Thursday, April 19, 2018

सम्झनाको तरेलीमा हमाल सरहरू - मातृका पोखरेल




संरक्षक
बालकृष्ण पोखरेल

प्रधान–सम्पादक
मातृका पोखरेल

कार्यकारी–सम्पादक
शारदाप्रसाद भट्टराई

सम्पादक–मण्डल
राममणि पोखरेल
मोहनबहादुर बुढाथोकी
बालकृष्ण काफ्ले
भोजकुमार ठकुरी
दीपकराज बुढाथोकी


प्रमुख सल्लाहकार
तोयाबहादुर बुढाथोकी


सल्लाहकार
चित्रबहादुर बुढाथोकी
फत्तबहादुर ठकुरी
अमृत साफी
लीलाकान्त झा
फुलराम यादव


व्यवस्थापक
रामदेव पण्डित
खिपमान विश्वकर्मा
हरिबहादुर थापा
रुक्मिणी राउत
दीपाकुमारी थापा


प्रकाशक :-
महेन्द्र–रत्न उच्च मा.वि.
रूपाटार–७, उदयपुर
रूपाटार स्मारिका २०६९
मूल्य :-१५०।– (व्यक्तिगत)
३००।– (संस्थागत)
प्रति :- १००१
प्रकाशन–मिति :- २०६९ वैशाख १
यस स्मारिकामा प्रकाशित रचनाहरू लेखकका निजी विचार हुन् । त्यसउपर सम्पादक÷प्रकाशकको कुनै जिम्मेवारी रहनेछैन ।
– सम्पादक/प्रकाशक

शब्दघर अपसेट प्रेस, बागबजार, काठमाडौँ, फोन नं. ०१–४२४४५९७ द्वारा मुद्रित


========================================================

अहिले म जहाँ उभिएको छु, त्यो ठाउँमा उभ्याउनका लागि मेरा धेरै गुरुहरूको मिहिनेत परेको छ । मैले दस कक्षासम्म पढ्दा सातवटा विद्यालय चहार्नुपर्ने बाध्यता रह्यो । यतिबेला शिक्षकहरूको बारेमा सोच्दा मेरो अघिल्तिर झल्झल्ती मेरा शिक्षकहरूको एउटा ठूलै समूह देख्छु । केही शिक्षकहरूको बिम्ब मेरो अघिल्तिर बारम्बार आइरहन्छ । त्यसमध्ये पनि ईश्वरबहादुर हमाल र बलबहादुर हमालको छाप मेरो मानसपटलमा अत्यन्तै गहिरो गरी परेको छ ।

पढ्ने उमेर नहुँदै मैले आÇनो अगाडि एकजना शिक्षकलाई पाएको थिएँ । मेरो पहिलो शिक्षक हुनुहुन्थ्यो, ईश्वरबहादुर हमाल । बिहानै आँगनमा गुन्द्री ओछ्याएर काठको पिरामा माटो पिँध्न थाल्नुहुन्थ्यो उहाँ । कागज, कलम, सीसाकलम हाम्रो पहुँचभित्रका सामग्रीहरू थिएनन्, त्यसबेला । उहाँले धुलौटोमा कपुरी ‘क’, पेटफारो ‘ख’ भनेर सिकाइरहँदा ईश्वर सरसँगै मैले बुबाबाट असुनी, भरुणी, कृतिका, रोहिणी हुँदै मेष, वृष, मिथुन, कर्कटसम्मका ज्योतिषका प्रारम्भिक ज्ञानहरू पनि घोक्दै थिएँ ।

पढ्नका लागि विद्यालय जान नपाएको र खेल्ने पढ्ने उमेरमै गृहस्थ जीवनको भार बोक्न बाध्य भएको कारण ईश्वर सरसँग पनि पढाउने विषयको पर्याप्त ज्ञान थिएन । त्यतिबेला बुबाले कताबाट खोजेर ‘पहिलो नेपाली वर्णमाला’ नामको एउटा किताब ल्याइदिनुभएको थियो । आफैँ त्यो किताब पढेर केही सिक्दै ईश्वर सर मलाई पढाउनुहुन्थ्यो । त्यो वर्णमालाभित्र केही चित्रहरू थिए । ती चित्रहरू हेर्न साह्रै उत्सुकता जाग्थ्यो । ईश्वरबहादुर हमालले नै त्यही वर्णमालालाई आÇनो दरिलो शिक्षक बनाएर हामीलाई पढाउनुपर्ने भएपछि त्यो हामीले पढ्न पाउने कुरै भएन । शिक्षक नभएरै शिक्षक भइदिनुपर्ने बाध्यता थियो उहाँको । हामीलाई पढाउनु उहाँका लागि अत्यन्तै कष्टसाध्य काम थियो ।

नातामा ईश्वरबहादुर हमालको म काका थिएँ । त्यसैले म विद्यार्थी भए पनि उहाँले मलाई ‘काका’ र ‘तपाईं’ नै भनेर सम्बोधन गर्नुहुन्थ्यो । उहाँलाई त्यसबेला मैले राम्ररी नटेर्नुको एउटा कारण त्यो पनि थियो होला । अर्को कारण हाम्रो शिक्षक भए पनि उहाँ भर्खर किशोरवयमा पाइला टेक्दै हुनुहुन्थ्यो । ईश्वर हमालको भूमिका मेरा लागि शिक्षकको भन्दा साथीको जस्तो थियो । उहाँको पनि खेल्न मन पराउने उमेर नै थियो । आहालमा पौडी खेल्न जाने र जङ्गलमा ऐँसेलु टिप्न जाने काममा उहाँ मलाई हौस्याउनुहुन्थ्यो । उहाँसँग धेरै पटक वनतरुल खोज्न थुम्की पाखाको जङ्गल र गलेनी, फँडिर टिपेर खान काँसटार, वनडाँडा र खाल्लेपानी पुगेको सम्झना ताजै छ । पौडी खेल्न मैले उहाँबाटै सिकेँ ।

विद्यालय जाने उमेर भएपछि उहाँसँगसँगै ठानागाउँ जानुपथ्र्यौ । ठानागाउँ पढ्न जान थालेपछि हाम्रो लेख्य र पाठ्य सामग्रीमा बढोत्तरी भयो । काठको पिरामा माटो पिँधेर लेख्नु, पढ्नुपर्ने ठाउँमा कालोपाटी र कमेरो माटो घोलेर बनाइएको मसी प्राप्त भयो । बाँसको हाँगा काटेर बनाइएकोे कलम हुन्थ्यो । कालोपाटीलाई नियमित पोतेर राख्न एउटा झुम्रामा हाँडीको कालो भिजाएर राख्नुपथ्र्यो । ‘मसी’ अर्थात् कमेरो माटोको अभावले बेलाबेलामा सताइरहन्थ्यो । कमेरो माटो खानेपानीको कुवाका भित्री भागबाट निकाल्नुपथ्र्यो । पहिलो कुरो त थामखर्कमा खानेपानीको अभाव थियो, पानीपँधेरो धेरै टाढा थियो । पानी लिन खाल्लेपानी पुग्नुपथ्र्यो कि त धाप भन्ने पँधेरो । पानीपँधेरोमा पुग्नका लागि पौने घन्टा जति ओह्रालो जानुपथ्र्यो । फर्कंदा एक घन्टाजति उकालो । बिहानै खाने पानी बोक्ने सानासाना भाँडा बोकेर कमेरो माटो लिने उद्देश्यका साथ हामी पँधेरातिर जान्थ्यौँ । ईश्वर सर केही समयपछि आÇनो घर थुम्कीतिर जानुभयो । त्यसपछि हाम्रो घरमा रूपाटारबाट मोहनबहादुर बुढाथोकी शिक्षकको रूपमा आउनुभयो ।

ठानागाउँको विद्यालयमै पढाइ हुन्थ्यो पाँच कक्षासम्म । तर, चार कक्षापछि पाँच कक्षा पढ्न किन रूपाटार आइपुगेँ, मलाई अहिले त्यसको राम्रो जानकारी छैन । रूपाटारमा मोहनबहादुर बुढाथोकी सरकोमा केही महिना बसेपछि म बलबहादुर हमालको घरमा बस्न थालेँ ।

रूपाटारको विद्यालय ठानागाउँको भन्दा निकै अर्थमा आधुनिक थियो । ठानागाउँको विद्यालय धूलोमा बसेर पढ्नुपर्ने तर रूपाटारमा बेन्चहरूसम्म थिए । विद्यालयको अरू वातावरण पनि अलिक आधुनिकजस्तो । रूपाटार आएपछि मलाई माटोको मसी र कालोपाटीबाट मुक्त भएर एउटा टेको कलम हात प¥यो । थामखर्कमै हुँदा कलिलै उमेरमा बलबहादुर हमालको नाम खूबै सुन्थेँ । लामो समयसम्म बलबहादुर हमालले थामखर्कमै बसेर अध्यापन गर्नुभएको र उहाँसँग जोडिएका थुप्रै उपकथाहरू मैले पहिले नै सुनेको थिएँ । थामखर्कमै बसेर सीता दाइ (हाल सोलुखुम्बू जिल्ला न्यायाधीश), गोमा दिदी, लीला मामा, उमा भान्जी लगायतलाई उहाँले नै साक्षर दुनियाँमा पाइलो टेकाइदिनुभएको थियो । मैले थाहा पाउँदा बलबहादुर हमाल सर थामखर्क छाडेर रूपाटार आइसक्नुभएको थियो । बेलाबेलामा उहाँ थामखर्क गइरहनुहुन्थ्यो । पढाइकै बारेमा सोधीखोजी गर्नुहुन्थ्यो । एक प्रकारले भन्ने हो भने उहाँ हाम्रो परिवारको सदस्यजस्तै हुनुहुन्थ्यो ।

मेरा बुबा पनि बलबहादुर हमालको शैक्षिक योग्यताबाट निकै प्रभावित हुनुहुन्थ्यो । हमाल सर लखनउबाट आई.एस्सी पढेर आउनुभएको थियो । हमाल सरसँगको सम्बन्ध निकट हुनुमा उहाँलाई लखनउबाट नेपाल फर्काउने भूमिकामा मेरो बुबाको महत्वपूर्ण हात थियो भन्ने चर्चा अहिले पनि प्रशस्तै सुन्न पाइन्छ । थामखर्कमै हुँदा उहाँको बारेमा लखनउमा पढेर आएको, धेरै जान्नेजस्ता उपमाहरूले मेरो बालमस्तिष्कमा उहाँको बारेमा एउटा सकारात्मक धारणा बनिसकेको थियो । उहाँको घरमा बसेर पढ्नका लागि यसरी पनि मेरा लागि एउटा सहज वातावरण बनेको थियो । अर्को कारण पनि थियो । भक्तबहादुर ठकुरी, जसलाई हामी सबैले ‘कान्छो बुबा’ भनेर सम्बोधन गथ्र्यौं । कान्छो बुबा हमाल सरको ससुरा र मामा हुनुहुन्थ्यो । कान्छो बुबालाई हामीले परिवारको सदस्यभन्दा फरक र टाढा गरेर कहिल्यै हेरेनौँ । उहाँ बुबाको अनन्य मित्र हुनुहुन्थ्यो । मैले उहाँबाट सानैदेखि सान्निध्यपूर्ण व्यवहार प्राप्त गरेँ र अहिले पनि गर्दै छु । उहाँको घर अहिले पनि मलाई आÇनो ‘दोस्रो घर’ जस्तै लाग्छ । यो कारण पनि मलाई बलबहादुर हमाल सरको घरमा बसेर पढ्न वा भक्तबहादुर ठकुरी ‘कान्छो बुबा’ कहाँ बसेर बलबहादुर हमालको घरमा बसेर पढ्न सजिलो भयो । मैले थामखर्कको प्रकृतिमा जति बालक्रिडास्थल बनाएँ, त्यति नै रूपाटारको वल्लाटारमा बनाएँ । मलाई जति काँसटार, वनडाँडा, खाल्लेबारी, भुसभुसेप्रति आत्मीय पे्रम छ, त्यति नै गहते खोला, बडहरे खोला र त्यो वरिपरिको प्रकृतिप्रति पनि छ ।

सुयोग्य शिक्षकको पहिलो अनुभूति मलाई बलबहादुर हमालको सम्पर्कबाटै प्राप्त भयो । पढाउने शैली पनि बलबहादुर सरको आधुनिक थियो । आफ्नो विषयमा उहाँको दक्षता अहिलेको धेरै शिक्षकहरूका लागि समेत मार्गदर्शक बन्नेछ ।

बलबहादुर सरले हामीलाई विज्ञान र गणित पढाउनुहुन्थ्यो । अङ्ग्रेजीमा उहाँको दख्खल धेरै राम्रो र उच्चारण पनि प्रष्ट थियो । त्यसबेला चक्रवर्तीको गणित किताब अत्यन्तै चर्चामा थियो । हाम्रो कक्षाअनुसार त्यो किताब हेर्दैमा डर लाग्ने । बलबहादुर सरले त्यो किताबका पाठहरूलाई मिहीन पाराले र बुफ्नेगरी पढाउनुहुन्थ्यो । त्यो समयका धेरै शिक्षकहरू तालिम प्राप्त गर्ने अवसरबाट पक्कै पनि टाढा हुन्थे होलान् । त्यही कारणले हुनुपर्छ, शिक्षक र विद्यार्थीको सम्बन्धमा हार्दिकपनाको प्रायः अभाव देखिन्थ्यो । अरू त के कम्युनिस्ट आन्दोलनमा लागेकाहरूसमेतमा यो समस्या टड्कारै देखिन्थ्यो ।

बलबहादुर हमाल सरमा विषयको दक्षता त छँदै थियो, विद्यार्थीहरूसँग सुमधुर सम्बन्ध राख्ने क्षमता पनि थियो । उहाँको सान्निध्यमा रहेर मैले आफ्नो जगलाई निकै मजबुत बनाएँ भन्ने सचेत अनुभूति मलाई अहिले बारम्बार भइरहन्छ ।

करिब सत्तरी वर्षको उमेरमा पनि बलबहादुर सर आफ्नो  पुरानो र खारिएको ज्ञानलाई खोटाङको दुर्गमा गाउँ दाम्लीमा बसेर बाँडिरहनुभएको छ । उहाँले हुर्काएका हामीजस्ता थुप्रैथुप्रै बिरुवाहरू धेरै स्थानहरूमा छरिएर रहेका छौँ । आ–आफ्नो गच्छेअनुसारको योगदान देश र समाजलाई दिइरहेका छौँ । कहिलेकाहीँ आफैँलाई मनमनै सोध्ने गर्छु– ज्ञान, विज्ञान र प्रविधिले सम्पन्न हुँदै गएको वर्तमान समयमा अहिलेका नयाँ विद्यार्थीहरूले धेरैधेरै सुविधा उपयोग गर्न सक्लान् तर बलबहादुर हमालजस्तो दक्ष शिक्षक भेट्टाउन ठूलै संयोग जुर्नुपर्ने हुन्छ । बलबहादुर हमाल मेरो शैक्षिक यात्राको पक्कै पनि कोसेढुङ्गा हुनुहुन्थ्यो भन्न मैले हिच्किचाइरहनुपर्दैन ।

ईश्वरबहादुर हमालले मलाई धुलौटोमा बाँसको सिन्काले कपुरी ‘क’ सिकाउँदा–सिकाउँदै मेरा पिताबाट सिकेको साधारण कानुनी शिक्षालाई आधार बनाउँदै अहिले पनि त्यही पेसामा आबद्ध हुनुहुन्छ । बलबहादुर हमाल आफ्नो सम्पन्न ज्ञानलाई दुर्गममा क्षेत्रमा बसेर बाँडिरहनुभएको छ । ठानागाउँ र रूपाटारका तिनै दुईवटा विद्यालयहरूबाट मैले जन्मभूमिको सान्निध्यता प्राप्त गर्दै कक्षा सातसम्म अध्ययन गरेँ । मेरा शिक्षकहरूको ठूलो समूहमा ईश्वरबहादुर हमाल र बलबहादुर हमाललाई मैले परैबाट छुट्टिने गरी अझै पनि केही भिन्न देखिरहेको छु ।



युनिकोडबाट प्रितीमा रुपान्तरका लागि ---
http://unicode.shresthasushil.com.np 

No comments:

Post a Comment