा खासै भूमिका नभएकाले गौण पात्रका रूपमा देखा पर्छन् ।
४.१५.३  परिवेश
प्रस्तुत भत्किएको घरनेर नेपालको कम्युनिष्ट पार्टीहरू भित्रको राजनीतिक सिद्धान्त र व्यवहारको बीचमा अल्झिएका वा अलमल्ल भएका आम कार्यकर्ता नेतृत्वहरूको बिषम चारित्रिक पक्षहरूलाई अभिव्यक्ति गर्ने परिवेशमा निर्माण भएको छ । हात्तीको देखाउने र चपाउने दाँत फरक भएभैmँ सर्वहारावर्गको नारा लगाउने तर पार्टीभित्र पुँजीपतिको बोेलबाला रहेको परिवेशमा तयार पारिएको यस कथामा पार्टीका असल मानिसहरू सन्तुष्ट हुन नसकेको स्थितिको चित्रण छ । स्थानगत हिसाबले सहरिया परिवेशको चित्रण भएको यस कथामा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ, पार्टी कार्यालय, त्यहाँको बैठक, मिटिङ्ग, कार्यक्रम सभाका साथै रेष्टुरेन्ट रत्नपार्क, बागबजार नजिक रहेको भत्किएको घर आदि यहाँ परिवेशका रूपमा आएका छन् । समग्रमा नेपालका कम्युनिष्ट पार्टीभित्रका यावत् विषयवस्तुलाई कथाले परिवेश बनाएको छ । यही परिस्थिति कायम रहने हो भने कम्युनिष्ट पार्टी नाममात्रको बेकम्मा हुने भाव प्रस्तुत कथाको परिवेशबाट स्पष्ट हुन्छ ।
४.१५.४  दृष्टिबिन्दु
प्रस्तुत भत्किएको घरनेर कथामा कथाको भोक्ताका रूपमा म पात्रको उपस्थिति छ । म पात्रकै वरपर कथा घुमको छ । कथाकारको विचार पाठकसामु राख्नका लागि म पात्र आएकोले प्रस्तुत कथामा प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । लेखक आपैmले पार्टीगत जीवनका दौडानमा देखेका कुराहरू म पात्रको माध्यमबाट उल्लेख गरिएको छ । इमानदार, कर्मठ, निस्वार्थी र पार्टीप्रति समर्पित व्यक्तिहरू  महŒवपूर्ण ठाउँमा पुग्न नसकेको भ्रष्ट, चरित्रहीन व्यक्तिहरूमात्र त्यस्ता  मŒवपूर्ण पदमा पुगेको कुराको प्रत्यक्ष भोक्ताका रूपमा कथामा म पात्र आएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा म पात्रले भोगेका कुराहरूबाट कथाले पूर्णता पाएको छ । कथामा प्रयोग भएका “मेरो निर्णय फिर्ता गराउन उनले निकै कोसिस गरिरहेका थिए” (भत्किएको घरनेर, पृ. ८२) । “अब हाम्रो पार्टीमा नेतृत्वको मापन पैसा हुने भयो हैन त ! म उनीहरूसगँ अरु छलफल गर्न चाहन्थेँ”      (पूर्ववत्, पृ. ८६) । आदि कुराहरूबाट पनि प्रथम पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ भन्ने कुरा स्पष्ट 
हुन्छ ।
४.१५.५  भाषाशैली
प्रस्तुत भत्किएको घरनेर कथामा पात्र अनुकूल भाषाको प्रयोग भएको छ । कथामा क्लिष्ट, दुरुह र दुर्बोध्य भाषाशैलीको साटो सरल, सहज तथा मिठासपूर्ण भाषाशैलीको प्रयोग भएको छ । कथामा छोटा सरल वाक्यको बाहुल्यता छ । कथामा घटनाको विस्तार, पात्रको मनोगत अवस्थाको चित्रण, संवादको प्रस्तुतिमा सरल, सहज तथा रुचिकर भाषाशैलीको प्रयोग गरिएको छ । कथालाई बोधगम्य र सहज बनाउन विभिन्न स्रोतका चलनचल्तीका शब्दहरूको समुचित प्रयोग पाइन्छ । केही तत्सम, तद्भव र आगन्तुक शब्दलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१.उषा १.चुर्लुम्म १.मिटिङ्ग,पार्टी
२.कष्ट २.खुसुक्क २.म.म.,कमरेड
३.गोष्ठी ३.हडबढाउनु ३.अडर,जिएम
४.पैतृक ४.बारम्बार ४.प्लेट,रेष्टुरेन्ट
यसरी विभिन्न स्रोतका शब्दहरूको सन्तुलित प्रयोग कथामा पाइन्छ । जसले कथाको सम्प्रषणीयता सरस बनाएको छ ।
४.१५.६  उद्देश्य
भत्किएको घरनेर कथा स्रष्टाले के विषयमा लेख्नेभन्दा पनि कसका लागि कुन उद्देश्यले लेख्ने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ भन्ने मान्यता राख्ने कथाकार मातृका पोखरेलको जीवनमुखी साहित्यकै दृष्टान्त हो । आजका सर्वहारावर्गका पार्टी भन्ने आपूmलाई समाज परिवर्तनको बहाक मान्नेहरूको व्यवहार र सिद्धान्तलाई उदाङ्गो पार्ने उद्देश्य कथाको रहेको पाइन्छ । कथामा म पात्र जस्ता आफ्नो सारा सम्पत्ति पार्टीकरण गरी समर्पित भावले राजनीतिमा लाग्नेहरू आफ्नै खुट्टामा बन्चरो हानिरहेका छन् आफ्नै सम्पत्ति सकिरहेका छन् भन्ने अभीष्ट यहाँ देखिन्छ । कम्युनिष्ट पार्टीको कटिबद्ध नियम र अनुशासन पालन गर्ने भन्ने, व्यक्तिगत सम्पत्तिको विरोध गर्नेहरू आपैm सम्पत्ति थुपार्ने र अनुसाशन तोड्न उद्यत छन् भन्ने देखाउनु कथाको सन्देश रहेको छ । असल सद्विचार र सद्भावना भएकाहरू पार्टीको तहमा पुग्न नसक्ने, तर धन सम्पत्तिवालाहरू खोजेर पार्टीको नेतृत्व सुम्पने, सही रूपले पार्टी सिद्धान्तलाई पछ्याउनेहरू पार्टीगत जीवनबाट पाखा लागि बैदेशिक रोजगार तथा अन्य काम गर्न विवश भएमा यथार्थ घटनाहरू प्रस्तुत दिनु यस कथाको उद्देश्य रहेको छ । साथै साङ्केतिक रूपमा यी र यस्ता नेतृत्ववर्ग र पार्टीलाई समयमै पहिचान गरी तिनीहरूको उछित्तो काढ्नु पर्ने कुरा प्रस्तुत कथामा उठाइएको छ । भ्रष्ट र अवसरवादीहरूको पछि लाग्दा आफ्नैघर बिग्री अन्ततः एक्लो भइने हँुदा समयमै सोचविचार गर्नु पर्ने सन्देश यस कथाले दिन्छ । भ्रष्ट व्यक्तिहरू लागेको पार्टीलाई सिद्धान्तका आधारमा अन्धसमर्थक भई साथ दिँदा आफ्नो जीवन बर्बाद हुने भएकाले राम्रोसँग विचार गरी अघि बढ्नु पर्ने भाव कथाले उठाएको छ ।
४.१५.७  निष्कर्ष
कथाकार मातृका पोखरेलको घाम झुल्किनु अघि कथासङ्ग्रहको चौधांै कथाका रूपमा प्रस्तुत कथा रहेको छ । यो कथा प्रथम पटक मूल्याङ्कन मासिक (वर्ष २७ पूर्णाङ्क १७५, २०६६ असोज) मा प्रकाशित भएको थियो । प्रस्तुत कथा पृ.८० देखि पृ.८७ सम्मको आयतनमा पैmलिएको छ । कथाले सर्वहारावर्गको पार्टी भन्ने पार्टीभित्र असल नियतका कार्यकर्ताले भोगेका दुःख र भ्रष्टहरूको बोलबालालाई पाठक समक्ष राखेको छ ।
४.१६.१ खाडल कथाको कथानक
म पात्र सहपाठी रामप्रसाद आचार्य र उनकी श्रीमती शान्ताको सहरिया स्वार्थी प्रवृत्तिको चित्रण सँगै कथानकको सुरुवात भएको छ । रामप्रसाद सानैदेखि स्वार्थी प्रवृत्तिको भएको कुरा म पात्रले बताउँछ । आफ्नो दुःखलाई हटाउन मात्र अरुको सहयोग लिने रामप्रसाद सुख पर्दा भूमिगत हुन्छ । रामप्रसाद पं. भोलाप्रसादको एक्लो छोरो हो । विद्यालयको अध्ययन सकी उच्च शिक्षाको लागि काठमाडौँ आउँछ । म पात्र भने गाउँकै विद्यालयमा पढाउन थाल्दछन् । म पात्रले कामको सिलसिलामा रामप्रसादलाई पुतलीसडकमा भेट्छ, ऊ म पात्रसँग राम्ररी बोल्दैन, गाउँ नगएको धेरै भए पनि गाउँको हालखबरको पनि वास्ता गर्दैन । उसले भर्खर लोकसेवा आयोगबाट अधिकृतमा नाम निकाली सरकारी  जागिरे जीवन बिताउन थालेको छ । गाउँको रामप्रसाद र सहरिया रामप्रसादमा फरकपन देखिन्छ । उसकै बाबु सहर आई उसलाई भेट्न खोज्दा समेत राम्रो व्यवहार गर्दैन, धर्मशालातिर राखी केही दिनपछि गाउँ फर्काउछ । केही समयछि गाउँमा उसको बुबा साह्रै बिरामी पर्छन् । सारा गाउँलेहरू मिलीजुली उचित स्याहार सुसार गर्छन तर पनि सन्चो हँुदैन बरु झन रोगले च्याप्दै जान्छ । कसैले छोरा बुहारीलाई खबर पठाउँछन् छोरीहरू पहिले नै आइसकेका हुन्छन् । छोराबुहारी पनि आउँछन् । केही दिन बुबालाई माया गरेको स्वाङ् रच्छन् । बूढासँग गाढधन छ रे भन्ने उनीहरूले सुनेका हुन्छन् । बिरामी बाबुसँग बारम्बार त्यसबारे सोध्छन् । बूढाले केही भन्दैनन् । अन्ततः रातभर श्रीमान, श्रीमती मिली घर, आँगन, तुलसाको मठ आदि खन्छन् । सबैतिर खाडल बनाउँछन् । बूढाको बिरामी कम हुँदा निराश देखिन्छन् । घरको राम्रा राम्रा सामानहरू भरियालाई बोकाएर एक दिन बिहानै सहरतिर 
लाग्छन् । बिरामी बाबु, गाउँलेहरू र आफ्नै दिदीहरूको समेत केही वास्ता गर्दैनन् । विवाहित छोरीहरू निःस्वार्थ भावले बूढाको सेवामा लाग्छन् । गाउँलेहरूले पनि त्यसैगरी साथ दिन्छन् । कथाको  अन्त्यमा सबै गाउँलेहरू र बूढाका छोरीहरू मिली खाडल पुर्छन् । यससँगै कथाको कथानकले पूर्णता पाएको 
छ । यसरी समग्रमा नियाल्दा प्रस्तुत खाडल कथाको कथानक म पात्रको साथी रामप्रसादको नीच बानीको बर्णनबाट सुरु भई उसको सहरीया जीवनको बर्णन तथा गाउँमा बुबा बिरामी हुनु कथाको मध्य भाग हो र ऊ गाडधनको आशमा आई घरका राम्रा सामान बोकाई जताततै खाडल खनी सहर फर्किनु  कथाको अन्त्य भाग हो । यसरी यो कथा सरलरेखीय ढाँचामा आदि, मध्य, र अन्त्यको पूर्वापर सम्बन्धमा संरचित देखिन्छ । 
४.१६.२  पात्र र चरित्रचित्रण 
प्रस्तुत खाडल कथा छोटो आयाम र कम पात्रको प्रयोग गरी लेखिएको छ । कथाका सारा घटनाहरूमा प्रत्यक्ष भोक्ताका रूपमा म पात्रको उपस्थिति छ । उसकै माध्यमबाट अन्य पात्रको सत् र असत् क्रियाकलापहरूको संयोजनमा कथाले पूर्णता पाएको छ । तापनि कथाको मूल पात्रचाहिँ रामप्रसाद हो । उसले यस कथामा गाउँ छोडी सहर पढ्न गएका, धनसम्पत्तिको लोभ, लालचमा परेका, राम्रा जागिर हुँदाहुँदै पनि आफ्ना साथी भाइ आफन्तसँग राम्रो व्यवहार गर्न नसक्ने, स्वार्थी मानिसको प्रतिनिधित्व गरेका छन् । तसर्थ रामप्रसाद यस कथाको प्रमुख खलपात्रका रूपमा उपस्थित छ । ऊ गतिशील चरित्रको छ, समय र परिस्थितिअनुरूप उसको व्यवहारमा परिर्वतन आएको छ । साथै उसकी श्रीमती खलनायिकाको रूपमा आएकी छे । उसले आफ्नो श्रीमान्का हरेक नराम्रा काममा साथ दिएकी छे । त्यस्तै म पात्र प्रस्तुत कथामा सत् वा अनुकूल पात्रका रूपमा आएको छ । उसले आपूmले पढेअनुसारको साना तिना काम आफ्नै ठाउँमा गरेको छ । गाउँलेहरूलाई आवश्यक पर्दा उचित सहयोग गरेको छ । साथै रामप्रसादकी दिदीहरू, उसको बिरामी बाबु यस कथामा सोझा, निमुखा वर्गको प्रतिनिधि पात्रका रूपमा आएका छन् भने गाउँघरतिर पाइने गाउँभरि खबर सुनाउदै हिँड्ने काम यस कथाकी मास्टर्नी भाउजूले गरेकी छिन् । अन्त्यमा रामप्रसाद प्रमुख खलनायक, उसकी श्रीमती सहखलनायिका, म पात्र नायक, रामप्रसादका दिदीहरू, गाउँलेहरू सहायक पात्रका रूपमा आएका छन् । खासै भूमिका नभएको देवकी दिदी, मगर परिवार यस कथामा गौण पात्रका रूपमा आएका छन् ।
४.१६.३  परिवेश
प्रस्तुत खाडल कथा नेपालको ग्रामीण भेगबाट सहरिया भेगतिर विद्या र पैसा कमाउन जाने तमाम मानिसहरूलाई लक्षित गर्दै दुबै परिवेशको उचित संयोजन गरिएको कथा हो । गाउँबाट सहर पसेर पैसालाई सबैभन्दा ठूलो कुरा मान्ने, आफ्ना बाबु आफन्त तथा गाउँले दाजुभाइहरूलाई वास्ता नगर्ने, इज्जत प्रतिष्ठालाई खालि पैसासँग दाज्ने, मानिसको नाङ्गो चित्र उतार्दै पैसाका लागि मानिस कतिसम्म नीच, अधम, पशुवत् व्यवहार गर्न सक्दछन् भन्ने परिवेशमा यो कथा निर्मित छ । स्थानगत हिसाबले प्रस्तुत कथामा र गाउँले र सहरिया दुबै परिवेशको चित्रण छ । गाउँमा पं. भोलाप्रसादको घर, आँगन, गाउँ र त्यस वरपरको ठाउँको चित्रण पनि पाइन्छ । साथै पुतलीसडक, पुरानो बसपार्क, बागबजारको लज, बानेश्वर आदि सहरका ठाउँहरू पनि प्रस्तुत कथामा परिवेशका रूपमा आएका 
छन् । यसरी आजको मानवमा मानवता, भ्रातृत्व, पितृत्व हराउदै गएको र धनको लोभ लालसा मौलाउँदै गएको कुरालाई परिवेशका रूपमा चित्रण गर्दै यस्ता व्यवहारले आपूm र आफ्ना आफन्तलाई दुरगामी प्रभाव पार्ने कुरालाई कथाले उठाएको छ ।
४.१६.४  दृष्टिबिन्दु
प्रस्तुत खाडल कथामा मातृका पोखरेल आफ्ना भाव र विचारहरू पाठकसमक्ष राख्नका लागि म पात्रको चयन गरेका छन् । म पात्रको माध्यमबाट अन्य पात्र तथा चरित्रहरूको रहस्य उद्घाटन गरिएको छ । प्रथम पुरुष दृष्टिबिन्दुको वर्णनात्मक शैलीमा रामप्रसाद र उसकी श्रीमतीको स्वार्थी प्रवृत्तिका कुराहरूबाट कथाको उठान गरिएको छ । म पात्रमा मात्र घटना तथा कथावस्तु सीमित नभएको हुनाले यस कथामा प्रथम पुरुष परिधीय दृष्टिबिन्दुको प्रयोग पाइन्छ । यसका केही उदाहरणहरू “मलाई देख्ने बितिकै ऊ एकाएक अकमकियो” (खाडल पृ.८९) । “हामीलाई पनि अब सजिलै भयो । मैले पनि उनीसँग सन्तुष्टि प्रकट गरेँ” (पूर्ववत्, पृ.९२) । यसरी प्रस्तुत खाडल कथामा धनसम्पत्तिको लागि जेसुकै गर्ने, जोसुकै होस् वास्ता नगर्ने, धनको अन्धताले छोपिएका आजका पिंढीका यथार्थ दिनचर्या प्रस्तुत गर्न म पात्र उपस्थित भएको छ, सोही आधारमा प्रथम पुरुष दृष्टिबिन्दुको सफल प्रयोग झल्किन्छ ।  

४.१६.५   भाषाशैली 
सामान्यतः कथाकार मातृका पोखरेलको अन्य कथाहरूमा भैmँ यस खाडल कथामा पनि सरल, सहज भाषाशैलीको प्रयोग गरिएको छ । कथामा धेरै निपात र उखान टुक्काको प्रयोग पाइँदैन । सकेसम्म छोटा र सरल वाक्यहरूको प्रयोगले कथाको शैलीलाई आकर्षक बनाएको छ । कथा ग्रामीण र सहरिया दुबै परिवेशमा संरचित रहेकोले भाषाशैलीमा पनि सन्तुलन पाइन्छ । सहरिया परिवेशमा चल्तीका शब्दहरू लज, अफिस, टेलिफोन, जस्ता शब्दहरूको प्रयोग पाइन्छ भने गाउँतिर बोलीचालीमा रहेका ठेट नेपली शब्दहरू पण्डित, पाखापखेरा, खिसिटिउरी आदिको उचित प्रयोग कथामा भेटिन्छ । कथामा विभिन्न स्रोतका शब्दहरूको प्रयोग भएको पाइन्छ, जसमध्ये केहीलाई यसरी देखाउन सकिन्छ ः
तत्सम शब्द तद्भव शब्द आगन्तुक शब्द
१. पण्डित १ दलान १. होटल, बी.ए.
२. नरोत्तम २ गुन्द्री २. लज, टेलिफोन
३. क्रमशः ३. मुठो ३. बसपार्क, डिग्री
४. आश्रय ४. गाडधन ४. चम्चा
यसरी तत्सम, तद्भव, र आगन्तुक शब्दहरूको पात्र अनुकूल घटना तथा कथावस्तुको विस्तार अनि संवादको प्रस्तुति अनुसार तालमेल गरी प्रयोग गरिएकोले प्रस्तुत कथाको भाषाशैली मिठासपूर्ण, रोचक, रुचिकर, रहेको पाइन्छ । कथाको शीर्षक खाडल ले धनका पछि लाग्नेहरू खाडलमा पर्ने प्रतिकात्मक भाव प्रकट गरेको छ ।्
४.१६.६  उद्देश्य
प्रस्तुत खाडल कथाले आजको मानवता हराएका र धन सम्पत्तिलाई सर्वस्व सम्झी यसको मोहजालमा नराम्ररी फसेका मानिसहरूको चरित्रलाई नङ्ग्याउने उद्देश्य राखेको पाइन्छ । मानिस सम्पत्तिका लागि कति सम्म नीच, अधम, हुन्छ, आफ्नो मानवता कुन हदसम्म गिराउँछ भन्ने दृष्टान्त पस्किनु र आम पाठकलाई यसतर्पm नलाग्नु वा सचेत गराउनु यस कथाको सन्देश रहेको बुझिन्छ । रामप्रसादले आफ्नै बाबुको बिरामी अवस्था हुँदा समेत गाडधनको पछि लाग्नुले कथामा मानवका रूप नभएका अमानवीय प्रवृत्तिले झकिझकाउ नेपालीहरूको चरित्र पर्दाफास गरेको छ । बरु गाउँ समाजका मानिसहरू तथा अर्काका घर गएका चेलीहरूमा आफ्नाहरूप्रति अपनत्व र कर्तव्यबोध भएको कुरा कथाले उठाएको छ । त्यसैगरी पद र पैसाको लोभले मान्छे आफ्नो आफन्त, गाउँलेहरूबाट कसरी टाढा हुन्छ भन्ने कुरा देखाउनु पनि कथाको उद्देश्य रहेको बुझिन्छ । यस कथामा आएको रामप्रसाद र उसकी श्रीमती बुबाको उपचार र स्वास्थ्य लाभको देखापटी ढोङ रची निको हुनुको कामनाको साटो धन सम्पत्तिको लालसा बढिरहेको देखिन्छ । छोरा भेट्न सहर आएका बाबुलाई आफ्नो डेरा समेत नलाने, धर्मशालामा राख्ने, दुष्ट पात्रको चित्रण गर्नु, मानवता हराएको मानवताको खोजी गर्नुका साथै नेपालीमा प्रचलित बाह्र छोरा तेह्र नाति बूढाको धोक्र्रो काँधै माथि भन्ने उखानलाई पाठकसमक्ष राखी यसमा सुधारको अपेक्षा राख्नु कथाकारको मूल उद्देश्य रहेको बुझिन्छ । अन्त्यमा धनसम्पत्ति, लोभ, लालच, स्वार्थ आदि भन्दा माथि उठेर बन्धुत्व, भाइचारा र सामाजिक आचार विचारको निर्माण गर्नु पर्ने सन्देश यस कथाले दिएको छ ।
४.१६.७  निष्कर्ष
कथाकार मातृका पोखरेलको खाडल कथा घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको पन्ध्रांै अर्थात् अन्तिम कथा हो । यो कथा प्रथमपटक शब्दयात्रा त्रैमासिक (वर्ष,१, अङ्क,१, २०६६, फागुन) मा प्रकाशित भएको थियो । यो कथा पृ.८८ देखि पृ.९६ सम्मको आयतनमा पैmलिएको छ । कथाले मानवता हराएका पैसाको पछाडि दगुर्नेहरूको नीच र अधम व्यवहारलाई प्रदर्शन गर्दै मानवताको कल्याणमा लागी आफ्नो जीवन खाडलमा पर्नबाट बचाउनु पर्ने कुरा यहाँ प्रकट भएको पाइन्छ ।

परिच्छेद पाँच – उपसंहार
५.१ उपसंहार
      प्राकृतिक सौन्दर्यको धनी उदयपुर जिल्लला अन्तर्गत ठानागाउँ गा.वि.स. को थामखर्क ४ मा आमा सीतादेवी र बाबु नन्दलाल पोखरेलको जेठो सन्तानको रूपमा वि.स.२०२३ साल असार ९ गते जन्मिएका कथाकार मातृका पोखरेलको बाल्यकाल उतै बितेको देखिन्छ । पोखरेलले आफ्नै गाउँको स्थानीय विद्यालयबाट शिक्षाराम्भ गरी विभिन्न ठाउँमा जाँदा पनि अध्ययनलाई निरन्तरता दिई त्रि. वि. बाट नेपाली विषयमा बी.एड. र एम.ए सम्मको औपचारिक अध्ययन गरेका छन् । विद्यार्थी जीवनदेखि साहित्यतर्फ आकर्षित भई रचना र वाचन गर्न थालेका पोखरेल आफ्ना बुबाको संस्कृत साहित्यको विद्वता र साहित्यप्रतिको रुचि तथा मामा मोहिनी अधिकारीको संस्कृत साहित्यबाट पनि यस क्षेत्रमा पाइला चाल्न प्रशस्त टेवा पुगेको देखिन्छ । पछिल्ला चरणमा कविता विधामा स्थापित भइसकेपछि कथा क्षेत्रमा आउनका लागि मित्रलाल पंज्ञानी र हरि गोविन्द लुइटेलको सुझावले बल मिलेको देखिन्छ । अन्ततः पोखरेल नेपाली युवाहरूले प्रस्तुत गरेका त्याग, बलिदान, र शौर्यका घटनाहरूबाट प्रेरणा ग्रहण गर्दै साहित्य क्षेत्रमा आकर्षित भएको देखिन्छ । हालसम्म उनले तीनओटा कवितासङ्ग्रह र दुईओटा कथासङ्ग्रह प्रकाशित भइ सकेको छ । 
       मूल रूपमा कविता बोकेर साहित्य क्षेत्रमा देखा परेका मातृका पोखरेल अहिले सशक्त, जीवनमुखी र मानवीय संवेदना भरिएका ए.नेकपा माओवादी द्वन्द्वका समयका यथार्थ घटनाहरूले सुसज्जित भएको घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रह बोकेर आएका छन् । पन्ध्रओटा सशक्त, सरल र संवेदनशील कथा बोकेर अस्तिŒवमा आएको प्रस्तुत सङ्ग्रहका कथाहरू पढ्दा यो कृति संवेदनाहीन जमातका रूपमा हेरिने माओवादी छापामार र शाही नेपाली सेनावर्गका क्रुर व्यवहार, समाजका सभ्रान्त वा सामान्तवर्गको शोषण, धनको लोभमा सत्ताको लालसामा लिप्त वर्गको यथार्थङ्कन तथा समाजका विविध समस्याहरूको आलोचनात्मक यथार्थ बोकेका र सुधारको सन्देशका भाव पाठकसमक्ष राख्ने शान्ति, समानता, भातृत्व सदाचारको नैतिक शिक्षा आदि सिकाउने संवाहक बनेको छ । घामझुल्किनु अघि भन्नाले अन्धकारमय वातावरण, रातको समय आदि भन्ने बुझिन्छ । द्वन्द्वको समयमा सर्वसाधारणहरू रातकै समयमा बन्दी बनी सूर्य उदाउनु पूर्व नै आफ्नो जीवनबाट हात धुन पुग्दथे भन्ने भाव कथाले देखाएको छ । मानवीय जीवनको सङ्कटापन्न अवस्थाको दयनीय र कारुणिक चित्रण बोकेको प्रस्तुत कथाबाट नै यस सङ्ग्रहको नाम राखिएको छ । आफ्नो कर्मलाई भविष्य सम्झने पोखरेल २०४६ सालदेखि नेपाल विद्युत प्राधिकरण काठमाडौँमा वरिष्ठ सहायक पदमा हालसम्म कार्यरत छन् । साथै कम्युनिष्ट विचार धाराका उनी राजनैतिक रूपमा पनि सक्रिय नै छन् । तसर्थ जीवनका उकाली ओराली गर्दा आपूmले देखे भोगेका तीता मीठा अनुभवलाई सङ्गालेर कथात्मक आवरणमा समाजका रोग र भोग उनले आफ्ना कथामा समेटेका छन् । उनी नेपालका जुनजुन ठाउँमा पुग्छन् त्यहाँ आपूmले देखेका नरसंहारकर्मी परिवेश, दमनकारी सामाजिक परिवेश, समाजका कुरीति र यसबाट पीडितहरूको व्यथा वेदना, कथित जनयुद्धको दैरानका विभत्स दृश्यहरूलाई टिपेर पोखरेलले कथाका आधार  बिन्दु बनाएका छन् । उनले राष्ट्रमा भएका घुसखोरी, मानवीय द्वेष, मान्छेमा विकसित भएका अन्यायपूर्ण र भ्रष्ट भावना, स्वार्थी मनोवृत्ति, राष्ट्रप्रति घट्दै गएको सादाशय सौन्दर्य, प्राकृतिक भूबनोट र राष्ट्रप्रेमजस्ता विविध भावना आफ्ना कथामा मुखारित गरेका छन् । नेपाली समाजका विविध आयाममा देखिएका समस्याहरूको चित्रण गर्दै सिर्जित पोखरेलका साहित्यहरू सङ्ख्यात्मक पक्षलाई भन्दा  गुणात्मक एवं वैचारिक पक्षलाई महŒव दिएर लेखिएको पाइन्छन् । यसरी कथाकार मातृका पोखरेलका ‘घाम झुल्किनु अघि’ कथासङ्ग्रहको कृतिपरक अध्ययन  विषयक शोधपत्र तयार गर्ने क्रममा यो कथासङ्ग्रह छनोट गरिएको हो । 
       यस शोधपत्रको पहिलो परिच्छेदमा शोध परिचय खण्ड र दोस्रो परिच्छेदमा कथाकार मातृका पोखरेलको जीवनी र कथा लेखनबीचको सम्बन्ध समेटिएको छ । यसै परिच्छेदमा मातृका पोखरेलको जन्म र जन्म स्थान, बाल्यकाल, शिक्षदीक्षा, साहित्यिक प्रेरणा साहित्यिक र साहित्येतर व्यक्तित्व, कथाको स्वरूप र परिभाषा बारे आंशिक रूपमा प्रकाश पारिएको छ । तेस्रो परिच्छेदमा कथाका सैद्धान्तिक तŒव एवं पोखरेलका कथाहरूको विश्लेषण गरिएको छ । विश्लेषणमा एक रूपता ल्याउन कथानक, पात्र र चरित्रचित्रण, परिवेश, दृष्टिबिन्दु, भाषाशैली र उद्देश्य तथा प्रत्येक कथाको निष्कर्ष समेत राखी अध्ययन विश्लेषण गरिएको छ । चौथो परिच्छेदमा घाम झुल्किनु अघि (२०६७) कथासङ्ग्रहको कथाका आधारमा पोखरेलको कथाको कथागत प्रवृत्तिहरूको विश्लेषण गरिएको छ । कथाहरूको अध्ययनबाट सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी, प्रगतिवादी, मानवतावादी, राष्ट्रप्रेमी तथा सरल, सहज, सुबोध एवं मर्मस्पर्शी भाषाशैलीको प्रस्तुतिलाई कथागत प्रवृत्ति निर्धारण गरी विश्लेषण गरिएको छ । 
         मातृका पोखरेल नेपाली साहित्यको बहुविधामा कलम चलाउने स्रष्टा हुन् । घाम झुल्किनु अघि (२०६७) उनको दोस्रो कथासङ्ग्रह हो । पन्ध्रओटा कथाहरू समावेश गरी लेखिएको यस सङ्ग्रहका कथाहरू देशभित्रकै विभिन्न समस्याहरूको उद्घाटन गरेका छन् । मूलतः कथित माओवादी द्वन्द्व र यसले समाजमा पारेका सत् र असत् प्रभावहरूलाई पाठकसमक्ष प्रस्तुत गर्ने प्रयास गरेका छन् । देशभित्रकै पृष्ठभूमि र यसै माटोमा जन्मे, हुर्के, बढेर यसका गन्ध बोकेका पात्रहरूको कथाव्यथाको धरातलमा कथाहरू रचिएका छन् । कमरेड पाताल कथामा कथाकारले कम्युनिष्ट आन्दोलन र त्यसभित्रको ढोङ्गी  र अवसरवादी प्रवृत्तिको भण्डाफोर गरिएको छ । क्रान्तिकारी कुराले मात्र क्रान्ति हुन नसक्ने त्यसका लागि व्यवहार पनि हुनुपर्ने अन्यथा अरु जनता त के ? आफ्नै कार्यकर्ता पनि आकर्षित नहुने भाव देखाइएको छ । धुवाँ कथामा देशमा राजनीतिका नाममा फोहोरी राजनीति गर्ने पात्रहरू षड्यन्त्रकारी धुर्तहरू र आफ्ना निकृष्ट खेलहरू पूरा गर्ने समाजका अग्रगामि, प्रगतिशील र इमान्दार मानिसहरूको हत्या गर्न पनि पछि नपर्ने हत्याराहरूको चरित्र उदाङ्गो पार्दै उनीहरूको विरुद्ध सबै एकजुट भई उभिनु पर्ने भाव अघि सारिएको छ । घाम झुल्किनु अघि कथामा द्वन्द्व कालमा सत्ताको जिम्मा लिएका सुरक्षाकर्मीहरूको दानवीय प्रवृत्तिको उजागर गरिएको छ । मौन संकेत कथामा इमान्दारीपूर्ण श्रम गरेर जिउने मजदुरहरूप्रति समाजका पुँजीपतिहरूको निर्दयीपनको उद्घाटन गरिएको छ । अँध्यारो गाउँ  मा भने समाजको पक्षमा उभिएको, जायज कुराको वकालत गर्ने इमान्दारहरूलाई आफ्नो पदीय दायित्वको दुरूपयोग गरी हत्या गर्ने प्रहरीवर्गको तुच्छ  हर्कतको चित्रण छ । जसले त्यस्ता नीच र अधमहरूका लागि त्यो गाउँ अँध्यारो भएको यथार्थको उल्लेख छ । निधो कथाले दाइजो नामको अभिशापबाट आक्रान्त निम्नवर्गीय गरिब, गुरुवाहरूको चित्रण छ । एकातिर दाइजोबाट  प्रताडित गरिबको नियतिप्रति सहानुभूति प्रकट गरिएको छ भने अर्कोतिर दाइजोका दासहरूप्रति व्यङ्ग्य पनि गरिएको छ । मुक्ति कथामा धनीमानी मानिसरूका बिग्रिएका कपूतहरूको चित्रण छ । त्यस्ता खराव व्यक्तिहरूलाई कसैले साथ नदिने र कुकुर बिरालाको जस्तो मृत्युवरण गर्नु पर्ने कुराको उठान गर्दै आफ्ना सन्ततीको लालनपालनमा अभिभावकवर्गले विचार पु¥याउनु पर्ने सन्देश दिइएको छ । बाध्यता कथामा ए.नेकपा माओवादी द्वन्द्वको समयमा मानिसहरू स्वतन्त्र भई बाँच्न नपाउने बाध्य भई आन्दोलनमा होमिने सोझासाझा महिलाको कारुणिक चित्रण गरिएको छ । खालीठाउँ कथामा गाउँका सोझासाझा जनताहरूलाई ठूलाठूला आश्वासन देखाउने र परिआएको बेला सहयोग नगर्ने ठूलाबडाको चरित्रको चित्रण पाइन्छ । घोडाको गन्ध कथामा देशमा भएका ठूलाठूला आन्दोलन, परिवर्तन र त्यस पश्चात पनि आफ्नो धाक, रवाफ देखाउने सामन्ती वर्गको थिचोमिचोबाट आहात जनताको चेतनाको दीप बल्दा ती र त्यस्ता नीच प्रवृत्तिका मानिसहरूको थातवास उठ्ने कुरा उल्लेख छ ।  सपनाहरूको खोजी कथामा माओवादीले द्वन्द्वकालमा गरेका अधम र पशुवत् कुकृत्यहरूको उल्लेख गर्दै साच्चै राजनीति गर्ने हो भने विगतका गल्ती सच्याएर उज्वल समाजको निर्माणमा लाग्नु पर्ने भाव देखाइएको छ । देवीदत्तको चिन्ता कथामा जनताहरूको आन्दोलन र सङ्घर्षको जगमा, मानिसहरूको चेतनामा अभिवृद्धि भएको, मानिसहरू आफ्नो अधिकारप्रति जागरूप भएको र गाउँहरू जगेको कुरा उल्लेख छ, जसका कारण समाजका सर्पहरू पलायन भएको यथार्थ चित्रण पाइन्छ । कालोचस्मा  कथामा सोझासाझा इमान्दार मानिसहरूलाई मात्र हेप्ने हैकमवादी प्रवृत्तिको चित्रणछ, जसले आपूm र आफ्नो अधिकारका लागि स्वयम् जागरुक हुनुपर्ने र स्वाभिमानका साथ अघि बढी आफ्नो जीवनलाई सहज वनाउनु पर्ने भाव उठाइएको छ । भत्किएको घरनेर कथामा कम्युनिष्ट पार्टीभित्रका विकृति, विसङ्गति तथा सिद्धान्त र व्यवहारमा देखिएको विचनन्का कारण सच्चा रूपमा पार्टीमा आबद्ध मानिसहरू भन्दा लुच्याइँ फटाइँ र धनसम्पत्तिको खोल ओढी आडम्बरी प्रवृत्तिका मानिसहरू नेतृत्व तहमा पुग्ने गरेका बास्तविकताका कारण पार्टी पङ्क्तिमा देखिएका नकारात्मक कुराका चित्रण पाइन्छ । अन्तिम अथवा पन्ध्रौँ कथा खाडल मा सामाजिक समस्यालाई प्रस्तुत गरिएको छ । बाहिरी रमझममा भुल्दै गएपछि मानिस आत्मिक, नैतिक र सांस्कृत रूपले खोक्रो हँुदै गएपछि  कथित पढेलेखेका र शिक्षितहरू पनि कतिसम्म स्वार्थी र लम्पट हुनसक्दा रहेछन् भन्ने कुरालाई कथाले प्रस्तुत गरेको छ । 
    काठमाडौँ उपत्यका पूर्वाञ्चल र तराईका ग्रामीण तथा सहरी परिवेशलाई यस सङ्ग्रहका कथाले सबल रूपमा प्रस्तुत गरेका छन् । नेपाली समाजमा विद्यमान विविध समस्याको यथार्थ झलक र ए.नेकपा माओवादीद्वारा सञ्चालित युद्धका मारमा पिल्सिएका तमाम नेपालीहरूको दयनीय स्थितिको चित्रण गर्ने परिवेशमा रचिएका कथाहरू अत्यन्त मार्मिक संवेदनशील छन् । कथामा तत्सम, तद्भव, आगन्तुक शब्दहरूको कुशल संयोजन तथा नेपाली समाजमा प्रचलित उखान टुक्का र अनुकरणात्मक शब्दहरूको पनि सन्तुलित प्रयोग तथा सरल भाषा अनि सहज शैलीले घाम झुल्किनु अघि  कथासङ्ग्रहलाई विशिष्ट बनाएको छ । नेपाली समाजका विविध जीवनशैली र यहाँ भएका युद्ध आतङ्कका कारण भोग्नु पर्ने असिम पीडा त्यसको गुण दोषलाई आख्यानात्मक तŒव भित्र घोलेर पृथक एवं विशिष्ट कथा रचना गर्नमा कथाकार मातृका पोखरेल प्रवीण देखिन्छन् । विविध विषय र मानव जीवनका विभिन्न सामाजिक पक्षहरूलाई जीवन भोगाईका क्रममा कथाकारले समेटेका छन् । यसरी समग्रमा मातृका पोखरेलका कथाहरू नेपालको माओवादी द्वन्द्व, यसको सत् र असत् पाटाहरू, भ्रष्टाचार, गरिबी, कुसंस्कार, राजनीतिक दुर्गन्ध, सांस्कृतिक विकृति, सामाजिक शोषण, शासकीय कुकृत्य, कुव्यवस्था ठूलावडा भनाउदाहरूको खोक्रो र आडम्बरपूर्ण वास्तविकताहरूलाई उदाङ्गो पार्न सफल रहेका छन् । मातृका पोखरेलको प्रस्तुतिमा सरलता छ, जुन कथाका विशेषता कै रूपमा रहेका छन् । प्रायः सबै कथा बोधगम्य, सरल, रुचिकर रूपमा प्रस्तुत भएका छन् । कथाहरूले युद्ध, आतङ्क मानवीय प्रेम र पीडासँग सरोकार राखेका छन् जुन आज विश्वकै सरोकारको विषय बन्न पुगेको छ । यसरी कथाकार मातृका पोखरेल आधुनिक नेपाली कथा जगत्मा समसामायिक कथा क्षेत्रमा देखापरेका छन् । सामाजिक यथार्थवादी कथाकारहरूको जमातमा आफ्नै किसिमका मौलिकता साथ कथा लेख्न कथाकारका रूपमा पोखरेलले आपूmलाई स्थापित गरेका छन् । यसबाट सामाजिक यथार्थवादी धारामा महत्वपूर्ण योगदान दिने कथाकारका रूपमा पोखरेलको स्थान आधुनिक नेपाली कथा फाँटमा रहेको पुष्टि हुन्छ ।  

सन्दर्भ सामग्री ग्रन्थ
–आचार्य, नरहरि र अन्य, (सम्पा.), नेपाली कथा भाग–१, ते.सं., सा.प्र. ललितपुर, (२०५०) । 
–गौतम, कृष्ण, आधुनिक आलोचना ः अनेकरूप अनेक पठन, सा.प्र. ललितपुर, (२०५०) । 
–थापा, मोहन हिमांशु, साहित्य परिचय, चौ.सं.  सा.प्र. ललितपुर, (२०५०) । 
–पोखरेल र अन्य, (सम्पा.), नेपाली बृहत् शब्दकोश, पुनर्मुद्रित संशोधित परिबद्र्धित (पाँ.सं.), काठमाडौं ः ने.रा.प्र.प्र. (२०५८) । 
–बराल, ईश्वर, (सम्पा.), झ्यालबाट,  (पाँ.सं.),  सा.प्र. ललितपुर, (२०४८) । 
–बराल, ईश्वर र अन्य, (सम्पा.), नेपाली शब्दकोश,  काठमाडौं ः ने.रा.प्र.प्र. (२०५५) । 
–बराल, ऋषिराज, उपन्यासको सौन्दर्यशास्त्र, सा.प्र. ललितपुर, (२०५६) । 
–बराल, ऋषिराज र कृष्णप्रसाद घिमिरे(सम्पा.), नेपाली कथा भाग–३, सा.प्र. ललितपुर, (२०५५) । 
–बराल, कृष्णहरि र नेत्र एटम, नेपाली आख्यान र नाटक, काठमान्डौं, अक्सफोर्ड इन्टरनेसनल (२०६४)। 
–शर्मा, मोहनराज, कथाको विकास प्रक्रिया, सा.प्र. ललितपुर, (२०५८) । 
–शर्मा, हरि प्रसाद, कथाको सिद्धान्त र विवेचना,  काठमाडौं ः ने.रा.प्र.प्र. (२०५९) । 
–शिलवाल, हरि प्रसाद, रमेशका कथामा वैचारिक पक्ष, स्नातकोत्तर अप्रकाशित शोधपत्र, रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग काठमान्डौं (२०५९) । 
–श्रेष्ठ, दयाराम, नेपाली कथा भाग–४, (दो.सं.) सा. प्र. ललितपुर (२०६०) । 
–सुवेदी, राजेन्द्र, (सम्पा.) स्नातकोत्तर नेपाली कथा, सा. प्र. ललितपुर (२०५१) ।  


पत्रिका सूची
– घिमिरे,ऋद्धिरमण, (२०६८), घाम झुल्किनु अघिका कथाहरू,
मधुपर्क मासिक (अङ्क २६०, वर्ष २६) ।
– चाम्लिङ्ग, भोगीराज (२०६८), राजनीतिको कथाकारीय सर्जरी, मूल्याङ्कन मासिक पत्रिका (पूर्णाङ्क १९३, वर्ष १९) । 
–दुःखी, हीरामणि (२०६७), आलोचनात्मक यथार्थवादको प्रतिनिधि कथाः घाम झुल्किनु अघि, जनदिशा दैनिक पत्रिका, (वर्ष १०,अङ्क १५० फागुन २१ गते शनिबार) । 
–धिताल,प्रमोद (२०६७), अन्धकारको प्रतिरोधमा घाम झुल्किनु अघि, जनादेश साप्ताहिक (वर्ष २०, अङ्क १२) । 
– मैनाली, गुरू प्रसाद, (२०५७), आधुनिक कथा साहित्य, समकालीन साहित्य,  (वर्ष १०, अङ्क ३, पूर्णाङ्क ३८, असार – असोज, पृः१६) ।
–  श्रेष्ठ,दयाराम, (२०५९) कथा संरचनाको  महŒवपूर्ण अङ्ग ः कथावस्तु, अरुणोदय, (वर्ष ३६–३८,संयुक्ताङ्क, ४,१,२,३,४,१, पृः११०) ।
श्रोता, सङ्गीत (२०६७) कमरेड पाताल विरुद्धको मोर्चा नयाँ पत्रिका दैनिक, ( वर्ष ४, अङ्क ३४५, चैत १९ गते शनिबार ) ।



===============================================








===================================================================
===================================================================



अन्तरङ्ग पर्यवेक्षणमा "घाम झुल्किनुअघि"

डा.गोपीन्द्र पौडेल
समीक्षाका अनेक अर्थ , आशय र आकार एवम् बान्की हुन सक्छन् । तर समीक्षाका नाममा गरिने बनावटी भक्ति र प्रशस्तिप्रति मेरो सख्त विमति छ । यो भनेको लुकाएर पनि नलुक्ने बैगुनी स्वभाव हो । स्रष्टाका आफ्नै आग्रह हुन्छन् , पाठकका आफ्नै आग्रह अनि कनीकुथी समीक्षा गरी टोपल्ने समीक्षकका पनि आफ्नै आग्रह हुने नै भए, हुन्छन् । सबैजसो स्रष्टा चाहन्छन् – आफू र आफ्ना सिर्जनाका बारेमा गरिएको टिप्पणीमा कहीँ कतै घोचपेच नहोस्, उचनीच नहोस् र चसचसी घोच्ने टर्रा वचनवाण नहोऊन् । प्रत्येक शब्द र वाक्य अनि प्रत्येक पङ्क्ति सुकिला–मुकिला र बान्की परेका होऊन्, लरक्क परेका लोभलाग्दा होऊन् । आफू र आफ्नो कृतिबारेको समीक्षाका पाना पल्टाउँदै र पढ्दै जाँदा मनै बहलाउने पिरामिड बनोस् । स्रष्टाको मनोविज्ञान र समीक्षकको वस्तुतथ्यात्मक ज्ञानका बिचमा अनौठो वैपरित्य हुन्छ । यस्तो वैपरित्य र विषमताका बिचमा समदूरी निर्माण गर्ने काममा समीक्षक मात्रै खरो उत्रन सक्छ भन्ने मलाई लाग्दैन बरु स्रष्टा र द्रष्टा दुवैमा सत्यको अन्वेषण गर्ने विवेकको खाँचो छ भन्ने लाग्छ । यसो भए तापनि स्रष्टाको मनोविज्ञानलाई धुरी बनाएर समीक्षा गर्ने हाम्रो उहिलेदेखिको परम्परा यथावत् छ, चलन चल्ती नै यस्तै । एकातिर परम्पराबाट प्रताडित हुनु पर्ने पीडा अनि अर्कोतिर सावधानीपूर्वक टीकाटिप्पणी गर्दा पनि अनायास आइपर्ने सङ्कट र सास्ती अनन्त छन् । यी सब तथ्यबारे ज्ञातव्य हुँदाहुँदै पनि सङ्कटको भूमरीमा हेल्लिनु नै आफ्नो धर्म हो भन्ठानेर स्रष्टा मातृका पोखरेलको घाम झुल्किनुअघि कथा सङ्ग्रहमा छिपछिपे दृष्टि लगाएर यसका अन्तरकुन्तरमा विचरण गर्ने आँट गर्दै छु ।
सायद प्रस्तुत कथा सङ्ग्रह प्रकाशित हुनु भन्दा केही समयअघिको कुरा हो, साथीहरु बिचको गफगाफका क््रmममा मैले ‘मातृका पोखरेल कवि भन्दा बढी कथाकार बन्ने खतरा बढ्दो छ’ भन्ने टिप्पणी गरेको थिएँ । म यतिबेला त्यो ठट्टेउलो टिप्पणी मात्र नभएर सत्य नै थियो भन्ने निष्कर्षमा पुगेको छ । मैले यसो भनिरहँदा कवि मातृका पोखरेलप्रति अन्याय हुन सक्ला तर साँचो कुरा बोल्नु न्याय सङ्गत नै ठहर्छ । यसअघि प्रकाशित भएको संत्रस्त आँखाहरु (२०६१) र अहिले प्रकाशनमा आएको घाम झुल्किनुअघि (२०६७) नामक दुई कथा सङ्ग्रहलाई साक्षी राखेर यसो भनिरहँदा अर्घेल्याइँ हुन्छ जस्तो मलाई लाग्दैन । जीवन सङ्घर्षको यात्रामा हेलिंदै गर्दाका अनुभूतिलाई कथाकलामा सजाउने सीप र सामथ्र्य मातृका पोखरेलमा देख्न सकिन्छ र त्यस्तो सीप उत्तरोत्तर परिष्कृत हुँदो छ । कथाकार मातृका पोखरेलले वर्गीय विषमता र अन्तरविरोध अनि युगीन सामाजिक जीवनका परिवेशका कुनाकाप्चामा निरीक्षण गर्दै जाँदा प्राप्त भएका अनुभूतिलाई संश्लेषित गरेर कथात्मक बान्की दिएका छन् । तर वर्ग सङ्घर्षका घात–प्रतिघातलाई कथाकलामा सजाउने काम भने न्यून रुपमा मात्रै भएको छ। यसो भन्नुको तात्पर्य हो – कथाकार मातृका पोखरेलले जनयुद्धको तुफानी यात्रा अनि त्यस क््रmममा घटित त्याग र उत्सर्गका कीर्तिमानी घटनालाई आफ्ना कथामा सजाउन सकेका छैनन् । यद्यपि जनहत्या र राज्यआतङ्कको चित्रण भने उनका कथामा भएको छ ।
मानव जातिको इतिहास भन्नु नै वर्ग सङ्घर्षको इतिहास हुनाले वर्ग सङ्घर्ष र सामाजिक जीवनका घात–प्रतिघातसँग कथाको नजिकको साइनो हुन्छ । यस अर्थमा सामाजिक सम्पृक्तताका दृष्टिले कथा सर्वाधिक लोकप्रिय विधा हो, पाठकीय रुचिको विधा हो । कथा मार्फत मानव इतिहास, मानवीय क््िरmयाकलाप, मानवीय संस्कृति, वर्ग सङ्घर्ष तथा जीवनका वैविध्यको कलात्मक पुनःसिर्जन हुन्छ । अझ यसो भनौँ कथा मार्फत मानवीय जीवनका विभिन्न आयामलाई सूक्ष्म रुपले निहार्न र छाम्न सकिन्छ । त्यसै गरी वर्गीय विषमतायुक्त समाजका अन्तरविरोध र वैपरित्य एवम् तिनै वैपरित्यको प्रतिनिधित्व गर्ने पात्रको चयन, प्रारुपीकरण र चारित्रीकरण गरेर तिनका अन्तरकुन्तरमा चियाउन र मनग्गे खेल्न सकिन्छ । वस्तुतः सामाजिक जीवनलाई सूक्ष्म रुपले छाम्ने र त्यसअन्तर्गतका विषम परिस्थितिसँग खेल्ने चेष्टा कथाकार मातृका पोखरेलले गरेका छन् ।
कथाकार भनाउन सजिलो छ तर कथा लेख्न गाह«ो छ । झट्ट हेर्दा यो कथन उट्पट्याङ्गे लाग्न सक्छ तापनि कथनी र करणीका बिचको वैपरित्य वा विरोधाभास यस्तै हुने गर्छ । यसो भन्नुको तात्पर्य हो राम्रा र स्तरीय कथा लेख्ने कार्य त्यति सजिलो छैन जति सजिलो कथाकार भनाउन छ । कथा लेख्दै र छापिँदै गर्दा कथाकारमा दरिन त्यति गाह«ो हुँदैन । मैले यस्तै र अन्य प्रसङ्गमा कथा लेखनका धेरै समस्या छन् भन् भन्ने उल्लेख गर्दै आएको छु । यहाँनेर मेरो चासो भन्नु कथा कलाप्रति हो । वास्तवमा कथा सामग्रीको जोरजाम, कथाको बनोट र बुनोट, पात्र घटना तथा परिवेशको प्रारुपीकरण र सामान्यीकरण , कथाका अङ्ग उपाङ्गको व्यवस्थित, शृङ्खलित एवम् तर्कसङ्गत विन्यास गर्ने कुरो त्यति सजिलो छैन । मैले बारम्बार यसो भनेर ठोसठास र झोसझाँस पार्नुको तात्पर्य कथाकारलाई दपेट्नु वा ताछतुछ पार्नु नभएर निखरो बनाउनु र सचेत प्रयासका निम्ति उत्प्रेरित गर्नु हो । कथा लेखन सचेतनायुक्त क््िरmयाकलाप हो र सामाजिक उत्तरदायित्व समेत हो जसमा संयम, सीप र साधनाको त्रिकोणात्मक अन्विति अपरिहार्य हुन्छ । वस्तुतः घाम झुल्किनुअघि कथा सङ्ग्रहलाई साक्षी राखेर भन्नु पर्दा कथाकार मातृका पोखरेलले यस प्रकारको त्रिकोणात्मक सम्बन्ध तथा सिर्जनात्मक मूल्यलाई आत्मसात् गरेका छन् । विधागत विशिष्टताका कारण निबन्ध–संस्मरणमा जस्तो कथामा मनग्गे फुक्न र खुम्चिन गाह«ो पर्छ । संरचनागत सुगठन, विचार विन्यास र रुपविन्यास कथामा अनिवार्य हुने भएकै कारण यसले अधिक संयम, सीप र साधनाको माग गर्छ, सायद त्यसैले होला कथा लेखनमा स्रष्टाको रुचि र चासो पनि कमै देखिन्छ । कविता, गीत, संस्मरण र निबन्धमा एक प्रकारको बाढी नै आउनु र आख्यानात्मक विधा अपेक्षाकृत उर्वर हुन नसक्नुको कारण पनि यही नै हो भन्ने लाग्छ । विधागत विशिष्टताका कारण कथा लेख्दा फुकी फुकी कलम चलाउनु पर्ने स्थिति स्रष्टाका सामु विद्यमान छ । सायद यसै कारणले होला सडक पेटीमा यात्रा गर्दा कविसँग छिन छिनमा जम्काभेट हुन्छ तर दिनभरको यात्रामा पनि एउटै कथाकार नभेटिन सक्छ । कथा लेखनमा नयाँ स्रष्टाको आगमन आशातीत रुपमा नहुनु अनि स्थापित स्रष्टामा निरन्तरता र लगाव नहुनुको कारण कथा विधा त्यति उर्वर बन्न सकेको छैन । यस परिप्रेक्ष्यमा घाम झुल्किनुअघि नामक सङ्ग्रह मार्फत कथाकार मातृका पोखरेलको उपस्थिति सह«ानीय रहेको छ ।
कथाकार मातृका पोखरेलको यस सङ्ग्रहमा जम्मा पन्ध्र वटा कथा सङ्गृहीत छन् । यस सङ्ग्रहका कथाले समकालीन नेपाली जीवन परिवेशका विभिन्न आयाम र परिघटनालाई आत्मसात् गरेका छन् । यसमा सङ्गृहीत कथा मध्ये ‘घाम झुल्किनुअघि’, ‘अँध्यारो गाउँ’, ‘बाध्यता’, ‘सपनाहरुको खोजी’, ‘देवीदत्तको चिन्ता’, ‘घोडाको गन्ध’ र ‘धुवाँ’ शीर्षकका कथामा माओवादी जनयुद्धका बेला तात्कालीन शासकहरुद्वारा चलाइएको जनहत्या र राज्यआतङ्कको सम्यक् चित्रण एवम् कठोर आलोचना गरिएको छ । ‘कामरेड पाताल’ र ‘भत्किएको घरनेर’ शीर्षकका कथाले क््रmान्तिकारी पार्टीभित्र मौलाएको सुबिधाभोगी एवम् आडम्बरी प्रवृत्ति तथा धन सम्पत्तिको खायस गर्ने विकृत मनोवृत्ति र विचलनमुखी संस्कृतिप्रति वितृष्णा एवम् विरोधका स्वर प्रस्तुत गर्छन् । यी भन्दा फरक विषय प्रसङ्गमा आधारित ‘खालि ठाउ“’ र ‘कालो चस्मा’ शीर्षकका कथामा कर्मचारी तन्त्रमा विद्यमान विकृति र वितण्डा प्रवृत्तिको चित्रण भएको छ । त्यसै गरी ‘मौन सङ्केत’, ‘निर्धो’, ‘मुक्ति’ तथा ‘खाडल’ शीर्षकका कथा पनि सामाजिक, आर्थिक उत्पीडन तथा विसङ्गतिका विरुद्ध सामाजिक न्यायको वकालत गर्ने कथा हुन् । अर्थात् कथाकार मातृका पोखरेलका यी कथा भनेका समकालीन नेपाली जीवनको झझल्को प्रस्तुत गर्ने कलात्मक निधि हुन् ।
यस सङ्ग्रहको पहिलो कथा ‘कामरेड पाताल’ मा पार्टीको नेतृत्व तहमा रहेको आडम्बरी पात्र पातालको भ्रष्ट चरित्रलाई उदाङ्गो पारिएको छ । ‘म’ पात्र कामरेड पातालको घरमा पुग्दा अनुभव गरेको तडकभडक र पातालको अमर्यादित मजास कथाको पृष्ठभूमिमा देख्न सकिन्छ । पार्टीले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न भनेर इन्द्रचोकको नेतृत्व सम्हालेको पातालले बन्दका दिनमा झनै घीनलाग्दो व्यवहार देखाएको छ । भोकले छटपटिएका साथीहरुले केही त खानु पर्छ भन्ने प्रस्ताव राख्दा क््रmान्तिका लागि भोक सामान्य कुरा हो भनेर कोरा आदर्शका कुरा गर्ने कामरेड पातालले भने सुटुक्क रोस्टुराँमा पसरे पिजा हसुर्छ । एकातिर विरामी साथीहरु गेजीका पैसा टकटक्याएर पाउरोटीको खोजीमा छन् भने अर्कोतिर आन्दोलनको नेतृत्व गर्न आएको पातालको आडम्बरी, लाछी र लपस्तरो स्वभाव यसमा देख्न सकिन्छ । पार्टीभित्र मौलाएको त्यही ढोँगी प्रवृत्ति र सांस्कृतिक विचलनको कटु आलोचना यस कथामा भएको छ । नेतृत्व पङ्क्तिमा मौलाएको यस प्रकारको वितण्डा प्रवृत्तिले इमानदार कार्यकर्ताको पङ्क्ति समेत निरास बनेको स्थिति यसमा अनुभव गर्न सकिन्छ । दोस्रो ‘धुवा“’ शीर्षकको कथामा बौलाहाको उपाधि पाएर पनि सत्य, न्याय र निष्ठाको वकालत गर्ने फ्रस्टेड बौलाहाको त्याग र निष्ठाको प्रस्तुति भएको छ । फ्रस्टेड बौलाहा अर्थात् शशीराज थापाले आफ्नो सम्पत्ति स्कुललाई दिएर निशुल्क पढाउन थालेको र न्यायको आवाज उठाउँदै गर्दा बौलाहाको उपाधि पाएको कुरा कथाको पृष्ठ भागमा उल्लेख गरिएको छ । रङ्गध्वज जस्ता जनताका बैरीबाट शशीराज थापा जस्ता समाजसेवीको षडयन्त्रमूलक ढङ्गले वीभत्स हत्या भएको घटना कथामा देख्न सकिन्छ । फ्रस्टेड बौलाहाको हत्याको विरुद्ध सिङ्गो चोकबजार आन्दोलित भएको छ , आन्दोलित जनताले रङ्गध्वजको घरमा आगो लगाएको परिदृश्य समेत कथामा देख्न सकिन्छ ।
यस सङ्ग्रहको तेस्रो कथा ‘घाम झुल्किनुअघि’ मा जनहत्या र राज्यआतङ्कको निकृष्ट दृष्टान्त प्रस्तुत भएको छ । एका बिहानै एउटा किशोरलाई लिएर माइली मगर्नीको चियापसलमा आइपुगेको शाही सेनाको जत्थाले त्यस किशोरलाई माइली मगर्नीकै सामुमा भकुरेको छ । त्यसपछि उसलाई भाग्न भनेर त्यहीँ गोलीले सिध्याइएको छ । यो क््रmूर एवम् कहालीलाग्दो दृश्य हेरिरहेका माइली मगर्नी र उसको सात वर्से छोरामा मानसिक आघात पर्न जान्छ । वस्तुतः यस कथामा एकातिर तत्कालीन सत्ताले जनयुद्धको महान् प्रक््िरmयका विरुद्ध चलाएको जनहत्या र राज्याआतङ्कको नग्न रुप देख्न सकिन्छ भने अर्कोतिर सात वर्से बच्चाका सामु त्यस्तो वीभत्स घटना घटाउने शाही सेनाको परपीडक मनोवृत्ति समेत देख्न सकिन्छ । जन सामान्यमा त्रास र आतङ्क सिर्जना गर्ने उद्देश्य अनुरुप चलाइएको जनहत्या र राज्यआतङ्कको शृङ्खला कति निर्मम, वीभत्स र परपीडक प्रकृतिको थियो भन्ने यथार्थ बोध प्रस्तुत कथा मार्फत हुने गर्छ । त्यस्तै ‘मौन सङ्केत’ शीर्षकको कथा भन्नु विपन्न किसान, उत्पीडित सुकुम्बासी तथा उपेक्षित मजदुर पात्र भीमबहादुरको कथा हो । काठमाडौंको जोरपाटीस्थित गलैंचा कारखानामा काम गर्ने इमानदार मजदुर भीमबहादुरले गलैंचा कारखानालाई समृद्ध तुल्याउनमा अहं भूमिका खेले पनि मानवीय सम्वेदनाहीन मालिकको उपेक्षाभावका कारण उपचार नपाएर मृत्यु वरण गरेको छ । उसको परिवारले पहाडमा बस्दा साहूको उत्पीडन अनि मधेस झरेर बुट्यान फाँडी सुन्दर बस्ती बसाउँदा पञ्चहरुको हैरानी खप्यो, उसको बाबुलाई चरम यातना दिएर बेपत्ता नै पारियो । अर्थात् भीमबहादुरको अतीत पनि पीडादायक नै रहेको छ । पञ्चायती शासन व्यवस्थामा होस् वा बहुदलीय व्यवस्थामा अनि पहाड, मधेस वा राजधानीमा जहाँ पनि कङ्गाल जनहरु उत्पीडनको शिकार बनेका छन् भन्ने सार सन्देश यस कथा मार्फत प्राप्त गर्न सकिन्छ । यसमा उत्पीडित जनले जीवनभर भोग्ने गरेको यातना, यन्त्रणा र अवसानको अत्यन्त कारुणिक एवम् सम्वेदनशील विषय प्रसङ्ग र घटनाको प्रस्तुति भएको छ । ‘अँध्यारो गाउ“’ पनि फरक प्रकृतिको विषयवस्तुमा आधारित अत्यन्त सम्वेद्य कथा हो । पुलिसको जागिरे आफ्नो बाबुले माओवादीको आरोपमा छिमेकी मास्टर काकाको हत्या गरेपछि एक रात घरमा आएको त्यही हत्यारो बाबुलाई सम्बोधन गरेर छोराले एकालापी कथन पद्धतिका माध्यमबाट भनेको कथा हो यो । प्रस्तुत ‘अँध्यारो गाउ“’ कथाको आख्यान विस्तार अपेक्षाकृत रुपमा नभएर क्षीण आख्यानमा संरचित कथा हो । एकालापी प्रवाहशील शैलीमा प्रस्तुत भएको यो कथा अत्यन्त मार्मिक र पाठकीय सम्वेदनालाई छुने कथा हो । जनयुद्धका समयमा पुलिसका प्रति आफ्नै परिवार जनको धारणा कस्तो रहन गयो भन्ने यथार्थबोध यस कथा मार्फत हुने गर्छ ।
तराईको उत्पीडित एवम् उपेक्षित दनुवार जातिको शिक्षाप्रतिको चासोका साथै परम्परागत ढोँगी विवाहलाई चुनौती दिँदै प्रेम विवाहलाई व्यवहारतः स्वीकार गर्ने कथा हो ‘निधो’ । छोराछोरीको पढाइप्रति सम्वेदनशील बनेको रबुवाले एसएलसी पास गराउनु भनेको दनुवार परिवारमा अनुपम दृष्टान्त हो । परम्परागत मागी विवाह गर्ने पाखण्डहरुले सम्पत्ति माग गर्न थालेपछि रबुवाकी छोरी रामवतीले त्यस्तो विवाहलाई ठाडै अस्वीकार गरेर आफ्नो हित्तचित्त मिल्ने सखा जामुनसँग आधुनिक विवाह गरेकी छ । यस कथाले तराईको समाजमा बोझ बनेर बसेको दहेज प्रथाको धज्जी उडाउने काम गरेको छ । ‘मुक्ति’ शीर्षकको कथामा सम्पन्न वर्गीय परिवारको युवक कश्यप कुलतमा फस्दै गर्दा विपन्न वर्गीय अपाङ्ग आनन्दराम उसबाट प्रताडित हुनु परेको स्थितिको बोध यस कथामा गर्न सकिन्छ । अन्त्यमा त्यही कुलतकै कारण कश्यपको कोही कसैद्वारा हत्या भएपछि आनन्दरामले मुक्तिको अनुभव गरेको छ । विचार विन्यास र विषयवस्तुको चयनका दृष्टिले भने यो कमजोर कथा हो । त्यसैगरी ‘खालि ठाउ“’ शीर्षकको कथामा जागिरका निम्ति भकुण्डोसरि हुत्तिनु पर्ने बेरोजगारी समस्याको चित्रण भएको छ । सामान्य चिनजानको भरमा स्थानीय विकास मन्त्रालयका सचिवसँग हारगुहार गर्न गएको ‘म’ पात्रलाई सचिवले खालि ठाउ“ खोजेर आउन भनेपछि ‘म’ पात्रले हैरानी खपेको छ । सर्वसाधारण बेरोजगार युवालाई भकुण्डो खेलाउने कर्मचारीतन्त्रको कटु आलोचना यस कथामा भएको छ । त्यस्तै ‘घोडाको गन्ध’ शीर्षकको कथामा ग्रामीण जीवन परिवेशमा पुरातन सामन्ती रजौटाको अन्त्य र गणतन्त्रको उदय भएको स्थितिबोध गर्न सकिन्छ । सामन्तका मतियारहरु रवीन्द्र समशेर र सरोज प्रताप गाउँबाट खेदिएका हुनाले उनीहरुले घोडा बाँध्ने गरेको चौतारो जनताको भाषण गर्ने मञ्च बनेको यथार्थबोध यस कथा मार्फत हुने गर्छ । ‘बाध्यता’ शीर्षकको अर्को कथा जनहत्या र राज्यआतङ्कको विषय प्रसङ्गमा आधारित छ । माइलीको घर छेउमा शाही सेनाले भवनाथको छोराको हत्या गरेपछि छोराको खोजी गर्दै त्यहाँ आइपुगेका भवनाथ र माओवादी छापामारका सामु माइलीले अपराध लुकाउनु अनुचित हो भन्ने ठानेर सबै वृतान्त बताइदिन्छे जुन उसको बाध्यता पनि हो भन्ने आभास यस कथामा पाउन सकिन्छ । यो कथा मूलतः जनयुद्धका समयमा सरकारद्वारा चलाइएको जनहत्या र राज्यआतङ्कसँग सम्बन्धित छ । ‘सपनाहरुको खोजी’ शीर्षकको कथा पनि माओवादी जनयुद्धसँग सम्बन्धित देखिन्छ । यसमा क््रmान्तिको सपना देखेर दुई वर्षअघि एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेको कामरेड सुदीपमा विद्यमान आशा र निराशाका बिचको द्वन्द्व देखाइएको छ । पार्टीको सह इन्चार्ज बनेर इनचार्ज कामरेड विकलका साथ पाल्सिङ गाउँ जाँदै गरेको कामरेड सुदीप युद्धका समयमा घटित कतिपय अप्रिय घटना सन्दर्भबाट विरोलिन्छ । उसका सामु सकारात्मक भन्दा बढी नकारात्मक पक्ष मात्र उभ्याइएको छ जसको परिणाम फेरि पनि कुनै गलत ठाउँमा त आइएन भन्ने आशङ्का उसमा जागृत हुन्छ । यस कथामा इन्चार्ज कामरेड विकलको चरित्रलाई समेत कमजोर देखाएर सकारात्मक पाटालाई ओझेलमा पार्ने र नकारात्मक पाटालाई मात्र अगाडि सार्ने काम भएको छ ।
‘देवीदत्तको चिन्ता’ कथामा बहुदल आएपछि पनि उनै पुराना पर्धानका छोराहरुको गुण्डागर्दी र आपराधिक क्रियाकलापले आतङ्कित बनेको गाउँले परिवेशको झझल्को पाइन्छ । माओवादी जनयुद्धका बेला लखेटिएका फटाहाहरु फेरि गाउँ छिरेर आतङ्क मच्चाउने हुन् कि भन्ने चिन्ता देवीदत्तमा देखिन्छ । हिजोका दिनमा प्रशासनसँग मिलेर रमाकान्तको हत्या गर्ने तथा आफ्नो छोरालाई बेपत्ता बनाउने फटाहाहरु गाउँ पसेको आशङ्काले देवीदत्त चिन्तित देखिन्छन् । तर ती फटाहाहरुले आफ्नो जायजेथा लिएर गएको थाहा पाएपछि देवीदत्तको चिन्ता केही दूर भए पनि छोरो बेपत्ता हुनुको पीडा भने यथावत् देखिन्छ । ‘कालो चस्मा’ शीर्षकको कथामा एकातिर कार्यालयको काम भन्दा पनि आफू मातहतका कर्मचारीलाई आफ्नै निजी काममा खटाउने हाकिमी शैली देखिन्छ भने अर्कोतिर हाकिमका निजी कामबाट मुक्ति पाउन सङ्गठनको सदस्यता लिएर अनि कालो चस्माको दुरुपयोग गरेर कार्यालयको जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिको उजागर भएको छ । अर्थात् एउटा गलत प्रवृत्तिका विरुद्ध अर्को गलत प्रवृत्तिको अवलम्बन गर्ने कर्मचारीतन्त्रभित्रको खराब आचरण यसमा पाउन सकिन्छ । ‘भत्किएको घरनेर’ शीर्षकको कथामा क््रmान्तिकारी पार्टीमा मौलाएको आर्थिक विचलनको स्थिति देखाइएको छ । क्षेत्रीय स्तरका कार्यकर्ताले व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्नु पर्छ भनेर आवाज उठाइरहँदा केन्द्रीय नेतृत्व भने सम्पत्तिका आधारमा मजदुर सङ्गठनको नेतृत्व चयन गर्न उद्यत देखिनुले पैसाका भरमा सङ्गठनको नेतृत्व चयन गर्ने जस्तो गम्भीर विषयमा देखिएको आर्थिक विचलनको विरोध यस कथामा भएको छ । ‘खाडल’ शीर्षकको कथामा समाजमा यदाकदा देखिने भ्रष्ट व्यक्ति चरित्रको आलोचना गरिएको छ । स्वार्थी प्रवृत्तिको रामप्रसादले घरमा सिकिस्त विरामी परेका बाबुलाई भेट्न आउँदा तुलसीको मैरोमा गाडिएको पैसा कुम्ल्याएर काठमाडौं फर्कन्छ । बिरामी बाबुलाई अलपत्रै छाडी पैसा लिएर काठमाडौं कुद्ने रामप्रसाद व्यक्ति चरित्रको निकृष्ट दृष्टान्त हो ।
कथाकार मातृका पोखरेलको घाम झुल्किनुअघि सङ्ग्रहका कथामा विषयगत विविधता छ, एक रसताबाट मुक्तिको चेष्टा छ र बहुरसताको प्रस्तुतिमा विशेष चासो छ । अझ यसो भन्नु उपयुक्त होला समाज र युग जीवनका पात्रका अन्तरकुन्तरमा पसेर समस्यको पहिचान गर्ने र तिनलाई कथात्मक वाणी दिने चेष्टा कथाकार मातृका पोखरेलले गरेका छन् । प्रस्तुत सङ्ग्रहका कथामा यस प्रकारको सबल एवम् सकारात्मक वैशिष्ट्यका बिचमा अर्को नकारात्मक पाटो पनि देख्न सकिन्छ । त्यो नकारात्मक पाटो भनेको जनयुद्ध सिर्जित नयाँ यथार्थका सापेक्षतामा विषयवस्तुको चयन र उदात्तीकरण नहुनु हो र अझ स्पष्ट रुपमा भन्दा तत्कालीन जीवन परिवेशका सन्दर्भमा प्रतिनिधिमूलक विषयवस्तु तथा पात्रको चयन र चारित्रीकरणतर्फको चासो कम हुनु हो । विषयगत बहुआयामलाई समेट्नका लागि नयाँ यथार्थको चयनले कुनै व्यवधान सिर्जना गर्दैन भन्ने कुरा समकालीन प्रगतिवादी कथा लेखनबाट पनि स्पष्ट हुन्छ । कथा सामाजिक सम्पृक्तताका दृष्टिले महङ्खवपूर्ण साहित्यिक विधा हुनाले समय सापेक्ष रुपमा यथार्थको चयन र विषयवस्तुको उदात्तीकरण हुनु आवश्यक छ । नयाँ यथार्थको प्रतिबिम्बनका सन्दर्भमा कथाकारको जीवनदृष्टिले महङ्खवपूर्ण भूमिका खेल्छ । यस तात्पर्यमा जीवन यथार्थको गतिशील चरित्र र पाटोलाई ठम्याउने प्रश्न मूलतः दृष्टिकोणसित सम्बन्धित छ र केही हदसम्म यथार्थको पहिचान गर्ने प्रक्रियासित पनि सम्बन्धित छ । विषयवस्तुको चयनका दृष्टिले रमेश विकलको लाहुरी भैंसी त्यस कालखण्डको सुन्दर कथा हो तर वर्तमान नेपाली जीवन परिवेशका सन्दर्भमा सुन्दर मानिन्न । अर्थात् त्यो विषयवस्तु धेरै पुरानो मानिन्छ । यसको तात्पर्य हो समकालीन जीवन यथार्थमा आनका तान परिवर्तन आएको छ । मैले यसो भन्नुको तात्पर्य नयाँ यथार्थको प्रतिबिम्बनप्रतिको आग्रह त हो नै तर कथाकार मातृका पोखरेल नयाँ यथार्थको प्रतिबिम्बनप्रति पूर्णतः उदासीन छन् भन्ने होइन । नयाँ यथार्थप्रति उनको गम्भीर चासो पनि छ तर कता कता द्विविधाको स्थिति भने अवश्य देखिन्छ । त्यही द्विविधाका कारण नयाँ यथार्थको प्रतिबिम्बनमा आशातीत रुचि देखिएन भन्ने मात्रै हो । यस सङ्ग्रहका कथाहरुमध्ये ‘घाम झुल्किनुअघि’, ‘कामरेड पाताल’, ‘बाध्यता’, ‘अँध्यारो गाउँ’, ‘देवीदत्तको चिन्ता’, ‘भत्किएको घरनेर’, ‘धुवाँ’, ‘घोडाको गन्ध’ आदि नयाँ यथार्थ र विषयवस्तुको चयन गरिएका कथा हुन् र विषयवस्तुको चयनका दृष्टिले यी कथा सबल नै छन् । त्यस्तै ‘मौन सङ्केत’ र ‘निधो’ शीर्षकका कथा पनि गम्भीर विषयवस्तुमा आधारित कथा हुन् । ‘सपनाहरुको खोजी’ कथाको प्रारुपीकरण त्रुटि रहन गएकै कारण घटनाको तारतम्य र विषयविन्यास सबल बन्न सकेको छैन । अर्थात् यस कथाले जनयुद्धका घटना प्रक्रियाप्रति नकारात्मक धारणाको सम्प्रेषण गर्छ । ‘खाडल’, ‘खालि ठाउँ’, ‘मुक्ति’ र ‘कालो चस्मा’ भने कमजोर एवम् सामान्य विषयवस्तुमा आधारित कथा हुन् । झिनो मसिनो विषयकै कारण यी कथा पाठकीय प्रभावका दृष्टिले पनि कमजोर मानिन्छन् ।
कथामा पात्रको अहम् भूमिका रहने गर्छ अर्थात् पात्रविना कथा भन्न सकिन्न । कथाका पात्र भनेका कथाकारले सम्प्रेषण गर्न खोजेको विचारलाई बोकेर पाठकसम्म पुग्ने माध्यम हुन् । त्यसैले त्यस्ता विचार बाहक पात्रको प्रारुपीकरणमा कथाकार चनाखो र संयम हुनु आवश्यक छ । पात्रको चयन विषय तथा विचार अनुकूल भएन भने कथा दुर्घटित हुन सक्छ । पात्रको चयन गरिसकेपछि तिनको चारित्रीकरण गर्ने कुरो पनि त्यत्तिकै महङ्खवपूर्ण मानिन्छ । पत्रबारे आफैंले नालीबेली लगाउन वा पात्रका बिचको क््िरmयाव्यापार र भूमिकाका आधारमा पाठकीय प्रभावमा छोड्न पनि सकिन्छ । पात्रको चयन, प्रारुपीकरण र चारित्रीकरणका दृष्टिले घाम झुल्किनुअघि कथाकी माइली मगर्नी र उसको सात वर्से छोरो ‘कामरेड पाताल’ कथाको पाताल, ‘मौन सङ्केत’ कथाको भीमबहादुर, ‘निधो’ कथाकी रामवती, ‘अँध्यारो गाउ“’ कथाको कथावाचक पात्र, ‘धुवा“’ कथाको फ्रस्टेड बौलाहा, ‘सपनाहरुको खोजी’ कथाको क. सुदीप सुहाउँदिला पात्र हुन्, आआफ्नो विचारप्रति निष्ठावान् र गतिशील पात्र हुन् । यी पात्र कथाकारको विचारलाई थाप्लोमा बोकेर पाठकसम्म पुग्न सफल भएका छन् र पाठकसँग मितेरी लाउन सक्षम छन् । यी पात्र भनेका प्रतिनिधि पात्र हुन् । तर यिनका तुलनामा ‘खाडल’ कथाको रामप्रसाद, ‘मुक्ति’ कथाका कश्यप र आनन्दराम, ‘कालो चस्मा’ कथाको कुवेर आदि व्यक्ति पात्र हुन्, कम प्रभावी पात्र हुन् । यिनले पाठकलाई डो¥याउन र पाठकीय सम्वेदनालाई सर्लक्कै पगाल्न सक्दैनन् । निश्चितै रुपमा कथाकार मातृका पोखरेलका कथामा वर्गीय पात्रको उपस्थिति देख्न सकिन्छ । उनका अधिकांश कथाका अधिकांश पात्र उत्पीडक र उत्पीडित वर्गका प्रतिनिधि बनेर आएका छन् जसले आफ्नोे वर्ग र वर्गीय चिन्तन अनुरुपको आचरण र क््िरmयाकलाप प्रस्तुत गर्छन् तापनि उत्पीडित पात्र वर्ग सङ्घर्षको भट्टीमा रापिन र खारिन भने बाँकी नै छ ।
कथाकार मातृका पोखरेल कथा रचनाका सन्दर्भमा निकै सचेत, गम्भीर र सम्वेदनशील देखिन्छन् । यसको तात्पर्य हो कथा लेखनका वैशिष्ट्य एवम् विधागत सीमा–सम्भावनालाई पोखरेलले राम्रोसँग बुझेका छन् । विधागत आधारभूत ज्ञान राम्रो छ जुन प्रत्येक कथा स्रष्टामा हुनु आवश्यक छ , त्यो सकारात्मक पाटो हो । यसै कारण उनका कथाको संरचना, कथा कथन सम्बन्धी सीप र घटनाको सुगठन तथा तारतम्य अनि कार्यकारण शृङ्खला र अङ्ग उपाङ्गको व्यवस्थापन राम्रो छ । यसो भए तापनि कहीँ कतै पोखिनुको हतार छ जसको कारण कतिपय कथामा आख्यान विस्तारको अभाव छ । घटना तथा क््िरmयाकलाप राम्रोसँग पाक्न नपाउँदा पाठकीय प्रभाव कमजोर बन्न जान्छ । मध्यम प्रकृतिको आयाम विस्तारका कारण केही कथा क्षीण कथानक ढाँचामा संरचित छन् । सायद यति बेला एउटा कथाकारलाई बढीभन्दा बढी संयम र धैर्यको खाँचो पर्छ जसको अभावमा आख्यानात्मक संरचनाले पूर्णता प्राप्त गर्न सक्दैन । संरचनागत सुगठन, कथानक विस्तार र परिपुष्ट कथानक ढाँचामा संरचित कथाहरुमा ‘घाम झुल्किनुअघि’, ‘मौन सङ्केत’, ‘कामरेड पाताल’, ‘निधो’, ‘सपनाहरुको खोजी’, ‘धुवाँ’, ‘खाडल’ आदि रहेका छन् । तर अन्य कतिपय कथा भने कथानक विस्तार र आयाम विस्तारको अभावमा क्षीण आख्यानात्मक संरचनामा छन् ।
कथाकार पोखरेलको प्रस्तुत सङ्ग्रहभित्रका कथामा बहिरङ्ग एवम् अन्तरङ्ग पक्ष र परिस्थितिको सम्यक् चित्रण भएको छ । सामाजिक जीवनका घात–प्रतिघात अनि पात्रका मानसिक उद्वेलनको निरीक्षण गर्ने क््रmममा पात्र तथा वैविध्यपूर्ण सामाजिक जीवनका अन्तरकुन्तरमा पसेर समस्याको पहिचान गर्ने कौशल कथाकार मातृका पोखरेलमा देखिन्छ । यस सङ्ग्रहका प्रायजसो कथामा बहिरङ्ग एवम् अन्तरङ्ग परिवेशसँग खेल्दै पात्र र परिस्थितिका बिचको तारतम्य स्थापित गरिएको छ । खास गरी ‘सपनाहरुको खोजी’ कथाको सुदीप, ‘घाम झुल्किनुअघि’ कथाकी माइली मगर्नीको छोरो (बाल पात्र), ‘निधो’ कथाकी रामवती, ‘कामरेड पाताल’ कथाको पाताल, ‘अँध्यारो गाउँ’ कथाको कथावाचक तथा ‘धुवाँ’ कथाको फ्रस्टेड बौलाहा आदि पात्रको अन्तरङ्ग निरीक्षणमा गहिरो रुचि र सीप कथाकार मातृका पोखरेलले देखाएका छन् ।
कथा लेखन कलात्मक कार्य हो , सामाजिक कार्य हो र सचेत एवम् जिम्मेवार कार्य हो । कथाकार मातृका पोखरेलले यिनै कार्यका सन्दर्भमा राम्रो सम्भावना र संयोजनकारी भूमिका प्रस्तुत गरेका छन् । मूलतः विषयवस्तुको छनौट गर्ने दृष्टिकोण तथा विधि र पद्धति अनि साधना र संयमको सन्दर्भमा केही कमी कमजोरी खट्कने गर्छन् , यस्ता कसर–मसर हटाउनेतर्फको चासो बढोस् भन्ने अपेक्षा भने गर्नै पर्छ । समकालीन प्रगतिवादी कथा लेखनमा समर्पणभाव र लगाव अनि निरन्तरताको खाँचो छ । यस अभावका सन्दर्भमा सुस्पष्ट पहिचानका साथ क््िरmयाशील रहेका मातृका पोखरेलको लगाव सह«ानीय छ । आउँदा दिनमा कथाकार मातृका पोखरेलबाट अझ सुन्दर र बान्की परेका कथा लेखिऊन् र तिनले कथानुरागी पाठकलाई परितोषित तुल्याऊन् भन्ने शुभकामना सहित अहिलेलाई यत्ति नै ।


=================================================================
=================================================================







1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete