कृतिसमीक्षा
कथाकार मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निन्द्रा लागेन’ आर्थिक अवस्थाले पिल्सिएका पात्रहरूको वर्ग द्वन्द्वपूर्ण चित्रित कृति हो । नेपाली साहित्य लेखनमा प्रगतिवाद तर्फ कलम चलाइरहेका पोखरेल उक्त सङ्ग्रहमा पन्ध्र वटा कथाहरू सङ्गृहीत छन् । यी कथामा सामाजिक जीवनका यथार्थ घटनाहरूलाई कलात्मक वान्कीका साथ राष्ट्रिय सरोकार एवम् निम्न वर्गीय जीवनलाई गम्भीरताका साथ उठाएका छन् । उनका कथाहरूले द्वन्द्वका घाउ र सामाजिक, राजनैतिक अवस्थालाई उजागर गर्दै लेखिएकाले उक्त कृति पठनीय एवम् सङ्ग्रहनीय देखिन्छ ।
कृति : मलाई पनि निन्द्रा लागेन (कथासङ्ग्रह)
कथाकार : मातृका पोखरेल
प्रकाशक : बेला पब्लिकेशन, काठमाडौँ
प्रकाशन : २०८२ पौष
मूल्य : रु. ३५०/–
https://antarbodhsahitya.blogspot.com बाट साभार

No comments:
Post a Comment